शनि, मंसिर ६, २०८३
Sat, November 21, 2026
Shadow

पूर्व जानकारीबिना बिजुली काटिए तुरुन्त खबर गर्नुहोस् ; ऊर्जा मन्त्रालय

असाेज ५ काठमाडाैं । नेपाल विद्युत् प्राधिकरणबाट कुलमान घिसिङले चार वर्षे कार्यकाल पूरा गरेर बाहिरिएसँगै आम मानिस फेरि लोडसेडिङ सुरु हुने हो कि भन्ने चिन्तामा देखिन्छन्।

दैनिक १६ घण्टासम्मको लोडसेडिङ अन्त्य गरेर आम मानिसको मन जितेका घिसिङलाई दोस्रो कार्यकाल पनि प्राधिकरणमा जिम्मेवारी दिनुपर्ने माग चर्को रुपमा उठिरहेको छ। उनको पक्षमा सडकमा समेत प्रर्दशन भइरहेको छ।

घिसिङको बगिरगमनसँगै प्राविधिक कारणले विजुली जाँदासमेत आम मानिसले लोडसेडिङ सुरु भएको आशंका व्यक्त गरिरहँदा ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री मन्त्रालयले पूर्वजानकारी विना आफ्नो क्षेत्रमा बत्ती गएमा तुरुन्त मन्त्रालय वा प्राधिकरणमा जानकारी गराउन आग्रह गरेको छ।

हाल देशको कुनै पनि ठाउँमा लोडसेडिङ नरहेको जनाउँदै विनाकारण बत्ती गए त्यसको जिम्मेवारी ऊर्जा मन्त्रालयले लिने मन्त्री वर्षमान पुनको सचिलायले जनाउँदै त्यसबारे जानकारी दिन आग्रह गरेको हो।

पुनका प्रेस विज्ञ दायानिधि भट्टले भने, ‘अहिले देशका कुनै पनि ठाउँमा बत्ती कटौती भएको छैन। यदि कतै पूर्वजानकारी विना विद्युत् सेवा नियमित नभएको अवस्थामा ऊर्जाको सचिवालय वा नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयमा तत्काल खबर गर्न अनुरोध गरेका छौं।’

सडक विस्तारका लागि पोल सर्दा, ट्रान्समिटर तथा तार जल्दा, मर्मत गर्नु पर्दाको अवस्थामा केही समय विद्युत् आपूर्ति भए बन्द हुनु स्वभाविक भए पनि विना कारण बिजुली जानु आपत्ति जनक भएको ऊर्जा मन्त्रालयको भनाइ छ।

केही स्थानमा प्राधिकरणका कर्मचारीले नै आपूर्ति विना कारण बन्द गरेको जानकारी आएकाले कडा कारबाही गर्ने चेतावनी पनि ऊर्जा मन्त्रालयले दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *