शनि, मंसिर ६, २०८३
Sat, November 21, 2026
Shadow

वामदेव र म मन्त्री हुनेबारे बैठकमा त के, मनमा पनि छलफल भएको छैनः नारायणकाजी

असोज ४ काठमाडौँ । सत्तारुढ दल नेकपाको सचिवालय बैठकमा आज मन्त्रिपरिषद् पुनर्गठन बारे छलफल भएको छ ।पार्टी कार्यलय पेरिसडाँडामा एकीकरणपछि पहिलोपटक बसेको नेकपाको सचिबालय बैठकपछि प्रवक्ता नाराणकाजी श्रेष्ठले मन्त्रिमण्डल पुनर्गठनबारे छलफल भएको तर कुनै निर्णयमा नपुगेको जानकारी दिए ।

प्रवक्ता श्रेष्ठले चार वटा विषय बैठकका लागि पेश भए पनि आज मन्त्रिपरिषद पुनर्गठनको नीतिगत र मापदण्डजस्ता विषयमा मात्रै छलफल भएको जानकारी दिए ।सचिबालयले उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता श्रेष्ठलाई मन्त्री बनाउने निर्णय गर्ने बारे चर्चा जारी रहँदा त्यसबारे कुनै छलफल नै नभएको उनले दाबी गरे ।

‘तपाई र वामदेव गौतमको नाम पनि मन्त्री हुनेमा चर्चामा छ यसबारेमा…’ भन्ने पत्रकारको प्रश्नमा प्रवक्ता श्रेष्ठले भने, ‘यसबारे केही छलफल भएन। मभित्र मनमै पनि छलफल भएको छैन। बैठकमा पनि छलफल भएको छैन।’

अर्थ, सूचना सञ्चार तथा प्रविधि र शहरी विकास गरी तीन वटा मन्त्रालय लामो समयदेखि खालि नै छन्। खाली भएको मन्त्रालयमा मात्रै मन्त्री पठाउने वा मन्त्रिमण्डल हेरफेर गर्न लागिएको हो भन्नेबारे उनले केही खुलाएनन् ।

बैठक भोलि फेरि बस्ने प्रवक्ता श्रेष्ठले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *