शुक्र, मंसिर ५, २०८३
Fri, November 20, 2026
Shadow

आइसोलेसनबाट भागेका थुनुवा रमेश तामाङ काभ्रेमा पक्राउ

असोज ४ काठमाडौँ । काठमाडौंमा प्रहरीको सुरक्षा घेरामा रहेको आइसोलेशनबाट भागेका थुनुवा रमेश तामाङ काभ्रेमा पक्राउ परेका छन् ।लागुऔषध नियन्त्रण ब्यूरोका एसएसपी दीलिप चौधरीका अनुसार असोज १ गते काठमाडौंको बसुन्धारास्थित कान्तिपुर डेण्टल एण्ड जनरल हस्पिटलको आइसोलेसनबाट भागेका तामाङलाई आइतबार राति काभ्रेको सिउरीबाट पक्राउ गरिएको हो ।

तामाङ गौशालाबाट ४ सय सेट नाइट्रोभ्याट, डाईजेपाम र फेनारगन सहित पक्राउ परेका थिए । उनी यसअघि पनि लागुऔषध मुद्धाका फरार आरोपी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *