आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

कालोबजारी बढ्न थालेपछि प्याजको मूल्य निर्धारण

असोज ४ वीरगंज ।वीरगंजमा प्याजको मूल्य निर्धारण गरिएको छ । प्याजको कालोबजारी बढ्न थालेपछि जिल्ला प्रहरी कार्यालय, पर्साले प्याजको मूल्य निर्धारण गरेर प्याजको थोक मूल्य प्रतिकिलो रु ६५ र खुद्रा मूल्य रु ७५ निर्धारण गरेको हो ।

आइतवार सामुदायिक प्रहरी सेवा केन्द्र मीनाबजारको सम्पन्न बैठकले प्याजको मूल्य निर्धारण गरेको हो । निर्धारण गरेकोले मूल्य भन्दा बढी कसैले बिक्री वितरण गरेको पाइएमा कानून बमोजिम कारबाई हुने बताइएको छ ।

प्याज, आलु तथा अन्य खाद्य पदार्थहरूको कालोबजारी गरेको पाएमा जिप्रकामा उजूरी गर्न अनुरोध गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *