११ औँ रोटर्याक्ट डिस्ट्रिक्ट कन्फरेन्स बुटवलको मणिग्राममा आयोजना हुँदै
काठमाडौं, पुस- २९ ।
रोटर्याक्ट डिस्ट्रिक्ट ३२९२, नेपाल र भुटानले ११ औँ रोटर्याक्ट डिस्ट्रिक्ट कन्फरेन्स आयोजना गर्दैछ।उक्त सम्मेलन माघ ४ र ५ गते तदनुसार जनवरी १८ र १९ मा मणिग्राम बुटवलमा हुन लागेको हो । रोटर्याक्ट डिस्ट्रिक्ट कन्फरेन्स रोटर्याक्टले आयोजना गर्ने वार्षिक कार्यक्रम हो। उक्त सम्मेलनमा देश भर छरिएर रहेका रोटर्याक्ट क्लबहरुबाट १,००० युवा प्रतिनिधिहरु सहभागी हुने अनुमान छ। सम्मेलन युवाहरुको लागि स्थान सृजना९क्रिएटिंग स्पेसेस फर युथ- मूल विषय (थिम) मा आधारित रहने छ।
रोटर्याक्ट डिस्ट्रिक्टका अनुसार यस्तो विषय राख्नुको उद्देश्य रोटर्याक्ट जस्तो सामाजिक संस्थाहरुको स्थान कस्तो भनेर बुझाउनु हो साथै यस्ता युवा सामाजिक संस्थाहरुको प्रतिनिधित्व गर्दा आवाज उठाउनु पनि हो। सम्मेलनमा युवाहरु लक्षित विभिन्न सत्र, तालिम, र छलफलहरु राखिंदै छ। रोटर्याक्ट सदस्यहरुलाई प्रोत्साहन गर्न युव...









