बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

प्रधानमन्त्री केपी शर्मा ओली १६५ वटा निर्वाचन क्षेत्रमा एकैपटक सडक निर्माणको संयुक्त शुभारम्भ गर्दै

आज (शनिबार) देशका १६५ वटा निर्वाचन क्षेत्रमा एकैपटक सडक निर्माणको संयुक्त शुभारम्भ हुने भएको छ ।

शनिबार १६५ वटा निर्वाचन क्षेत्रमा निर्वाचन क्षेत्र स्तरीय सडक निर्माणको संयुक्त शुभारम्भ हुने भएको हो ।

बालुवाटारमा एक कार्यक्रमका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले १६५ वटा निर्वाचन क्षेत्रमा निर्वाचन क्षेत्र स्तरीय सडक निर्माणको सुरुआत गर्न लागेका हुन् ।

सडक विभागका महानिर्देशक अर्जुनजंग थापाका अनुसार सडकहरुको निर्माण कार्य थाल्न प्रधानमन्त्री ओलीले शनिबार संयुक्त रुपमा शुभारमभ गर्न लागेका हुन् ।
यो वर्ष सरकारले प्रत्यक निर्वाचन क्षत्रेमा एउटा सडक बनाउने कार्यक्रमका लागि ३ अर्ब २० करोड बजेट छुट्याएको छ ।

बहुवर्षीय ठेक्का अन्तर्गत बन्ने यस्ता अधिकांश सडकहरुको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र वातावरणीय अध्ययन तयार भएको छैन ।

यी सडकमा अहिले पनि स्थानीय तह र प्रदेश सरकारले बजेट खर्च गर्दैछन् । सांसदहरुको ठूलो दरमा स्थानीय पूर्वाधार विकास कार्यक्रममा बजेट मागेपछि चालु आर्थिक वर्षको बजेटमार्फत सरकारले एक निर्वाचन क्षेत्रमा एउटा सडक बनाउने गरी कार्यक्रम ल्याएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *