आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: तथ्यखबर

उडान खुलेसँगै यती एयरलाइन्सले ल्यायो भ्रमण प्याकेज

उडान खुलेसँगै यती एयरलाइन्सले ल्यायो भ्रमण प्याकेज

समाचार
असाेज ५ काठमाडाैं । यती एयरलाइन्सले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि सुहलियत दरमा भ्रमण प्याकेज सार्वजनिक गरेको छ । एयरलाइन्सले होटल, ट्राभल्स, ट्रेकिङ कम्पनीहरुसँगको सहकार्यमा सुलियत दरमा भ्रमण प्याकेज सार्वजनिक गरेको बताएको छ । आफ्नो २२ औं स्थापना दिवसको अवसरमा सोमबार पत्रकार सम्मेलन आयोजना गरी पर्यटन उद्योगलाई बचाउन तथा आन्तरिक पर्यटनलाई चलायमान बनाउन ‘आन्तरिक पर्यटनका लागि सँगसँगै’ भन्ने नारा सहित सहुलियत दरमा विभिन्न प्याकेज सार्वजनिक गरेको बताएको हो ।पत्रकार सम्मेलनमा एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत अनोज रिमालले कोभिड १९का कारण ठप्प भएको पर्यटन उद्योगलाई चलायमान बनाउन सहुलियत दरको भ्रमण प्याकेज ल्याइएको बताए । प्योकजमा पोखरा, एभरेस्ट ट्रेल, मुक्तिनाथ, घान्द्रुक, जंगल सफारी चितवन र रारा भ्रमण, काठमाडौँ आउनेका लागी पोखरा, विराटनगर, नेपालगञ्ज, भरतपुर, जनकपुर, भद्रपुर, भैरहवा...
भारतिय टिभि सिरियल ‘ससुराल सिमरकी’ संस्कारी बुहारी दिपिका कक्कड

भारतिय टिभि सिरियल ‘ससुराल सिमरकी’ संस्कारी बुहारी दिपिका कक्कड

मनोरन्जन
असाेज ५ काठमाडाैं । भारतिय चर्चित टिभी सिरियल ससुराल सिमर का’की चर्चित नायिका हुन् दिपिका कक्कड । उनि ससुराल सिमर काबाटनै निकै चर्चामा आएकी हुन् । उनि एक असल गृहिणी र असल बुहारीको भुमिका निभाएकी छिन् । उनको त्यो अभिनयलाई अत्याधिक रुचाइएको छ । उनले ससुराल सिमरबाट धेरै फ्यान कमाएकी छिन् । उनि टिभी सिरियलमा निकै नरम स्वभावकी र असल बुहारीको भसमिका निभाएकी हुन्छिन् । दिपिकालेटिभी सिरियल देवी’ बाट आफ्नो अभिनय करियर शुरु गरेकी हुन् ।उनले आफ्नो एक सहकर्मी रौनक सम्सोन संग विवाह वन्धनमा वाधिएकी हुन् । उनि अभिनयमा भन्दा पनि सामाजिक क्षेत्रमा पनि उतिकै सक्रिय रहेकी छिन् । शोएब इब्राहि‍म सिववाह भएपछाडि उनले आफ्नो धर्म समेत परिवर्तन गरीन र इस्लामी राखिन र उनको नाम दिपिकाबाट फैजा बन्न बन्या कक्कड बिग बोसको कन्टेस्टेन्टमा पनि चर्चामा आएकी थिइनन् । उनलाई बलिउडमा एक महंगि नायिका भनेर समेत ...
जोडी बाँध्दै पल र साम्राज्ञी

जोडी बाँध्दै पल र साम्राज्ञी

मनोरन्जन
असाेज ५ काठमाडाैं ।लोकप्रिय नायक पल शाह र अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहले पहिलो पटक स्क्रिन सेयर गर्न लागेका छन् । कोरोना कहरले तहसनहस भएको चलचित्र उद्योग कोरोनाको जोखिम कायमै रहेका बेला विस्तारै जुर्मुराउँदै जान लागेका बेला दर्शकले खुशै रुचाएका यि दुई स्टार कलाकार पल र साम्राज्ञीले ‘रेड वाइन’मा जोडी बाँध्न लागेका हुन् । ‘रेड वाइन’लाई रमेश एम।के। पौडेलले निर्माण गर्न लागेका हुन् । पौडेलले यस अघि ‘रूद्रप्रिया’ र ‘रज्जा रानी’ फिल्म निर्माण गरिसकेका छन् । निर्माण यूनिटका अनुसार ‘रेड वाइन’ लभस्टोरी फिल्म हुनेछ । जसको निर्देशन पनि निर्माता पौडेलले नै गर्ने तयारी गरेका छन् । चलचित्रमा पल र साम्राज्ञीको साथमा सन्दिप क्षेत्री र अमेरिकामा नै बसोबास गर्ने इमिली लामाको पनि अभिनय रहने निर्माण यूनिटले जनाएको छ । हाल अमेरिकामा रहेका पौडेलले अमेरिकामा नै सम्पूर्ण छायांकन गरिने बताएका छन्...
स्वास्थ्य मापदण्ड पूर्ण पालना गर्न पर्यटनमन्त्रीको निर्देशन

स्वास्थ्य मापदण्ड पूर्ण पालना गर्न पर्यटनमन्त्रीको निर्देशन

समाचार
असाेज ५ काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छन्।आजदेखि शुरु भएको मुलुकको आन्तरिक उडानको अवस्था, सुरक्षित उडानका लागि एयरलाइन्सले अपनाएको स्वास्थ्य मापदण्डलगायतको अवलोकनका लागि मन्त्री भट्टराई विमानस्थल पुगेका हुन। पर्यटनमन्त्रीका साथमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल लगायतका उच्च अधिकारी पनि विमानस्थलको अवलोकनमा सहभागी भएका थिए।पर्यटनमन्त्रीले आन्तरिक टर्मिनलमा यात्रुको सुरक्षाका लागि एयरलाइन्सले अवलम्बन गरेको स्वास्थ्य मापदण्ड, स्वास्थ्य सावधानीको निरीक्षण तथा अवलोकन गरे। उनले स्वास्थ्य सावधानीका लागि थप सजगता अपनाउन र स्वास्थ्य प्रोटोकल पूर्णरुपमा पालना गर्न एयरलाइन्सलाई निर्देशन दिनुभएको पर्यटनमन्त्रीको निजी सचिवालयले जनाएको छ । टोलीले आन्तरिक टर्मिनलको साथै अन्तर्राष्ट्...
बैंक अफ काठमाडाैं र ‘खल्ती’ डिजिटल वालेटबीच सहकार्य, बैंक खाताबाट भुक्तानी गर्न सकिने

बैंक अफ काठमाडाैं र ‘खल्ती’ डिजिटल वालेटबीच सहकार्य, बैंक खाताबाट भुक्तानी गर्न सकिने

आर्थिक
असाेज ५ काठमाडाैं । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना ग्राहकलाई खल्ती डिजिटल वालेटमा सजिलै पैसा लोड गर्न दिन खल्ती डिजिटल वालेटसँग सहकार्य गरेको छ । यस सम्बन्धि सम्झौतापत्रमा बैंक अफ काठमाण्डू लिमिटेडका बजार व्यावस्थापन प्रमुख रितेश लामिछाने र खल्ती डिजिटल वालेटका निर्देशक अमित अग्रवालले एक कार्याक्रमका बिच हस्ताक्षर गर्नुभएको छ । सम्झौतापछि बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहक महानुभावहरुले आफ्नो बैंक खाता लिंक गरेर, बैंकको डिजिटल सेवाहरु मोबाईल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्ग मार्फत ‘खल्ती’मा सजिलै पैसा लोड गर्नु सक्नुहुनेछ । साथै ग्राहक महानुभावहरुले खल्तीबाट उपलब्ध डिजिटल सुबिधाहरु प्रयोग गर्न सक्नुहुनेछ । यस सहकार्यबाट बैंकका सम्पूर्ण ग्राहकले बैंकबाट उपलब्ध सुबिधाहरु (मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी आदी) को साथै अक्तिरित डिजिटल भुक्त...
जसपाद्धारा बहुदर माई नगरपालिकामा ज्ञापन पत्र

जसपाद्धारा बहुदर माई नगरपालिकामा ज्ञापन पत्र

राजनीति
असाेज ५ पर्सा । जनता समाजवादी पार्टी नगर कार्य समिति बहुदरमाई नगरपालिकाले विभिन्न मागहरु राखी आज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई ज्ञापनपत्र बुझाएको छ ।जनता समाजवादी पार्टीका नगर अध्यक्ष कृष्णा प्रसाद यादवको नेतृत्वमा रहेको पार्टीका नेता कार्यकर्ताहरुको टोलीले नगर प्रमुख र उपप्रमुखको अनुपस्थितिमा प्रमुख प्रशासकीय अधिकृत तिर्थ राज पौडेललाई ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्र बुझाउन गएका टोली मध्येका पार्टीका नेता शिव पटेलले निर्वाचन सम्पन्न भए पश्चात नगरपालिकाले गर्दै आएको कार्यबाट आम जनसमुदायमा उत्साह नभएको कारण नगरपालिकाको गतिविधिलाई सच्याउन आज ज्ञापनपत्र बुझाउन आएको बताउदै हाम्रो यस मागलाई सम्बोधन नगरिए लोकतान्त्रिक प्रक्रियाबाट चरणवद्ध कार्यक्रम तय गरिने बताउनु भयो । ज्ञापनपत्रमा तीन वटा नगर परिषद अब्यवहारिक भएकोले आउने दिनमा हुने नगर परिषद पारदर्शि सहित नियम संगत योजना छ...
काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक असोज १९ मा बस्ने

काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक असोज १९ मा बस्ने

राजनीति
असाेज ५ काठमाडाैं । महाधिवेशनको विषयमा छलफल गर्न भन्दै नेपाली कााग्रेस केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको छ। आगामी असोज १९ गतेका लागि बैठक बोलाइएको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिब कृष्णप्रसाद पौडेलले जानकारी दिए। आगामी फागुन ७ देखि १० सम्म काठमाडौंमा गर्ने भनिएको काँग्रेसको महाधिवेशन कोरोना महामारीक कारण प्रभावित बन्ने देखिएपछि आवश्यक निर्णय गर्न बैठक बोलाइएको हो। काँग्रेसका नेताहरुले वर्तमान कार्य समितिको पदावधि ६ महिना थपेर महाधिवेशनको अर्को मिति तोक्ने तयारी छ। मुख्य सचिब पौडेलले केन्द्रीय कार्यसमितिको बैठक बस्नुअघि कोरोना परीक्षण गरिने जानकारी दिए। उनले भने, ‘कोभिड–१९ को महामारीका कारण बैठक अगाडि पीसीआर परीक्षणको व्यवस्था पार्टी केन्द्रीय कार्यालयले गरेको हुँदा पार्टीका केन्द्रीय पदाधिकारी, सदस्य एवं आमन्त्रित केन्द्रीय सदस्य तथा केन्द्रीय कार्यालयका कर्मचारीहरुले अनिव...
वामदेव गौतमको मनोनयन विरुद्ध सर्वोच्चमा रिट

वामदेव गौतमको मनोनयन विरुद्ध सर्वोच्चमा रिट

राजनीति
असाेज ५ काठमाडाैं । नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा राष्ट्रपतिबाट मनोनयन गरिएको विरुद्धमा सर्वोच्च अदालतमा रिट परेको छ। सोमबार वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र ब्रदीराज भट्टले छुट्टाछुट्टै रिट दायर गरेका छन्। दुबैजनाले गौतमको मनोनयन संविधानको भावना विपरित भएको भन्दै्र सो मनोनयन खारेज गर्न माग गरेका छन्। नेकपा उपाध्यक्ष गौतमलाई सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत भदौ २९ गते राष्ट्रिय सभा सदस्यमा मनोनित गरेकी थिइन्। वरिष्ठ अधिवक्ता त्रिपाठीले गौतमलाई मन्त्री बनाउने तयारीसमेत भएको भन्दै चुनाव हारेको व्यक्ति मन्त्री हुन नपाउने संविधानको व्यवस्था भएकाले त्यसलाई रोक्न सरकारका नाममा विशेष आदेश गर्न पनि माग गरेका छन्। उनले राष्ट्रिय सभामा मनोनित हुने सदस्यबारे मापदण्ड बनाउनका लागि निर्देशनात्मक आदेश जारी गर्नसमेत माग गरेका छन्। अर्का अविधक्ता भट्...
शेयर कारोवार ओरालो लाग्यो

शेयर कारोवार ओरालो लाग्यो

आर्थिक
असाेज ५ काठमाडाैं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज ६.१२ बिन्दुले ओरालो लागेको छ । लगातार उकालो लाग्दै आएको बजार आज थामिएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा गिरावट आउँदा परिसूचक एक हजार ५६९.०६ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.३८ ले ओरालो लागेर ३१२.२४ मा पुगेको छ । कूल १९५ कम्पनीको ८५ लाख ६५ हजार ७८ कित्ता शेयर रु दुई अर्ब ६३ करोड ७३ लाख ७६ हजार २१६ बराबरको कारोवार भएको छ । कारोवार भएक कूल १२ उपसमूहमध्ये आज उत्पादन उपसमूहको मात्रै शेयर उकालो लागेको छ । सो उपसमूह १२.२३ ले उकालो लाग्दा बैंकिङ ४.३२, व्यापार १०.९९, होटल ३२.६१, विकास बैंक ११.५, जलविद्युत् ५.८८, वित्त ९.४३, निर्जीवन बीमा ५४.९८, अन्य १.४३, लघुवित्त ७.३८, जवन बीमा ६७.८५ र सामूहिक लगानी कोष ०.११ बिन्दुले ओरालो लागेका छन् । कारोवारका आधारमा आज नेपाल बैंक लिमिटेड शीर्ष स्थानमा रहेको छ । सो...
चीन-भारत सीमा विवादका बीच भारतले उडायो राफेल

चीन-भारत सीमा विवादका बीच भारतले उडायो राफेल

अन्तराष्ट्रिय
असाेज ५ काठमाडाैं ।चीन-भारत सीमावर्ती क्षेत्रलाई लिएर पछिल्लो समय विवाद बढ्दै गईरहेको छ ।चीन भारत सीमावर्ती क्षेत्र पूर्वी लद्दाखमा गत जून १५ मा भएको हिंसात्मक झडपमा २० भारतीय सैनिकको ज्यान गएको थियो भने पछिल्लो झडप २९ अगस्टमा १ भारतीय सैनिकले ज्यान गुमाएका थिए । त्यसपछि त्यहाँका हालत नाजुक बनिरहेको हो । दुबै देशले सीमामा लडाकू विमान तैनाथ गरेका छन् भने सेन्य शक्ति पनि बढाएका छन् ।यसैबीच भारतले सीमामा फ्रान्सबाट किनेर ल्याएका ५ राफेल तैनाथ गरेको छ । सीमा सुरक्षाका लागि भन्दे भारतले राफेल तैनाथ गरेको हो । राफेलले उडान भरेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।सोमवार लद्दाखको आकाशमा भारतीय लडाकू विमान राफेलले उडान भरेको हो । एजेन्सी ...