पछिल्लो २४ घन्टामा नेपालमा थप १७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ३४५६ मा पिसिआर गर्दा १७६ जनामा कोरोना पुष्टि भएको हो ।
पछिल्लो २४ घन्टामा भक्तपुरमा ४, ललितपुरमा ८ र काठमाडौँमा ८७ गरी उपत्यकामा मात्रै ९९ सय जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७७ हजार ९४४ पुगेको छ ।
पछिल्लो २४ घन्टामा ११७ जना निको भएर फर्किएका छन् । योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७३ हजार २४० पुगेको छ ।
यसैगरी आजसम्म कोरोना संक्रमित ४७ जना आइसियूमा र ११ जना भेन्टिलेटरमा उपाचररत छन् ।
