आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
पाँचथर र इलामको सीमावर्ती राँके बजार ‘कोशेली बजार’ का रुपमा चिनिदै

पाँचथर र इलामको सीमावर्ती राँके बजार ‘कोशेली बजार’ का रुपमा चिनिदै

आर्थिक, समाचार
काठमाडौं, पुस-१९ । इलाम र पाँचथरको सीमावर्ती क्षेत्रमा रहेको राँके बजार अहिले कोसेली बजारका रूपमा स्थापित हुँदै गएको छ । मेची राजमार्गमा यात्रुको चाप संगै सडकको पेटीमा राता अकबरे खुर्सानीले भरिएका बट्टा, नौनी घ्यु र टुक्रा पारेर राखिएका छुर्पी नाङ्लोमा फिँजाएर राखेका हुन्छन् । ग्राहकले गाडीबाटै मागेमा दिनको लागि ठिक्क पारिएर राखेको छुर्पीका प्याकेट पसलेको हातहातमै देखिन्छन । प्रतिकेजी चार सय रुपैँयामा बिक्री हुने अकबरेको व्यापार सिजनमा दैनिक ८० देखि ९० हजार रुपैयाँसम्मको हुने गरेको व्यापारीहरु बताउछन । इलामको एकतप्पा, आमचोकदेखि पाँचथरको पौवा सार्तापलगायतका गाउँका किसानका लागि राँके मुख्य बजारको रुपमा रहदै आएको छ । ताप्लेजुङको पाथिभरा घुम्न जाने पर्यटक तथा तिर्थयात्रीको संख्या बाक्लिएपछि राँकेमा व्यापार फस्टाएको हो । ताप्लेजुङको पाथीभरा,पौवाभञ्ज्याङ,साधुटारलगायतका क्षेत...
‘वाइडबडी छानबिन बारे संसदीय उपसमिति मात्र सर्वेसर्वा होइन’- प्रधानमन्त्री ओली

‘वाइडबडी छानबिन बारे संसदीय उपसमिति मात्र सर्वेसर्वा होइन’- प्रधानमन्त्री ओली

राजनीति, समाचार
काठमाडौं, पुस-१९ । प्रधानमन्त्री केपी ओलीले वाइडबडी जहाज खरिद प्रक्रियाको छानबिनमा संसदीय उपसमिति नै सर्वेसर्वा नभएको बताएका छन् । उनले समितिको कायैशैलीप्रति र प्रतिवेदन समितिमा नबुझाउँदै बाहिर चुहाएको भन्दै आपत्ति जनाएका छन् । ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रममको २३औं श्रृखलामा बुधबार बोल्दै प्रधानमन्त्री ओलीले यो विषयमा उनले संसद्को पूर्णसमिति र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई विशेष छानबिनका लागि अपिल गरेका छन्। ‘उपसमिति नै सर्वेसर्वा हँदैन। त्यसको काम समितिमा बुझाउने हो। अब त्यसले उधुम, के के न बाघका जुंगा उखेल्यौं भनेर त्यसको हातमा भएका राैं चाँहि बाघका जुंगा नै हुन कि होइनन्? त्यो त समितिले भन्ला या संसदले भन्ला,’ प्रधानमन्त्री ओलीले भने। उपसमितिले बुुधबार संसदको सार्वजनिक लेखा समितिलाई ४ अर्ब ३५ करोड अनियमितता भएकाे प्रतिवेदन बुझाएको छ। प्रधानमन्त्री ओलीले के भने? ...
म्यानचेस्टर युनाइटेडको लगातार चौथो जित, चेल्सी भने साउथह्याम्पटनसँग गोलरहित बराबरीमा

म्यानचेस्टर युनाइटेडको लगातार चौथो जित, चेल्सी भने साउथह्याम्पटनसँग गोलरहित बराबरीमा

खेलकुद, समाचार
काठमाडौं, पुस-१९ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत बुधबार राति म्यानचेस्टर युनाइटेडले लगातार चौथो जित निकाल्दा न्यूक्यासललाई दुई शुन्य गोलले हराएको छ । न्यूक्यासलको घरेलु मैदानमा भएको रोमाञ्चक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । सब्सिच्युट खेलाडीको रुपमा मैदान प्रवेश गरेका रोमेलु लुकाकुले ६४ औं मिनेटमा गोल गर्दै पाहुना टिम युनाईटेडलाई अग्रता दिलाए । त्यसपछि लगत्तै युनाइटेडको जितमा ८० औं मिनेटमा मार्कुस रासफोर्डले दोस्रो गोल थपे । जितपछि युनाईटेडका प्रशिक्षक गुनरले आफु क्लव छोड्न चाहेको हल्लमात्र भएको प्रतिक्रिया दिएका छन । आफ्ना खेलाडीले पछिल्ला चार खेलमा जस्तो प्रदर्शन गरेका छन, त्यो आफ्ना लागि निकै उत्साहजनक रहेको जनाउदै सबै खेलाडीको खुलेर प्रंशसा गरेका छन । अर्को खेलमा भने चेल्सी बटम थ्री मा रहेको क्लव साउथह्यामन्टनसँग गोलरहित बराबरीमा रोकिन पुग्यो । जित...
‘पुर्वान्चल फेस अफ मोडल’को आयोजना हुदै, आवेदन खुल्ला पौष २१ देखि दमकबाट अडिसन शुरु

‘पुर्वान्चल फेस अफ मोडल’को आयोजना हुदै, आवेदन खुल्ला पौष २१ देखि दमकबाट अडिसन शुरु

मनोरन्जन, समाचार
काठमाडौँ  – थुप्रै सफल सौन्दर्य प्रतियोगीता आयोजना गरेर चर्चा कमाएको टप वान मिडियाको आयोजनामा ‘पुर्वान्चल फेस अफ मोडल’ आयोजना हुने भएको छ । उक्त प्रतियोगीताको लागी पूर्वान्चलको विभिन्न शहरबाट पहिलो अडिसन यही पौष २१ गते देखी शुरु हुने भएको छ । जस अनुसार पहिलो अडिसन दमक स्थित कस्मिक पार्टी प्यालेसमा २१ गते शनिवार, दोश्रो विर्तामोडको होटल कोहिनुरमा २२ गते, तेश्रो अडिसन ईटहरीको होटल लण्डनमा २३ गते तथा बिराटनगरस्थित वेक कप क्याफेमा २४ गते हुने जानकारी कोरियोग्राफर दिवस भट्राईले जानकारी दिए । प्रतियोगितामा भबिष्यमा राष्ट्रिय स्तरमा हुने विभिन्न प्रतिश्प्रधाहरुमा प्रतिनिधित्व गराउने उद्देश्यले प्रतियोगिताको आयोजना गर्न लागिएको टप वान मिडियाका प्रबन्ध निर्देशक रब्स सापकोटाले बताए । टप वान मिडियाले आयोजना गर्न लागेको यस सौन्दर्य प्रतियोगितामा भाग लिन इच्छुक महिला तथा पुरुष सहभागीहरुका लागी धमाधम फ...
धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटका लागि २०५ खेलाडीले नाम दर्ता गराए

धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटका लागि २०५ खेलाडीले नाम दर्ता गराए

खेलकुद, समाचार
काठमाडौं, पुस-१८ । आगामी माघ २६ देखि फागुन ११ गतेसम्म धनगढीमा आयोजना हुने धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगितामा सहभागी हुन २०५ खेलाडीले नाम दर्ता गराएका छन् । आयोजक धनगढी क्रिकेट एकेडेमीले उपलब्ध गराएको यही पुस १७ गतेसम्मको समयभित्र २०५ खेलाडीले नाम दर्ता गराएको आयोजक धनगढी क्रिकेट एकेडेमीले बुधबार जनाएको छ । यही पुस ४ गतेदेखि खुलेको खेलाडी दर्ता मंगलबारसम्मका लागि तोकिएको थियो । खेलाडीले आफ्नो न्यूनतम् मूल्यसहित प्रतियोगिता खेल्न नाम दर्ता गराएका हुन् । आयोजकले खेलाडीलाई न्यूनतम् रु ३० हजारदेखि अधिकतम् रु दुई लाख ५० हजारसम्मको मूल्य राखेर नाम दर्ताको आह्वान गरेको थियो । दर्ता भएका खेलाडीलाई समावेश गर्दै आयोजकले अब खेलाडी लिलामी बिक्री प्रक्रिया अघि बढाउनेछ । खेलाडी लिलामी (अक्सन) यही पुस २२ गते हुने आयोजक संस्थाका अध्यक्ष सुवास शाहीले जानकारी दिए । अक्स...

आनीमा किन बढ्यो आकर्षण ?

समाचार, समाज
काठमाडौं, पुस-१८ । रामबहादुर बम्जनको जघन्य आपराधिक क्रियाकलापबारे सेतोपाटीले समाचार प्रकाशन गरेको एक साता भयो । समाचार तीन महिना लगाई सर्लाही, रौतहट, मकवानपुर, बारा, सिन्धुली र नुवाकोट पुगेर तयार गरिएको थियो । केही दिनपछि काठमाडौं पोस्ट र कान्तिपुरको सम्पादकीयले त्यसलाई जोड दिएको छ । ती सामग्रीले धर्मका नाममा समाजमा हिंसा फैलाउने जो कोही खरानी घसेकाहरूलाई कानुनको दायरामा ल्याएर सजाय तोकिनुपर्छ भन्ने सन्देश दिन खोजेका छन् । समाचारअनुसार गंगामाया र अन्य आनी बम्जनको सिकार भएको देखिन्छ । आनीहरूमाथि बलात्कार, कुटपिट र हिंसा भएको तथा आनीहरू र पीडितको बाउसमेत बेपत्ता भएको पहिलोपटक सुनिँदै छ । समाजमा विशेष गरी हिमाली तथा अरू उत्पीडित समुदायबाट महिला किन आनी बन्न प्रोत्साहित हुन्छन् भन्ने विषयमा यो लेख केन्द्रित छ । आनी बन्न चाहने महिलाको सामाजिक पक्षलाई विश्लेषण गर्न आवश्यक छ । यसमा वि...
बलात्कारीलाई मृत्युदन्ड दिने कानुन बनाउन सांसदको माग

बलात्कारीलाई मृत्युदन्ड दिने कानुन बनाउन सांसदको माग

राजनीति, समाचार
काठमाडौं, पुस-१८ । सांसद प्रदीप यादवले बलात्कारीलाई मृत्युदन्ड दिने कानुन बनाउन संसदको ध्यानाकर्षण गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको शून्य समयको बैठकमा सांसद यादवले पर्सा जिल्लाका देवकुमार पटेलले सोही जिल्लाका पाँच वर्षीया बालिकालाई बलात्कार गरेकाले निजलाई मृत्युदन्ड हुनुपर्ने बताए । सांसद नवराज राउतले भेरी नदीको पुल निर्माणमा ढिलासुस्ती, नारायणप्रसाद मरासनीले स्याङ्जा, पुतलीबजार नगरपालिका–१०, ११ र १२ का कृषकलाई राहत, पार्वती विसुङ्खेले कालिकोटमा भएको आगोलागीपीडितलाई उचित व्यवस्थापन, प्रेमबहादुर आलेले अमरगढी बस दुर्घटनाका घाइतेको औषधि उपचारको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएका थिए । त्यसैगरी, सांसद प्रेम सुवालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पानीजहाजका विषयमा संसदलाई जवाफ दिनुपर्ने माग गरेका छन् । ‘प्रधानमन्त्रीले २०७५ साल पुस १६ बाट नेपालमा पानीजहाज सन्चालन हुन...
अष्ट्रेलियाको चर्चित क्रिकेट लिग बिग बासका ४ खेलपछि सन्दिप बिपीएल खेल्न ढाकामा

अष्ट्रेलियाको चर्चित क्रिकेट लिग बिग बासका ४ खेलपछि सन्दिप बिपीएल खेल्न ढाकामा

खेलकुद, समाचार
काठमाडौं, पुस-१८ । अष्ट्रेलियाको चर्चित क्रिकेट लिग बिग बासमा सुरुवाती ४ खेलपछि नेपाली क्रिकेट टिमका लेग स्पिनर सन्दिप लामिछाने बंगलादेश पुगेका छन् । लामिछाने बिग बासका बाँकी खेल छाडेर बंगलादेश प्रिमियर लिग क्रिकेट खेल्न ढाका आएका हुन् । शनिबारबाट सुरु हुने बंगलादेश प्रिमियर लिग क्रिकेट बिपीएलमा उनी डेबिड वार्नर नेतृत्वको सेलेट सिक्सर्सबाट खेल्दैछन् । पहिलो खेलमा सेलेटले आइतबार बिपीएलमा कोमिल्ला भिक्टोरियन्ससँग प्रतिस्पर्धा गर्नेछ । फेब्रुअरी ८ सम्म चल्ने बंगलादेश प्रिमियर लिगको समाप्तिपछि लामिछाने फेरी बिग बास लिग खेल्न अष्ट्रेलिया फर्कनेछन् । त्यसैगरी जनवरी २५ देखी नेपाल र युएईबीचको वान डे र टि–२० सिरिज परेकाले लामिछानेले बिपीएलका केही खेल गुमाउने संभावना रहेको छ ।...
वाइडबडी खरिद प्रकरण: संलग्न वहालवाला मन्त्री, सचिब र महाप्रबन्धक लगायतलाई कारवाही गर्न सिफारिस

वाइडबडी खरिद प्रकरण: संलग्न वहालवाला मन्त्री, सचिब र महाप्रबन्धक लगायतलाई कारवाही गर्न सिफारिस

आर्थिक, समाचार
काठमाडौं, पुस-१८ । बहुचर्चित वाइडबडी जहाज खरिद प्रकरणमा भएको भ्रष्टाचारबारे छानविन गर्न गठित संसदको लेखासमिति अन्तर्गतको उपसमितिले आफ्नो प्रतिवेदन लेखा समितिको पूर्ण बैठकमा पेश गरेको छ । आज बसेको समितिको बैठकमा सांसद राजेन्द्र कुमार केसी नेतृत्वको उपसमितिले प्रतिवेदन बुझाएको हो । प्रतिवेदनमा जहाज खरिद प्रकरणमा संलग्न मन्त्री, पूर्वमन्त्री, सचिव, पूर्वसचिवहरु, निगम सञ्चालक समतिका सदस्यहरु, महाप्रवन्धक लगायतलाई कारवाही गर्न सिफारिस गरिएको  छ । उपसमितिले बुझाएको प्रतिवेदनमा  विमान खरिदमा ४ अर्ब ३५ करोड रुपैयाँ अनियमितता भएको ठहर गर्दै पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित बहालवाला पर्यटन सचिव कृष्ण देवकोटा र गृहसचिव प्रेम राईलाई पनि निलम्बनसहित कारबाहीको माग गरेको छ । उपसमितिले पूर्व पर्यटन सचिव शंकर अधिकारीलाई पनि दोषी देखाएको छ । यस्तै वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाका...
नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमशेरले राष्ट्रपति भण्डारीसंग लिए पद तथा गोपनियताको सपथ

नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमशेरले राष्ट्रपति भण्डारीसंग लिए पद तथा गोपनियताको सपथ

समाचार, समाज
काठमाडौं, पुस-१८ । चोलेन्द्र शमशेर राणा सर्वोच्च अदालतको प्रधानन्यायाधीशको पदमा नियुक्त भएका छन् । संवैधानिक परिषदको सिफारिस र संसदीय सुनुवाइ विशेष समितिको अनुमोदन पछि राष्ट्रपति विद्यादेवी भण्डारीले राणालाई प्रधानन्यायाधीशको पदमामा नियुक्त गरेकी हुन् । राष्ट्रपति भण्डारीले नवनियुक्त प्रधानन्यायाधीश राणालाई बुधबार विहान पद तथा गोपनियताको सपथ दिलाएकी छिन् । सपथग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओली, सभामुख कृष्णबहादुर महरा, लगाएत संवैधानिक निकायका प्रमुखहरुको समेत उपस्थिति रहेको थियो । नवनियुक्त प्रधानन्यायाधीश राणाले आजै पदभार ग्रहण गर्दैछन् ।...