आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: तथ्यखबर

भियतनाममा शक्तिशाली आँधी

भियतनाममा शक्तिशाली आँधी

अन्तराष्ट्रिय, समाचार
असोज ४ काठमाडौँ । भियतनाममा केही दिनयतादेखि शक्तिशाली आँधी आएको छ । आँधीमा परी तीन जनाको मृत्यु भएको छ भने एक सयभन्दा बढी घाइते भएका छन् ।भियतनामका केही मध्य क्षेत्रीय प्रान्तहरुमा यो आँधी आएको छ । नोउल नामको सो आँधीका कारण भौतिक संरचना पनि भत्किएका छन् । यस आँधीमा परेर ११२ जना नागरिक घाइते भएको भियतनामको राष्ट्रिय प्राकृतिक प्रकोप व्यवस्थापन केन्द्रले दिएको छ । भियतनामको मध्य प्रान्त थुवा हेन हाउमा तीन जनाको ज्यान गएको बताइएको छ । सो प्रान्तमा ५० भन्दा बढी नागरिक घाइते भएका छन् । त्यस प्रान्तका १० घर भत्किएका छन् । त्यस्तै यहाँका २६ हजार भन्दा बढी नागरिक नराम्रोसँग प्रभावित भएका छन् । यसै वर्षको जनवरीमा पनि त्यहाँ ठूलो आँधी आएको थियो । त्यसमा परी करिब ७८ जनाको ज्यान गएको थियो भने हजारौँ नागरिक घरबारविहीन भएका थिए । एजेन्सी ...
कोभिड -१९ को प्रभाव प्रविधिमा ;लेखक –  हर्क यासुकि (हर्क सुनुवार)

कोभिड -१९ को प्रभाव प्रविधिमा ;लेखक – हर्क यासुकि (हर्क सुनुवार)

शिक्षा
असोज ४ काठमाडौँ । कोरोनाले विश्व मानव जगतको स्वास्थ्यमा चुनौतीको रूपमा प्रकट गरेको पाइन्छ तर प्रविधिलाई भने अभिशापको रूपमा नभइकन बरदान भएको पाइन्छ । यस कुरालाई पूर्ण वा अपूर्ण रुपले सम्पूर्ण जनमानस र प्रतिनिधित्व कार्यालय संघसंस्था र विधुतीय आइसिटी स्रोत र साधनहरूको उपभोगबाट प्रष्ट थाहा पाउँछौ । आजकाल दैनिकजसो प्रत्येक व्यक्ति वा सेवा सुविधा दिने संघ संस्थाहरुमा कुनै न कुनै रुपले प्रविधीको प्रयोग गरेर कमभन्दा कम जोखिम वहन गरेर उच्चतम रुपले सेवा र सुविधा दिनको निमित्त प्रविधिको प्रयोगमा ल्याएको पाइन्छ । आइसिटीको सहायताले मानिसलाई भौतिक रुपले उपस्थित नगराए पनि भर्चुअल र अडियोको सहयोगले नजिक र संसारलाई कुनै एक गाउँको रूपमा विकास गरेको पाइन्छ । नेपाल जस्तो भौगोलिक विकटता र विकासोन्मुख देशहरुले आइसिटीको उच्चतम प्रयोगमा लिएर सजिलै सँग देश र जनतामा सुलभ तरीकाले प्राविधिक सीप, शिक्षा, जन...
नेपालमा आज १३ सय २५ जनामा कोरोना संक्रमणको पुष्टि

नेपालमा आज १३ सय २५ जनामा कोरोना संक्रमणको पुष्टि

समाचार
असोज ४ काठमाडौँ । नेपालमा आज ९५८४ जनाको पिसिआर परिक्षण गरिएको छ । जसमध्ये १३ सय २५ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा आज सक्रिय संक्रमितको संख्या १७४७८ रहेको छ । ७४५१ जना मानिसहरु क्वारेन्टिनमा रहेका छन् । संक्रमितहरु निको हुने दर ७२ दशमलव रहेको मन्त्रालयले जनाएको छ । ...
पछिल्लो २४ घण्टामा काठमाडौंमा थप ७ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा काठमाडौंमा थप ७ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि

समाचार
असोज ४ काठमाडौँ ।पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७ सय ६७ कोरोना संक्रमित थपिएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६०२ ललितपुरमा ६४ र भक्तपुरमा १०१ जना गरी जम्मा ७६७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै उपत्यकामा कोरोना संक्रमितको कुल संख्या १६ हजार ६ सय १६ पुगेको छ।नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गोतमले देशभरमा २४ घण्टामा थप १ हजार ३२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६४ हजार १२२ पुगेको छ भने आज देशभरमा सक्रिय संक्रमितको संख्या १७ हजार ४७८ रहेको छ। पछिल्ले २४ घण्टामा ९६६ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै नेपालमा कोरोना निको हुनेको स...
सन्दीप लामिछाने आवद्ध टोली दिल्ली क्यापिटल्सकाे खेल आज ;आईपीएल

सन्दीप लामिछाने आवद्ध टोली दिल्ली क्यापिटल्सकाे खेल आज ;आईपीएल

अन्तराष्ट्रिय, खेलकुद
असोज ४ काठमाडौँ ।इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा आज नेपाली स्पिनर सन्दीप लामिछाने आवद्ध टोली दिल्ली क्यापिटल्सले  किंग्स इलेभेन पञ्जाबसँग प्रतिस्पर्धा गर्दैछ । दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार पौने ८ बजे सूरु हुनेछ ।दिल्लीमा रविचन्द्रन आश्विन, अमित मिश्रा र अक्षर पटेल जस्ता अनुभवी स्पिनर भएकाले सन्दीपले आजकै खेलमा स्थान पाउने सम्भावना कम रहेको बताइएको छ । सन्दीप क्यारेबियन प्रिमियर लिग (सीपीएल) सकेर आईपीएल खेल्न दुबई पुगेका हुन् । उनी दिल्लीको प्रशिक्षणमा समेत सहभागी बनेका छन् । सन्दीप प्लेइङ सेटमा बनाउने स्थान र उनको प्रर्दशनमा नेपाली खेल प्रशंसकको खास नजर रहनेछ । किंग्स इलेभेन पञ्जाबलाई अनिल कुंबलले नेतृत्व गर्नेछन् भने दिल्ली क्यापिटल्स रिकी पोन्टिङ्गको योजनामा मैदान उत्रनेछ । दुवै टिममा ठुला सट खेल्ने खेलाडीको कमी छैन । दिल्लीको ब्याटि...
आइतबार सुनको मुल्य स्थिर

आइतबार सुनको मुल्य स्थिर

आर्थिक
असोज ४ काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मुल्य स्थिर रहेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार पनि सुनको मूल्य शुक्रबारकै बराबर रहेको छ ।बजारमा छापावाल सुनको मूल्य ९७ हजार रुपैयाँ तथा तेजाबी सुनको मूल्य ९६ हजार ५ सय तोकिएको छ । चाँदीको मूल्य भने तोलाको १५ रुपैयाँले घटेको छ । शुक्रबार प्रतितोला १ हजार ३३० रूपैयाँमा कारोबार भएको चाँदी आइतबार १ हजार ३१५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । ...
आइसोलेसनबाट भागेका थुनुवा रमेश तामाङ काभ्रेमा पक्राउ

आइसोलेसनबाट भागेका थुनुवा रमेश तामाङ काभ्रेमा पक्राउ

शिक्षा
असोज ४ काठमाडौँ । काठमाडौंमा प्रहरीको सुरक्षा घेरामा रहेको आइसोलेशनबाट भागेका थुनुवा रमेश तामाङ काभ्रेमा पक्राउ परेका छन् ।लागुऔषध नियन्त्रण ब्यूरोका एसएसपी दीलिप चौधरीका अनुसार असोज १ गते काठमाडौंको बसुन्धारास्थित कान्तिपुर डेण्टल एण्ड जनरल हस्पिटलको आइसोलेसनबाट भागेका तामाङलाई आइतबार राति काभ्रेको सिउरीबाट पक्राउ गरिएको हो । तामाङ गौशालाबाट ४ सय सेट नाइट्रोभ्याट, डाईजेपाम र फेनारगन सहित पक्राउ परेका थिए । उनी यसअघि पनि लागुऔषध मुद्धाका फरार आरोपी हुन् । ...
पेट्रोल बोकेको ट्याङ्कर त्रिशूली नदीमा खसेर आगलागी

पेट्रोल बोकेको ट्याङ्कर त्रिशूली नदीमा खसेर आगलागी

समाचार
असोज ४ धादिङ । त्रिशूली नदीमा पेट्रोल बोकेको ट्याङ्कर खसेर आगलागी भएको छ।ना ४ ख २८२२ नम्बरको पेट्रोल बोकेको ट्याङ्कर जिल्लाको गल्छी गाउँपालिका–६ चरौँदीबाट त्रिशूली नदीमा खसेर आगलागी भएको हो। ट्याङ्कर चालक र सहचालक कहाँ छन् भन्ने कुनै जानकारी नभएको ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नेत्र भट्टले जानकारी दिए। नदीमा खसेको ट्याङ्कर पानीमा डुबेको छ भने केही भाग देखिएको छ। अहिले उद्धार कार्य भइरहेको प्रहरीले जनाएको छ। ...
आजको विदेशी मुद्राको विनिमय दर हेर्नुहोस

आजको विदेशी मुद्राको विनिमय दर हेर्नुहोस

आर्थिक
असोज ४ काठमाडौँ ।नेपाल राष्ट्र बैंकले आइतबारका लागी विदेशी मुद्राको विनिमय दर जारी गरेको छ । विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ २२ पैसा र बिक्रीदर ११७ रुपैयाँ ८२ पैसा रहेको छ । पाउण्ड एकको खरिददर १५२ रुपैयाँ २१ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९९ पैसा रहेको छ । युरो एकको खरिददर १३८ रुपैयाँ ९४ पैसा र बिक्रीदर १३९ रुपैयाँ ६५ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ १९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३६ पैसा रहेको छ । युएई दिराम एकको खरिददर ३१ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ०८ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ४१ पैसा र बिक्रीदर २८ रुपैयाँ ५६ पैसा रहेको छ। तालिकामा विस्तृतमा हेर्नुहोस्ः ...
उत्पादन भएको मकैले पाएन बजार

उत्पादन भएको मकैले पाएन बजार

आर्थिक, समाचार
असोज ४ दाङ ।दाङको गढवा गाउँपालिका­७ मोतीपुरका चोकनाथ चौधरीले उत्पादन गरेको मकै बिक्री हुन सकेको छैन । चौधरीले करीब एक विगाहा जमीनमा मकै खेती गरेका थिए । गत वैैशाख महिनामा तयार भएको बसन्ते मकै र हालै तयार भएको वर्षे मकै पनि बिक्री नभएको उनले बताए । मकै बिक्री गरेर भएको आम्दानीले घर खर्च चलाउने चौधरीलाई बिक्री नहुँदा समस्या भएको छ । गत वर्ष घरबाटै मकै बिक्री गरेका चौधरीले यस वर्ष मकै किन्नका लागि कोही नआएको बताए । गत वर्षको बिक्री मूल्यभन्दा आधा कम मूल्य कायम राख्दा पनि मकै बिक्री नभएको उनको भनाइ छ । कृषकले उत्पादन गरेका कृषि उत्पादन सरकारले मूल्य निर्धारण गरेर किन्ने व्यवस्था गरिदिएमा कृषकलाई सहज हुने चौधरी बताउँछन् । सोही ठाउँका रामबहादुर चौधरीको पनि मकै बिक्री हुन सकेको छैन । उनले वैशाखमा तयार गरेको बसन्ते मकै ३० क्वीन्टल र वर्षे मकै २५ क्वीन्टल बिक्री भएको छैन । गएको फागुनसम्...