आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

अघिल्लो सातादेखि खराब रहेको मौसम क्रमश सुधार हुँदै

अघिल्लो सातादेखि खराब रहेको मौसम क्रमश सुधार हुँदै गएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।

अहिले देशको पहाडी भु-भागहरुमा आंशिक बदली रही वाँकी भू–भागहरुमा मौसम सामान्यातय सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

महाशाखाका अनुसार शनिवार दिउँसो प्रदेश नम्बर १ र गण्डकी प्रदेशका केही भागमा वर्षाको सम्भावना छ ।

शनिबार दिउँसो प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जानकारी दिएको छ ।

शनिबार दिउँसो प्रदेश १ र गण्डकी प्रदेशका १–२ स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको पनि महाशाखाले जानकारी दिएको छ ।

शनिबार राति भने देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *