शनि, मंसिर ६, २०८३
Sat, November 21, 2026
Shadow

गर्भवती अनुष्का र बाबु बन्न लागेका विराटलाई शुभकमना दिए प्रधानमन्त्री मोदीले

असोज ४ काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बाबु आमा बन्न लागेका भारतीय चर्चित क्रिकेटर तथा राष्ट्रिय टोलीका कप्तान विराट कोहली र उनकी पत्नि तथा चर्चित अभिनेत्री अनुष्का शर्मालाई असल अभिभावक बन्नु हुनेछ भनेर शुभकामना ब्यक्त गरेका छन् ।

अगस्ट २७ मा अनुश्काले आफ्नो गर्भावस्था बारे खबर सार्वजनिक गरेको जानकारी पाएका मोदीले आफ्नो जन्मदिन सेप्टेम्बर १७ मा आँफुलाई शुभकामना दिने सबैलाई व्यक्तिगत् ट्वीटर खातामार्फत् अधिकांशको शुभकामनामा धन्यवाद व्यक्त गर्ने क्रममा विराट र अनुष्कालाई पनि धन्यवाद दिँदै त्यस्तो बताएका हुन् ।

विराटले आदरणीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जन्मदिनको शुभकामना भनी गरेको ट्विटको जवाफमा नरेन्द्र मोदीले धन्यवाद मात्र दिएनन्।

विराट र बलिउड अभिनेत्री अनुश्का शर्मालाई बधाई समेत दिए। भने स् मलाई थाहा छ तपाईंहरू असल अभिभावक बन्नु हुनेछ। अनुश्काले सन् २०२१ को जनवरीमा पहिलो सन्तानलाई जन्मदिने तयारी गरेको भारतीय संचार संस्थाहरुले उल्लेख गरेका छन् । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *