असाेज ५ काठमाडाैं ।लोकप्रिय नायक पल शाह र अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहले पहिलो पटक स्क्रिन सेयर गर्न लागेका छन् । कोरोना कहरले तहसनहस भएको चलचित्र उद्योग कोरोनाको जोखिम कायमै रहेका बेला विस्तारै जुर्मुराउँदै जान लागेका बेला दर्शकले खुशै रुचाएका यि दुई स्टार कलाकार पल र साम्राज्ञीले ‘रेड वाइन’मा जोडी बाँध्न लागेका हुन् ।
‘रेड वाइन’लाई रमेश एम।के। पौडेलले निर्माण गर्न लागेका हुन् । पौडेलले यस अघि ‘रूद्रप्रिया’ र ‘रज्जा रानी’ फिल्म निर्माण गरिसकेका छन् । निर्माण यूनिटका अनुसार ‘रेड वाइन’ लभस्टोरी फिल्म हुनेछ ।
जसको निर्देशन पनि निर्माता पौडेलले नै गर्ने तयारी गरेका छन् । चलचित्रमा पल र साम्राज्ञीको साथमा सन्दिप क्षेत्री र अमेरिकामा नै बसोबास गर्ने इमिली लामाको पनि अभिनय रहने निर्माण यूनिटले जनाएको छ । हाल अमेरिकामा रहेका पौडेलले अमेरिकामा नै सम्पूर्ण छायांकन गरिने बताएका छन् ।
कोरोनाको अवस्था हेरेर दशैँ र तिहारको बीचमा छायांकन गर्ने तयारी गरिएको चलचित्रको पटकथा तथा संवाद शबिर श्रेष्ठले तयार पारेका छन् । चलचित्र आर्यन फिल्मस् प्रोडक्शन प्रा। लि। र बोधी एच।डि। अमेरिकाको ब्यानरमा निर्माण हुन लागेको हो । तस्विरहरु : बिनोद पोखरेल
