आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: तथ्यखबर

ट्याङ्कीमा डुबेर बालकको मृत्यु

ट्याङ्कीमा डुबेर बालकको मृत्यु

अपराध
असोज ४ रुपन्देही । रुपन्देहीको भैरहवामा एकजना बालकको आज सेप्टी ट्याङ्कीमा डुबेर मृत्यु भएको छ । जिल्लाको सिद्धार्थनगर नगरपालिका वार्ड नं १० दोदगहरी निवासी झिम्की कुर्मीका १० वर्षीय छोरा सुग्रिम कुर्मीको छिमेकीको निर्माणाधिन घरको सेप्टी ट्याङकीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीले जानकारी दिनुभयो । मृतक बालक शनिबार बेलुका ५ बजेदेखि हराएका र उनको खोजविन गर्दा आज घरदेखि करिब २०० मिटरको दूरिमा रहेको श्रवण लोनियाको निर्माणाधीन घरको सेप्टी ट्याङ्की भित्र पानीमा डुबी मृत अवस्थामा फेला परेको प्रहरी उपरीक्षक खत्रीले बताउनुभयो । घटनाको थप अनुसन्धान भइरहेको समेत उहाँले बताउनुभयो । ...
कोरोनाविरुद्धको खोप लगाउने पहिलो नेपाली

कोरोनाविरुद्धको खोप लगाउने पहिलो नेपाली

अन्तराष्ट्रिय
असोज ४ मस्को । गैरआवासीय नेपाली संघका नेता बद्री केसीका अनुसार रुसमा एक नेपाली नागरिकले कोरोनाभाइरसविरुद्धको खोप लिएका छन् । रुसस्थित गैरआवासीय नेपाली संघका उपाध्यक्ष बद्री केसीले सामाजिक सञ्जाल मार्फत यस्तो जानकारी दिएका छन् । केसीका अनुसार ६१ वर्षीय डा महेश श्रेष्ठले पछिल्लो शनिबार खोप लिएका हुन् । रुसमा तयार भएको खोप लक्की ड्रका आधारमा नेपाली नागरिक श्रेष्ठलाई पनि लगाइएको हो । पुर्खौली घर सल्यान भएका श्रेष्ठ रुसको राजधानी मस्कोमा कार्यरत छन् । रुसी सरकारले पहिलो चरणमा ३० हजार जनालाई खोप दिने क्रममा उक्त टोलीमा श्रेष्ठ पनि परेका हुन् । कोरोनाविरुद्धको खोप विकासको लागि अमेरिका, बेलायत, चीन, रुस लगायतका वैज्ञानिक संघर्षशील छन् । तीमध्ये ६ वटा खोप अन्तिम चरणमा परेको बताइन्छ । जसमध्ये रुसले सबैभन्दा पहिले आफ्नो खोपलाई दर्ता गरिसकेको छ । ...
उपभोग्य मिति नलेखिएका चामल, पानीपुरी र चाउमिन बिक्रीमा रोक

उपभोग्य मिति नलेखिएका चामल, पानीपुरी र चाउमिन बिक्रीमा रोक

शिक्षा
असोज ४ काठमाडौँ । गोङ्गबु चोक नजिकै मिल सञ्चालन गर्ने श्रेष्ठ राइस एण्ड चिउरा मिलमा भएको २०० बोरा चामल बिक्रीमा रोक लगाइएको छ। श्रेष्ठ राइस एण्ड चिउरा गोङ्गबु प्रिन्ट गरिएका ३० केजी तौलमा भरिएका चामलको उत्पादन मिति, उपभोग्य मिति, मिल, खुद्रा वा अधिकतम मूल्य नराखिएको, खरिद बिक्री बिल नभएको र मिलको परिचय पाटी नराखिएकोले बिक्रीमा रोक लगाइएको हो। काठमाडौं महानगरको उपभोक्ता हित संरक्षण समितिको अनुगमन टोलीले आजै दिउँसो १ मिल सञ्चालकलाई कागजातसहित कृषि बिभागमा बोलाएको छ। मिलमा सञ्चालक थिएनन्। उनका छोरा राजेन्द्र महर्जनले नुवाकोटबाट धान ल्याउने र मिलमा कुट्दै बेच्ने गरेको बताए। २०० बोरा पनि माग भएरै कुटाएको हो त? प्रश्नको उत्तरमा उनले भने, ‘धान लिएर आउने र कुटाएर बिक्रीका लाने पनि धेरै हुन्छन्। उनीहरुले कुटाएको पैसा दिने हो।’ उनको कुरा सकिन नपाउँदै अनुगमन टोलीका सदस्यले सोधे— अरुले ल्या...
जोर्डनबाट ३२३ नेपाली कम्पनीकै खर्चमा चार्टर्ड विमानमा नेपाल फर्किदैँ

जोर्डनबाट ३२३ नेपाली कम्पनीकै खर्चमा चार्टर्ड विमानमा नेपाल फर्किदैँ

समाचार
असोज ४ काठमाडौँ । जोर्डनबाट ३२३ नेपाली स्वदेश फर्किने भएका छन्। राजधानी अम्मानस्थित क्लासिक अप्पारेल नामक एक कपडा उद्योगमा कार्यरत ३२३ जना नेपाली कम्पनीकै खर्चमा नेपाल फर्किन लागेका हुन्। इजप्टिको कायोरोस्थित नेपाली दूतावासका राजदूत झविन्द्र प्रसाद अर्यालका अनुसार उनीहरु सोमबार बेलुका जोर्डन एभिएशन एयरलाइन्सको चार्टर्ड जहाजमार्फत स्वदेश फर्किन लागेका हुन्। उनीहरु मंगलबार बिहान १२ः४५ बजे काठमाडौं अवतरण हुनेछन्। उनीहरु सबै करार अवधिको म्याद सकिएका कामदार हुन्। कोरोना महामारीका कारण उनीहरुले गर्दै आएको रोजगारी पुनः नवीकरण हुन सकेको थिएन। उक्त कम्पनीमा १२ सयभन्दा धरै नेपाली कार्यरत छन्। जोर्डनमा नेपाली दूतावास छैन। जोर्डन मामिला पनि कायोरोस्थित नेपाली दूतावासले हेर्छ। कम्पनीले आफ्नै खर्चमा जहाज उडाएर नेपाल पुर्याइदिने प्रस्ताव गरेपछि दूतावासले त्यसका लागि पहल गरेको थियो। ‘कम्पनीले आ...
डा. भोला रिजाल कोरोना संक्रमण मुक्त

डा. भोला रिजाल कोरोना संक्रमण मुक्त

समाचार
असोज ४ काठमाडौँ ।वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा भोला रिजाल कोरोना मुक्त भएका छन् । कोरोना संक्रमण पुष्टि भएसँगै रिजाल दम्पती ह्याम्स अस्पतालको आइसोलेसनमा रहेका थिए ।पछिल्लो पीसीआर रिपोर्ट नेगेटिभ आएसँगै उनी आइतवार डिस्चार्ज भएका हुन् ।
मन्त्रीहरुको हेरफेरका आधारबारे नेकपामा छलफल

मन्त्रीहरुको हेरफेरका आधारबारे नेकपामा छलफल

राजनीति
असोज ४ काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आजको सचिवालय बैठकमा सरकारको प्रभावकारी सञ्चालन र मन्त्रीहरुको हेरफेरका नीतिगत आधारबारे छलफल भएको छ । आन्तरिक सहमतिका साथ गत भदौ २६ गते सम्पन्न स्थायी कमिटी बैठकपछि आज पेरिसडाँडामा बसेको सचिवालय बैठकमा सङ्घीय मन्त्रिपरिषद्का सदस्यको हेरफेरका विभिन्न विकल्पलगायत विषयमा छलफल भएको थियो । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड¬’ का अध्यक्षतामा पार्टी कार्यालयमा बसेको बैठकमा नीतिगत मापदण्ड तयार गरेपछि प्रधानमन्त्रीले मन्त्रीहरुको हेरफेर गर्ने जानकारी दिइएको थियो तर बैठकमा यसबारे कुनै निष्कर्ष भइसकेको छैन । साथै संवैधानिक निकायका रिक्त पदमा नियुक्ति, एकताका बाँकी कामलाई पूर्णता, महाधिवेशनको तयारीका लागि साङ्गठिक काम र योजनाबारेमा पनि बैठकमा छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी ...
अत्यन्त जरुरी सुचना : कक्षा ११ मा भर्ना हुन माध्यमिक शिक्षा परीक्षा (एसईई) को

अत्यन्त जरुरी सुचना : कक्षा ११ मा भर्ना हुन माध्यमिक शिक्षा परीक्षा (एसईई) को

शिक्षा, समाचार
असोज ४ काठमाडौँ । राष्ट्रिय पाठ्यक्रम विकास केन्द्र तथा मूल’्यांकन परिषद्ले कक्षा ११ मा भर्ना हुन माध्यमिक शिक्षा परीक्षा (एसईई) मा अंग्रेजी, गणित र विज्ञानमा न्यूनत्तम ‘डी प्लस’ ल्याउनै पर्ने प्रावधान हटाएको छ। भदौ ५ गते अनलाइनखबरमा ‘२६ हजार विद्यार्थीले कक्षा ११ पढ्न नपाउने, निर्णय फिर्ता लिन शिक्षा’विद्को माग’ शीर्षकमा समाचार प्रकाशित गरेपछि परिषद्ले निर्णय सच्याएको केन्द्रका एक अधिकारीले जानकारी दिए । ती अधिकारी भन्छन्, ‘जीपीए १.६ र डी प्लस दुवै ल्याउनु पर्ने प्रावधान राख्दा हजारौं विद्यार्थीले कक्षा ११ पढ्न नपाउने भएपछि त्यो निर्णय सच्याएका हौं ।’ परिषद्को भदौ ११ गते बसेको बैठकले एसईईमा औसत ग्रेड प्वाइन्ट (जीपीए) १.६ ल्याएका विद्यार्थीले कक्षा ११ मा भौतिक विज्ञान, रसायन विज्ञान, जीव विज्ञान र गणित बाहेकका विषय पढ्न पाउने निर्णय गरेको पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशवप...
पार्टीलाई ठूलो बनाएरै छोड्ने मेरो अठोट छ: देउवा

