आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: तथ्यखबर

विश्व किर्तीमानी आङरिता शेर्पाको निधनले आफु दुखी भएको : प्रम ओली

विश्व किर्तीमानी आङरिता शेर्पाको निधनले आफु दुखी भएको : प्रम ओली

समाचार
असाेज ५ काठमाडाैं ।प्रधानमन्त्री कपी शर्मा ओलीले आङरिता शेर्पाको निधन प्रति हार्दिक श्रद्धासुमन अर्पण गरेका छन् । प्रम ओलीले आज ट्विटर मार्फत आङरिता शेर्पा प्रति हार्दिक श्रद्धान्जली अर्पण गरेका हुन् । बिना अक्सिजन १० पटक विश्को सर्वोच्च शिखर सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम गर्नु भएका आङरिता शेर्पाको निधनले अत्यन्त दुखित तुल्याएको बताएका छन् । प्रम ओलीले शोकसन्तप्त परिवार र शुभेच्छुकहरुप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । प्रम ओलीको ट्विट बिनाअक्सिजन १० पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम गर्नु भएका आङरिता शेर्पाको निधनले अत्यन्त दुस्खित तुल्याएको छ। यस दुःखद् घडीमा उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै शोकसन्तप्त परिवार र शुभेच्छुकहरुप्रति गहिरो समवेदना ब्यक्त गर्दछु।उहाँको कीर्तिमानी सदास्मरणीय रहने छ। ...
कोरोना विरुद्ध  गुर्जाेको रस सेवनप्रति सर्वसाधारणको आकर्षण

कोरोना विरुद्ध गुर्जाेको रस सेवनप्रति सर्वसाधारणको आकर्षण

शिक्षा, स्वास्थ्य
असाेज ५ काठमाडाैं । कोभिड–१९ को सङ्क्रमण बढेसँगै तनहुँ जिल्लामा गुर्जो सेवनप्रति सर्वसाधारणको आकर्षण बढेको छ । रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बढाउनका लागि गुर्जो सेवनप्रति आकर्षण बढेको हो । कोरोनाको जोखिम बढेपछि गुर्जोको रस नियमित सेवन गर्न थालेको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडाका एकनारायण भण्डारीले बताउनुभयो । कोरोना जोखिम नदेखिदाँसम्म गुर्जेको वास्ता नभएपनि आजकल परिवारले नै नियमित सेवन गर्ने गरेको उहाँले जानकारी दिनुभयोे । “रोग प्रतिरोधात्मक क्षमता बढाउँछ भन्ने सुनेपछि परिवारले नै गुर्जा सेवन गर्न थालेको छौ,” उहाँले भन्नुभयो । गाउँमा घरको वरपर र जङ्गलमा प्रशस्तै पाईने गुर्जो आजकाल शहरका बगैंचा र करेसामा समेत लगाउन थालिएको छ । नियमित सेवन गर्न थालेसँगै छिमेकीको खाली जग्गामा पनि गुर्जो लगाएको भण्डारीले जानकारी दिनुभयो । कोरोना सङ्क्रमणमुक्त हुनुभएका देवघाट क्षेत्र विकास समितिक...
५ दिनसम्म धेरै ठूलो वर्षा हुने र हावाहुरी आउने सम्भावना

५ दिनसम्म धेरै ठूलो वर्षा हुने र हावाहुरी आउने सम्भावना

माैसम
असाेज ५ काठमाडाैं । जल तथा मौसम विज्ञान विभागले भोलि सेप्टेम्बर २१ रातिदेखि ५ दिनसम्म ठूलो वर्षाका साथै हावाहुरीको सम्भावनासमेत रहेको भन्दै सबैलाई सतर्कता अपनाउन आग्रह गरेको छ। आइतबार साँझ ७ बजे विशेष मौसम बुलेटिन जारी गर्दै विभागले हाल उत्तरपूर्व बंगालको खाडीमा रहेको न्यून चापीय क्षेत्र पश्चिम उत्तर पश्चिमतर्फ सर्ने क्रममा आगागमी ४-५ दिन नेपालका धेरै स्थानमा मेघगर्जन\चट्टयाङ सहितको वर्षा तथा केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना देखिएको जानकारी दिएको हो। साथै हावाहुरीसमेत आउने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको छ। नेपाल सरकार उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय जल तथा मौसम विज्ञान विभाग विशेष मौसम बुलेटिन (Special Weather Bulletin) (जारी मितिः २०७७-०6-04, साँझ :७:00 बजे) हाल उत्तरपूर्व बंगालको खाडीमा रहेको न्युन चापीय क्...
सुगालाई कुटी कुटी मारेको आरोपमा  भयो जेल सजाय

सुगालाई कुटी कुटी मारेको आरोपमा भयो जेल सजाय

अन्तराष्ट्रिय
असाेज ५ काठमाडाैं । सुगाको हत्या गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन् । घटना हो भियतनामको । त्रान थी थुई हैंग नाम गरेकी महिलाले एक सुगाको विभत्स तरिकाले हत्या गरिदिएपछि उनलाई जेल सजाय तोकीएको हो । पति र सौतेनी छोरीसँग बस्दै आएकी त्रानले छोरीको मायालु सुगालाई मारिदिएकी हुन् । लकी सुगाले हैंगको दाहिने गालामा टोकी दियो । सुगाले गाला टोकेपछि हैंग अत्तालिएर गएर सुगालाई आक्रमण गरेर हत्या गरेको बताइउको छ । उनको कुटाइबाट घाइते भएको सुगा उठ्नै सकेन र सुगा नमरेसम्म कुटिरहिन् । सुगा मेरेपछि रिसले चुर भएकी हैंगले पिंजडामा सुगालाई हालेर बाहिर फालिदिएपछि अदालतले हैंगलाई ५ हप्ताको कैद सुनाएको हो । अदालतले जेल सजाय सुनाएसँगै उनले आँफुले गल्ती गरेको स्विकारेकी छिन् । ...
लकडाउन हटाउन माग गर्दै बेलायतमा व्यापक प्रदर्शन

लकडाउन हटाउन माग गर्दै बेलायतमा व्यापक प्रदर्शन

अन्तराष्ट्रिय
असाेज ५ काठमाडाैं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा व्याप्त छ । जसका कारण हरेक दिन हजारौँ मानिसहरुको मृत्यु भईरहेको छ भने लाखौँ मानिसहरु संक्रमित बनेका छन् ।गत वर्षको डिसेम्बर अन्तिम साता चीनको वुहान शहरमा पहिलो पटक देखिएको कोरोना भाइरसको संक्रमण अहिलेसम्म विश्वका २१५ वटा देशहरुमा फैलिसकेको छ । वैज्ञानिकहरु कोरोना विरुद्धको भ्याक्सीन बनाउन अहोरात्र खटिए पनि अहिलेसम्म पूर्णरुपमा सफलता हात पार्न सकेका छैनन् ।यसैबीच कोरोनाका कारण भएको लकडाउन जस्ता प्रतिबन्धले मानिसहरु मारमा परेको भन्दै बेलायतमा व्यापक प्रदर्शन भएको छ । लण्डनका सडकमा धेरै संख्यामा मानिसहरु जम्मा भएर व्यापक प्रदर्शन गरेका छन् । प्रदर्शनले हिंसाको रुप लिँदै गएपछि ३७ जना प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ । प्रदर्शनमा एक हजार भन्दा धेरै मानिसहरु सहभागी भएको बताइएको छ । कोरोना भाइरसका कारण अहिलेसम्म बेलाय...
चिनियाँ अतिक्रमणमा परेको नेपाली भूमि निरीक्षण गर्न खटियो सिडिओसहितको टोली

