आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: तथ्यखबर

राष्ट्रसङ्घ सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बन्नुपर्छ : प्रधानमन्त्री ओली

राष्ट्रसङ्घ सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बन्नुपर्छ : प्रधानमन्त्री ओली

राजनीति
असोज ६ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वले झेल्नुपरेका जटिल चुनौतीहरुको सामना गर्न संयुक्त राष्ट्रसङ्घलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनु सबै सदस्य राष्ट्रहरुको सामुहिक दायित्व भएको बताएका छन् । राष्ट्रसङ्घ स्थापनाको ७५औं वार्षिकोत्सवका अवसरमा सोमबार राति न्यूयोर्कमा आयोजित उच्चस्तरीय बैठकलाई पूर्वअभिलेखित ‘भिडियो’ मार्फत सम्बोधन गर्दै उनले उक्त विश्व संस्था निरन्तरता र रूपान्तरणको दोसाँधमा रहेको बताए । राष्ट्रसङ्घ स्थापनाको ७५औं वार्षिकोत्सव शान्ति, समृद्धि र न्यायका निम्ति सामुहिक प्रतिबद्ध व्यक्त गर्ने अवसर भएको प्रधानमन्त्री ओलीले बताए । शान्ति–सुरक्षा, विकास र मानवअधिकारका क्षेत्रमा नेपाल र राष्ट्रसङ्घबीच बढ्दो साझेदारीप्रति सन्तुष्टि व्यक्त गर्दै प्रधानमन्त्री ओलीले उक्त संस्थाको शान्ति स्थापनाका कार्यमा छ दशकभन्दा बढी समयदेखि नेपालले व्यावसायिक एवं सम...
प्रिमियर लिगमा म्यानचेस्टर सिटीको विजयी सुरूवात

प्रिमियर लिगमा म्यानचेस्टर सिटीको विजयी सुरूवात

अन्तराष्ट्रिय, खेलकुद
असोज ६ काठमाडौं । म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा विजयी सुरुवात गरेको छ ।नयाँ सिजनको पहिलो खेलमा वल्भ्सलाई ३–१ ले पराजित गर्दै सिटीले विजयी सुरुवात गरेको हो । सोमबार राति भएको खेलमा सिटीलाई जिताउन केभिन डि ब्रुयन, फिल फोडेन र ग्याब्रियल जेससले गोल गरे । घरेलु टोलीका राहुल जिमिनेजले सान्त्वना गोल फर्काए । घरेलु टोलीलाई खेलको सुरुवातदेखि नै दवावमा राख्दा सिटीले २०औं मिनेटमा पेनाल्टी गोलमार्फत अग्रता लिएको थियो । रोमेन सइसले पेनाल्टी बक्समा केचिन डि ब्रुयन माथि अनावश्यक ट्याकल हानेपछि प्राप्त पेनाल्टीमा ब्रुयन आँफैले गोल गर्दै सिटीलाई अग्रता दिलाए । ३१औं मिनेटमा फिल फोडेनले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे । रहिम स्ट्रलिङको लो क्रस पासमा फोडेनले पेनाल्टी बसभित्रबाट सहजै गोल गरेका थिए । दोस्रो हाफको ७८औं मिनेटमा राहुज जिमिनेजले गोल गर्दै वल्भ्सका लागि गोल गरे । डि ...
बंगलादेशबाट रसायनिक मल नेपाल ल्याउन भारत सरकारले सहयोग गर्ने

बंगलादेशबाट रसायनिक मल नेपाल ल्याउन भारत सरकारले सहयोग गर्ने

आर्थिक
असोज ६ काठमाडौं । बंगलादेशबाट रसायनिक मल नेपाल ल्याउन भारत सरकारले सहयोग गर्नेभएको छ। आज कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसाल र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राबीच मन्त्रालयमा भएको भेटवार्तामा राजदूत क्वात्राले सहयोग गर्ने बताएका हुन्। बंगलादेशबाट नेपाल सरकारले ५० हजार मेट्रिक टन युरिया मल सापटीमा ल्याउनलाग्दा सबै तर्फबाट सहयोग गर्न भारत तयार रहेको उनले बताएका हुन्। उनले रासायनिक मलको नियमित तथा दीर्घकालीन आपूर्तिका लागि भारत सधैँ तयार रहेको बताएका थिए। छलफलमा द्धिपक्षीय सम्बन्ध, खाद्य गुणस्तर मापन, क्वारेन्टिनको प्रभावकारिता लगायतका विषयमा छलफल भएको मन्त्रालयका प्रवक्ता डा।. हरिबहादुर केसीले जानकारी दिए। ढुवानीकालागि बोलपत्र आह्वानगत बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले कृषि मन्त्रालयलाई सापटीमा मल ल्याउने अनुमति दिएपछि मन्त्रालयले कृषि सामग्री कम्पनीलाई जिम्...
अमेरिकामा थप ३६ हजारमा कोरोना संक्रमण

अमेरिकामा थप ३६ हजारमा कोरोना संक्रमण

शिक्षा
असोज ६ काठमाडौं । अमेरिकामा थप ३६ हजार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।मंगलबार ३६ हजार ३४४ जनामा संक्रमण पुष्टि भएसँगै अमेरिकामा कोरोना संक्रमित संख्या ७० लाख ४६ हजार १८८ पुगेको छ। संक्रमितमध्ये अहिलेसम्म ४२ लाख ९८ हजार ४२४ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका २५ लाख ४३ हजार २५८ जनामध्ये १४ हजार ४७ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।यस्तै कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या २ लाख ४ हजार नाघेको छ । तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार मंगलबार थप ३८८ जनाको मृत्यु भएसँगै अमेरिकामा मृतक संख्या २ लाख ४ हजार ५०६ पुगेको हो । ...
बैंगलोरको विजयी शुरुवात ;आईपीएल

बैंगलोरको विजयी शुरुवात ;आईपीएल

अन्तराष्ट्रिय, खेलकुद
असोज ६ काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले विजयी शुरुवात गरेको छ । यूएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा राति भएको खेलमा बैंगलोरले सनराइजर्स हैदराबादलाई १० रनले पराजित गरेको हो । बैंगलोरले हैदराबादलाई १ सय ६४ रनको लक्ष्य दिएको थियो । तर हैदराबाद १९ ओभर ४ बलमा अलआउट हुँदै १ सय ५३ रनमा समेटियो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६३ रन बनाएको थियो । जितसँगै बैंगलोरले २ अंक जोडेको छ । पराजित भएको हैदराबादको शून्य अंक छ । ...
आज असोज ६ गते मंगलबार  हेर्नुहोस्  राशिफल

आज असोज ६ गते मंगलबार हेर्नुहोस् राशिफल

राशिफल
वि.सं.२०७७ साल असोज ०६ गते । मंगलबार । ईश्वी सन् २०२० सेप्टेम्बर २२ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । अधिक आश्विन शुक्लपक्ष । तिथि–षष्ठी,५३ घडी ०४ पला,रातको ०३ बजेर ०६ मिनेट उप्रान्त सप्तमी । नक्षत्र–अनुराधा,४९ घडी १६ पला,रातको ०१ बजेर ३५ मिनेट उप्रान्त ज्येष्ठा । योग–विष्कुम्भ,१४ घडी १३ पला,बिहान ११ बजेर ३४ मिनेट उप्रान्त प्रिती । करण–कौलव,बेलुकी ०४ बजेर ०८ मिनेट उप्रान्त तैतिल,रातको ०३ बजेर ०६ मिनेट उप्रान्त गर । आनन्दादिमा–वज्र योग । चन्द्रराशि–बृश्चिक । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ५२ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ५८ मिनेट । दिनमान ३० घडी १५ पला । सामाजिक सेवा दिवस । मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यापार व्यावासायमा अलि बढिनै समय खर्चिदा राम्रो मुनाफा कमाउँन सकिनेछ भने बित्तिय क्षत्रसँग सम्बन्धित लगानि फस्टाएर जाने ग्रहयोग ...
क्यानको बोर्ड बैठक मङ्गलबारदेखि चितवनमा हुँदै

क्यानको बोर्ड बैठक मङ्गलबारदेखि चितवनमा हुँदै

शिक्षा
असाेज ५ काठमाडाैं । नेपाल क्रिकेट सङ्घ (क्यान) को बोर्ड बैठक मङ्गलबारदेखि चितवनमा हुँदैछ । क्रिकेटको भावि योजना बनाउन बोर्ड बैठक आयोजना गरिएको हो । देशभरिका पदाधिकारी भाग लिन सहज होस् भनेर बैठक चितवनमा राखिएको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिनुभयो । उक्त बैठकमा सन् २०२० का लागि खेलाडीसित गरिने सम्झौताका विषयमा छलफल हुनेछ । आर्थिक गतिविधि अनुमोदन गर्ने तथा क्यानले भविष्यमा अपनाउने रणनीतिका विषयमा समेत छलफल हुने अधयक्ष चन्दले बताउनुभयो । क्यानले असोज मसान्तभित्र वार्षिक साधारणसभा गर्ने योजना बनाएको छ । यसअघि कोरोना भाइरसको महामारीका कारण क्यानको बोर्ड बैठक गर्नेबारे अन्योल भएको थियो । यसअघि क्यानले क्रिकेट गतिविधि अघि बढाउन प्रदेश र जिल्ला सङ्घलाई बजेट उपलब्ध गराएको थियो । क्यानले ६ प्रदेश तथा २९ जिल्लालाई रकम उपलब्ध गराएको हो । हाल क्यानमा ३९ जिल्ला आबद्ध छन् । प्रत्येक ...
अमेरिकी सर्वोच्च अदालतको रिक्त पदमा यसै हप्ता मनोनयन हुने : राष्ट्रपति ट्रम्प

अमेरिकी सर्वोच्च अदालतको रिक्त पदमा यसै हप्ता मनोनयन हुने : राष्ट्रपति ट्रम्प

अन्तराष्ट्रिय
वाशिङ्टन, ५ असोज- स्वर्गीय रुथ बाडर जिन्सबर्गको स्थानमा खालि स्थानमा यो हप्ताको अन्त्यसम्ममा नयाँ व्यक्तिको मनोनयन गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार बताउनुभएको छ । अमेरिकी राष्ट्रपतीय निर्वाचन पहिले नै सिनेटले उक्त मनोनयनका लागि भोट गर्नुपर्ने उहाँले बताउनुभयो । राष्ट्रपति ट्रम्पले अमेरिकी समाचार संस्था फक्स न्यूजसँग भन्नुभयो, “मैले शुक्रबार वा शनिबार मनोनयनको घोषणा गर्नेछु र त्यसपछि काम सुरु हुन्छ तर आशा गरौँ यो धेरै का हुने छैन ।”आफूले स्मृति कार्य सकिँदासम्म प्रतिक्षा गर्न चाहेको पनि उहाँले बताउनुभयो । रिपब्लिकन पार्टीको बहुमत रहेको सेनेटले राष्ट्रपति पदको निर्वाचन नभएसम्म अर्थात् नोभेम्बर ३ सम्म उम्मेद्वारलाई मतदान गर्न पर्खनु पर्ने तर्कलाई अस्वीकार रिपब्लिकन पार्टीको तर्फबाट आगामी निर्वाचनमा समेत उम्मेदवारी दिएका राष्ट्रपति ट्रम्पले गर्नुभयो । “अन्तिम मतदान अर्को...
इन्टरनेट फिलीली चल्ने यि हुन् उपाय, यि उपाय अपनाउनुहोस् इन्टरनेट चलेन भनेर पिर मान्नु पर्दैन

इन्टरनेट फिलीली चल्ने यि हुन् उपाय, यि उपाय अपनाउनुहोस् इन्टरनेट चलेन भनेर पिर मान्नु पर्दैन

शिक्षा
असाेज ५ काठमाडाैं । तपाईको घरमा रहेको इन्टरनेट राम्रो चलेन ? कहिल्यै तपाईकै कारण पनि इन्टरनेट नचलेको पो होकी ? तपाईले घरमा वा अफिसमा राखेको इन्टरनेट फिलिली चलाउन मन छ ? त्यो हो भने राउटरलाई होचो स्थान वा कुनामा नराखी अग्लो स्थानमा राख्नुहोस् । राउटल भुइमा छ भने त्यसले राम्रो सिग्नल नदिने हुँदा वाईफाईको स्पीड घट्छ । तपाईले वाईफाईको स्पीड बडाउन चाहानुहुन्छ भने समय समयमा वाईफाईको पासवर्ड परिवर्तन गर्ने बानी पनि बसाल्नुपर्छ । एउटै पासवर्ड प्रयोग गर्दा उक्त पासवर्ड धेरै ब्यक्तिको डिभाइसमा सेट हुँदा राम्रो तरिकाले सिग्नल दिन नसक्दा राम्रोसँग इन्टरनेट नचल्ने समस्या हुन्छ । त्यसैले बेला बेलामा राउटरको पासवर्ड परिवर्तन गर्ने गर्नुपर्छ । त्यस्तै राउटरलाई हामीले नियमित अन अफ गर्नुपर्ने हुन्छ । तर हामीमध्ये कतिले राउटर अफ नै गर्दैनौँ । जसका कारण इन्टरनेट नचलेको हुनसक्छ । राउटरलाई अफ अन नर्गदा ...
लामो समय थलिएका विद्यालय खुल्न थाले

लामो समय थलिएका विद्यालय खुल्न थाले

शिक्षा, समाचार
असाेज ५ ओखलढुंगा । कोरोना कहरका कारण लामो समय थलिएका ओखलढुंगाका सामुदायिक विद्यालयहरु सञ्चालनमा आउन थालेका छन् । यस वर्षको शैक्षिक सत्र सुरु भएदेखि बन्द रहेका विद्यालयहरु जनस्वास्थ्य मापदण्डको पालना गर्दै सञ्चालनमा आउन थालेका हुन् ।जिल्लाको लिखु गाउँपालिका ८ टारकेराबारीमा रहेको जालपा माध्यमिक विद्यालय सोमबार (आजबाट) सञ्चालनमा आएको छ । लामो समयदेखी विद्यालय बन्द हुँदा विद्यार्थीहरुको पठनपाठन प्रभावित बनेको भन्दै जनस्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर बिद्यालय सञ्चालन गरिएको विद्यालयका शिक्षक दिपक घिमिरेले जानकारी दिए ।जालपा माध्यमिक विद्यालयले विद्यार्थी–विद्यार्थी बीचमा भौतिक दुरी कायम गराएर पठनपाठन सुरु गरेको छ । एउटा बेन्चमा दुईजना विद्यार्थी राखेर उनीहरु बीचमा करिब २ मिटरको दुरी कायम गराई माक्स अनिवार्य गराईएको शिक्षक घिमिरेले जानकारी दिए । उनले लामो समय विद्यालय बन्द हुँदा यसवर्...