पार्टीलाई ठूलो बनाएरै छोड्ने मेरो अठोट छ: देउवा

राजनीति
असोज ४ काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई ठूलो बनाएरै छोड्ने आफ्नो अठोट रहेको बताएका छन्। पार्टीको महिला विभागले आइतबार गरेको भर्चुअल अन्तर्क्रियामा सभापति देउवाले अहिलेको अवस्थाभन्दा पार्टीलाई ठूलो बनाउन आफू लागिपरेको बताएका हुन्। ‘मेरो अठोट पार्टीलाई ठूलो पार्टी बनाएरै छोड्छु भन्ने छ,’ देउवाले भने।उनले तत्कालीन नेकपा एमाले र एमाओवादी केन्द्र दुई पार्टी एक भएर चुनाव लडेको र कांग्रेस एउटा पार्टी दुइटाजस्तो भएर चुनाव लड्दा पार्टी दोस्रो हैसियतमा रहेको पनि बताए। ‘एमाले र माओवादी एक पार्टी भएर लड्यो। कांग्रेस एक पार्टी भएर पनि दुइटाजस्तो भएर लड्यो,’ उनले भने, ‘पार्टीलाई एकतावद्ध बनाउने प्रयास जारी नै छ।’ उनले नेतृहरूलाई गाउँगाउँ गएर संगठन विस्तार गर्न पनि आग्रह गरे। कांग्रेस महिलामैत्री पार्टी भएको र पार्टीमा ३३ प्रतिशत महिलालाई समावेश गरेको देउवाको दाब...
गर्भवती अनुष्का र बाबु बन्न लागेका विराटलाई शुभकमना दिए प्रधानमन्त्री मोदीले

गर्भवती अनुष्का र बाबु बन्न लागेका विराटलाई शुभकमना दिए प्रधानमन्त्री मोदीले

मनोरन्जन
असोज ४ काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बाबु आमा बन्न लागेका भारतीय चर्चित क्रिकेटर तथा राष्ट्रिय टोलीका कप्तान विराट कोहली र उनकी पत्नि तथा चर्चित अभिनेत्री अनुष्का शर्मालाई असल अभिभावक बन्नु हुनेछ भनेर शुभकामना ब्यक्त गरेका छन् । अगस्ट २७ मा अनुश्काले आफ्नो गर्भावस्था बारे खबर सार्वजनिक गरेको जानकारी पाएका मोदीले आफ्नो जन्मदिन सेप्टेम्बर १७ मा आँफुलाई शुभकामना दिने सबैलाई व्यक्तिगत् ट्वीटर खातामार्फत् अधिकांशको शुभकामनामा धन्यवाद व्यक्त गर्ने क्रममा विराट र अनुष्कालाई पनि धन्यवाद दिँदै त्यस्तो बताएका हुन् ।विराटले आदरणीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जन्मदिनको शुभकामना भनी गरेको ट्विटको जवाफमा नरेन्द्र मोदीले धन्यवाद मात्र दिएनन्। विराट र बलिउड अभिनेत्री अनुश्का शर्मालाई बधाई समेत दिए। भने स् मलाई थाहा छ तपाईंहरू असल अभिभावक बन्नु हुनेछ। अनुश्काले सन् २०२१ को ...
पशुपतिनाथमा अब पूजा गर्न पाइने, मन्दिर खुला गर्ने तयारी

पशुपतिनाथमा अब पूजा गर्न पाइने, मन्दिर खुला गर्ने तयारी

मनोरन्जन, समाचार
असोज ४ काठमाडौँ । कोरोना कहरको त्रासले बन्द गरिएको हिन्दुहरुको आस्थाको धरोहर पशुपतिनाथ मन्दिरमा लामो समयदेखि स्थगन गरिएको पूजाआजको काम अब सुचारु गरिने भएको छ ।कोरोनाको नेपालमा संक्रमण नै सुरु नहुँदै डरै डरमा बन्द गरिएको मन्दिर अहिले काठमाडौँ उपत्यकामा दैनिक ७ सय बढी संक्रमित फेला परेका बेला दर्शन खुला गर्ने तयारी गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।कोषका अनुसार दर्शनार्थीको सुविधालाई मध्यनजर गर्दै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर पशुपतिनाथ मन्दिर खुला गर्ने तयारी गरिएको छ । अब मन्दिर दुईरदुई मिटरको भौतिक दूरी कायम गर्दै दर्शन गर्न पाउने व्यवस्था गर्ने तयारी गरिएको छ ।महामारीको यो समयमा भने पश्चिमद्वार हुँदै भुवनेश्वरीबाट प्रवेश गराउने तयारी गरिएको कोषले जनाएको छ । कोषका कार्यकारी निर्देशक डा। घनश्याम खतिवडाका अनुसार यो महामारीको समयमा मन्दिरभित्र प्रवेश गरेपछि पूरै परिक्रममा ग...