आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: तथ्यखबर

चिनियाँ नागरिकलाई लुटपाट गरेको आरोपमा कागेश्वरी मनोहरा नगरपालिका बस्ने समुह पक्राउ

चिनियाँ नागरिकलाई लुटपाट गरेको आरोपमा कागेश्वरी मनोहरा नगरपालिका बस्ने समुह पक्राउ

अपराध
चिनियाँ नागरिकलाई लुटपाट गरेको आरोपमा संलग्न व्यक्तिलाई लाखौँ रुपैयाँसहित प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेमा काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका बस्ने सिन्धुपाल्चोकका फुलकाजी तामाङ, सोही ठाउँका अमिर तामाङ, बुद्ध तामाङ र रोशन लामा रहेका छन् । उनीहरुमाथि रु २० लाख नगद तथा सुनका गरगहना लुटपाट गरेको आरोप छ । उनीहरुले यही चैत १६ गते काठमाडौँको ठमेलमा चिनियाँ नागरिक ३४ वर्षीय योङ छियोङको कोठामा प्रवेश गरी मुकुण्डो लगाएर लुटपाट गरेका प्रहरीले जनाएको छ । छियोङकी श्रीमती अञ्जली तामाङ र साला प्रवेश तामाङ तथा पासाङ तामाङलाई धारिलो हतियार देखाइ नियन्त्रणमा लिई हातखुट्टा टेपले बाँधी लुटपाट गरेको प्रहरीले जनाएको छ । सोही सूचनाका आधारमा महानगरीय प्रहरी परिसर र वृत्त लैनचौरको विशेष प्रहरी टोलीले उनीहरुलाई विभिन्न स्थानबाट पक्राउ गरेको प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिनुभयो । ...
एकता जेम्स कलेजको कक्षा ११मा नया भर्ना भएका बिद्यार्थीहरुलाई स्वागत तथा कक्षा १२ पास गरेका बिद्यार्थीहरुलाई बिदाइ कार्यक्रम सम्पन्न

एकता जेम्स कलेजको कक्षा ११मा नया भर्ना भएका बिद्यार्थीहरुलाई स्वागत तथा कक्षा १२ पास गरेका बिद्यार्थीहरुलाई बिदाइ कार्यक्रम सम्पन्न

शिक्षा
गोकर्णेश्वर नगरपालिका वडा नं ५ मा संचालित एकता जेम्स हाइ स्कुल प्लस २ कलेजले कक्षा ११मा नया भर्ना भएका बिद्यार्थीहरुलाई स्वागत तथा कक्षा १२ पास गरेका बिद्यार्थीहरुलाई बिदाइ  गरेको छ। शनिबार   ड्रिम हाउस पार्टी प्यालेसमा एक कार्यक्रमका बीच बिभिन्न संकायमा भर्ना भइ अध्ययन शुरु गरेका कक्षा ११ का बिद्यार्थीहरुलाई कलेजले स्वागत गरेको हो  । सांस्कृतिक कार्यक्रम समेत समाबेश गरिएको स्वागत तथा बिदाइ कार्यक्रमका  प्रमुख अतिथिको रुपमा बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाल रहेका थिए भने बिशेष अतिथिको रुपमा प्याब्सनका केन्द्रीय महासचिब कुमार घिमिरे  ,संस्थागत बिद्यालय संघ नेपाल (इसान) का अध्यक्ष राजकुमार श्रेष्ठ, एन प्याब्सन गोकर्णेश्वर  नगर अध्यक्ष मोहन अधिकारी, प्याब्सन गोकर्णेश्वर नगर अध्यक्ष मदन सुवेदी , राष्ट्रिय संस्थागत बिद्यालय संघ ने...
हालसम्मकै उच्च २ हजार ६५० दशमलव ९५ विन्दुमा कायम नेप्से परिसूचक

हालसम्मकै उच्च २ हजार ६५० दशमलव ९५ विन्दुमा कायम नेप्से परिसूचक

आर्थिक, समाचार
आइतवार नेप्से परिसूचकले हालसम्मकै उच्च विन्दु कायम गरेको छ । यस दिन २ बजेर ३० मिनेटसम्मको कारोबारमा नेप्से परिसूचक शून्य दशमलव ७२ प्रतिशत बढेर २ हजार ६५० दशमलव ९५ विन्दुमा पुगेको हो ।  यस अघि गत फागुन ९ गते नेप्से परिसूचकले २ हजार ६४० दशमलव ३४ विन्दु कायम गरेको थियो । उक्त दिनको उच्च विन्दुलाई आइतवार नेप्सेले पार गरेको हो । यस अवधिसम्म २१० कम्पनीको रू. ७ अर्ब ३७ करोड ६० लाख ७९ हजार बराबरको शेयर कारोबार भएको छ । यस दिन निर्जीवन बीमा समूहको परिसूचक सर्वाधिक ३ दशमलव ७३ प्रतिशत बढेको छ । ...
८० करोड रुपैंया ठगेको आरोपमा गुडवील सहकारीका अध्यक्ष पक्राउ

८० करोड रुपैंया ठगेको आरोपमा गुडवील सहकारीका अध्यक्ष पक्राउ

अपराध
झण्डै ८० करोड रुपैयाँ ठगी गरेको आरोपमा ललितपुरको कुमारीपाटीस्थित ठुडवील बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष पक्राउ परेका छन्। अध्यक्ष दिवाकार श्रेष्ठलाई प्रहरील किटानी जाहेरीको आधारमा अध्यक्ष श्रेष्ठलाई प्रहरीले चितवन,भरतपुरबाट नियन्त्रणमा लिएको हो। उनलाई अहिले जाउलाखेल ल्याइएको छ। प्रहरीमा चैत ५ गते उजुरी परेपछि फरार रहेका गोदावरी ठैबका ४१ वर्षीय श्रेष्ठलाई प्रहरीले हिजो भरतपुर १० मा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो। उनले विभिन्न व्यक्ति र संस्थालाई चर्को ब्याजको लोभ देखाएर निक्षेप संकलन गर्न लगाएका थिए।उनले हालसम्म ठगी गरेको रकम ७९ करोड ८९ लाख ६४ हजार ५ सय २० रुपैयाँ रहेको पुष्टि भएको छ। श्रेष्ठको सहकारीबाट ठगिएका अन्य व्यक्तिलाई समेत कार्यालयमा सम्पर्क गर्न महानगरीय प्रहरी परिसर,जावलाखेलले अनुरोध गरेको छ।उनीमाथि सहकारी ऐन २०७४ र ठगीसम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान ...
चीनको सडक दुर्घटनामा ११ जनाको मृत्यु

चीनको सडक दुर्घटनामा ११ जनाको मृत्यु

अन्तराष्ट्रिय
चीनको पूर्वी क्षेत्रमा यात्रुबाहक बस र ठक्कर एकआपसमा जुधेर भएको दुर्घटनामा कम्तीमा ११ जनाको मृत्यु भएको छ । आइतबार बिहान चीको जियाङ्सु प्रान्तमा भएको उक्त दुर्घटनामा अरु १९ जना घाइते भएका छन् ।उक्त दुर्घटना शेनयाङ–हाइकाओ राजमार्गमा भएको प्रहरीले जनाएको छ । तिब्र गतिमा रहेको ट्रक अनियन्त्रित भई सडकको बीचको बार भत्काएर अर्कोतर्फबाट आइरहेको बसमा ठोक्किएको थियो । घाइतेहरुलाई नजिकका अस्पतालहरुमा भर्ना गरिएको छ ।प्रारम्भिक अनुसन्धानमा यात्रुवाहक बस शाङ्घाईबाट गुयानयुन काउन्टीतर्फ गइरहेको थियो । चीनमा यतिखेर मानिसहरु छुट्टी मनाउन घरगाउँतर्फ जाने गरेका छन् । ...
रु रु जलविद्युत परियोजनाको आइपीओमा ९ लाख ३५ लाख ४८७ हजारको आवेदन

रु रु जलविद्युत परियोजनाको आइपीओमा ९ लाख ३५ लाख ४८७ हजारको आवेदन

आर्थिक, समाचार
 रु रु जलविद्युत परियोजनाको आइपीओमा ९ लाख ३५ लाख ४८७ हजारले आवेदन गरेका छन् । १ करोड ३६ लाख ४५ हजार ६७० किक्ताका लागि आवेदन परेको विक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ ।  कम्पनीले चैत २० गते शुक्रबार देखि सर्वसाधारणमा प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २० रुपैयाँ थप गरी प्रतिकित्ता १२० रुपैयाँका दरले कुल ४ लाख ७ हजार ७०६ कित्ता प्राथमिक शेयर (आईपीओ) जारी गरेको हो ।पहिलो चरणमा आयोजना प्रभावित स्थानियमा आईपीओ जारी गरिसकेको रू रू जलविद्युत परियोजनाले आज शुक्रबारदेखि दोस्रो चरणमा आम सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ । कम्पनिले सर्वसाधारणमा  प्रतिसेयर १०० अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थप गरी कुल १२० रुपैयाँमा शेयर निष्कासन गर्न लागेको हो । कम्पनीले फागुन ७ गतेदेखि २१ गतेसम्म आयोजना प्रभावित गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नं. ६ र ७ का स्थानीयहरुका ला...
विद्युत् महसुल नबुझाउने ग्राहकको लाइन काटेर बक्यौता महसुल उठाउदै नेपाल विद्युत् प्राधिकरण

विद्युत् महसुल नबुझाउने ग्राहकको लाइन काटेर बक्यौता महसुल उठाउदै नेपाल विद्युत् प्राधिकरण

आर्थिक, समाचार
नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले विद्युत् महसुल नबुझाउने ग्राहकको लाइन काटेर बक्यौता महसुल उठाउन थालेको छ। विद्युत् महसुल समयमा बुझाउन नआएका ग्राहकको लाइन काटेर वितरण केन्द्रले बक्यौता तिर्न ताकेता गरेको हो। गत फागुन मसान्तसम्म जिल्लाभर ४१७ ग्राहकको महसुल उठ्न बाँकी थियो। मिटर रिडिङ भएको ६० दिनदेखि दुई वर्षसम्म महसुल नतिरेका ग्राहकलाई कालो सूचीमा राखेर वितरण केन्द्रले लाइन काट्ने अभियान थालेको थियो। धमाधम लाइन काटिन थालेपछि महसुल तिर्न बाँकी रहेका ३८८ ग्राहकले महसुल बुझाएको वितरण केन्द्रका प्रमुख शिवनारायण गोशलीले बताए। व्यक्तिगत र व्यावसायिक प्रतिष्ठानमा बाँकी रहेको ४० लाख ९९ हजार रुपैयाँ बक्यौता रकम उठेको गोशलीले बताए। लाइन काटिएकामध्ये २९ ग्राहकले अझै महसुल बुझाउन बाँकी छ। विद्युत् महसुल नियमावली २०७७ को विनियम ७ को उपनियम ३ बमोजिम ६० दिनसम्म महसुल बुझाउन नआउ...
चीनमा यात्रुबाहक बस र  ट्रकको दुर्घटनामा कम्तीमा ११ जनाको मृत्यु

चीनमा यात्रुबाहक बस र ट्रकको दुर्घटनामा कम्तीमा ११ जनाको मृत्यु

अन्तराष्ट्रिय, समाचार
चीनको पूर्वी क्षेत्रमा यात्रुबाहक बस र ट्रक ठक्कर एकआपसमा जुधेर भएको दुर्घटनामा कम्तीमा ११ जनाको मृत्यु भएको छ । आइतबार बिहान चीको जियाङ्सु प्रान्तमा भएको उक्त दुर्घटनामा अरु १९ जना घाइते भएका छन् । उक्त दुर्घटना शेनयाङ–हाइकाओ राजमार्गमा भएको प्रहरीले जनाएको छ । तिब्र गतिमा रहेको ट्रक अनियन्त्रित भई सडकको बीचको बार भत्काएर अर्कोतर्फबाट आइरहेको बसमा ठोक्किएको थियो । घाइतेहरुलाई नजिकका अस्पतालहरुमा भर्ना गरिएको छ । प्रारम्भिक अनुसन्धानमा यात्रुवाहक बस शाङ्घाईबाट गुयानयुन काउन्टीतर्फ गइरहेको थियो । चीनमा यतिखेर मानिसहरु छुट्टी मनाउन घरगाउँतर्फ जाने गरेका छन् । ...
चर्चित अभिनेता गोविन्दालाई  कोरोना संक्रमण

चर्चित अभिनेता गोविन्दालाई कोरोना संक्रमण

समाचार, स्वास्थ्य
भारतमा कोरोना भाइरस संक्रमणका घटना दिनदिनै बढिरहेका छन्। पछिल्लो २४ घण्टामा करिब १ लाख नयाँ संक्रमित थपिएको अधिकारीहरुले जनाएका छन्। कोरोनाको दोस्रो लहर आएपपछि स्वास्थ्य सुरक्षाका मापदण्ड मनाउन आग्रह गरिएको छ। यसैबीच, बलिउड अभिनेताहरु पनि कोरोना संक्रमणको सिकार भइरहेका छन्। अक्षय कुमार पछि अब चर्चित अभिनेता गोविन्दालाई पनि कोरोना संक्रमण भएको छ। भारतीय सञ्चार माध्यमका अनुसार बिहीबार गोविन्दाले कोरोना टेस्ट गराएका थियो । उनको रिपोर्ट सकारात्मक आएको छ। उनी अहिले घरमै होम क्वारेन्टाइनमा बसेका छन्। ...
पछिल्लो २४ घन्टामा नेपालमा थप १७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

पछिल्लो २४ घन्टामा नेपालमा थप १७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
 पछिल्लो २४ घन्टामा नेपालमा थप १७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ३४५६ मा पिसिआर गर्दा १७६ जनामा कोरोना पुष्टि भएको हो । पछिल्लो २४ घन्टामा भक्तपुरमा ४, ललितपुरमा ८ र काठमाडौँमा ८७ गरी उपत्यकामा मात्रै ९९ सय जनामा कोरोना संक्रमण पुष्टी भएको छ । योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७७ हजार ९४४ पुगेको छ । पछिल्लो २४ घन्टामा ११७ जना निको भएर फर्किएका छन् । योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७३ हजार २४० पुगेको छ । यसैगरी आजसम्म कोरोना संक्रमित ४७ जना आइसियूमा र ११ जना भेन्टिलेटरमा उपाचररत छन् । ...