आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

विश्व किर्तीमानी आङरिता शेर्पाको निधनले आफु दुखी भएको : प्रम ओली

असाेज ५ काठमाडाैं ।प्रधानमन्त्री कपी शर्मा ओलीले आङरिता शेर्पाको निधन प्रति हार्दिक श्रद्धासुमन अर्पण गरेका छन् । प्रम ओलीले आज ट्विटर मार्फत आङरिता शेर्पा प्रति हार्दिक श्रद्धान्जली अर्पण गरेका हुन् ।

बिना अक्सिजन १० पटक विश्को सर्वोच्च शिखर सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम गर्नु भएका आङरिता शेर्पाको निधनले अत्यन्त दुखित तुल्याएको बताएका छन् । प्रम ओलीले शोकसन्तप्त परिवार र शुभेच्छुकहरुप्रति गहिरो समवेदना व्यक्त गरेका छन् ।

प्रम ओलीको ट्विट बिनाअक्सिजन १० पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम गर्नु भएका आङरिता शेर्पाको निधनले अत्यन्त दुस्खित तुल्याएको छ। यस दुःखद् घडीमा उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै शोकसन्तप्त परिवार र शुभेच्छुकहरुप्रति गहिरो समवेदना ब्यक्त गर्दछु।उहाँको कीर्तिमानी सदास्मरणीय रहने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *