आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: तथ्यखबर

चीनबाट आज आठ लाख डोज कोरोना खोप नेपाल ल्याइँदै

चीनबाट आज आठ लाख डोज कोरोना खोप नेपाल ल्याइँदै

समाचार
कोरोना भाइरसविरुद्धको आठ लाख डोज चिनियाँ खोप आज (सोमबार) काठमाडौं ल्याइँदैछ । चीन सरकारले सहयोग गरेको आठ लाख डोज खोप आज राति साढे ८ बजेसम्ममा काठमाडौं आउने भएको हो । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ३३० जहाज खोप लिन आइतबार अपराह्न चीनको राजधानी बेइजिङ उडिसकेको छ । सो जहाज सोमबार राति साढे ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने निगमका प्रवक्ता करिष्मा श्रेष्ठले जानकारी दिएकी छिन् । चीन सरकारले कोरोनाविरुद्धको ‘भेरासेल’ खोप नेपाललाई उपलब्ध गराउन लागेको हो । चीनको सिनोभ्याक बायोटेकले उत्पादन गरेको सो खोपलाई २ देखि ८ डिग्री सेल्सियसमा भण्डारण गर्न सकिन्छ । यो खोप दुई मात्रा लगाउनुपर्छ । सो खोप नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गर्दैछिन् । खोप लगाउनुपर्ने जनसंख्या धेरै भ...
भारतीय सेनाले नेपाली सेनालाई दियो एक लाख डोज कोभिड भ्याक्सिन

भारतीय सेनाले नेपाली सेनालाई दियो एक लाख डोज कोभिड भ्याक्सिन

समाचार
भारतीय सेनाले नेपाली सेनालाई एक लाख डोज कोभिड–१९ भ्याक्सिन सहयोग दिएको छ । भारतीय राजदूतावासका सैनिक सहचारीले नेपाली सेनाका पदाधिकारीलाई आइतबार त्रिभुवन विमानस्थलमा भ्याक्सिन हस्तान्तरण गरेका हुन् । सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार कोभिड–१९ महामारीको प्रतिकार्यमा सहयोग पुर्‍याउने उद्देश्यका साथ भारतीय सेनाद्वारा नेपाली सेनालाई उपलब्ध हुने एक लाख डोज भ्याक्सिन काठमाडौं आइपुगिसकेको बताए । यसको औपचारिक हस्तान्तरण केही दिनमा हुने कार्यक्रम रहेको पौडेलले बताए । नेपाली सेनाले प्राप्त गरेको कोभिसिल्ड भ्याक्सिन संगठनभित्रका सैनिक र उनीहरुको आश्रित परिवारहरुलाई हस्तान्तरण गरिने प्रवक्ता पौडेलले जानकारी दिए । यसअघि भारत सरकारले भने नेपाल सरकारलाई नेपाल सरकारलाई १० लाख डोज कोभिसिल्ड भ्याक्सिन सहयोग गरेको थियो ।माघ ८ गते भारत सरकारले छिमेक नीतिअन्तर्गत नेपाललाई पहिलो चरणमा उपहारस्वरुप ...
वायु प्रदुषणका कारण १ सय २४ उडान रद्द

वायु प्रदुषणका कारण १ सय २४ उडान रद्द

समाचार
वायु प्रदुषणले गर्दा नेपालको हवाई सेवा तीन दिन प्रभावित भएको छ । वायु प्रदुषणले गर्दा भिजिलिविटी कम भएर शुक्रवारदेखि आइतवारसम्म आन्तरिक तथा बाह्य हवाई सेवा प्रभावित भएका छन् । शुक्रवारदेखि आइतवारसम्म प्रतिकुल मौसममा कारण १ सय २४ उडान रद्द भएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले जनाएको छ । शुक्रवार, शनिवार र आइतवाररसम्म देशभरि नै विकसित भएको वायु प्रदुषणका कारण आन्तरिकतर्फ शुक्रवार २४, शनिवार ५६ र आइतवार बेलुका ६ बजेसम्म ४४ उडान रद्द भएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका आन्तरिक तर्मिनल व्यवस्थापन प्रमुख पूर्णप्रसाद चुडालले जानकारी दिए । अन्तर्राष्ट्रियमा भने तीन दिनमा ३ उडान प्रभावित भएका छन् । यो खबर आजको कारोबार दैनिकमा छ । ...
विद्युतीय बस खरीदका लागि बोलपत्र आह्वान

विद्युतीय बस खरीदका लागि बोलपत्र आह्वान

समाचार
साझा यातायातले विद्युतीय बस खरीदका लागि बोलपत्र आह्वान गरेको छ । सरकारले ३ सय विद्युतीय बस खरीदको जिम्मेवारी पुनः साझालाई नै प्रदान गरेपछि साझाले खरीद प्रक्रिया अघि बढाएको हो । कम्पनीले पहिलो चरणमा ४० ओटा विद्युतीय बस खरीदका लागि बोलपत्र आह्वान गरेको छ । सरकारले २०७५ पुसमा ३ सय विद्युतीय बस खरीद गर्ने निर्णय गरी २०७६ वैशाख १ गतेभित्र काठमाडौं उपत्यकामा सञ्चालन गरिसक्ने बताएको थियो । तर २०७६ साउन १ गते मात्र बस खरीदको जिम्मेवारी सरकारी स्वामित्वमा रहेको साझा यातायातलाई दिइएकोमा ३ महीना नबित्दै सरकारले बस खरिद गर्न नसकेको भन्दै साझाबाट रकम फिर्ता लिएको थियो । सरकारले आफै बस खरीद गर्ने भन्दै रकम फिर्ता लगेको डेढ वर्षसम्म पनि खरीद गर्न नसकेपछि माघ गत अन्तिम साता मन्त्रिपरिषद्को निर्णयमार्फत बस खरीदको जिम्मेवारी पुनः साझालाई नै दिने निर्णय गरेको थियो । साझाका अनुसार सम्बन्धित कम...
विश्वकप छनौट खेलमा जर्मनीको लगातार दोस्रो जित

विश्वकप छनौट खेलमा जर्मनीको लगातार दोस्रो जित

खेलकुद
कतार विश्वकपको छनौट खेलमा जर्मनीले लगातार दोस्रो जित दर्ता गरेको छ। युरोपेली क्षेत्रको छनौट अन्तर्गत आइतबार राति भएको खेलमा जर्मनीले रोमानियालाई १–० ले पराजित गरेको हो । लगातार दुई खेलमा जित निकालेको जर्मनी ६ अंकसहित समूहको शीर्ष स्थानमा छ ।
कतार विश्वकप छनौट खेलमा डेनमार्कको शानदार जित

कतार विश्वकप छनौट खेलमा डेनमार्कको शानदार जित

खेलकुद
कतार विश्वकप २०२२ को छनौट अन्तर्गत डेनमार्कले शानदार जित दर्ता गरेको छ। युरोपेली क्षेत्रको छनौट अन्तर्गत आइतबार राति भएको समूह एफ अन्तर्गतको खेलमा डेनमार्कले माल्डोभालाई ८–० ले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा पहिलो हाफमा पाँच गोल गरेको डेनमार्कले दोस्रो हाफमा तीन गोल गरेको हो ।
आज चैत १६ गते सोमबारको दैनिक राशिफल

आज चैत १६ गते सोमबारको दैनिक राशिफल

राशिफल
मेष- नयाँ जिम्मेवारी थपिनेछ। छोटो यात्रा हुनेछ। बन्धुवर्गको सहयोग मिल्नेछ। वृष- धनको वृद्धि हुनेछ। वैदेशिक काममा खुसी बढ्नेछ। भोजनको सुख पाइनेछ। मिथुन- साथीभाइको साथ मिल्नेछ। घरायसी काम फटाफट बन्नेछ। मनोरन्जनमा दिन बित्नेछ। कर्कट- फाइदा अरुलाइ मिल्नेछ। स्वास्थ्यमा बढी खर्च हुने्छ। प्रिय वस्तु हराउन सक्नेछ। सिंह- कृषिबाट फाइदा मिल्नेछ। आम्दानीमा प्रगति हुनेछ। सहयोगी अघि सर्नेछन्। कन्या- पुरानो कारोवार मिल्नेछ। रोजगारीको लाभ पाइनेछ। रमाइलोमा दिन बित्नेछ। तुला- धर्म परोपकारमा समय जानेछ। आँटेको काममा सफलता मिल्नेछ। वैदेशिक काममा जस पाइनेछ। वृश्चिक- सुरुको थालनीमा समस्या आउनेछ। शंकाले तनाव बढ्नेछ। अपजस मिल्न सक्नेछ। धनु- वैवाहिक एवं प्रेममा प्रगति हुनेछ। नयाँ मित्रता सम्बन्ध थपिनेछ। पारिवारिक साथ बढ्नेछ। मकर- नयाँ काम...
अचानक देखिएको तुवाँलो र बढेको वायु प्रदूषणको स्तर केही समयसम्म रहन सक्ने

अचानक देखिएको तुवाँलो र बढेको वायु प्रदूषणको स्तर केही समयसम्म रहन सक्ने

माैसम, समाचार
 काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा शुक्रबारदेखि अचानक देखिएको तुवाँलो र बढेको वायु प्रदूषणको स्तर केही समयसम्म रहन सक्ने देखिएको छ । वायु प्रदूषण मौसममा पनि भरपर्छ ।  मौसम यस्तै भइरहे केही समयसम्म प्रदूषण यस्तै रहने वा अझै खराबसमेत हुने सम्भावना रहेको विज्ञहरुले बताएका  छन् ।  वन तथा वातावरण मन्त्रालय, वातावरण विभागले यस्तो अवस्थामा सावधानी अपनाउन आग्रह गरेको छ । यसबाट जनस्वास्थ्यमा प्रतिकूल असर पर्नसक्छ ।  विशेष गरी बालबालिका, ज्येष्ठ नागरिक, दम खोकी जस्ता श्वासप्रस्वास सम्बन्धी  विरामी र मुटुका रोगीहरु बढी प्रभवित हुने भएकाले विभागले विशेष सावधानी अपनाउन सबैमा अपिल गरेको छ । विभागका उपमहानिर्देशक इन्दुबिक्रम जोशीले सकेसम्म सबै उमेर समूहका नागरिकलाई सम्भव भएसम्म घर बाहिर नकिस्कन, निस्कनैपर्ने अवस्थामा विशेष सावधानी अपनाउन आग्रह गरे। आगो बाल्दासम...
थप ८९ जनासँगै नेपालमा कूल कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ७६ हजार ८३९ पुगे

थप ८९ जनासँगै नेपालमा कूल कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ७६ हजार ८३९ पुगे

समाचार, स्वास्थ्य
 आज दुई हजार १०१ जनामा पिसीआर परीक्षण गर्दा ८९ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ८९ जनासँगै नेपालमा कूल कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ७६ हजार ८३९ पुगेको छ ।  हाल क्वारेन्टिनमा ५७ जना छन । त्यसैगरी आइसोलेसनमा एक हजार २८२ जना छन् । विगत २४ घण्टामा ९५ जना सङ्क्रमणमुक्त भएसँगै कोरोनामुक्त हुनेको सङ्ख्या दुई लाख ७२ हजार ५३० पुगेको छ । हालसम्म कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या तीन हजार २७ पुगेको मन्त्रालयले जनाएको छ ।  ...
आज हिमाली र पहाडी जिल्लामा होली पर्व मनाइँदै

आज हिमाली र पहाडी जिल्लामा होली पर्व मनाइँदै

मनोरन्जन
आज हिमाली एवं पहाडी जिल्लामा होली पर्व धुमधामका साथ मनाइँदैछ । होली अर्थात फागु पर्व परम्परागतरूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचीन परम्परा छ । हिमाल र पहाडमा आज होली मनाइने भए पनि तराईंका जिल्लाहरुमा भने भोलि सोमवार होली मनाइन्छ । मुख्यगरी दुई दिन होली पर्व मनाउने गरिए पनि यसको औपचारिक शुरुआत भने होलीको चीर ठड्याएको दिनदेखि नै हुन्छ । यो वर्ष पनि यही चेत्र ८ गते बसन्तपुरमा चीर ठड्याएको थियो । उक्त चीरलाई आज टुँडिखेलमा विधिपूर्वक ढालेर जाइन्छ । गत वर्ष कोरोनाका कारण होली मनाइएको थिइएन् । तर यो वर्ष कोरोनाको दोस्रो लहर शुरु हुनसक्ने भन्दै ठूलो भीडभाड नगर्न र स्वास्थ्य सावधानीका उपाय अपनाएर मात्रै रङ खेल्न सरकारले सबैमा आग्रह गरेको छ । त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहि...