शनि, मंसिर ६, २०८३
Sat, November 21, 2026
Shadow

पछिल्लो २४ घण्टामा काठमाडौंमा थप ७ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि

असोज ४ काठमाडौँ ।पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७ सय ६७ कोरोना संक्रमित थपिएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६०२ ललितपुरमा ६४ र भक्तपुरमा १०१ जना गरी जम्मा ७६७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै उपत्यकामा कोरोना संक्रमितको कुल संख्या १६ हजार ६ सय १६ पुगेको छ।नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गोतमले देशभरमा २४ घण्टामा थप १ हजार ३२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६४ हजार १२२ पुगेको छ भने आज देशभरमा सक्रिय संक्रमितको संख्या १७ हजार ४७८ रहेको छ।

पछिल्ले २४ घण्टामा ९६६ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै नेपालमा कोरोना निको हुनेको संख्या ४६ हजार २३३ पुगेको छ।

प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा ९ हाजर ५८४ पीसीआर परीक्षण भएसँगै जम्मा पीसीआर परीक्षणको संख्या ९ लाख १४ हजार २९० पुगेको छ।
त्यस्तै संस्थागत आइसोलेसनमा ९ हजार ७१ जना रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *