आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: तथ्यखबर

एएफसी कप २०२१ प्ले अफमा नेपालको त्रिभुवन आर्मी फुटबल क्लबले आज श्रीलंका पुलिस स्पोर्ट्स क्लबसँग प्रतिस्पर्धा

एएफसी कप २०२१ प्ले अफमा नेपालको त्रिभुवन आर्मी फुटबल क्लबले आज श्रीलंका पुलिस स्पोर्ट्स क्लबसँग प्रतिस्पर्धा

खेलकुद, समाचार
 एएफसी कप २०२१ प्ले अफमा नेपालको त्रिभुवन आर्मी फुटबल क्लबले आज श्रीलंका पुलिस स्पोर्ट्स क्लबसँग प्रतिस्पर्धा गर्ने भएको छ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ५ः३० बजे सुरु हुनेछ । घरेलु मैदानमा आर्मी जित निकाल्दै प्ले अफको दोस्रो चरणमा पुग्ने योजनामा रहेको छ । पहिलो खेलमा श्रीलंकाको पुलिसलाई हराएमा आर्मीले दोस्रो खेलमा भारतको बेंगलुरु फुटबल क्लबसँग खेल्नेछ । उक्त खेल अप्रिल १४ मा हुनेछ ।भारतको बेंगलुरुलाई पराजित गरेको खण्डमा आर्मीले अप्रिल २१ मा हुने प्ले अफको फाइनल खेल खेल्नेछ । यस प्ले अफको विजेताले समूह चरणको समूह डी स्थान बनाउने छन् । समूह डी मा भारतको मोहुन बगान, बंगलादेशको बसुन्धरा किंग्स र माल्दिभ्सको माजिया एण्ड रिक्रिएसन रहेका छन् । यस समूहका समूह चरणका खेलहरु मे १४ बाट सुरु हुनेछ । एएफसीको क्लब लाईसेन्स प्राप्त गरेपछि आर्मीले पहिलो पटक एएफसीको प्रतियोगिता खे...
आज चैत २५ गते बुधबारको राशिफल

आज चैत २५ गते बुधबारको राशिफल

राशिफल, समाचार
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सामान्य कार्य सम्पादनमा अधिक श्रम खर्चनु पर्नेछ साथै सामान्य अपजस खेप्नु पर्ला । पारीवारिक स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । आफन्तजनको साथ सहयोगमा कमि आउनाले सामान्य मानसिक चिन्ताले सताउन सक्छ । भुमि तथा वाहन सम्बन्धी समस्याले सताउनेछ । बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) मित्रजनहरुको सहयोगमा अधुरा कार्य सम्पादन हुनेछन । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित रहन सक्छ । आटँ शाहसको कमीले कार्यमा ब्यबधान आउला । प्रतिपक्क्षी सबल रहनाले तपाईलाई आफ्नु कमजोरीको महसुस हुनेछ । अपरीचित ब्यत्तिहरुको बिश्वासमा नपरेकै बेश रहनेछ । मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) मान्यजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । सामान्य बादबिवादको झमेलामा फसिने सम्भाबना रहेकोछ ।साजेदारी काममा लगानी नगरैकै बेश हुनेछ । आफन्तजन ...
अब ट्रायल परीक्षामा ७० प्रतिशत अंक ल्याएमा उत्तीर्ण

अब ट्रायल परीक्षामा ७० प्रतिशत अंक ल्याएमा उत्तीर्ण

समाचार, समाज
सवारीचालक अनुमतिपत्रका लागि आवेदन दिने सेवाग्राहीको चाप बढेसँगै नयाँ निर्देशिका ल्याई त्यसलाई सहज बनाइएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारीचालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका, २०७७ स्वीकृत गरिसकेको छ। यो निर्देशिका आगामी जेठ १ गतेदेखि कार्यान्वयनमा आउने यातायात व्यवस्था विभागका प्रवक्ता लोकनाथ भुसालले बताए। यसअघि सवारीचालक अनुमतिपत्रको प्रयोगात्मक (परीक्षा) ट्रायलमा शतप्रतिशत पास गरेपछि मात्रै लाइसेन्स पाइन्थ्यो। तर नयाँ निर्देशिकाअनुसार अब ट्रायल परीक्षामा ७० प्रतिशत अंकभार ल्याएमा उत्तीर्ण भएको मानिनेछ,’उनले भने,‘समय सान्दर्भिक सवारीचालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा फेरबदल गरेका हौं। कोभिड–१९ का कारण सवारीचालक अनुमतिपत्र झन्डै १० महिना ठप्प भएको थियो। ...
जिप दुर्घटना हुँदा २ जनाको मृत्यु

जिप दुर्घटना हुँदा २ जनाको मृत्यु

समाचार, समाज
पाल्पाको तानसेनमा मालबहाक जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। कुखुरा बोकेको उक्त गए राति करिब १२:२० बजे तानसेन नगरपालिका वडा नम्बर ७ काजिपौवामा दुर्घटनामा परेको थियो। प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले दिएको जानकारीअनुसार लु २ च ६३२ नम्बरको जिप तानसेनतर्फ आउँदै गर्दा कच्ची सडकबाट करिब २० मिटर तल खसेको हो। दुर्घटनामा परेर जिपका चालक पाल्पाको बगनासकाली गाउँपालिका वडा नम्बर ४ का २० वर्षीय विजय खाम्चा र पाल्पा रिब्दीकोट गाउँपालिका वडा नम्बर ४ का २७ वर्षीय राज थापाको मृत्यु भएको उनले बताए। गम्भीर घाइते भएका उनीहरूलाई यूनाइटेड मिसन अस्पताल पाल्पा लगिएकोमा चिकित्सकहरूले मृत घोषणा गरेका थिए। दुर्घटनाबारे थप अनुसन्धान जारी रहेको उनले बताए। ...
नेकपा एमालेको नेपाल-खनाल समूहले आज बागमती प्रदेशमा समानान्तर कमिटी घोषणा गर्ने

नेकपा एमालेको नेपाल-खनाल समूहले आज बागमती प्रदेशमा समानान्तर कमिटी घोषणा गर्ने

राजनीति, समाचार
 नेकपा एमालेको नेपाल-खनाल समूहले आज बागमती प्रदेशमा समानान्तर कमिटी घोषणा गर्ने भएको छ । खनाल नेपाल समूह बागमती प्रदेशको स्थायी कमिटि बैठकबाट समानान्तर कमिटी घोषणा गर्ने पार्टी स्थायी कमिटी सदस्य एवम् बागमती प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्यले जानकारी दिइन् । बैठक विहान ११ बजे बल्खुस्थित एक पार्टी प्यालेसमा बोलाइएको छ । अध्यक्ष केपी शर्मा ओलीका गतिविधिप्रति तीव्र असन्तुष्टि व्यक्त गर्दै आएको खनाल नेपाल समूहले ओलीको कारबाहीका बाबजुद समानान्तर कमिटी घोषणा गर्दै आएको छ । दुई दिन अघि खनाल नेपाल समूहले काठमाडौं जिल्ला कमिटी घोषणा गरेको थियो । यस्तै गण्डकी प्रदेशमा पनि समानान्तर कमिटी गठन गरिसकेको छ । अध्यक्ष ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई कारबाही गरेपछि नेपाल खनाल समूहले समानान्तर कमिटीमा ...
सिक्किमलाई केन्द्रविन्दु बनाएर ५.८ रेक्टर स्केलको भूकम्पको धक्का नेपालसम्म महसुस

सिक्किमलाई केन्द्रविन्दु बनाएर ५.८ रेक्टर स्केलको भूकम्पको धक्का नेपालसम्म महसुस

समाचार, समाज
भारतको सिक्किमलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पको धक्का नेपालसम्म महसुस भएको छ । सोमबार साँझ सिक्किमलाई केन्द्रविन्दु बनाएर ५.८ रेक्टर स्केलको भूकम्प गएको थियो । खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेका अनुसार भूकम्पको झट्का  नेपालको पूर्वी भूभागमा समेत महसुस भएको थियो । ‘जनकपुरसम्म पनि भूकम्पको ठूलो झड्का महसुस भएको जानकारी पाएका छौं,’  ...
सुन-चाँदीको मूल्य घट्यो

सुन-चाँदीको मूल्य घट्यो

आर्थिक, समाचार
आज (सोमबार) नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन तोलामा २ सय रुपैयाँले घटेको हो । महासंघका अनुसार सोमबार तोलामा २ सय रुपैयाँले घटेर छापावाल सुनको मूल्य प्रतितोला ८७ हजार २ सय रुपैयाँ कायम भएको छ । सोमबार तेजाबी सुनको मूल्य प्रतितोला ८६ हजार ७ सय ५० रुपैयाँ कायम भएको छ । यसअघि आइतबार छापावाल सुनको मूल्य तोलामा ८७ हजार ४ सय र तेजाबी सुनको मूल्य ८६ हजार ९ सय ५० रुपैयाँ थियो । अघिल्लो साताको अन्तिम कारोबार दिन (चैत २० गते, शुक्रबार) तोलामा ९ सय रुपैयाँ बढेर प्रतितोला ८७ हजार ४ सय रुपैयाँ पुगेको सुनको मूल्य यो साताको पहिलो कारोबार दिन (चैत २२ गते, आइतबार) भने स्थिर रहेको थियो । सोमबार चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । सोमबार तोलामा ५ रुपैयाँले घटेर चाँदीको मूल्य प्रतितोला १ हजार २ सय ३५ रुपैयाँ कायम भएक...
अनेरास्ववियूले पेट्रोलियम पदार्थको मूल्य वृद्धि विरुद्ध आयल निगम घेराउ गर्ने

अनेरास्ववियूले पेट्रोलियम पदार्थको मूल्य वृद्धि विरुद्ध आयल निगम घेराउ गर्ने

समाचार, समाज
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएसँगै चौतर्फी विरोध भइरहेको छ । केही सातायता लगातार पेट्रोलियम पदार्थको मूल्य बढाईरहेको छ । अन्तर्राष्ट्रिय बजारमाकच्चा तेलको मूल्य बढेको र आईओसीले मूल्य बढाएर पठाएका कारण मूल्य बृद्धि गर्न परेको निगमको भनाइ छ । आइतबार रातिदेखि लागू हुनेगरि निगमले मूल्य बढाएको थियो । यसैबीच सत्तारुढ दल एमालेको झलनाथ खनाल माधव नेपाल पक्षको विद्यार्थी सँगठन अनेरास्ववियूले पेट्रोलियम पदार्थको मूल्य वृद्धि विरुद्ध आयल निगम घेराउ गर्ने भएको छ । दिउँसो १२:०० बजे आयलनिगमको कार्यालय, बबरमहल घेराउ गर्ने अनेरास्ववियूले जनाएको छ । ...
काठमाडौं संसारकै धेरै वायु प्रदुषण भएको सहरको सूचीमा पहिलो नम्बरमा

काठमाडौं संसारकै धेरै वायु प्रदुषण भएको सहरको सूचीमा पहिलो नम्बरमा

समाचार, समाज
देशभरि फेरि वायु प्रदुषणको मात्रा ह्वात्तै बढेको छ । बिहीबार साँझ पूर्वी तथा मध्य नेपालमा भएको वर्षाले प्रदषण केही घटे पनि आइतबारदेखि फेरि बढेको हो । वायु प्रदुषणले खतराको तह पार गरेपछि गत साता सरकारले देशभरिका विद्यालय बन्द गरेको थियो । आइतबारदेखि विद्यालय फेरि खुले पनि प्रदुषण फेरि ह्वात्तै बढेको छ । वातावरण विभागको तथ्याङ्कअनुसार सोमबार बिहान सबैभन्दा धेरै वायु प्रदुषण धनगढीमा छ । धनगढी एयर क्वालिटी इन्डेक्स (एक्युआई) ४२९ पुगेको छ । दोस्रो नम्बरमा चितवनको भरतपुर छ । त्यहाँको एक्युआई ३९८ छ भने तेस्रो नम्बरमा ललितपुरको भैंसेपाटीमा एक्युआई ३२५ छ । वायुको गुणस्तर एयर क्वालिटी इन्डेक्स (एक्वुआई)मा मापन गरिन्छ। एक्वुआई ५० सम्म हुनु राम्रो हो, ५० देखि १०० सम्मलाई मोडरेट मानिन्छ। एक्वुआई १५० सम्म पुग्दा संवेदनशील समूहलाई अस्वस्थकर हुन्छ। २०० सम्म पुगे सबैका लागि अस्वस्थ हु...
चीनले दिएको कोरोनाविरुद्धको खोप चैत २५ देखि लगाउने निर्णय

चीनले दिएको कोरोनाविरुद्धको खोप चैत २५ देखि लगाउने निर्णय

समाचार
नेपाल सरकारले चीनले अनुदान दिएको कोरोनाविरुद्धको भेरोसेल खोप आगामी २५ चैतदेखि लगाउने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप काठमाडौं उपत्यकाका अस्पताल र प्रदेशस्तरीय अस्पतालमा मात्रै लगाउने योजना बनाएको प्रवक्ता प्रा.डा जागेश्वर गौतमले जानकारी दिए । चीनको सरकारी कम्पनी सिनोफार्मले उत्पादन गरेको कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको ८ लाख डोज खोप सोमवार काठमाडौं आइपुगेको थियो । ...