आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: तथ्यखबर

फेवातालको बीचमा अलपत्र परेका दुई जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्वार

फेवातालको बीचमा अलपत्र परेका दुई जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्वार

समाचार
असाेज ५ कास्की । कास्की जिल्लाको पोखरा महानगरपालिका ६ स्थित फेवातालको बीच भागमा हावाहुरीको कारण अलपत्र परेका दुई जनाको एपीएफ टोलीले असोज ५ गते सकुशल उद्वार गरेको छ । सोही महानगरपालिकाको वडा नं २२ बस्ने ३० वर्षिय हर्कबहादुर विक र ३५ वर्षिय सुरेन्द्र गुरुङ्ग चढेको डुङ्गा हावाहुरीको कारण उक्त तालको बीच भागमा अलपत्र परेका थिए । सो बारे जानकारी पाउना साथै सशस्त्र प्रहरी बल, नेपाल नम्बर २४ गण कालिका पोखराबाट फेवाताल रेस्क्यु टावरमा खटिएको एपीएफ टोलीले उनीहरुको तत्कालै उद्वार गरेको हो । ...
मोबाइलबाटै विप्रेषण पठाउन सकिने व्यवस्था कार्यान्वयनमा

मोबाइलबाटै विप्रेषण पठाउन सकिने व्यवस्था कार्यान्वयनमा

आर्थिक
 असाेज ५ काठमाडाैं । वैदेशिक रोजगारीमा रहेका नेपालीले मोबाइलबाटै आफूले कमाएको रकम आफन्तलाई पठाउन सक्ने व्यवस्था कार्यान्वयनमा आएको छ । नेपाल राष्ट्र बैंकले मोबाइल मार्फत नै आफूले कमाएको पैसा पठाउन सक्ने व्यवस्था गरेको छ । यस्तो व्यवस्था पछि अब पैसा हराउने र समयमा प्राप्त नहुने जस्ता समस्याको समाधानहुने भएको छ । केन्द्रीय बैंकले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, इलेक्ट्रोनिक कार्ड र डिजिटल वालेटमार्फत् रेमिट्यान्स पठाउन मिल्ने नयाँ व्यवस्था गरेको छ । विद्यमान व्यवस्था अनुसार विप्रेषण रकम बैंकिङ प्रणाली वा विप्रेषण सेवा प्रदायक कम्पनीले मात्रै पठाउँदै आएका थिए । नयाँ व्यवस्था पछि मोबाइलबाटै सहज रुपमा पैसा पठाउन सकिने भएको हो । राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले आज एक परिपत्र मार्फत विदेशमा रहेका नेपालीले विद्युतीय माध्यमबाटै नेपालमा पैसा पठाउन सक्ने व्यवस्था गरेको हो । बैं...
काठमाडौं उपत्यकामा मात्रै कोरोनाका कारण ६ जनाको मृत्यु

काठमाडौं उपत्यकामा मात्रै कोरोनाका कारण ६ जनाको मृत्यु

समाचार
असाेज ५ काठमाडाैं । कोरोना भाइरसका कारण नेपालमा पछिल्लो २४ घण्टामा एकैपटक १६ जनाको मृत्यु भएको छ ।यो संख्या कोरोनाबाट एकैदिन मृत्यु भएकाहरुको अहिलेसम्मकै सबैभन्दा धेरै हो । यसैबीच काठमाडौं उपत्यकामा मात्रै कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा एकैपटक ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५ जना पुरुष र एक जना महिला रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।ललितपुरकी ५८ वर्षीया महिला र ६१ वर्षीय पुरुष, काठमाडौंका ५८ र ७३ वर्षीय पुरुष र भक्तपुरका ८४ र ६२ वर्षीय पुरुषको पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु भएको हो । यसैबीच बितेको २४ घण्टामा नेपालमा थप १ हजार १५४ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका ९ हजार ५३३ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप १...
कैद सजाय छुट हुने व्यवस्थालाई विना भेदभाव कार्यान्वयन गर्न आयोगको आग्रह

कैद सजाय छुट हुने व्यवस्थालाई विना भेदभाव कार्यान्वयन गर्न आयोगको आग्रह

समाचार
असाेज ५ काठमाडाैं । राष्ट्रिय मानवअधिकार आयोगले सर्वोच्च अदालतको आदेशानुसार कैद सजाय छुट हुनसक्ने व्यवस्थालाई विनाभेदभाव कार्यान्वयन गर्न आग्रह गरेको छ ।आयोगका सचिव वेदप्रसाद भट्टराईले आज प्रेस विज्ञप्ति जारी गरी कारागार नियमावली, २०२० को नियम २९ बमोजिम सर्वोच्च अदालतले दिएको आदेशको विनाभेदभाव कार्यान्वयन गर्न आग्रह गरेका हुन् । आयोगले कैदीबन्दीको स्वास्थ्यलगायत समग्र मानव अधिकार अवस्थाका सम्बन्धमा आयोगको वाग्मती प्रदेश कार्यालयबाट कारागार व्यवस्थापन विभागलाई पत्राचार गरेको जनाएको छ ।कोभिड–१९ को महामारीको अवस्थामा कैदीबन्दीको स्वास्थ्यको अधिकार सम्बन्धमा आयोगले आजदेखि अनुगमन शुरु गरेको छ । अ नुगमन टोलीमा आयोगको केन्द्रीय कार्यालय र प्रदेश कार्यालयबाट सहसचिव तथा अधिकृतको सहभागिता रहेको छ । टोलीलाई आवश्यक सहयोग पुर्‍याइ मानव अधिकारको सम्मान र संरक्षणमा सहयोग गर्न सम्बन्धित सबै पक्षल...
कात्तिक ७ गतेभित्र विदेशी च्यानल विज्ञापनरहित बनाउन संसदीय समितिको निर्देशन

कात्तिक ७ गतेभित्र विदेशी च्यानल विज्ञापनरहित बनाउन संसदीय समितिको निर्देशन

समाचार
असाेज ५ काठमाडाैं । संसदको विकास तथा प्रविधि समितिले आउँदो कात्तिक ७ गतेभित्र नेपालमा प्रशारण गरिरहेका टेलिभिजन च्यानलहरुलाई विज्ञापनरहित ९क्लिन फिड० बनाउन सरकारलाई निर्देशन दिएको छ । आज (सोमबार) सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिवलगायतका पदाधिकारीसँग छलफल गरेपछि समितिले डाउनलिंक अनुमति लिएर नेपालमा प्रशारण गरिरहेका टेलिभिजन च्यानलहरुलाई विज्ञापनरहित बनाउन निर्देशन दिएको हो । नेपालमा विज्ञापन ९नियमन गर्ने० ऐन २०७६ को कार्यान्वयन २०७७ कात्तिक ८ गतेदेखि शुरु हुँदैछ । त्यसैले समितिले उक्त मिति भन्दा एक दिनअघि नै नेपालमा क्लिन फिड शुरु गर्न निर्देशन दिएको हो । नेपालमा क्लिनफिड नहुने विदेशी च्यानलको प्रशारण रोक्न मन्त्रालयले बनाएको योजना पनि समितिले मागेको छ । यो ऐनको कार्यान्वयनबाट नेपालमा कति वटा विदेशी च्यानल रोकिने अवस्थामा रहेका छन् र यसले पार्ने सकारात्मकरनकारात्मक प्रभाव...
आज थप १६ कोरोना संक्रमितको मृत्यु

आज थप १६ कोरोना संक्रमितको मृत्यु

समाचार
असाेज ५ काठमाडाैं । नेपालमा थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन गर्दै बितेको २४ घण्टामा थप १६ जनाको मृत्यु भएको जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४२७ पुगेको छ ।आज थप १ हजार १५४ जनामा कोरोना पुष्टि भएको छ । १ हजार ५ जनाले कोरोनालाई जितेका छन् । ...
पछिल्लो २४ घण्टामा १ हजार १५४ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा १ हजार १५४ संक्रमित थपिए

समाचार
असाेज ५ काठमाडाैं । नेपालमा थप १ हजार १ सय ५४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परीक्षणका क्रममा १ हजार १ सय ५४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । थप १ हजार १ सय ५४ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ६५ हजार २ सय ७६ पुगेको छ । पछिल्लो २४ घण्टामा १ हजार ५ जना संक्रमित संक्रमण मुक्त भएका स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिए । हालसम्म संक्रमण मुक्त हुनेको संख्या ४७ हजार २ सय ३८ पुगेको छ । यस्तै, कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा १६ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय २७ पुगेको छ । ...
काठमाडौं उपत्यकामा थपिए ६ सय ७४ संक्रमित

काठमाडौं उपत्यकामा थपिए ६ सय ७४ संक्रमित

समाचार
असाेज ५ काठमाडाैं ।पछिल्लो २४ घण्टामा देशभर थपिएका कोरोना संक्रमितमध्ये आधाभन्दा बढी काठमाडौं उपत्यकाका मात्रै छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १ हजार १ सय ५४ जना नयाँ संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौं उपत्यकाका मात्रै ६ सय ७४ हुन् । उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा गरी पछिल्लो २४ घण्टामा ६ सय ७४ संक्रमित थपिएका हुन् ।सबैभन्दा बढी काठमाडौं जिल्लाका ५ सय ३८ जना छन् । यस्तै, भक्तपुर जिल्लाका ७४ र ललितपुर जिल्लाका ६२ जना छन् । ...
विदेशबाट फर्केर गाउँमै कुखुरापालन व्यवसाय शुरु

विदेशबाट फर्केर गाउँमै कुखुरापालन व्यवसाय शुरु

आर्थिक
असाेज ५ काठमाडाैं । कोरोनाको सङ्क्रमणबाट जोगिन भारतलगायत विभिन्न खाडी मुलुकहरुबाट स्वदेश फर्किएका युवा यहीँ विभिन्न व्यवसाय र काम गरेर बस्न थालेका छन् । विदेशमा कोरोनाको सङ्क्रमण झन बढेपछि उनीहरुले विदेश जाने सोच बदलेर गाउँघरमै आफूले जानेका सीप र श्रम लगाएर काम गर्न थालेका हुन् । गत चैत्रको दोस्रो साता भारतको नयाँदिल्लीबाट घर फर्कनुभएका दाङको राप्ती गाउँपालिका­३ छोट्की सिसहनियाका खेमराज खड्काले अहिले गाउँमै कुखुरापालन व्यवसाय शुरु गर्नुभएको छ । नयाँदिल्लीमा रहँदा होटेलको कुकको काम गरेका खड्काले स्थानीय एग्रोभेटको प्राविधिक सहयोगमा कुखुरा पाल्न थाल्नुभएको हो । लमही नगरपालिका ७ का अनिल चौधरीले कतारबाट फर्केर अहिले घर निर्माणको काम गरी रहनुभएको छ । उहाँले कतारमा रहँदा पनि निर्माण मजदूरको काम गरेकाले लमही बजारमा कामको लागि जाने गरेको बताउनुहुन्छ । “खाली बस्दा साँझ विहान के खाने भन्ने च...
आज आइपीएलमा बैँगलोर र हैदराबाद प्रतिस्पर्धा गर्दै

आज आइपीएलमा बैँगलोर र हैदराबाद प्रतिस्पर्धा गर्दै

अन्तराष्ट्रिय, खेलकुद
असाेज ५ काठमाडाैं । यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)टी-ट्वान्टी क्रिकेटमा आज रोयल च्यालेन्जर्स बैंगलोर र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुँदैछ । दुबई अन्तराष्ट्रिय क्रिकेट रंगशालामा हुने खेला नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ । डेभिड वार्नरको कप्तानीमा मैदान उत्रने हैदराबाद र विराट कोहोलीको कप्तानीमा रहेका हैदराबाद सुखद सुरुवात गर्ने लक्ष्यसहित मैदान उत्रने छन् । अघिल्लो संकरणमा दुई टिमबीचको खेलमा दुबैले एक/एक खेल जितेकाले खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । वार्नरको कप्तानीमा मैदान उत्रने हैदराबादमा राशिद खान, भुवनेश्वर कुमार, जोनी बेयर्सटो, मनिस पाण्डे, विजय शंकर, मोहमद नाबी जस्ता खेलाडी रहेका छन् । यता, बैंगलोरमा कोहलीसँगै आरोन फिन्च, मोइन अली, एबी डी भिलियर्स, क्रिस मोरिस, युजभेन्द्र चाहल, उमेश यादब, वासिङ्गटन सुन्दर जस्ता ...