आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: तथ्यखबर

कांग्रेसले  प्रधानमन्त्रीको राजीनामा माग्ने र नयाँ सरकार गठनका लागि अग्ररता लिने निर्णय

कांग्रेसले प्रधानमन्त्रीको राजीनामा माग्ने र नयाँ सरकार गठनका लागि अग्ररता लिने निर्णय

राजनीति, समाचार
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरबीच भेटघाट भएको छ । आइतवार (आज) बिहान साढे ८ बजे ठाकुरलाई भेट्न पौडेल ठाकुरको निवास हात्तीवन पुगेका थिए । भेटघाटमा नयाँ सरकार गठनका विषयमा कुराकानी भएको स्रोतले जनाएको छ । सरकार गठनका विषयमा मौन बनेको कांग्रेसले शुक्रवार प्रधानमन्त्रीको राजीनामा माग्ने र नयाँ सरकार गठनका लागि अग्ररता लिने निर्णय गरेसँगै पौडेलले ठाकुरलाई भेटेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले ठाकुरलाई सरकार गठनका लागि साथ दिन आग्रह गरिरहेका छन् । तर कांग्रेसका अनिर्णयका कारण आफूहरुले थप निर्णय गर्न नपाएको भनिरहेको जसपाले कांग्रेसको शुक्रवारको निर्णयसँगै सरकार गठनका विषयमा नेताहरुसँग छलफललाई तीव्र बनाएको छ । ...
कोरोनाभाइरसको महामारी नियन्त्रण गर्न भन्दै बङ्लादेशमा एक हप्ते लकडाउन घोषणा

कोरोनाभाइरसको महामारी नियन्त्रण गर्न भन्दै बङ्लादेशमा एक हप्ते लकडाउन घोषणा

अन्तराष्ट्रिय, समाचार
कोरोनाभाइरसको महामारी नियन्त्रण गर्न भन्दै बङ्लादेशमा एक हप्ते लकडाउन घोषणा गरिएको छ । स्थानीय समयअनुसार यही अप्रिल ५ देखि लागू हुनेगरी सरकारले लकडाउनको घोषणा गरेको अधिकारीहरुले जनाएका छन् । बङ्लादेशका सडक, यातायात तथा पुलमन्त्री अब्दुल क्वाडरले शनिबार अनलाइन पत्रकार सम्मेलन मार्फत लकडाउन घोषणा गरिएको जानकारी दिएका हुन । लकडाउनका लागि नयाँ निर्देशिका सरकारले चाडै नै घोषणा गर्ने सार्वजनिक प्रशासन मन्त्री फहाद हुसेनले बताए ।  अत्यावश्यकलगायतका कतिपय सेवा भने लकडाउनका बेलामा पनि सुचारु हुन सक्ने अधिकारीहरुले बताएका छन् ।  बङ्लादेशमा अहिलेसम्म छ लाख ३० हजार २७७ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । तीमध्ये पाँच हजार ६८३ जना पछिल्लो एकैदिनमा सङ्क्रमित भएका हुन् । पछिल्लो २४ घण्टामा बङ्लादेशमा कोरोनाकै कारण मात्रै ५८ जनाको मृत्यु भएको छ ।  योसँगै बङ्लादेशमा कोरोनाकै कारण मृत्यु ...
चर्चित क्रिकेट खेलाडी सचिन तेन्दुलकर कोरोना भाइरसबाट सङ्क्रमित, अस्पताल भर्ना

चर्चित क्रिकेट खेलाडी सचिन तेन्दुलकर कोरोना भाइरसबाट सङ्क्रमित, अस्पताल भर्ना

खेलकुद, समाचार
 चर्चित भारतीय क्रिकेट खेलाडी सचिन तेन्दुलकर अस्पताल भर्ना चएका छन । कोरोना भाइरसबाट सङ्क्रमित भएको पाँच दिनपछि उनी अस्पताल भर्ना भएको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् ।उनको स्वास्थ्य अवस्था झन झन बिग्रिदै गएपछि थप उपचारको आवश्यकता रहेको भन्दै चिकित्सकहरुले अस्पताल भर्ना हुन सुझाव दिएका थिए ।    खेलाडी तेन्दुलकर कोरोना भाइरसबाट सङ्क्रमित भएको पुष्टि भए पनि उनका परिवारजनको परीक्षण गर्दा भने सङ्क्रमण नभएको देखिएको छ । शुक्रबार उनले सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै, “मेरो स्वास्थ्यप्रति चिन्ता र चासो जनाउँदै स्वास्थ्य लाभको कामना गर्नुभएका सबैप्रति हार्दिक आभार व्यक्त गर्दछु ।”  उनले चिकित्सकहरुको सुझावका आधारमा आफू अस्पताल भर्ना भएको र आफु चाँडै नै निको भएर घर फर्किने विश्वास समेत व्यक्त गरे । खेलाडी तेन्दुलकरले अरु सबैलाई सुरक्षित रहन र सतर्कता अपनाउन पनि सामाजिक ...
देशभर पछिल्लो २४ घण्टामा थप १२८ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि

देशभर पछिल्लो २४ घण्टामा थप १२८ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि

समाचार, स्वास्थ्य
देशभर पछिल्लो २४ घण्टामा थप १२८ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय दुई हजार ७२७ जनाको नमूना परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ७७ हजार ७६८पुगेको छ । पछिल्लो २४ घण्टामा कारोनाका कारण एक जनाको मृत्यु भएको छ ।   पछिल्लो २४ घण्टामा उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या १६१ जना छन् । योसँगै उपचार पछि निको हुनेको सङ्ख्या दुई लाख ७३ हजार १२३ पुगेको छ । नेपालमा निको हुने दर ९८ दशमलब तीन प्रतिशत रहेको छ । ...
चिनी मीठो छ, तर यो स्वास्थ्यको लागि विषभन्दा कम छैन

चिनी मीठो छ, तर यो स्वास्थ्यको लागि विषभन्दा कम छैन

समाचार, स्वास्थ्य
 प्रत्येक काम शुरु गर्न अघि मिठो बस्तु खाएर वा बाँडेर शुरु हुनुपर्दछ भन्ने मान्यता छ तर, अब यो प्रत्येक पटक आवश्यक छैन । किनभने चिनी मीठो छ, तर यो स्वास्थ्यको लागि विषभन्दा कम छैन । गुलियो बस्तुमा अधिकांशमा चिनी हालिएको हुन्छ ।  गुलियो बस्तु खाँदा केहि समयका लागि तपाईंलाई आनन्द त आउँछ । तर पछि यसले तपाईंलाई थुप्रै रोगहरू निम्त्याउन सक्छ । साथै, कलिलो उमेरमा तपाईं धेरै रोगका समस्याहरूले घेर्नसक्छ ।  चिनी अन्नभन्दा ५ गुणा छिटो फ्याटमा परिणत हुन्छ र तपाईंलाई मोटो बनाउँदछ। अर्को शब्दहरुमा जब तपाइँ चिनी खानुहुन्छ तपाइँको मतलब तपाईले मोटेपनका कोशिकाहरुलाई खुवाउनु हुन्छ। चिनीले सेरोटोनिन भनिने हार्मोन बढाउँदछ । यसले तपाईंको मुडलाई खुशी बनाउँछ, तर अधिक चिनीको प्रयोगले तपाईंलाई डिप्रेसन र चिन्तामा पार्नसक्छ ।  चिनीले छालामा पनि नराम्रो असर गर्छ। ग्लाइकेसनको प्रक्रियाबाट ...
टिप्पर चालकहरूमा लागूऔषध चेकजाँच सुरु

टिप्पर चालकहरूमा लागूऔषध चेकजाँच सुरु

समाचार, समाज
टिप्पर चालकले टिप्पर चलाउँदा लागूऔषध प्रयोग गर्ने गरेको जनगुनासो आएपछि जिल्ला प्रहरी कार्यालय काभ्रेले टिप्पर चालकहरूमा लागूऔषध चेकजाँच सुरु गरेको छ। प्रहरीले बिहीबार साँझदेखि टिप्पर चालकमा लागूऔषध चेकजाँच गर्ने अभियान सञ्चालन गरेको हो। जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले रातको समयमा चल्ने टिप्पर चालकहरूले लागूऔषध प्रयोग गरी टिप्पर चलाउने गरेको जनगुनासो आएपछि उनीहरूले लागूऔषध प्रयोग गरे नगरेको जानकारी लिन चेकजाँच गर्ने काम सुरु गरिएको बताए । उनले जिल्ला प्रहरी, इलाका प्रहरी कार्यालय बनेपा र जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेको संयुक्त टोलीले बिहीबार साँझ बनेपामा चेकजाँच कार्यक्रम सञ्चालन गरेको बताए । ...
कैलालीमा हात्तीको आक्रमणबाट मृत्यु

कैलालीमा हात्तीको आक्रमणबाट मृत्यु

समाचार, समाज
कैलालीको जानकी गाउँपालिका–६ मा हात्तीको आक्रमणबाट एकको ज्यान गएको छ। शुक्रवार जगतपुर सामुदायिक वनको रानी टप्पामा निउरो टिप्न गएका ६० वर्षीय मन्सराम डगौराको हात्तीको आक्रमणबाट मृत्यु भएको इलाका प्रहरी कायालय टीकापुरले जानकारी दिएको छ। प्रहरी निरीक्षक अरुण बमले तरकारीका लागि निउरोको साग टिप्न गएका चौधरीको हात्तीको आक्रमणबाट मृत्यु भएको जानकारी दिए। चौधरीको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको छ। पछिल्लो समय वन जङ्गलभित्र र आसपासका क्षेत्रमा जङ्गली जनावरले मानिसलाई आक्रमण गर्ने क्रम बढेको छ। लायकपुर सामुदायिक वन समितिका अध्यक्ष हरिहर गिरी वन जङ्गल विनास हुँदा वन्यजन्तुको आहाराको अभावले जङ्गली जनावर जङ्गल बाहिर निस्कने, जङ्गलमै पनि आक्रमण गर्नेजस्ता घटना बढेको बताए । ...
कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय

कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय

राजनीति, समाचार
संसद्पुनर्स्थापनाको झन्डै डेढ महिनापछि प्रमुख प्रतिपक्ष दल कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री केपी ओलीले दुई वर्ष कार्यकाल बाँकी रहँदै ५ पुसमा गरेको संसद् विघटनलाई असंवैधानिक भन्दै सर्वोच्च अदालतले ११ फागुनमा उल्टाइदिएपछि नयाँ सत्तासमीकरणको बहस शुरु भएको थियो । तर, अदालतको निर्णयको डेढ महिना तथा संसद् बैठक शुरु भएको एक महिनापछि कांग्रेसले शुक्रवार केन्द्रीय कार्यसमितिबाट प्रधानमन्त्री ओलीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको छ । कांग्रेसले ओलीको विकल्प खोज्न चाहेका प्रतिगमनविरुद्ध रहेका दलहरूलाई विकल्पका साथ निर्णय गरेर आउन पनि अपिल गरेको छ । कांग्रेसले अब आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको छ । त्यसका लागि प्रतिगमनविरुद्ध रहेका दलहरूलाई निर्णय गरेर विकल्पका साथ आउन पनि अपिल गरेको छ,’बैठकपछि का...
अघिल्लो सातादेखि खराब रहेको मौसम क्रमश सुधार हुँदै

अघिल्लो सातादेखि खराब रहेको मौसम क्रमश सुधार हुँदै

माैसम, समाचार
अघिल्लो सातादेखि खराब रहेको मौसम क्रमश सुधार हुँदै गएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । अहिले देशको पहाडी भु-भागहरुमा आंशिक बदली रही वाँकी भू–भागहरुमा मौसम सामान्यातय सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । महाशाखाका अनुसार शनिवार दिउँसो प्रदेश नम्बर १ र गण्डकी प्रदेशका केही भागमा वर्षाको सम्भावना छ । शनिबार दिउँसो प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जानकारी दिएको छ । शनिबार दिउँसो प्रदेश १ र गण्डकी प्रदेशका १–२ स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको पनि महाशाखाले जानकारी दिएको छ । शनिबार राति भने देशका पहाडी भू-भागमा आंशिक बदली रही...
प्रधानमन्त्री केपी शर्मा ओली १६५ वटा निर्वाचन क्षेत्रमा एकैपटक सडक निर्माणको संयुक्त शुभारम्भ गर्दै

प्रधानमन्त्री केपी शर्मा ओली १६५ वटा निर्वाचन क्षेत्रमा एकैपटक सडक निर्माणको संयुक्त शुभारम्भ गर्दै

समाचार, समाज
आज (शनिबार) देशका १६५ वटा निर्वाचन क्षेत्रमा एकैपटक सडक निर्माणको संयुक्त शुभारम्भ हुने भएको छ । शनिबार १६५ वटा निर्वाचन क्षेत्रमा निर्वाचन क्षेत्र स्तरीय सडक निर्माणको संयुक्त शुभारम्भ हुने भएको हो । बालुवाटारमा एक कार्यक्रमका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले १६५ वटा निर्वाचन क्षेत्रमा निर्वाचन क्षेत्र स्तरीय सडक निर्माणको सुरुआत गर्न लागेका हुन् । सडक विभागका महानिर्देशक अर्जुनजंग थापाका अनुसार सडकहरुको निर्माण कार्य थाल्न प्रधानमन्त्री ओलीले शनिबार संयुक्त रुपमा शुभारमभ गर्न लागेका हुन् ।यो वर्ष सरकारले प्रत्यक निर्वाचन क्षत्रेमा एउटा सडक बनाउने कार्यक्रमका लागि ३ अर्ब २० करोड बजेट छुट्याएको छ । बहुवर्षीय ठेक्का अन्तर्गत बन्ने यस्ता अधिकांश सडकहरुको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र वातावरणीय अध्ययन तयार भएको छैन । यी सडकमा अहिले पनि स्थानीय तह र प्रदेश सरकारले बजे...