आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: तथ्यखबर

ललितपुर महानगरपालिकाभित्र अपाङ्गतामैत्री सवारीसाधान सञ्चालनमा

ललितपुर महानगरपालिकाभित्र अपाङ्गतामैत्री सवारीसाधान सञ्चालनमा

समाचार, समाज
ललितपुर महानगरपालिकाभित्र अपाङ्गतामैत्री सवारीसाधान सञ्चालनमा आएको छ । महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले आज (मंगलवार) स्वावलम्बन जीवन पद्धति केन्द्र ललितपुरका अध्यक्ष भोजराज श्रेष्ठलाई बहुअपाङ्गता भएका व्यक्तिको हितमा एक क्याब व्यवस्था गरिदिएर सोको साँचो हस्तान्तरण गरेका छन् । सो सवारीसाधन दैनिक सञ्चालन गर्न चाहिने एक चालक, इन्धन, सवारी बीमा, ब्लु बुक नविकरण आदिका खर्च महानगरपालिकाले सबै व्यहोर्ने महर्जनले जानकारी गराए । केन्द्र ललितपुरका अध्यक्ष श्रेष्ठले सो अपाङ्गतामैत्री सवारी साधन अर्थात क्याब महानगरपालिकाभित्र रातो र निलो अपाङ्गता परिचयपत्र प्राप्त व्यक्तिका जुनसुकै आवश्यक काम पर्दा लान र लैजान प्रयोग गरिने भनाइ राखे । उनले भने, “महानगरपालिकाभित्र हालसम्म कूल ५५२ ले अपाङ्गताको परिचयपत्र लिइसक्नुभयो । जस्मा मात्र बहुअपाङ्गता भएकाले यस सवारीसाधन प्रयोग गर्न पाउनुहुनेछ...
माधवकुमार नेपाल र झलनाथ खनालले पार्टीबाट निलम्बन गरेसँगै त्यसबारे छलफलका लागि भेला

माधवकुमार नेपाल र झलनाथ खनालले पार्टीबाट निलम्बन गरेसँगै त्यसबारे छलफलका लागि भेला

राजनीति, समाचार
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालले आफू पक्षका नेताहरुको भेला बोलाएको छ । सोमवार अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता नेपाल र उपाध्यक्ष भीम रावललाई पार्टीबाट निलम्बन गरेसँगै त्यसबारे छलफलका लागि उक्त पक्षले भेला बोलाएको होे । पार्टी विधान विपरित काम गरेको भन्दै पार्टीले सोधेको स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै ओलीले दुवै नेतालाई ६ महिना पार्टीको साधारण सदस्य समेत नरहने गरी निलम्बन गरेको हो । त्यसैबारे छलफल गर्दै आगामी दिनमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुने बताइएको छ । पार्टीबाट निलम्बनमा परेसँगै वरिष्ठ नेता नेपालले त्यसलाई स्वीकार नगर्ने बताएका छन् । आजको बैठकमा उक्त पक्षका स्थायी कमिटी सदस्य साथै सांसदहरुको समेत उपस्थिति रहने बताइएको छ । भेला कहा बस्छ भन्ने खुलाइएको छैन । ...
मेलम्चीको पानी  विभिन्न वितरण केन्द्रबाट काठमाडौंबासीका धाराधारमा धमाधम वितरण

मेलम्चीको पानी विभिन्न वितरण केन्द्रबाट काठमाडौंबासीका धाराधारमा धमाधम वितरण

समाचार, समाज
मेलम्चीको पानी आइतबार सबैभन्दा पहिले अनामनगर क्षेत्रमा आयो। लामो समय उखान टुक्का र हाँसी मजाकमा उडाईएको मेलम्चीको पानी धारामा आउँदा मक्ख देखिन्थे। पानीको अभावले राम्रोसँग कपडा धुन र नुहाउन समेत ठूलो समस्या जस्तो लाग्थ्यो। धेरै सुनियो मेलम्चीको कुरा तर, अन्ततः धारामा पुगेको छ। ‘धेरै सरकार आए, धेरै सरकार गए तर सबैजसो पार्टीका चुनावी नारा हुने मेलम्ची भने आएन। पानी काठमाडौं आएको भन्ने त छ खोइ हाम्रो धारामा पानी पुगेको छैन। काठमाडौं आइसकेको भन्ने कुरा छ, यो त हल्ला होइन होला अबको केही दिनमा धारामा पानी आउँछ भन्छन् खोइ हेराैं,’ उनी हुन् राजधानी काठमाडौंको खुमलटारमा बस्दै आएका ५७ वर्षीया नुरकाजी श्रेष्ठ। यी त प्रतिनिधि पात्र हुन् जसले मेलम्चीको पानीको लामो प्रतिक्षा गरे। पानीको समस्याले पिरोली रहेका काठमाडौंवासीहरु लामो समयदेखि पानीको काकाकुल खेप्दै आएका छन्। मेलम्चीको पानी दशौंको देखिक...
नेपाल राष्ट्र बैंकले आजको लागि सार्वजनिक गरेको विदेशी विनिमयदर

नेपाल राष्ट्र बैंकले आजको लागि सार्वजनिक गरेको विदेशी विनिमयदर

आर्थिक, समाचार
नेपाल राष्ट्र बैंकले आज (मंगलवार) को लागि विदेशी विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार एक अमेरिकी डलरको खरिददर १ सय १५ रुपैयाँ ७२ पैसा र बिक्रीदर १ सय १६ रुपैयाँ ३२ पैसा रहेको छ । त्यस्तै एक यूरोपियन यूरोको खरिददर १ सय ३६ रुपैयाँ २२ पैसा र बिक्रीदर १ सय ३६ रुपैयाँ ९३ पैसा रहेको छ । यसैगरी पाउण्ड स्टर्लिङ एकको खरिददर १ सय ६० रुपैयाँ १ पैसा र बिक्रीदर १ सय ६० रुपैया ८४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । ...
आज चैत १७ गते मंगलबारको  राशिफल

आज चैत १७ गते मंगलबारको राशिफल

राशिफल, समाचार
मेष – आँट उत्साह बढ्नेछ । कार्य क्षेत्रमा सफलता मिल्नेछ । आरोग्यता बढ्ला । बौद्धिक, रचनात्मक, कलात्मक, साहित्य, संगीत आदिसित सम्बन्धित काममा सफलता मिल्नेछ । असल भावनाले युक्त कार्य शुभ र सफलतादायक रहनेछ । इष्टमित्र र सन्तानको सुख बढ्नेछ । वार्तामा सफलता मिल्नेछ । मान पुरस्कार मिल्नेछ । धनसम्पत्ति बढ्नेछ । सुखशान्ति बढ्ला । साझेदारीको काम बन्नेछ । मिठो भोजन खान पाउनु हुनेछ । प्रसिद्धि र ख्याति फैलिनेछ । हांसविलासमा आकर्षण बढ्नेछ । सार्वजनिक क्षेत्रमा सफलता मिल्नेछ । उच्चाधिकारीको सहयोग मिल्नेछ । बृष – सुख शान्ति बढ्नेछ । यात्रा होला । धन समृद्धि बढ्नेछ । आरोग्यता बढ्ला । विजयश्री मिल्नेछ । आफन्तको सहयोग पाउनुहुनेछ । समस्याको समाधान मिल्नेछ । रोकिएको काम बन्ला । मिठो भोजन मिल्नेछ । शुभ र भाग्यबर्द्धक काम बन्नेछ । ख्याति फैलिनेछ । मिथुन – स्वास्थ्यप्रति सचेत रहनुपर्नेछ । चोटपटक नलागोस्...
देशभरी बढेको प्रद्रूषणका कारणले सरकारले  देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने निर्णय

देशभरी बढेको प्रद्रूषणका कारणले सरकारले देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने निर्णय

शिक्षा, समाचार
देशभरी बढेको प्रद्रूषणका कारणले सरकारले  देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने निर्णय गरेको छ । शिक्षा , विज्ञान तथा प्रविधि मन्त्रालयले वायु प्रदूषणका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने भएले विद्यालय बन्द गर्ने निर्णय गरेको हो । मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा बसेको आकस्मिक बैठकले चैत १७ गतेदेखि २० गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो । मन्त्रालयका अनुसार पूर्व निर्धारित कार्यतालिका अनुसार परीक्षा सञ्चालन गरिरहेका विश्व विद्यालयहरु तथा उच्च शिक्षा प्रदायक संस्थाहरुले स्वास्थ्य सजकता अपनाउँदै परिक्षा सञ्चालन गर्न सक्नेछन् । यस विषम परिस्थितीमा आफ्नो बालबालिकाहरुलाई विद्यालय विदा भएको अवस्थामा घरभित्रै रहन मन्त्रालयले अनुरोध गरेको  विगत केहि दिनयतादेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वायु प्रदूषत निकै बढेको छ । वायुमण्डलमा धुँ...
नेपालमा थप १ सय ४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

नेपालमा थप १ सय ४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
 नेपालमा थप १ सय ४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोमबार(आज) स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ३हजार १ सय२२ मा पिसिआर गर्दा १सय४१ जनामा कोरोना पुष्टि भएको हो ।यससँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७६ हजार ९८० पुगेको छ । पछिल्लो २४ घन्टामा ८२ जना निको भएर फर्किएका छन् । योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७२ हजार ६१२ पुगेको छ । गत २४ घण्टामा कुनै पनि कोरोना संक्रमितको मृत्यु भएको छैन। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या मुलुकभर ३ हजार २७ रहेको छ । ...
ब्राजिलमा गत २४ घण्टामा १ हजार ६५६ जनाको कोरोना भाइरस संक्रमणबाट निधन

ब्राजिलमा गत २४ घण्टामा १ हजार ६५६ जनाको कोरोना भाइरस संक्रमणबाट निधन

अन्तराष्ट्रिय, समाचार, स्वास्थ्य
ब्राजिलमा कोभिड १९ को संक्रमणबाट एकै दिनमा एक हजार ६५६ जनाको ज्यान गएको बताइएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको समाचारअनुसार यहाँ गत २४ घण्टामा १ हजार ६५६ जनाको कोरोना भाइरस संक्रमणबाट निधन भएको हो । योसँगै ब्राजिलमा अहिलेसम्ममा ज्यान जाने व्यक्तिको संख्या ३ लाख १२ हजार भन्दा बढी पुगेको बताइएको ब्राजिलका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । गत २४ घण्टामा ब्राजिलमा ४४ हजार ३२६ जना थप व्यक्तिमा कोरोना भाइरस संक्रमण देखिएपछि यहाँ कूल संक्रमितको संख्या यहाँका १ करोड २५ लाख भन्दा बढी पुगेको पनि यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जनाएका छन् । ब्राजिलको स्वास्थ्य मन्त्रालयले सोमबार दिएको जानकारीमा यहाँ पछिल्लो समयमा मृत्यु हुने प्रतिशत पनि दिन प्रतिदिन बढ्दै गएको छ । यहाँ कोरोनाको नयाँ प्रजातिको भाइरसको पनि प्रकोप देखिएको ती अधिकारीले जनाएका छन् । ब्राजिलका स्वा...
मुख्यमन्त्री शाहीको साथ छाड्दै नेपाल समूह

मुख्यमन्त्री शाहीको साथ छाड्दै नेपाल समूह

राजनीति
सर्वोच्च अदालतको फैसलापछि पनि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई साथ दिँदै आएका नेकपा एमालेको माधवकुमार नेपाल समूहका सांसदले पनि साथ छाड्ने तयारी गरेका छन् । चैत ४ गतेको एमाले संसदीय दललाई नेपाल समुहले ‘गुटको बैठक’ भन्दै मुख्यमन्त्रीलाई आफूहरुको समर्थन कायमै रहेको बताएको थियो । ‘अब पहिलेको जस्तो अवस्था रहेन,’ नेपाल समूहका सांसद सुशील थापाले भने, ‘सरकारलाई समर्थन गर्न सक्ने अवस्थामा हामी छैनौं ।’ नेपाल समूहका सांसदहरुले चैत ४ गते यता कानुनका जानकारहरुसँग १० जनाको उपस्थितिमा भएको दलको बैठकको वैधानिकता, सरकारलाई दिएको समर्थन फिर्ताको निर्णय र अहिलेको सरकारलाई आफ्नो समूहको समर्थन कायम राख्दा हुने जटिलताका विषयमा छलफल गरेका थिए । सांसद थापाले मुख्यमन्त्री शाहीलाई २०७४ फागुन ४ गते नेकपा एमालेले दिएको समर्थन फिर्ता लिने दलको निर्णयलाई सबैले समर्थन गर्ने पनि बताए । ‘दलक...
म्यानमारमा रहेका आफ्ना नागरिकलाई स्वदेश फर्कन बेलायतको आग्रह

म्यानमारमा रहेका आफ्ना नागरिकलाई स्वदेश फर्कन बेलायतको आग्रह

अन्तराष्ट्रिय
बेलायतले म्यानमारमा रहेका आफ्ना नागरिकलाई स्वदेश फर्कन आग्रह गरेको छ । म्यानमारमा सेनाको ज्यादती बढ्दै गएको भन्दै बेलायतले आफ्ना नागरिकलाई फर्किन आग्रह गरेको हो । म्यानमारमा प्रदर्शनकारीमाथि भइरहेको ज्यादतीको बेलायत, अमेरिका, जापान, अस्ट्रेलिया लगायत विभिन्न १२ देशले भत्सर्ना गरेका छन् । म्यानमारमा अस्ति एकैदिन सेनाको गोली लागेर बालबालिकासहित एक सयभन्दा धेरैको ज्यान गएको थियो । हिंसा लगातार बढ्दै गएपछि अन्तर्राष्ट्रिय समुदायले घटनाको भत्सर्ना गर्दै आएका छन् । अमेरिकाले म्यानमारको सुरक्षा बललाई ‘आतंकको शासनकाल’ भनेको छ । गएको फेब्रुअरी १ तारिखमा प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलगायत नेतालाई हिरासतमा लिँदै सेनाले सत्ता हातमा लिएदेखि नै अमेरिकाले यसको विरोध गर्दै आएको छ । हिंसामा एक सयभन्दा धेरैको ज्यान गएपछि म्यानमारका सैन्य प्रमुख मिन आङ लाइङ र उहाँका जनरलहरूले रातमा भव्य भोज ग...