आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: तथ्यखबर

विश्व बजारमा ‘नेपाल टी’, १२ कम्पनीले लोगो पाउँदै

विश्व बजारमा ‘नेपाल टी’, १२ कम्पनीले लोगो पाउँदै

समाचार
असाेज ५ काठमाडाैं । नेपाल चिया उत्पादन शुरु भएको १५७ वर्षपछि आफ्नै लोगो (टे«डमार्क) मा नेपाली चिया निर्यात हुने भएको छ । ‘नेपाल टी क्वालिटी फ्रर्म द हिमालयाज’ लोगो अङ्कित चिया अब विश्व बजारमा निर्यात हुने राष्ट्रिय चिया तथा कफी विकास बोर्डका क्षेत्रीय प्रमुख इन्द्रप्रसाद अधिकारीले बताउनुभयो । “कार्यविधि बनेर लोगो कार्यान्वयनको चरणमा पुगेको छ”, उहाँले भन्नुभयो, “पहिलो चरणमा देशभरका १२ वटा कम्पनीले लोगो पाउँदैछन् ।” उहाँले मापदण्ड पूरा गरेर क्रमशः अन्य उद्योगलाई पनि लोगो प्रदान गरिने बताउनुभयो । स्वास्थ्य, वातावरणीय, पर्यावरणीयलगायतका मापदण्ड पूरा गरेपछि मात्र लोगो पाउने उहाँले बताउनुभयो । हाल प्रदान गरिने लोगो अर्थोडक्स चियाका लागि हो । लोगो कार्यान्वयनमा आएपछि विश्व बजारमा नेपाली चियाको विश्वसनीयता बढ्ने प्रमुख अधिकारी बताउनुहुन्छ । “कानूनी मान्यताप्राप्त लोगो नहुँदा नेपाली चिया...
१० पटक सगरमाथा आरोहण गरेका आङरिता शेर्पाको निधन

१० पटक सगरमाथा आरोहण गरेका आङरिता शेर्पाको निधन

समाचार
असाेज ५ काठमाडाैं । हिमाल आरोही आङरिता शेर्पाको सोमबार निधन भएको छ।उनको आज (आइतबार) बिहान १० बजे उनकै निजि निवास जोरपाटीमा निधन भएको पासाङ ल्हामु फाउन्डेसनका महासचिव छेटु शेर्पाले बताए। उनको ७२ बर्ष को उमेरमा निधन भएको हो।बिना अक्सिजना १० पटक सगरमाथा आरोहण गरेका शेर्पा ‘हिम चितुवा’ उपनामले विश्वभर प्रख्यात छन्। ...
सोमबार बढ्यो सुनको मुल्य

सोमबार बढ्यो सुनको मुल्य

आर्थिक
असाेज ५ काठमाडाैं । नेपाली बजारमा साताको दोस्रो दिन सुनको मुल्य बढेको छ । आज आइतबार प्रतितोला ९७ हजार रुपैयाँमा किनबेच भएको सुनको मुल्य आज बढेर ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
एउटै खेलाडी एउटै खेलमा २ पटक शून्य रनमा आउट

एउटै खेलाडी एउटै खेलमा २ पटक शून्य रनमा आउट

अन्तराष्ट्रिय, खेलकुद
असाेज ५ काठमाडाैं । आइपीएलको दोस्रो खेलमा दिल्ली विजयी भएको छ । सुपर ओभरमा ३ रनको लक्ष्य पाएको दिल्लीले सहज जित हासिल गरेको हो । दिल्ली क्यापिटल्स र किंग्स ११ पंजाबबीचको यो खेलमा केही रोचक रेकर्डहरु बनेका छन् । यो अहिलेसम्म आइपिएलका खेलमा सबैभन्दा कम स्कोर बनेको सुपर ओभर हो । समग्र टि–२० मा भने बिग बाश लिगमा २०१४ मा सिड्नी सिक्सर्सले सुपर ओभरमा १ रन मात्र बनाउन सकेको थियो । यस्तै यो खेलमा पंजाबको तर्फबाट खेलेका वेष्ट इण्डिजका ब्याट्सम्यान निकोलस पुरन २ पटक शुन्य रनमा आउट भए । रोचक त के भने दुवै पटक उनी बोल्ड भएका थिए । पहिले पंजाबको इनिङमा शुन्य रनमा रजिचन्द्रन अश्विनको हातबाट बोल्ड भएका पुरन सुपर ओभरमा कागिसो रबाडाको हातबाट बोल्ड भए । यसअघि एउटै ब्याट्सम्यान २ पटक शुन्यमा आउट भएको घटना अस्ट्रेलियाको बिग बाश लिगमा भएको थियो । २०१४ को बिग बास लिगमा सिड्नी सिक्सर्सका मोइस हेनरिक्स नि...
मास्क जथाभावी फाल्ने प्रवृतिले जोखिम

मास्क जथाभावी फाल्ने प्रवृतिले जोखिम

समाचार
असाेज ५ बैतडी । कोरोना भाइरस संक्रमण बढेसँगै बैतडीमा पनि मास्क लगाउनेको संख्यामा वृद्धि हुँदै गएको छ । यद्यपि मास्क प्रयोग गरिसकेपछि जथाभावी फाल्ने प्रवृत्तिले संक्रमणको जोखिम पनि त्यतिकै बढाएको छ । सडक, सडकपेटी र बजारक्षेत्रमा प्रयोग भएको मास्क जथाभावी फालिएकाले जोखिम बढ्दै गएको हो । मास्कको उचित प्रयोग र विसर्जन हुन नसक्दा संक्रमण फैलिन सक्ने जिल्ला अस्पताल बैतडीका चिकित्सक डम्बरजङ्ग सिंहले बताए । “मास्कको भित्री भागमा थुक, र्याल, सिँगान र बाहिरी भागमा अरुको थुकको छिटा परेको हुनसक्ने भएकाले जथाभावी फाल्दा सङ्क्रमणको जोखिम हुन्छ”, उनले भने । मास्कको उचित व्यवस्थापन हुन नसके संक्रमण फैलन सक्ने उनको भनाइ छ । मास्क खोल्दा र लगाउनुअघि हात पूर्णरूपमा सेनिटाइज (निर्मलीकरण) वा साबुनपानीले धुनुपर्ने र मास्कलाई गोलो बनाएर बिर्को लगाएको डष्टबिनमा हाल्नुपर्ने सुझाव उनको छ । मास्कमा धातु र प्ल...
भारतमा एकैदिन थपिए ८७ हजार भन्दा धेरै कोरोना संक्रमित

भारतमा एकैदिन थपिए ८७ हजार भन्दा धेरै कोरोना संक्रमित

अन्तराष्ट्रिय
असाेज ५ काठमाडाैं ।कोरोना भाइरसको महमारी अहिले सारा विश्व्मा नै व्याप्त छ ।कोरोना भाइरसका कारण अहिलेसम्म विश्वमा ९ लाख ६५ हजार ३६ जनाको मृत्यु भएको छ भने ३ करोड १२ लाख २८ हजार ४९० जनालाई कोरोना संक्रमण भएको छ । त्यस्तै २ करोड २८ लाख २१ हजार ३११ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ६१ हजार २४६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेका छन् ।यसैबीच भारतमा कोरोना कारण भारतमा ८७ हजार ९०९ जनाको मृत्यु भएको छ भने ५४ लाख ८५ हजार ६१२ जनालाई कोरोना संक्रमण भएको छ । त्यस्तै ४३ लाख ९२ हजार ६५० जना कोरोना संक्रमण मुक्त भएका छन् भने १० लाख ५ हजार ५३ जना उपचाररत छन् । त्यस्तै ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यस्तै भारतमा आईतवार मात्रै ८७ हजार ३८२ जना नयाँ संक्रमित थपिएका छन् भने १ हजार १३५ जनाको मृत्यु भएको छ । ...
नेकपा सचिवालय बैठक स्थगित

नेकपा सचिवालय बैठक स्थगित

राजनीति
असाेज ५ काठमाडाैं ।सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक स्थगित भएको छ ।सोमबार दिउँसो २ बजे पार्टी कार्यालय पेरिशडाँडामा बस्ने भनिएको बैठक मंगलबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको हो । सोमबारको बैठकबाट मन्त्रीमण्डल पूनर्गठनका सन्दर्भमा ठोस निर्णयमा पुग्ने भनिएको थियो ।तर, मन्त्रीमण्डल पुनर्गठनका सन्दर्भमा दुई अध्यक्षको नै गृहकार्य नपुगेको भन्दै सोमबारको सचिवालय बैठक स्थगित भएको हो । सचिवालय बैठक स्थगित भएपछि अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)बीच बालुवाटारमा छलफल शुरु भएको छ ।मन्त्रीमण्डल पुनर्गठनकै सन्दर्भमा छलफल गर्न ओली र प्रचण्डबीच भेटवार्ता शुरु भएको हो । ...
कोरोना संक्रमणबाट बाँकेमा सुर्खेतका कैदीको मृत्यु

कोरोना संक्रमणबाट बाँकेमा सुर्खेतका कैदीको मृत्यु

समाचार
असाेज ५ नेपालगञ्ज । कोरोना भाइरसको संक्रमण देखिएका सुर्खेतका एक कैदीको उपचारका क्रममा बाँकेको नेपालगञ्जमा मृत्यु भएको छ । भेरी अस्पतालमा उपचारका क्रममा सुर्खेतको गुर्भाकोट नगरपालिका–४ सहारे घर भएका ५८ वर्षीय पुरुषको सोमबार बिहान ६ः२० बजेतिर मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । कोरोना फोकल पर्सन श्रेष्ठका अनुसार मृत्यु भएका पुरुष लामो समयदेखि श्वासप्रश्वास र दमको समस्याबाट ग्रसित थिए । स्वास्थ्यमा समस्या देखिएपछि प्रदेश अस्पताल सुर्खेत भर्ना भएका उनमा परीक्षणका क्रममा कोरोना पोजेटिभ देखिएको थियो । उपचारकै क्रममा अवस्था झन गम्भीर बनेपछि प्रदेश अस्पताल सुर्खेतले उनलाई थप उपचारका लागि भेरी अस्पतालमा रेफर गरेको थियो । उनी जिल्ला कारागार सुर्खेतमा कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका थिए । ...
महाराष्ट्रमा भवन भत्किँदा ८ जनाको मृत्यु

महाराष्ट्रमा भवन भत्किँदा ८ जनाको मृत्यु

अन्तराष्ट्रिय
असाेज ५ काठमाडाैं । भारतको महाराष्ट्रस्थित भिवण्डीमा तीन तले भवन भत्किँदा ८ जनाको मृत्यु भएको छ।समाचार एजेन्सी एएनआईका अनुसार स्थानीय बासिन्दाले २० जनाको जीवितै उद्धार गरेका छन्। यस्तै ठाणे नगर निमगले भवनमा रहेका अरु पाँच जनालाई पनि निकालिएको जनाएका छन् । भत्केको भवनभित्र अझै २० देखि २५ जना फसेको हुन सक्ने अनुमान गरिएको छ। अहिले उद्धारको काम जारी रहेकाे छ। ...
पूर्व जानकारीबिना बिजुली काटिए तुरुन्त खबर गर्नुहोस् ; ऊर्जा मन्त्रालय

पूर्व जानकारीबिना बिजुली काटिए तुरुन्त खबर गर्नुहोस् ; ऊर्जा मन्त्रालय

राजनीति
असाेज ५ काठमाडाैं । नेपाल विद्युत् प्राधिकरणबाट कुलमान घिसिङले चार वर्षे कार्यकाल पूरा गरेर बाहिरिएसँगै आम मानिस फेरि लोडसेडिङ सुरु हुने हो कि भन्ने चिन्तामा देखिन्छन्। दैनिक १६ घण्टासम्मको लोडसेडिङ अन्त्य गरेर आम मानिसको मन जितेका घिसिङलाई दोस्रो कार्यकाल पनि प्राधिकरणमा जिम्मेवारी दिनुपर्ने माग चर्को रुपमा उठिरहेको छ। उनको पक्षमा सडकमा समेत प्रर्दशन भइरहेको छ। घिसिङको बगिरगमनसँगै प्राविधिक कारणले विजुली जाँदासमेत आम मानिसले लोडसेडिङ सुरु भएको आशंका व्यक्त गरिरहँदा ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री मन्त्रालयले पूर्वजानकारी विना आफ्नो क्षेत्रमा बत्ती गएमा तुरुन्त मन्त्रालय वा प्राधिकरणमा जानकारी गराउन आग्रह गरेको छ। हाल देशको कुनै पनि ठाउँमा लोडसेडिङ नरहेको जनाउँदै विनाकारण बत्ती गए त्यसको जिम्मेवारी ऊर्जा मन्त्रालयले लिने मन्त्री वर्षमान पुनको सचिलायले जनाउँदै त्यसबारे जानकारी द...