शनि, मंसिर ६, २०८३
Sat, November 21, 2026
Shadow

चितवनमा थप ८ जनामा कोरोना भाइरसको संक्रमण

असोज ४ चितवन । चितवनमा थप ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।भरतपुर अस्पतालको कोभिड -१९ ल्यावमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएका ७ जना चितवनका र एक जना नवलपुरका छन् ।

भरतपुर अस्पतालले शनिबार राति सार्वजनिक गरेको विवरणअनुसार भरतपुरका ७ पुरूष र नवलपुरका एक पुरूषमा संक्रमण पुष्टि भएको हो । संक्रमितहरू ४० देखि ६७ वर्षसम्मका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *