आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: तथ्यखबर

इन्फिनिक्सको नोट सेभेन सिरिजमा छन् यस्ता नयाँ फिचर

इन्फिनिक्सको नोट सेभेन सिरिजमा छन् यस्ता नयाँ फिचर

आर्थिक
असाेज ५ काठमाडाैं । इन्फिनिक्सले हालसालै नयाँ नोट ७ सिरिज बजारमा ल्याएको छ । बजारबाट सकारात्मक प्रतिक्रिया पाएको यस फोनको बिक्री र ग्राहक सन्तुष्टीले उल्लेखनिय प्रतिफल प्राप्त गरेको विश्वास लिइएको छ । यसैलाई मध्यनजर गर्दै अझ विविध विशेषता सहितको नोट ७ को अको संस्करण (६ जिबी र १२८ जिबी) लाइ निकैनै प्रतिस्पर्धात्मक मुल्य रु २३,९०० मा बजारमा भित्राएको छ । इन्फिनिक्सका लागि नेपालको वितरक ओला इलेक्ट्रोनिक्स प्राइभेट लिमिटेडले यस फोन Forest, Greenर Bolivia Blue कलर सहित रिफ्लेक्टिभ ग्लासमा उपलब्ध रहेको जानकारी दिएको छ । लामो समयको प्रतिक्षा पश्चात् इन्फिनिक्सको नोट ७ अन्तत्बजारमा भित्रिएको छ । मोबाइल फोटोग्राफीमा आफ्नो छुट्टै इतिहास कायम गरिसकेको इन्फिनिक्सको यस फोनको प्रतिक्षाको मुख्य कारक पनि यस फोनको क्यामरा हो । यस इन्फिनिक्स नोट ७ मा ४८ MP quad Low-light क्यामरा रहेको छ । समय र यसक...
एनआरएनए दोस्रो विश्व स्वास्थ्य सम्मेलन सकियो

एनआरएनए दोस्रो विश्व स्वास्थ्य सम्मेलन सकियो

अन्तराष्ट्रिय, समाचार
असाेज ५ काठमाडाैं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को दोस्रो विश्व स्वास्थ्य सम्मेलन आइतबार सम्पन्न भएको छ । शुक्रबारदेखि आयोजना गरिएको उक्त सम्मेलन २६ बुँदे विश्व नेपाली स्वास्थ्य घोषणापत्र जारी गर्दै सम्पन्न भएको हो । सम्मेलनले घोषणापत्रमाथि व्यापक छलफल गरेको थियो । त्यसमा विज्ञ तथा सरोकारवालाले सुझाव दिनुभएको थियो । विज्ञ तथा सरोकारवालाहरुको सुझावअनुसार घोषणापत्रमा आवश्यक कुराहरु थप गर्दै लैजाने समितिका अध्यक्ष डा सञ्जीव सापकोटाले बताए । ‘धेरै विज्ञ, स्वास्थ्यकर्मी तथा सरोकारवालाहरुले आफ्नो अभिव्यक्ति दिएका छन् । सो टिप्पणीअनुसार बाँकी कुराहरुलाई हामी समावेश गर्दै लैजान्छौँ,’ उनले भने । घोषणापत्रले विश्वभरि छरिएर रहेका स्वास्थ्यकर्मीहरुलाई एकै ठाउँमा समेट्ने प्रयास गरेको डा. सापकोटाले उल्लेख गरे । दोस्रो विश्व स्वास्थ्य सम्मेलनले तयार गरेको घोषणापत्...
राप्रपाको केन्द्रिय कार्यसम्पादन समितिको बैंठक भोली हुने

राप्रपाको केन्द्रिय कार्यसम्पादन समितिको बैंठक भोली हुने

राजनीति
असाेज ५ काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले पार्टिको केन्द्रिय कार्यसम्पादन समितिको बैठक असोज ६ गते बस्ने जानकारी दिएका छन् । नेता थापाले सामाजिक सञ्जाल ट्विटर मार्फत बैंठक बस्ने जानकारी गराएका हुन् । हिजो बसेको राप्रपाको बैंठकले राप्रपालाई देशको बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिकारूपमा स्थापित गर्न पार्टी एकता सुदृढ तुल्याउने र सबै समस्याहरु समझदारीबाट समाधान गर्ने निर्णय गरेको छ। थापाको ट्वीट : राप्रपा त्रय अध्यक्षहरूको आज बसेको बैठकले राप्रपालाई देशको बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिकारूपमा स्थापित गर्न पार्टी एकता सुदृढ तुल्याउने र सबै समस्याहरु समझदारीबाट समाधान गर्ने निर्णय गरेको छ।पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक असोज ६गते गर्ने निर्णय पनि गरेको छ । ...
अब काठमाडौमा पानी ल्याउन टिबीएम प्रविधिको सुरुङ बनाइने

अब काठमाडौमा पानी ल्याउन टिबीएम प्रविधिको सुरुङ बनाइने

समाचार
असाेज ५ काठमाडाैं । मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरणअन्तर्गत याङ्री र लार्केको पानी राजधानी ल्याउन नयाँ प्रविधिबाट काम गर्ने गरी तयारी सुरु भएको छ। पहिलो चरणमा मेलम्ची खोलाको पानी ल्याउन ‘ड्रिलिङ ब्लाष्टिङ एण्ड मकिङ’ ९डिबीएम० प्रविधिबाट सुरुङ निर्माण गरिएको थियो। डिबीएम प्रविधिबाट सुरुङ बनाउँदा विष्फोट गरिन्थ्यो। यो प्रविधिबाट सुरुङ बनाउँदा लक्ष्यभन्दा बढी समय लागेको, बीचबीचमा निर्माण व्यवसायी भागेर नयाँ ठेक्का लगाउनुपर्दा समय लम्बिन गएकाले नयाँ प्रविधिबाट काम गर्ने तयारीमा खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समिति लागेको हो। दोस्रो चरणको याङ्री र लार्केको पानी राजधानी ल्याउन पनि डिबीएम प्रविधिबाट नै काम गर्ने गरी लागत अनुमान गरिएको थियो। यो प्रविधिबाट करिब ११ किमी सुरुङ बनाउँदा रु १० अर्ब लाग्ने प्रारम्भिक अनुमान गरिएको थियो। डिबीएम प्रविधिबाट काम ढिला हुने देखिएकाले न...
सन्दीप आबद्ध दिल्लीद्वारा पन्जाब सुपर ओभरमा पराजित :आइपीएल

सन्दीप आबद्ध दिल्लीद्वारा पन्जाब सुपर ओभरमा पराजित :आइपीएल

अन्तराष्ट्रिय, खेलकुद
असाेज ५ काठमाडाैं । इण्डियन प्रिमियर लिग (आईपीएलमा) दिल्ली क्यापिटल्सले किंग्स इलेभेन पन्जाबलाई सुपर ओभरमा पराजित गरेको छ ।नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्ध दिल्लीले दिएको १५८ रनको लक्ष्य पछ्याएको पञ्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५७ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो । सुपर ओभरमा दिल्लीका लागि कागीसो रबाडाले बलिङ गर्दा लोकेश राहुल र निकोलस पुरण ब्याटिङ गरेका थिए । राहुलले पहिलो बलमा २ रन जोडे पनि दोस्रो बलमा भने क्याचआउट भए । अर्को बलमा नै रबाडाले पुरणलाई बोल्ड गरे । दिल्लीले ऋषभ पन्त र श्रेयस ऐरलाई ब्याटिङमा पठाएको थियो । मोहमद शामीले पहिलो बल बाउन्सरमा डट राखे पनि दोस्रो बल भने वाइड फ्याँके । पन्तले दोस्रो बलमा २ रन जोडेपछि दिल्लीले विजयी सुरुवात गरेको हो । पञ्जाबका ओपनर मंयक अग्रवाल ७ चौका र ४ छक्का मद्दतमा ८९ रनमा क्याच आउट भए । दिल्लीका रविचन्द्रन आश्व...
रामपुरमा भैंसीपालनमा युवाको आकर्षण बढ्दो

रामपुरमा भैंसीपालनमा युवाको आकर्षण बढ्दो

समाचार
असाेज ५ पाल्पा ।पाल्पा रामपुर नगरपालिका वडा नं ५ मटेरी बस्ने युवा विजय लम्सालले थालनी गरेको भैंसीपालन व्यावसाय । रामपुर क्षेत्रमा भैंसीपालनमा युवाको आकर्षण बढ्दो छ । रासस
निजी विद्यालयका ९५ प्रतिशत शिक्षक–कर्मचारीले ६ महिनादेखि पाएनन् तलब

निजी विद्यालयका ९५ प्रतिशत शिक्षक–कर्मचारीले ६ महिनादेखि पाएनन् तलब

समाचार
असाेज ५ काठमाडाैं । विद्यार्थीको उज्ज्वल भविष्यका लागि ज्ञान र आदर्श बाँड्ने निजी विद्यालयका शिक्षक ६ महिनासम्म तलब नपाउँदा गुजारा चलाउन नसक्ने अवस्थामा पुगेका छन् । निजी विद्यालयमा कार्यरत करिब दुई लाख शिक्षक–कर्मचारीमध्ये ९५ प्रतिशतले कोरोना प्रसार रोक्न लकडाउन घोषणा भएयता तलब पाएका छैनन् । मिहिनेतपूर्वक ज्ञान र आदर्श सिकाउने शिक्षक नै चरम पीडामा छन् । कतैबाट सहयोग नहुँदा झनै खिन्न छन् । कतिपय निजी विद्यालय आफैँ बन्द हुने अवस्थामा पुगेका छन् भने आर्थिक अवस्था राम्रो भएका विद्यालयले समेत शिक्षक–कर्मचारीलाई गुजारा चलाउन सक्ने गरी तलब दिएका छैनन् । विद्यालय सञ्चालकले भने सरकारले शुल्क उठाउन नदिएका कारण शिक्षक, कर्मचारी र सञ्चालककै अवस्था नाजुक भएको बताउँदै आएका छन् । तलब नपाएपछि कतिपय शिक्षकले आफ्ना वृद्ध बाबुआमाको सहारा लिनुपरेको छ । काठमाडौंको एक निजी विद्यालयमा लामो समयदेखि पढाउँ...
डेढ वर्षमा बर्दिवास–वीरगञ्ज रेल गुडाउने विभागको तयारी

डेढ वर्षमा बर्दिवास–वीरगञ्ज रेल गुडाउने विभागको तयारी

समाचार
असाेज ५ महोत्तरी । महोत्तरीको बर्दिवासदेखि पर्साको वीरगञ्जसम्मको १३६ किलोमिटर रेलमार्गमध्ये ७० किलोमीटरभन्दा बढीमा ब्लास्ट र ट्र्याकमा पटरी ओछ्याउने बाहेकका अन्य काम सकिएको छ ।बर्दिवासदेखि वीरगञ्जसम्मको १३६ किलोमिटर रेलमार्गको जङ्गली क्षेत्रमा रुख कटान गरेर माटो पुर्ने काम तीव्रगतिमा भएको छ । पुल कल्भर्ट निर्माणको काम सम्पन्न भइसकेको छ । पूर्व मेचीदेखि महाकालीअन्तर्गत जयनगर–बर्दिवास र बर्दिवास–वीरगञ्ज रेल सञ्चालनमा आइसकेपछि जनकपुरसहित प्रदेश २ को सांस्कृतिक र पर्यटकीयसहित आर्थिक क्षेत्रमा ठूलो क्रान्ति ल्याउने नेपाल सरकारको जिकिर छ । दुई सय किमी प्रतिघण्टा गुड्ने योजनासहित विद्युतीय रेल बर्दिवास–वीरगञ्ज रेल सञ्चालनमा आएपछि बर्दिवासबाट वीरगञ्ज मुस्किलले पौने एक घण्टाभित्रै पुग्न सकिने रेल विभागले जनाएको छ । भारतीय पक्षले रक्सौल पाँच किलोमिटरसम्म निर्माण कार्य सम्पन्न गरिसकेको छ । बर...
रतुवा नदिबाट कटान रोक्न बाँस ओछ्याईदै

रतुवा नदिबाट कटान रोक्न बाँस ओछ्याईदै

समाचार
असाेज ५ काठमाडाैं ।अबिरल बर्षाका कारण रतुवा नदिमा आएको बाढीले कटान तीव्र बनाएको झापाको कमल गाँउपालिका वडा नं ५ स्थित गुहेश्वरीमा कटान रोकथाममा जुट्दै स्थानीय । नदीले पूर्वतर्फ कटान तीव्र बनाएपछि थप जोखिम हुन नदिन बाँसको पाईलिङ गर्न थालिएको वडाध्यक्ष डम्बरवहादुर निरौलाले बताउनुभयो । रासस
कोरोनाले ३५ अर्बले घट्यो घर, गाडी र आयात कर्जा

कोरोनाले ३५ अर्बले घट्यो घर, गाडी र आयात कर्जा

आर्थिक
असाेज ५ काठमाडाैं । कोरोना संक्रमणका कारण सरकारले चैतमा लगाएको लकडाउन र त्यसपछिको निषेधाज्ञाले चार महिनामा घर, गाडी र आयात कर्जाको माग अर्बौँ रुपैयाँले घटेको छ । राष्ट्र बैंकले प्रकाशित गरेका बैंकहरूको मासिक विवरणअनुसार गत फागुन अन्त्यदेखि साउन अन्त्यसम्म यस्ता कर्जामा ३५ अर्बले कटौती भएको छ । लकडाउनअघि फागुन मसान्तमा यी तीन शीर्षकमा कुल ५ खर्ब ८५ अर्ब ५० लाख कर्जा प्रवाह भएको थियो । साउन मसान्तमा यी क्षेत्रमा ऋण घटेर ५ खर्ब ४९ अर्ब ६८ करोड ३० लाखमा झरेको छ । उक्त अवधिमा प्रतीतपत्र र आयातमा जाने कर्जा १७ अर्ब रुपैयाँले र सवारी कर्जा १० अर्ब रुपैयाँले घटेको हो । त्यस्तै, डेढ करोड रुपैयाँसम्मको घर कर्जा समेत ६ अर्ब ९६ करोड रुपैयाँले कमी आएको छ । यो अवधिमा अधिविकर्ष कर्जा ६ अर्बले घटेको छ । कोभिड–१९ को प्रभावसँगै बढेको अनिश्चित अवस्था, लकडाउन र निषेधाज्ञाका कारण बढेको अवरोधले कर...