आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: तथ्यखबर

एमसीसी कार्यान्वयन हुन्छ, भारत वार्ता नजिक छ : प्रदिप ज्ञवाली

एमसीसी कार्यान्वयन हुन्छ, भारत वार्ता नजिक छ : प्रदिप ज्ञवाली

राजनीति
असाेज ५ काठमाडाैं । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेशन एमसीसी संशोधनसहित संसदबाट अनुमोदन हुने दावी गरेका छन् । प्राइम टाइम्स टेलिभिजनको कार्यक्रममा कुरा गर्दै मन्त्री ज्ञवालीले संसदको आगामी अधिवेशनबाटै एमसीसी अनुमोदन हुने बताएका हुन् । विगतमा विवाद भए पनि संशोधनसहित अनुमोदन गराउने विषयमा विवाद नभएको मन्त्री ज्ञवालीको जिकिर छ । मन्त्री ज्ञवालीले भारतसँगको नक्सा तथा सीमा विवाद समाधानका लागि वार्ताको तयारी भइरहेको जानकारी दिएका छन् । चीनसँग भने कुनै पनि विवाद र विमति नरहेको मन्त्री ज्ञवालीको भनाई छ । उनले सरकारको आलोचना गर्न आवश्यक नभएको भन्दै राम्रो काम गरिरहेको दावी गरेका छन् । संविधान दिवसका दिन प्रदान गरिएको विभिन्न सम्मान उचित व्यक्तिलाई नदिइएको भनेर भइरहेको आलोचनाको पनि मन्त्री ज्ञवालीले खण्डन गरेका छन् । ...
सुपर ओभरमा दिल्लीले पञ्जावलाई हरायो

सुपर ओभरमा दिल्लीले पञ्जावलाई हरायो

अन्तराष्ट्रिय, खेलकुद
असाेज ५ काठमाडाैं । इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा दिल्ली क्यापिटल्सले किंग्स इलेभेन पञ्जाबलाई हराएको छ ।दिल्लीले सुपर ओभरको खेलमा पञ्जाबलाई हराएको हो । पञ्जाबले ३ बलमा २ विकेट गुमाएर २ रन मात्र बनायो । केएल राहुल २ र निकोलस पुरन शुन्य रनमा आउट भए । दुवै कागिसो राबा‍डाकाे सिकार भएका थिए ।दिल्लीले तीन बलमा लक्ष्य पुरा गर्यो । दिल्लीका ऋषभ पन्तले विजयी रन प्रहार गरे । यसअघि, दिल्लीले जितका लागि पञ्जाबलाई १ सय ५८ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।पञ्जाबले ८ विकेट गुमाएर १ सय ५७ रन बनायाे । पञ्जाबका लागि मयंक अग्रवालले ८९ रनको शानदार पाली खेलेका थिए । ओपनर केएल राहुलले २१, कुष्णप्पा गौतमले २० र सर्फराज खानले १३ रन बनाएका थिए । अन्य खेलाडीले दोहोरो अंकको स्कोर छुन सकेनन् । दिल्लीका कागिसो राबाडा, रविचन्द्रन आश्विन र मार्कुस स्टोनिसले समान २–२ विकेट लिए । मोहित शर्मा र अक्षर...
बेलायतको सबैभन्दा ठूलो ब्याङ्क अवैध धन सार्नमा सङ्लग्न !

बेलायतको सबैभन्दा ठूलो ब्याङ्क अवैध धन सार्नमा सङ्लग्न !

अन्तराष्ट्रिय
असोज ५ काठमाडौँ ।बेलायतको सबैभन्दा ठूलो ब्याङ्क अवैध धन सार्नमा सङ्लग्न भएको खुलासा भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।बेलायतको एचएसबीसी ब्याङ्कले घोटालाबारे थाहा पाए पनि ती कार्यमा सङ्लग्न रहेकाहरूलाई विश्वभर लाखौँ डलर पठाउन दिएको उल्लेख गरिएको बीबीसीले जनाएको छ । बेलायतको सबैभन्दा ठूलो ब्याङ्कले सन् २०१३ र २०१४ मा आफ्नो अमेरिकी व्यवसायमार्फत एचएसबीसीको हङ्कङस्थित खातामा रकम सारेको थियो।एचएसबीसीको ८ करोड अमेरिकी डलर बराबरको घोटालाको विस्तृत विवरण ब्याङ्कहरूको “सस्पिसियस एक्टीभीटी रिपोर्टस“ अर्थात् सन्दिग्ध गतिविधिबारे दस्ताबेजमा उल्लेख छ। सार्वजनिक भएको उक्त गोप्य दस्तावेजलाई फीनसेन फाइल्स भनिएको छ।एचएसबीसीले भने त्यस्ता गतिविधि बारे जानकारी गराउने विषयमा सधैँ आफ्नो कर्तव्य पुरा गरेको बताएको छ । अमेरिकामा सम्पत्ति शुद्धीकरण सम्बन्धी विषयमा ब्याङ्कलाई १.९ अर्व अम...
बन्दना राणा राष्ट्रसङ्घ जनसङ्ख्या कोषको उच्चस्तरीय आयोगमा मनोनीत

बन्दना राणा राष्ट्रसङ्घ जनसङ्ख्या कोषको उच्चस्तरीय आयोगमा मनोनीत

समाचार
असोज ५ काठमाडौँ । महिला अधिकारकर्मी तथा सञ्चारकर्मी बन्दना राणा संयुक्त राष्ट्रसङ्घ जनसङ्ख्या कोषको उच्चस्तरीय आयोगमा मनोनीत भएकी छिन्। राष्ट्र सङ्घीय महिला विरुद्धको विभेद निरुपण समितिको उपाध्यक्षसमेत रहेकी राणा महिला अधिकारका लागि गठित अन्तर्राष्ट्रिय उच्चस्तरीय आयोगको सदस्यमा मनोनीत भएकी हुन्। उनी राष्ट्रिय महिला आयोगको पूर्व अध्यक्षसमेत हुन्। जनसङ्ख्या र विकासका लागि अन्तर्राष्ट्रिय सम्मेलन (आइसीपीडी)को २५ वर्ष पुगेको अवसरमा गत वर्ष भएको नैरोबी सम्मेलनमा तय गरिएका एजेण्डा पूरा गर्नका लागि सो आयोग गठन गरिएको थियो। आयोगमा २८ सदस्य छन् । आयोगको अध्यक्षता तान्जानियाका पूर्वराष्ट्रपति जाकाया किक्वेते र क्यानडाका २७औँ गभर्नर जनरल मिशेल जीनले गर्नेछन्। आयोगमा देशका पूर्व प्रमुखदेखि अभियानकर्मी र युवासमेत सदस्य छन्। आयोगले नैरोबी सम्मेलनमा गरिएका एक हजार २५० प्रतिबद्धता पूरा भए–न...
चाडपर्व लक्षित सुपथ मूल्य पसल थप्ने तयारी

चाडपर्व लक्षित सुपथ मूल्य पसल थप्ने तयारी

आर्थिक, समाचार
असोज ५ काठमाडौँ । दसैँ, तिहार र छठलगायतका चाड पर्वलाई लक्षित गरेर सरकारले सञ्चालन गर्ने सहुलियत मूल्यका पसल अघिल्लो वर्षभन्दा थपिने भएका छन् । सरकारले अघिल्ला वर्षभन्दा यो वर्ष केही पसल थपेर एकीकृत सहुलियत मूल्य पसल सञ्चालनको तयारी थालेको छ ।यस वर्ष कोभिड­–१९ का कारण भीडभाड कम गर्ने अभिप्रायले सरकारले गत वर्षभन्दा केही पसल थपेर सहुलियत मूल्य पसल सञ्चालन गर्ने तयारी गरेको जनाइएको छ । चाडपर्वमा उपभोक्तालाई थोरै भए पनि मूल्यमा राहत दिने उद्देश्यले सरकारले हरेक वर्ष यस्ता सहुलियत मूल्य पसलसञ्चालन गर्ने गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतका खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ कम्पनी र दुग्ध विकास संस्थानले संयुक्त वा आआफ्नो किसिमले सहुलियत मूल्य पसल सञ्चालन गर्नेगरी तयारी भइरहेको छ । मन्त्रालयका सहप्रवक्ता उर्मिला केसीले यस वर्ष दसैँ, तिहार लगायतका चाडपर्व ...
नौ घण्टा काम गर्दा पनि न्यूनतम ज्याला छैन

नौ घण्टा काम गर्दा पनि न्यूनतम ज्याला छैन

आर्थिक, समाचार
असोज ५ काठमाडौँ । २०७५ देखि लागू भएको चिया श्रमिकको न्यूनतम दैनिक ज्याला पाउन चिया श्रमिकले पाउन सकेका छैनन् । उल्टै दैनिक ज्याला पाउन नै वगानले तोकेअनुसारको समयमा काम गर्नुपर्छ, जुन दैनिक नौ घण्टासम्म हुने गरेको छ ।वगान व्यवस्थापनले सरकारले तोकेको न्यूनतम दैनिक ज्याला ३८५ रुपियाँ दिने गरे पनि त्यो श्रम गर्ने समयभन्दा बढी काम गर्दा मात्र पाउँछन् अर्थात् उनीहरू बाध्यकारी श्रममा पिल्सिएका छन् । त्रिवेणी सङ्घाई समूहले नेपाल सरकारबाट लिजमा लिएर सञ्चालन गरिरहेको वगानमा तोकिएको हरियो पत्ती नटिपे श्रमिकलाई प्रतिकिलो छ रुपियाँ घटाएर ज्याला दिने गरेको श्रमिकले बताएका छन् । वगान व्यवस्थापनले न्यूनतम ज्याला दिनुअघि हातले टिपेको चिया दैनिक १६ किलो र कैँचीले टिपेको २६ किलो पु¥याउनुपथ्र्यो । न्यूनतम ज्याला कार्यान्वयन गरेसँगै व्यवस्थापनले हातले टिपेको चिया प्रतिश्रमिक दैनिक २२ किलो र सानो मेसिनल...
आज देखि आन्तरिक तर्फको नियमित उडान सुरु हुँदै

आज देखि आन्तरिक तर्फको नियमित उडान सुरु हुँदै

समाचार
 असोज ५ काठमाडौँ ।छ महिनाभन्दा बढी समयपछि सोमबारदेखि आन्तरिक तर्फको नियमित उडान सुरु हुँदै छ । नियमित अन्तर्राष्ट्रिय उडान खुला भएको २० दिनपछि आन्तरिक उडान खुला भएको हो ।सोमबारदेखि हुने उडानका लागि नियामक उड्डयन प्राधिकरणले सबै तयारी पूरा भएको जनाएको छ । उडान सञ्चालनका लागि निर्धारण गरिएको सम्पूर्ण स्वास्थ्य मापदण्ड विमानस्थलमा अपनाइएको प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिनुभयो । कोभिड–१९ सङ्क्रमण रोकथामस्वरूप सरकारले आन्तरिक उडानमा लगाएको प्रतिबन्ध भदौ २९ को मन्त्रिपरिषद्को बैठकले पुनः सञ्चालन गर्ने निर्णय गरेको थियो । सरकारले असोज १ देखि नै आन्तरिक उडान सञ्चालन गर्ने बाटो खुला गरे पनि वायु सेवा सञ्चालकले तयारी पूरा नभएको र ५० प्रतिशत मात्र यात्रु राखेर उडान गर्न नसकिने अडान राखेपछि पाँच दिनपछि सरेको हो । सोमबारदेखि वायु सेवा कम्पनीले पूर्ण क्षमतामा उडान गर्न पाउने ...
दशैं अघि पहिलो त्रैमासिक परीक्षा सक्ने तयारी

दशैं अघि पहिलो त्रैमासिक परीक्षा सक्ने तयारी

शिक्षा, समाचार
 असोज ५ काठमाडौँ ।सरकारले वैकल्पिक सिकाइलाईसमेत शैक्षिक सत्रमा गणना गर्ने गरी पाठ्यक्रम समायोजन ढाँचा जारी गरेपछि विद्यालयहरु उत्साहित बनेका छन् । यसका साथै अभिभावक र विद्यार्थी पनि अनलाइन कक्षाप्रति सकारात्मक बनेका छन् । श्रवैकल्पिक सिकाइलाई समेत शैक्षिक सत्रसँग जोडिने कानुनी आधार पाएपछि असोज महिनाको अन्त (दशैँअघि) सम्ममा सबै विद्यालयले पहिलो त्रैमासिक परीक्षा लिने तय गरेका छन् ।  यसअघि अनलाइन कक्षामा रुचि नदेखाउने विद्यार्थी तथा अभिभावक पनि वैकल्पिक सिकाइले शैक्षिक सत्रमा मान्यता पाउने भएपछि शिक्षकहरुसँग समन्वय गरी अनलाइन कक्षामा आफ्ना छोराछोरीलाई जोड्न थालेका छन् ।  ...
लेस्टर सिटीको बर्नलीलाई ४–२ को शानदार जित

लेस्टर सिटीको बर्नलीलाई ४–२ को शानदार जित

अन्तराष्ट्रिय, खेलकुद
असोज ५ काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनमा लेस्टर सिटीले राम्रो नतिजा निकाल्ने क्रम जारी राखेको छ।लगातार दोस्रो जित निकालेको लेस्टर शीर्ष स्थानमा छ। आइतबार राति भएको खेलमा लेस्टरले बर्नलीलाई ४–२ ले पराजित गरेको हो । लेस्टरको जितमा हार्भी बार्नेसले २० औँ, जेम्स जस्टिनले ६१ औँ मिनेटमा र एरिक प्राएटले ७९ औँ मिनेटमा गोल गरे । त्यसअघि ५० औँ मिनेटमा बर्नलीका पिएटर्सले आत्मघाती गोल गरे । बर्नलीका लागि क्रिस वूडले १० औँ मिनेटमा र ७३ औँ मिनेटमा डुनीले गोल गरे। जितपछि लेस्टर सिटी ६ अंकसहित शीर्ष स्थानमा छ । ...
आज सोमबार, कस्तो छ तपाईंको राशिफल ?

आज सोमबार, कस्तो छ तपाईंको राशिफल ?

राशिफल
आजको  वि.सं.२०७७असोज -५,सोमवार। ई.सं.२०२० September- २१ । शक संवत्-१९४२ । नेपाल संवत्-११४०,प्रमादी,दक्षिणायन,शरद,अधिक । आश्विन शुक्लपक्ष तिथि-चतुर्थी ०७:३३ बजेदेखि पञ्चमी , २९:१४ बजे उप्रान्त सप्तमी . नक्षत्र-विशाखा , २६:५९ बजे उप्रान्त अनुराधा ।  योग-वैधृति , १४:३२ बजे उप्रान्त विष्कम्भ,करण-भद्रा ०७:३३ बजेदेखि वव , १८:२३ बजे उप्रान्त गर,चन्द्रराशि-तुला,आनन्दादि योग-मित्र । सूर्योदय-०५:५२,सूर्यास्त-१८:००,दिनमान-३० घडी १९ पला,विश्व शान्ति दिवस। सर्वार्थसिद्धि योग २६:५९ बजेपछि। आजको राशिफल मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) – अवसर प्राप्त भए पनि भूलवश काममा बाधा होला,बोलीको अनर्थ लाग्न सक्छ,धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला,खानपिनमा ध्यान दिनुहोला,आजको शुभ अंक ७ रहेको छ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) – गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ,नयाँ सवारीसाधन किन्...