चिनियाँ अतिक्रमणमा परेको नेपाली भूमि निरीक्षण गर्न खटियो सिडिओसहितको टोली

समाचार
असाेज ५ सिमकोट । छिमेकी राष्ट्र चीनसँगको सीमा स्तम्भको अनुगमन गर्न प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा संयुक्त सुरक्षा टोली नाम्खा गाउँपालिकाको लाप्चातर्फ लागेको छ।चीनले नेपाली भूभागमा एकतर्फी रुपमा भवन बनाएको बारे बुझ्न, ११ नम्बर सीमा स्तम्भ हराएको र अन्य स्तम्भको अवस्थाका बारेमा अनुगमन गर्न टोली त्यसतर्फ लागेको हो। सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमालले प्रमुख जिल्ला अधिकारी चिरन्जीवि गिरीको नेतृत्वमा ३० सदस्यीय टोली चीनसँगको सिमाना लाप्चा क्षेत्रको सीमा स्तम्भको स्थलगत अनुगमन गर्न हिँडेको बताए।उनले प्रजिअको टोलीले चिनियाँ पक्षसँग पनि छलफलका लागि समन्वय गरिरहेको बताए। तर यसबारे सञ्चार सम्पर्क नहुँदा थप जानकारी लिन नसकिएको उनले बताए। लाप्चा क्षेत्रमा सञ्चार सम्पर्क हुँदैन । उनले यसअघि सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमाल सो क्षेत्र जाँदा तयार गरि पेश गरेको प्रतिवेदनका आ...
मर्जरको कुनै निर्णय भएको छैन :सिभिल बैंक

मर्जरको कुनै निर्णय भएको छैन :सिभिल बैंक

आर्थिक
असाेज ५ काठमाडाैं । सिभिल बैंकले हिमालयन बैंकसँग मर्जरमा जाने कुनै प्रकारणको निर्णय नभएको स्पष्टिकरण दिएको छ । हिमालयनसँग मर्जरमा जान लागेको भन्दै हल्ला फैलिएपछि आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सिभिल बैंकसँग स्पष्टीकरण सोधेको थियो । सोमबार बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले नेप्सेलाई जवाफ पेश गर्दै मर्जरमा जानका लागि कुनै पनि निर्णय नभएको र आफूले यस्तो बाहिर नल्याएको पनि बताएका छन् । हिमालयन बैंकले प्राप्ति गर्न लागेको भन्दै केहि सञ्चार माध्यममा समाचार प्रकाशन भएको प्रति बैंकको गम्भीर ध्यानाकर्षण भएको भन्दै सीईओ गुरुङले बैंकले आधिकारिक रुपमा कुनै पनि त्यस्तो सम्प्रेषण नगराएको पनि दावी गरेका छन् । धितोपत्र सूचीकरणनिवियमावली अनुसार सेयर मूल्यमा प्रभाव पार्ने कुनै निर्णय वा कारोबार भएमा यस अघि समयमै जानकारी दिने गरेको र आगामी दिनमा पनि समयमा नै जानकारी दिने सीईओको ...
५२ प्रतिशत कर्णालीका कोरोना सङ्क्रमित होम आइसोलेशनमा

५२ प्रतिशत कर्णालीका कोरोना सङ्क्रमित होम आइसोलेशनमा

समाचार
असाेज ५ सुर्खेत । कर्णाली प्रदेशमा ५२ प्रतिशत कोरोना भाइरसका सङ्क्रमित होम आइसोलेशनमा बसेका पाइएको छ । प्रदेश स्वास्थ्य सेवा महाशाखाले प्रदेशका ४५२ जना सक्रिय सङ्क्रमितमध्ये  २३७ जना  अर्थात ५२ प्रतिशत सङ्क्रमित घरमै आइसोलेशनमा बसेका जनाएको छ ।  महाशाखाको पछिल्लो तथ्याङ्क अनुसार सक्रिय सङ्क्रमितमध्ये २१५ जना विभिन्न अस्पताल र स्थानीय तहद्वारा सञ्चालित आइसोलेशनमा बसेका छन् । सुर्खेतमा मात्रै २७३ जना मध्ये १६९ जना सक्रिय सङ्क्रमित घरमै रहेको पाइएको हो । यो ६२ प्रतिशत हुन आउँछ । सरकारले लक्षण नदेखिएका सङ्क्रमितलाई स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाएर होम आइसोलेशनमा बस्न निर्देशन दिएपछि यो सङ्ख्या बढेको हो ।  अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा हेरचाहको कमी , पर्याप्त सेवा सुविधा नहुने हुँदा अधिकांश सङ्क्रमित घर तथा होटलमा बस्न चाहेको बताइएको छ । चिकित्सकहरु सङ्क्रमितलाई स्वास...
एटीएम बूथबाट  पैसा ननिस्किएपछि लात्ती हानेको भन्दै भक्तपुरमा १ जना पक्राउ

एटीएम बूथबाट पैसा ननिस्किएपछि लात्ती हानेको भन्दै भक्तपुरमा १ जना पक्राउ

अपराध
असाेज ५ काठमाडाैं ।एटीएमबाट पैसा ननिस्किएको भन्दै एटीएम बूथमा तोडफोड गर्ने १ जनलाई भक्तपुर प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोट बस्ने ३५ वर्षीय पवन बञ्जारा छन् । प्रहरीका अनुसार बञ्जराले मध्यपुर ठिमी नगरपालिका–३ स्थित नेपाल इन्भेस्टमेन्ट बैंकको एटीएमबाट पैसा ननिस्किएको भन्दै एटीएम बुथमा लात्ताले हानेर तोडफोड गर्न खोजेका थिए । आफूमाथि अभद्र व्यवहार भएपछि बैंकका सुरक्षा गार्डले तत्काल प्रहरीलाई खबर गरेका थिए ।बैंकका सुरक्षा गार्डको सूचना पछि पुगेका प्रहरीमाथि पनि गालीचलौच गरेपछि बञ्जारालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । पक्राउ परेका बञ्जारामाथि अभद्र व्यवहारको कसुरमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । ...
मध्य सोलु हाइड्रोपावरको काम दशैँ अगावै शुरु हुने

मध्य सोलु हाइड्रोपावरको काम दशैँ अगावै शुरु हुने

समाचार
असाेज ५ सोलुखुम्बु। सोलु खोलामा ९.५ मेगावाटको मध्य सोलु हाइड्रो पावर निर्माणको काम दशँै अगाडि नै शुरु हुने भएको छ । सो आयोजनाको बारेमा निर्माण कम्पनीले प्रभावित क्षेत्रका स्थानीयसँग गरेको छलफल कार्यक्रममा वातावारण प्रभाव मूल्याङ्कन स्वीकृत भएकाले दशैँअघि नै निर्माण कार्य शुरु हुने जानकारी दिइयो । आयोजनाबाट नगरपालिकाका वडा नं ३, ४, ५ र ६ प्रभावित हुने भएकाले सामाजिक उत्तरदायित्वको रकम सोही क्षेत्रमा खर्च गरिने लगानीकर्ता रमेशराज गौतमले जानकारी दिनुभयो । छलफलमा सहभागीले स्थानीयलाई पहिलो प्राथमिकतामा राखेर आयोजनाको काम अगाडि बढाउन आग्रह गरेका थिए । स्थानीय नागरिकलाई खबरै नगरी सार्वजानिक सुनुवाइ गरिएको भन्दै सोलुदूधकुण्ड नगरपालिका­६ का वडाध्यक्ष रामकुमार श्रेष्ठले आपत्ती जनाउनु भएको थियो । आयोजनाको काम गत फागुनमा शुरु हुनुपर्ने भएपनि कोरोनाका कारण एक वर्ष लम्बिने भएको छ । प्रति मेगावाट ...