आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: तथ्यखबर

११ करोड नौ लाख लागतमा टोखा नगरपालिकाको भवन बन्दै

११ करोड नौ लाख लागतमा टोखा नगरपालिकाको भवन बन्दै

समाचार
असोज ४ काठमाडौँ । टोखा नगरपालिकाको भवन रु ११ करोड नौ लाख लागतमा निर्माण हुने भएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखाले सो लागतमा वडा नं ६ स्थित मैजुहिटीमा नगरपालिका नयाँ भवन निर्माण गर्न लागेको हो । भवन निर्माणका लागि टोखाले नगरपालिका हाताभित्र रहेको अस्थायी टहरा भत्काएको छ । भवन निर्माणका लागि निर्माण सेवा नुवाकोटसँग सम्झौतासमेत गरिसकेको छ । नगरपालिकाका प्रवक्ता बच्चुराज बस्यालले नगरपालिका तथा जिल्ला समन्वय केन्द्र काठमाडौँको आर्थिक लागतमा नगरपालिका भवन निर्माण गर्न लागिएको जानकारी दिनुभयो । अन्डरग्राउन्ड पार्किङसहित बन्न लागेको भवन साढे ६ तलाको हुनेछ । उक्त भवनमा लिफ्टसमेत जडान हुने उहाँले बताउनुभयो । सम्झौतासँगै विसं २०७८ माघ २१ गतेसम्म भवन निर्माण गरेर हस्तान्तरण गर्नुपर्नेछ । हाल टोखा नगरपालिकाले आफ्नै भवन नहुँदा विभिन्न स्थानमा विभिन्न शाखा स्थापना गरेर सेवा प्रदान गर...
राप्रपालाई बलियो शक्तिका रुपमा स्थापित गर्छौँ : कमल थापा

राप्रपालाई बलियो शक्तिका रुपमा स्थापित गर्छौँ : कमल थापा

राजनीति, समाचार
असोज ४ काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टीलाई बलियो शक्तिका रुपमा स्थापित गरी छाड्ने दृढता व्यक्त गर्नुभएको छ । आज पार्टीसम्बद्ध जनवर्गीय सङ्गठनका पदाधिकारी, सदस्यसँग भर्चुअल बैठक गर्दै अध्यक्ष थापाले नेपालको भू–राजनैतिक अवस्थाका कारण राप्रपाले बोकेको विचारले मात्र मुलुकलाई सवल, समुन्नत र स्वाधिन बनाउन सक्ने दावी गर्नुभयो । पार्टीका विषयमा रहेका भ्रमलाई चिर्न निर्देशन दिँदै थापाले युवा पुस्ताको बलमा राप्रपालाई उठाउनुपर्ने र मुलुकलाई सही दिशा दिनुपर्नेमा जोड दिनुभयो । राप्रपाको एकतालाई चाँडोभन्दा चाँडो टुङ्गो लगाई मुलुकले खोजेको बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्ने कार्यलाई उच्च प्रथमिकताका साथ अगाडि बढाउने र राप्रपालाई वैकल्पिक शक्तिको रुपमा भरोशायोग्य शक्ति बनाउने अध्यक्ष थापाले बैठकमा सहभागीलाई विश्वास दिलाउनुभयो । पार्टी एकतालाई जो...
शेयर कारोबार नेप्सेमा झिनो सुधार

शेयर कारोबार नेप्सेमा झिनो सुधार

आर्थिक, समाचार
असोज ४ काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले सुधार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्सेमा ३ अङ्कले वृद्धि भई एक हजार ५७५.१८ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.१२ ले वृद्धि भई ३१३.६२ मा पुगेको छ । कूल १८८ कम्पनीको ९२ लाख २३ हजार ७१२ कित्ता शेयर रु दुई अर्ब ७४ करोड २७ लाख ९५ हजार ६९२ मूल्यमा खरिद बिक्री भए । आज कारोबार भएका कूल १२ उपसमूहमध्ये तीन उपसमूहको शेयर उकालो लाग्दा नौ उपसमूहको शेयर भने ओरालो लागेको छ । बैंकिङ १९.४१, विकास बैंक २५.८८ र वित्त २८.६६ बिन्दुले बढेको छ । यस्तै होटल ९६.६५, जलविद्युत् ५२.३७, निर्जीवन बीमा ७०.११, उत्पादन २.१७, अन्य १०.३६, लघुवित्त १३.८१, जीवन बीमा ५६.२६ र सामूहिक लगानी कोष ०.१ बिन्दुले ओरालो लागेको छ । कारोबारका आधारमा आज रिलायन्स लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु १९ करोड ४७ ...
किन जादैनन् ‘द कपिल शर्मा शो’ मा अभिनेता आमिर खान

किन जादैनन् ‘द कपिल शर्मा शो’ मा अभिनेता आमिर खान

अन्तराष्ट्रिय, मनोरन्जन
असोज ४ काठमाडौँ । चर्चित कमेडियन कपिल शर्मा सो मा नयाँ नयां गेस्ट आउने गर्दछन् । उक्त शो धेरै रुचाउने गरेका छन् । कोरोनाका कारण रोकिएको यस शो अब भने संचालन हुने तयारीमा रहेको छ । कपिल शर्मा सो मा नयाँ नयाँ चलचित्रको प्रचार प्रसार गर्नेका लागि अभनेता अभिनेत्री आउने गरेका छन् । सलमान खान देखि साहरुख खान सनि लियोनि कैटरिना कैफ करिना कपुर प्रियंका चोपडा जस्ता चर्चित कालाकार आएका छन् । तर अभिनेता आमिर खान भने यस शोमा भने आएका छैनन् । आमिर खान यस शोम नआएका कारण धेरै फ्यानको मनमा जिज्ञासा लागेको होला तर उनि भने यस शो मा आउन चाहादैनन् । उनले हालसम्म दर्जनौ चलचित्रमा अभिनय गरे तर कमेडियन कपिल शर्मा सो प्रचारको लागि उनले माध्यम ठानेन् किन भने उनी फिल्मको फरक तरिकाबाट प्रचार गर्ने गर्छन् । एजेन्सी ...
महानगरीय प्रहरी वृत्त थिमिका ६३ प्रहरीमा कोरोना सङ्क्रमण

महानगरीय प्रहरी वृत्त थिमिका ६३ प्रहरीमा कोरोना सङ्क्रमण

समाचार
असोज ४ काठमाडौँ ।महानगरीय प्रहरी वृत्त थिमी र मातहतमा कार्यरत ६३ जना प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि वृत्तको काम प्रभावित भएको छ । वृत्तमा कार्यरत १३० प्रहरीको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएकोमा ६३ जनामा कोरोना पुष्टि भएपछि काम कारवाही प्रभावित बनेको महानरीय प्रहरी वृत्त थिमीका प्रमुख ऋषिराम कँडेलले जानकारी दिनुभयो । एकै पटक धेरै प्रहरी सङ्क्रमित भएपछि वृत्तमा मुद्दा फाँटको मात्रै काम भइरहेको जानकारी दिँदै उहाँले कोरोना सङ्क्रमण नदेखिएका प्रहरीलाई मोबाइल गस्तीमा पठाइएको र केही प्रहरीमात्रै कार्यालयमा कार्यरत हुँदा काम प्रभावित बनेको बताउनुभयो । अत्याश्यक बाहेक थिमि प्रहरी वृत्तमा नआउन सेवाग्राहीलाई आग्रह गरिएको बताउँदै वृत्तका प्रमुख कँडेलले सङ्क्रमित प्रहरीलाई खरिपाटीस्थित आइसोलेसन केन्द्रमा र दुई जनालाई भने बोडेको आइसोलेसनमा राखिएको जानकारी दिनुभयो ।(रासस) ...
कालोबजारी बढ्न थालेपछि प्याजको मूल्य निर्धारण

कालोबजारी बढ्न थालेपछि प्याजको मूल्य निर्धारण

आर्थिक
असोज ४ वीरगंज ।वीरगंजमा प्याजको मूल्य निर्धारण गरिएको छ । प्याजको कालोबजारी बढ्न थालेपछि जिल्ला प्रहरी कार्यालय, पर्साले प्याजको मूल्य निर्धारण गरेर प्याजको थोक मूल्य प्रतिकिलो रु ६५ र खुद्रा मूल्य रु ७५ निर्धारण गरेको हो । आइतवार सामुदायिक प्रहरी सेवा केन्द्र मीनाबजारको सम्पन्न बैठकले प्याजको मूल्य निर्धारण गरेको हो । निर्धारण गरेकोले मूल्य भन्दा बढी कसैले बिक्री वितरण गरेको पाइएमा कानून बमोजिम कारबाई हुने बताइएको छ । प्याज, आलु तथा अन्य खाद्य पदार्थहरूको कालोबजारी गरेको पाएमा जिप्रकामा उजूरी गर्न अनुरोध गरिएको छ । ...
वामदेव र म मन्त्री हुनेबारे बैठकमा त के, मनमा पनि छलफल भएको छैनः नारायणकाजी

वामदेव र म मन्त्री हुनेबारे बैठकमा त के, मनमा पनि छलफल भएको छैनः नारायणकाजी

राजनीति
असोज ४ काठमाडौँ । सत्तारुढ दल नेकपाको सचिवालय बैठकमा आज मन्त्रिपरिषद् पुनर्गठन बारे छलफल भएको छ ।पार्टी कार्यलय पेरिसडाँडामा एकीकरणपछि पहिलोपटक बसेको नेकपाको सचिबालय बैठकपछि प्रवक्ता नाराणकाजी श्रेष्ठले मन्त्रिमण्डल पुनर्गठनबारे छलफल भएको तर कुनै निर्णयमा नपुगेको जानकारी दिए । प्रवक्ता श्रेष्ठले चार वटा विषय बैठकका लागि पेश भए पनि आज मन्त्रिपरिषद पुनर्गठनको नीतिगत र मापदण्डजस्ता विषयमा मात्रै छलफल भएको जानकारी दिए ।सचिबालयले उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता श्रेष्ठलाई मन्त्री बनाउने निर्णय गर्ने बारे चर्चा जारी रहँदा त्यसबारे कुनै छलफल नै नभएको उनले दाबी गरे । ‘तपाई र वामदेव गौतमको नाम पनि मन्त्री हुनेमा चर्चामा छ यसबारेमा…’ भन्ने पत्रकारको प्रश्नमा प्रवक्ता श्रेष्ठले भने, ‘यसबारे केही छलफल भएन। मभित्र मनमै पनि छलफल भएको छैन। बैठकमा पनि छलफल भएको छैन।’ अर्थ, सूचना सञ्चार तथा प्र...
‘न स्यानिटाइजर न दूरी, भाडा मात्र बढी’:सार्वजनिक यातायात

‘न स्यानिटाइजर न दूरी, भाडा मात्र बढी’:सार्वजनिक यातायात

समाचार
असोज ४ काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमणको जोखिम कायमै रहँदा खुलेका सार्वजनिक यातायातमा आवतजावत गर्न जोखिमपूर्ण बनेको छ । यस्ता साधनमा स्यानिटाइजर नराखिँदा तथा दूरी कायम नगरिँदा जोखिम बढेको जनाइएको छ । सवारी साधनमा भाडा मात्र बढीको रहेको छ । यातायात व्यवस्था विभागले तयार पारेको मापदण्डमा दुई जना बस्ने गरेको एक लहरमा एक जना बस्ने, सवारीमा अनिवार्य रुपमा स्यानिटाइजरको व्यवस्था हुनुपर्ने प्रावधानको व्यवस्था गरे पनि व्यवहारमा कार्यान्वयन हुन सकेको छैन । अनुगमन समेत नहुँदा यातायात व्यवसायीलाई ‘जे गरे पनि हुन्छ’ भन्ने भान परेको यात्रु प्रेमबहादुर थापाले बताए । ‘सार्वजनिक यातायातले पालना गर्नुपर्ने दूरी कायम गरेर क्षमताको ५० प्रतिशत मात्र यात्रु राख्ने र स्यानिटाइजरको व्यवस्था कार्यान्वयन भएन, पहिलेको भाडामा ५० प्रतिशत थपेर भाडा लिन पाउने नियममा भने बढाएर सके जति लिने गरेका छन्’, उनले भन...
आलम जेलमुक्त हुन पाउँ भन्दै सर्वोच्च पुगे

आलम जेलमुक्त हुन पाउँ भन्दै सर्वोच्च पुगे

राजनीति
असोज ४ काठमाडौँ ।हत्या आरोपमा पुर्पक्षका लागि थुनामा रहेका निलम्बित सांसद मोहम्मद अफताब आलम जिल्ला र उच्च अदालतको आदेशविरुद्ध सर्वोच्च अदालत पुगेका छन्।आलमले पुर्पक्षका लागि जेल चलान राख्ने आदेशका विरुद्ध सर्वोच्च अदालतमा भदौ ३१ गते निवेदन दर्ता गराएका थिए। उक्त निवेदन सुनुवाई गर्दै न्यायाधीश मनोजकुमार शर्माको इजलासले आइतबार जिल्ला र उच्च अदालतले गरेको आदेश (फैफियत प्रतिवेदन) मगाउने आदेश गरेको छ। १२ वर्षअघिको नरसंहारको अनुसन्धान गर्दै रौतहट प्रहरीले गत वर्ष आलमलाई पक्राउ गरेको थियो।गत वर्ष कात्तिक २९ गते जिल्ला अदालत रौतहटले आलमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो। उक्त आदेशविरुद्ध आलमले उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासमा दिएको निवेदनमाथि सुनुवाइ गर्दै २०७६ माघ २४ गते जिल्लाकै आदेश सदर गरेको थियो। २०६४ सालको पहिलो संविधान सभा निर्वाचनको अघिल्लो दिन आलमकै निर्देशनमा घर...
एक हप्ताभित्रै मन्त्रिपरिषद पुनर्गठन, प्रधानमन्त्रीद्वारा तीन विकल्प पेस

एक हप्ताभित्रै मन्त्रिपरिषद पुनर्गठन, प्रधानमन्त्रीद्वारा तीन विकल्प पेस

राजनीति
असोज ४ काठमाडौँ ।प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद् पुनर्गठन प्रक्रिया एक साताभित्रै शुरु हुने लगभग पक्का भएको छ ।आज (आइतबार) कोटेश्वरस्थित पेरिसडाँडामा बसेको सचिवालय वैठकमा मन्त्रिमण्डल पुनर्गठनबारे भएको नीतिगत छलफलमा नेकपाका दुबै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद पुनर्गठनका लागि सहमत रहेको एक सचिवालय सदस्यले जानकारी दिएका छन् । एक साताभित्र संघ प्रदेशको मन्त्रिपरिषद पुनर्गठनको प्रक्रिया शुरु हुने निश्चित भए पनि को–को हट्ने, को–को मन्त्री बन्ने भन्ने छलफल हुन बाँकी नै रहेको सचिवालय स्रोतले जानकारी दिएको छ ।पार्टी कार्यालय पेरिसडाडाँमा आइतबार बसेको सचिवालय बैठकमा नेताहरु सरकारलाई प्रभावकारी बनाउन मन्त्रिपरिषद् पुनर्गठन गर्ने निष्कर्षमा पुगेका हुन् । बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष ओलीले मन्त्रिपरिषद् पुनर्गठनको तीन विकल्प पेश गरेको स्...