आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: तथ्यखबर

कोरोनाबाट एक सैनिकको मृत्यु, नेपाली सेनामा संक्रमित २ हजार ५६ पुगे

कोरोनाबाट एक सैनिकको मृत्यु, नेपाली सेनामा संक्रमित २ हजार ५६ पुगे

समाचार
असोज ४ काठमाडौँ ।नेपाली सेनामा कार्यरत एक सैनिकको कोरानाबाट मृत्यु भएको छ ।काठमाडौँमा सेवारत रामेछाप घर भएका ती ३४ वर्षीय सैनिकको गत भदौ २९ गते मृत्यु भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार मृतक सैनिकको यही असोज १ गते कोरोना परीक्षणको नतिजा आएको थियो ।यसैबीच नेपाली सेनामा हालसम्म कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको सङ्ख्या दुई हजार ५६ पुगेको छ । तीमध्ये ४०१ जनालाई निको भइसकेको भने एक हजार ६५४ सक्रिय सङ्क्रमित भएको सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलले जानकारी दिनुभयो । ...
नेकपा सचिवालय बैठक पेरिसडाँडामा जारी

नेकपा सचिवालय बैठक पेरिसडाँडामा जारी

राजनीति, समाचार
असोज ४ काठमाडौँ ।सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज पहिलो पटक पेरिसडाँडामा बसेको छ ।पार्टी अध्यक्ष पुष्पकमल दाहालले कार्यकारी अध्यक्षको अधिकार प्रयोग गर्न पाएपछि उनले पहिलो पटक आफ्नो पूर्वपार्टी कार्यालय पेरिसडाँडामा बैठक बोलाएका हुन् । बालुवाटारबाहिर भएको पार्टी सचिवालय बैठकमा पहिलो पटक प्रधानमन्त्रीसमेत रहेका एक नम्बर अध्यक्ष केपी शर्मा ओली पनि सहभागी भएका छन् ।बिहान ११ बजेदेखि जारी बैठकमा पहिलो पटक  पार्टीको आन्तरिक शक्ति समीकरण मिलाउन मन्त्रीहरू हेरफेरको विषयमा छलफल रहेको एक नेताले जानकारी दिए । बैठकले उपयुक्त मापदण्ड निर्माण, केन्द्रीय र प्रदेशस्तरीय मन्त्रीहरू हेरफेरको सूची तयार पार्न जिम्मेवारी दिन पनि सक्ने प्रचण्ड निकट नेताले बताएका छन् ।यस अतिरिक्त आगामी चैतमा गर्ने भनिएको महाधिवेशनका लागि पार्टीको सांगठनिक एकताको बाँकी काम टुंग्याउने विषय पन...
‘को भन्दा को कम’ नामक टेलिभिजन रियालिटी शो सञ्चालन हुँदै

‘को भन्दा को कम’ नामक टेलिभिजन रियालिटी शो सञ्चालन हुँदै

मनोरन्जन
असोज ४ भक्तपुर । काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रे जिल्लालाई समेतेर कुना काप्चा दुर दराजसम्म लुकिबसेका अनेकौँ अन्तरनिहित प्रतिभहरु प्रस्फुटन गराउने अनुरुप टेलिभिजन रियालिटी शो को भन्दा को कम नामक प्रतियोगिता सञ्चालन हुँदैछ । प्राज्ञिक सफलता एवंम स्मृद भविष्यको एउटै गन्तव्य भन्ने मुल ध्येयलाई आत्म साथ गर्दै गायन, नृत्यु, अभिनय जस्तो तीन भिन्नाभिन्नै विधालाई समेतेर छ वर्ष देखि सत्र वर्ष उमेरका एक कक्षा देखि बाह्र कक्षा सम्म सम्पूर्ण नानीहरुले सहभागिता जनाउन पाइने कुरा किड्स ¥याम्प सोलुसनका कार्यक्रम निर्देशक अनिम छुस्याबागले बताउनु भयो । ‘को भन्दा को कम’ देलिभजन रियालिटी शो नामक प्रतियोगिताको निर्णायक मण्डलमा नेपाली शास्त्रीय संगीतका वरिष्ठ प्रशिक्षक चण्डी प्रसाद काफ्ले, चर्चित गायक राज सिग्देल, बहुचर्चित वरिष्ठ निर्देशक विकास आचार्य, बहुचर्चित बालकलाकार अनुभव रेग्मी, बहुचर्चित अभिनेत्...
हारबाट सुरु भयो म्यानचेस्टर युनाइटेडको नयाँ सिजन यात्रा

हारबाट सुरु भयो म्यानचेस्टर युनाइटेडको नयाँ सिजन यात्रा

अन्तराष्ट्रिय, खेलकुद
असोज ४ काठमाडौँ । म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनमा खराब सुरुवात गरेको छ। लिग अन्तर्गत शनिबार राति भएको सिजनको आफ्नो पहिलो खेलमा म्यानचेस्टर युनाइटेड क्रिष्टल प्यालेससँग ३–१ ले पराजित भएको हो । लगातार दोस्रो जित निकाल्ने क्रममा क्रिष्टल प्यालेसले पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल गरी एक गोल खाएको हो । सातौँ मिनेटमा एन्ड्रोस टाउनसेन्डले गोल गरी क्रिष्टल प्यालेसलाई सुरुवाति अग्रता दिलाए । ७४ औँ मिनेटमा पाएको पेनाल्टीमा विल्फ्रेड जाहाले गोल गरेपछि क्रिष्टल प्यालेसको अग्रता दोब्बर भयो । युनाइटेडका लागि ८० औँ मिनेटमा डोनी भान डी बीकले एक गोल फर्काए । ८५ औँ मिनेटमा जाहाले व्यक्तिगत दोस्रो गोल गरेपछि क्रिष्टल प्यालेस ३–१ ले विजयी भयो । लगातार दुई खेलमा जित निकालेको प्यालेसको ६ अंक भएको छ । ...
नेकपा सचिवालय बैठक बस्दै, यस्ता छन् छलफलका विषय

नेकपा सचिवालय बैठक बस्दै, यस्ता छन् छलफलका विषय

राजनीति, समाचार
असोज ४ काठमाडौँ ।सत्तारुढ दल नेकपा सचिवालय बैठक आज बस्दैछ। शुक्रबार बस्ने तय भएको बैठक आइतबार (आज) पूर्व माओवादीको पार्टी कार्यालयमा पेरिसडाँडामा बस्दैछ। यसअघि सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै आएको थियो। एमाले र माओवादी केन्द्रबीच एकता हुँदा माउ पार्टीको केन्द्रीय कार्यालय धुम्बाराही र भातृ संगठनको कार्यालय पेरिसडाँडामा राख्ने सहमति भएको भएको थियो। उक्त सहमति अनुसार केन्द्रीय कमिटी र स्थायी कमिटीको बैठक यसअघि धुम्बाराहीमा र प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै आएका थिए। तर यो पटक सचिवालय बैठक पेरिसडाँडामा बस्ने अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सहमति भएको थियो। बुधबार दुई अध्यक्षबीच भएको छलफलमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले सचिवालय बैठक पेरिसडाँडामा राख्न प्रस्ताव गरेका थिए। ‘प्रधानमन्त्रीको प्रस्तावमा सचिवालय बैठक पेरिसडाँडामा राख...
चितवन क्यान्सर अस्पतालका कर्मचारी मृत भेटिए

चितवन क्यान्सर अस्पतालका कर्मचारी मृत भेटिए

समाचार, समाज
असोज ४ चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका एक कर्मचारी नहरमा मृतावस्थामा भेटिएका छन् ।मृत्यु हुनेमा सिमरा घर भई विगत ११ वर्षदेखि अस्पतालमा काम गर्दै आएका ३२ वर्षीय सूर्य मिश्र रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । अस्पतालमा बिजुली मर्मतको काम गर्दै आएका उनको शव शनिबार अस्पताल हँुदै बगेको नहरमा भेटिएको थियो । शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमले घटना हत्या जस्तो देखिएको भन्दै थप अनुसन्धान प्रहरीले गर्ने बताए । करेन्ट लागेर एकको मृत्युकरेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्पा मायागडी गाउँपालिका–८ घर भई भरतपुर महानगरपालिका–३ ब्लक उद्योगमा काम गर्ने २७ वर्षीय प्रेम राना रहेका छन् । त्रिशक्ति कङ्क्रिट एन्ड ब्लक कम्पनीमा काम गर्ने उनको त्यहींभित्र तारमा कपडा सुकाउन...
चितवनमा थप ८ जनामा कोरोना भाइरसको संक्रमण

चितवनमा थप ८ जनामा कोरोना भाइरसको संक्रमण

समाज
असोज ४ चितवन । चितवनमा थप ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।भरतपुर अस्पतालको कोभिड -१९ ल्यावमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएका ७ जना चितवनका र एक जना नवलपुरका छन् । भरतपुर अस्पतालले शनिबार राति सार्वजनिक गरेको विवरणअनुसार भरतपुरका ७ पुरूष र नवलपुरका एक पुरूषमा संक्रमण पुष्टि भएको हो । संक्रमितहरू ४० देखि ६७ वर्षसम्मका छन् । ...
बार्सिलोनालाई ८औँ पटक जोआन गाम्पर ट्रफी

बार्सिलोनालाई ८औँ पटक जोआन गाम्पर ट्रफी

अन्तराष्ट्रिय, खेलकुद
असोज ४ काठमाडौँ । बार्सिलोनाले लगातार आठौं पटक जोआन गाम्पर ट्रफी जितेको छ ।शनिबार भएको खेलमा एल्चेलाई १-० ले पराजित गर्दै बार्सिलोनाले ८औँ पटक ट्रफी उचालेको हो । खेलको दोस्रो मिनेटमा नै एन्टोइन ग्रिजमनले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।मेस्सीले सिर्जना गरेको मुभमा जोर्डी अल्बाको क्रसलाई ग्रिजमनले गोल गरे । एजेन्सी ...
विश्वभर ३ करोड ९ लाखभन्दा बढी मानिसलाई कोरोना भाइरसको संक्रमण

विश्वभर ३ करोड ९ लाखभन्दा बढी मानिसलाई कोरोना भाइरसको संक्रमण

अन्तराष्ट्रिय, समाचार
असोज ४ काठमाडौँ । विश्वभर ३ करोड ९ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ ।पछिल्लो २४ घण्टामा २ लाख ९० हजार ३७४ जनामा संक्रमण पुष्टि भएसँगै यो समाचार तयार पार्दासम्म विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड ९ लाख ७५ हजार ७५३ पुगेको छ । यस्तै एकै दिन थप ५ हजार १३३ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ९ लाख ६० हजार ८६३ पुगेको छ । एकै दिन २ लाख ४१ हजार १२१ मानिस कोरोना संक्रमणमुक्त भएका छन् । तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका आइतबार बिहानसम्म कोरोनाबाट निको हुनेको संख्या २ करोड २५ लाख ७० हजार ४६७ पुगेको छ । निको हुनेको यो संख्या कुल संक्रमितको ७१ प्रतिशत बढी हो । कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख १५ हजार ८९३ जनाको मृत्यु भएको छ । ४३ लाख ९८ हजार ३३१ जना संक्रमित भएकोमा २३ लाख ७४ हजार ९४१ जना संक्रमणमुक...
वीरगञ्ज नाकाबाट हुने आयात बढ्यो

वीरगञ्ज नाकाबाट हुने आयात बढ्यो

आर्थिक, समाचार
असोज ४ वीरगञ्ज । सरकारले कोरोना महामारी नियन्त्रणका लागि लगाएको निषेधाज्ञा खुकुलो गर्दै सार्वजनिक यातायात र बजार खुलाएपछि बारा–पर्सा औद्योगिक कोरिडोरका उद्यमी आशावादी बनेका छन् । आवागमन सहज भएसँगै वीरगञ्ज नाकाबाट हुने आयात बढेको छ । आर्थिक अभियान दैनिकमा खवर छ । वीरगञ्जको एकीकृत जाँच चौकी ९आईसीपी० भन्सारबाट आयात परिमाण बढेको प्रमुख भन्सार अधिकृत गोपाल खत्रीले बताए । ‘आवागमन सहज भएपछि भन्सारबाट आयात कारोबार पनि बढेको छ । दैनिक जाँचपास हुने गाडीको संख्या ६०० को हाराहारी पुगेको छन्,’ प्रमुख भन्सार अधिकृत खत्रीले बताए । सामान्य अवस्थामा दैनिक करीब ७ सय गाडी मालसामान भित्रिने यो भन्सारबाट भदौ अन्तिमसम्म ४५० को हाराहारी गाडी भित्रिएका थिए । बन्दाबन्दी शुरू भएलगत्तै यो संख्या १५० मा झरेको थियो । यातायात खुलेपछि नयाँ सवारीसाधन छुटाउनेक्रम पनि बढेको खत्रीले जानकारी दिए । चाडपर्वलक्षित सामान ...