आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
महिला टी–२० क्रिकेटमा नेपाल सेमिफाइनलमा प्रवेश, युएईमाथि ६ विकेटको जित

महिला टी–२० क्रिकेटमा नेपाल सेमिफाइनलमा प्रवेश, युएईमाथि ६ विकेटको जित

खेलकुद, समाचार
काठमाडौं, पुस-३० । नेपाल लगातार तेस्रो जितसहित थाइल्यान्डमा जारी महिला टी-२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको तेस्रो खेलमा नेपालले युएईलाई ६ विकेटले पाराजित गर्यो । युएईले दिएको १०६ रनको सामान्य लक्ष्य नेपालले १९ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो । नेपालको लागि ओपनर सीता रानामगरले सर्वाधिक ३७ रन बनाएको इनिङ्समा काजल श्रेष्ठले २५ तथा इन्दु बर्माले १३ रनको योगदान दिइन् । यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १०५ रन जोडेको थियो । छाया मुघलले सर्वाधिक ३१ रन बनाएको युएईको इनिङ्समा तीन खेलाडी रनआउट भएका थिए । नेपालका लागि सोनु खड्का, सीता रानामगर र करुणा भण्डारीले समान एक/एक विकेट लिए । पहिलो खेलमा चीनलाई १० विकेटले र दोस्रो खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको नेपाल लगातार तेस्रो जितसहित अन्तिम चार...
भन्सार छलेर नेपाल ल्याइएको चौध लाख रुपैयाँ बराबरको अवैध सामानसहित दुईजना पक्राउ

भन्सार छलेर नेपाल ल्याइएको चौध लाख रुपैयाँ बराबरको अवैध सामानसहित दुईजना पक्राउ

अपराध, समाचार, समाज
कपिलवस्तु, पुस-३० । भन्सार छलेर नेपाल ल्याइएका सामानसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरी गस्ती तथा चेकजाँचमा क्रममा करिब चौध लाख रुपैयाँ बराबरको समान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । मायादेवी गाउँपालिका–२, पकडी चोक नजिकै भारतबाट भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको ३ सय ६० वटा कम्बल बरामद गरिएको छ । लु१स २९८४ नम्बरको अटो रिक्सामा ल्याउँदै गरको १ लाख ८ हजार रुपैयाँ बराबरको कम्बल बरामद गरिएको प्रहरीले जनाएको छ । उक्त सामान ल्याउन प्रयोग गरिएको १० लाख रुपैयाँ बराबरको अटो रिक्सा पनि प्रहरीले नियन्त्रणमा लिएको छ । कम्बलसँगै कपिलबस्तु शुद्धोधन गाउँपालिका–१ बस्ने बर्ष २२ को राम केवट र मायादेवी गाउँपालिका–५ बलुहवा बस्ने बर्ष २२ का सुभास चौधरी पक्राउ परेका छन् । कृष्णननगर नगरपालिका–६ भिल्मिबाट सोमबार बिहान भन्सार छली अवैधरुपमा नेपाल भित्र्याएको २...
वैशाखदेखि भारतबाट नेपालसम्म पेट्रोलियम पाइपलाइन मार्फत् पेट्रोलियम पदार्थ आउने

वैशाखदेखि भारतबाट नेपालसम्म पेट्रोलियम पाइपलाइन मार्फत् पेट्रोलियम पदार्थ आउने

आर्थिक, समाचार
वीरगन्ज, पुस-३०। दक्षिण एसियाकै पहिलो ‘क्रस बोर्डर’ परियोजनाकारुपमा रहेको मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनमार्फत् भारतबाट नेपालमा पेट्रोलियम पदार्थ वैशाखदेखि ल्याउने सुनिश्चित भएको छ । सो परियोजना भारतको मोतिहारीदेखि बाराको अमलेखगन्जसम्म करिब ७० किलोमिटर लम्बाइको छ । तीमध्ये भारततर्फ मोतिहारीदेखि रक्सौलसम्म ३२.२५ किलोमिटर र सीमावर्ती भारतीय सहर रक्सौलबजारदेखि बाराको अमलेखगन्जसम्म ३७.२५ किमि छ । परियोजनाअन्तर्गत् पाइप बिछ्याउने काम द्रुतगतिमा भइरहेकाले वैशाखदेखि पाइपलाइन सन्चालनमा आउने परियोजना कार्यालय सिमराले जनाएको छ । नेपालतर्फ ३७.२५ किलोमिटर भू–भागमध्ये गन्डकदेखि परवानीपुरसम्म करिब एक किमि र पर्सा राष्ट्रिय निकुञ्जको ९ किमि गरी कुल १० किमि भू–भागमामात्र पाइपलाइन ओछ्याउन बाँकी रहेको परियोजना कार्यालय सिमराका इन्जिनियर शरदप्रसाद पौडेलले बताए । भारत, विहारको राजधान...
अद्यावधिक नभएका कर्मचारीले किताबखानामा फाराम भर्न पाउने

अद्यावधिक नभएका कर्मचारीले किताबखानामा फाराम भर्न पाउने

समाचार, समाज
काठमाडौं, पुस-३० । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती किताबखानामा अद्यावधिक नभएका कर्मचारी पनि समायोजनका लागि फाराम भर्न सक्ने व्यवस्था गरेको छ । समायोनजका लागि फाराम भर्न दुई दिनमात्र बाँकी रहँदा अद्यावधिक गर्न बाँकी भएका कर्मचारीलेसमेत समायोनजका लागि फाराम भर्न सक्ने मन्त्रालय समायोजन शाखाका उपसचिव अनिता निरौलाले जानकारी दिइन् । यसअघि अनिवार्यरुपमा विवरण अद्यावधिक गरेरमात्र मन्त्रालयले फाराम भर्न निर्देशन दिएको थियो । उनले कर्मचारीको व्यक्तिगत विवरण आवेदन दिने समयसीमाभित्र पनि अद्यावधिक भइनसकेका भए तापनि हालको विवरणलाई आधार मानेर समायोजनका लागि आवेदन दिनसक्ने व्यवस्था मिलाइएको जानकारी दिइन । समायोजनका लागि कर्मचारीले आफू रहेको कार्यालय, पद, हालको पदमा भएको नियुक्ति मिति र हालको पदमा भन्दा एक तह तल रहेको पदको नियुक्ति मिति अद्यावधिक गराउनुपर्ने हुन्छ । ...
गत वर्ष अक्टोबरमा दुर्घटनाग्रस्त लायन एयरको दोस्रो ब्ल्याकबक्स भेटियो

गत वर्ष अक्टोबरमा दुर्घटनाग्रस्त लायन एयरको दोस्रो ब्ल्याकबक्स भेटियो

अन्तराष्ट्रिय, समाचार
जकार्ता, पुस-३० । इन्डोनेसियामा गत वर्ष अक्टोबरमा दुर्घटनाग्रस्त लायन एयरको विमानको दोस्रो ब्ल्याकबक्स भेटिएको अधिकारीहरुले बताएका छन् । उडेको केही समयभित्रै दुर्घटनामा परेको लायन एयरको उक्त नयाँ विमानसम्बन्धी तथ्य बुझ्न ब्ल्याकबक्सले सहयोग पुग्ने बताइएको छ । बोइङ ७३७ म्याक्स श्रेणीको नयाँ विमान राजधानी जकार्ताबाट उडेको १३ मिनेटमै राडारको सम्पर्कबाट बेपत्ता भएको थियो । उक्त विमान जाभाको तटीय समुद्रमा खसेको थियो । दुर्घटनामा विमानमा यात्रारत सबै १८९ जनाको मृत्यु भएको थियो । विमान उडेको केही समयपछि पाइलटले विमान पुनः जकार्ता फर्काउन लागेको बताएका थिए । इन्डोनेसियाको राष्ट्रिय यातायात सुरक्षा समितिका उपप्रमुख हारयो सातमिकोले सोमबार विहान दोस्रो ब्ल्याकबक्स भेटिएको जानकारी दिए । खोज तथा उद्धार टोलीले उक्त जहाजको फ्लाइट डाटा रेकर्डर (ब्ल्याकबक्स) फेला पारिसकेका थिए । उक्त रेकर्डर...
पश्चिम नवलपरासीका छोटी अधिकांश भन्सार कार्यालयमा कर्मचारी बस्दैनन्, सर्वसाधारणबाटै हुन्छ काम

पश्चिम नवलपरासीका छोटी अधिकांश भन्सार कार्यालयमा कर्मचारी बस्दैनन्, सर्वसाधारणबाटै हुन्छ काम

आर्थिक, समाचार
नवलपरासी, पुस-३० । पश्चिम नवलपरासीका अधिकांश छोटी भन्सार कार्यालयमा सेवाग्राहीको काम कर्मचारीबाट नभइ अन्य सर्वसाधारणबाटै हुन्छ भन्दा आश्चर्य लाग्न सक्छ, तर यो सत्य हो । वर्षौदेखि छोटी भन्सार कार्यालय यसरी नै सञ्चालन हुँदै आएको पाइएको छ । तोकिएका कर्मचारी छोटी भन्सार कार्यालयमा नियमित रुपमा नजाने हुँदा भन्सार कार्यालयमा खटिएकाबाहेक कार्यालय वरिपरि घर भएका सर्वसाधारणले भन्सार कार्यालयको दैनिक काम काज गर्दै आएको पाइन्छ । यसैअन्तर्गत पश्चिम नवलपरासीको गुठीप्रसौनी छोटी भन्सार कार्यालयको दैनिक कामसमेत एक जना सर्वसाधारण व्यक्तिले नै गर्दै आएका छन् । यो छोटी भन्सार कार्यालयमा वर्षौदखि स्थानीयवासी मन्सुर अलीले छोटी भन्सार कार्यालयमा सेवाग्राहीलाई दिइने सबै सेवा प्रवाह गर्दै आइरहेका छन् । छोटी भन्सार कार्यालयको माथिल्लो निकाय मानिने पश्चिम नवलपरासीको महेशपुर मूल भन्सार कार्यालयले उपलब्ध ...
म्यान्चेस्टर युनाईटेडद्वारा टोटनह्याम पराजित,  बर्नमाउथ विरुद्द एभर्टनको जीत

म्यान्चेस्टर युनाईटेडद्वारा टोटनह्याम पराजित, बर्नमाउथ विरुद्द एभर्टनको जीत

खेलकुद, समाचार
काठमाडौं, पुस-३० । इङ्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर युनाईटेडसंग टोटनह्याम हट्सपर पराजित भएको छ । गएराति टोटनह्यामको घरेलु मैदानमा भएको खेलमा म्यान्चेस्टर युनाईटेड १–० गोल अन्तरले विजयी भयो । युनाइटेडको प्रशिक्षकमा पूर्व खेलाडी ओले गुना सोल्सायर नियुक्त भएपछि युनाइटेडको यो लगातार छैटौं जित हो । टोटनह्यामविरुद्ध म्यान्चेस्टर युनाईटेडको जीतमा मार्कस रास्फोर्डले निर्णायक गोल गरे । जितसँगै म्यानचेष्टर युनाइटेड ४१ अंक बनाउँदै लिगको पाँचौं स्थानमा उक्लिएको छ भने ४८ अंक बनाएको टोटनह्याम लिग लिडर लिभरपुलभन्दा ९ अंकले पछि पर्दा उपाधि अभियानमा धक्का लागेको छ । प्रिमियर लिग अन्तर्गत गएराति नै भएको अर्को खेलमा एभर्टनले बर्नमाउथलाई २–० ले पराजित गर्यो । आज राती हुने प्रिमियर लिगको खेलमा शीर्ष स्थानको म्यान्चेस्टर सिटीले वुल्भरह्याम्पटन वान्डरर्ससँग प्रतिस्पर्धा गर्दैछ...
मेस्सीले लिग फुटबलमा राखे चार सय गोलको कीर्तिमान

मेस्सीले लिग फुटबलमा राखे चार सय गोलको कीर्तिमान

खेलकुद, समाचार
काठमाडौं, पुस-३० । अर्जेन्टाइनी फुटवल खेलाडी लियोनल मेस्सीले स्पेनिस लिग फुटबलमा चार सय गोलको कीर्तिमान कायम गरेका छन् । गएराति भएको खेलमा आइबार विरुद्ध गोल गर्दै मेस्सीले आफ्नो खेल करियरमा अर्को कोसेढुंगा पार गरे । खेलमा आईबार ३–० ले पराजित भयो । मेस्सी स्पेनिस लिग ला–लिगामा सर्वाधिक गोल गर्ने खेलाडी हुन् । उनले ४ सय गोलको कीर्तिमान बनाउन कुल ४ सय ३५ खेल खेलेका छन् । युरोपको कुनै एउटै लिगमा ४ सय गोल गर्ने मेस्सी नै पहिलो खेलाडी बनेका छन् । अहिलेसम्म युरोपको शीर्ष पाँच लिगमा ४ सय गोल पूरा गर्ने जम्मा दुई खेलाडी रहेका छन् । पोर्चुगलका क्रिश्चियानो रोनाल्डोले ४ सय ९ गोल गरिसकेका छन् । रोनाल्डोले इङ्ल्याण्ड, स्पेन र इटलीका लिगमा गरी कुल ५ सय ७ खेल खेलेका छन् । मेस्सीले भने एउटै लिगमा यो सफलता हात पारेका हुन् । ला लिगामा गएरातिको जितसँगै बार्सिलोनाले १९ खेलबाट ४३ अंक सहित ...
विगत ६ दिनदेखि अनशनरत प्रा.डा.केसीलाई अस्पताल भर्ना गरियो

विगत ६ दिनदेखि अनशनरत प्रा.डा.केसीलाई अस्पताल भर्ना गरियो

समाचार, स्वास्थ्य
इलाम, पुस-३० । इलाममा विगत ६ दिनदेखि अनशनरत प्रा.डा. गोविन्द केसीको रक्तचाप कम हुँदै गएपछि जिल्ला अस्पताल इलाममा भर्ना गरिएको छ । चिकित्सकहरुले गरेको स्वास्थ्य परीक्षणका क्रममा डा. केसीको स्वास्थ्यमा गम्भीर समस्या आउन थालेको पाइएपछि उनलाई अस्पताल भर्ना गर्न आग्रह गरिएको थियो । चिकित्सकहरुको सल्लाहअनुसार नै केसीलाई सोमबार विहान जिल्ला अस्पतालमा भर्ना गरिएको हो । प्रा.डा. केसीले भने अस्पतालमा भर्ना हुन अस्वीकार गर्दै आएका थिए । केसीलाई स्वास्थ्य कमजोर बन्दै गएकाले तत्काल अस्पतालमा जानुपर्ने सुझाव चिकित्सकहरुले दिएका थिए । इलाममा अत्याधिक चिसो बढेकाले पनि उनको स्वास्थमा समस्या थपिएको हो । चिकित्सा क्षेत्र सुधारलगायतका विषय माग गर्दै उनी १६ औं चरणको अनशनमा वसेका छन् । डा. केसीले आफूसँग भएको पूर्वसहमति कार्यान्वयन गर्न समेत सरकारसँग माग गर्दै आएका छन् ।...
डा गोविन्द केसीलाई चुनौती दिँदै २७ वर्षीय युवा अनशनमा

डा गोविन्द केसीलाई चुनौती दिँदै २७ वर्षीय युवा अनशनमा

शिक्षा
इलाम, पुस- २९ । प्रतिनिधिसभामा विचाराधीन चिकित्सा विधेयकमा आफूसँग भएको सहमति हुबहु सम्बोधन हुनुपर्ने अडान राख्दै आमरण अनशन बसिरहेका प्रा डा गोविन्द केसीलाई एक युवकले चुनौती दिएका छन् । काठमाडौँ, कागेश्वरी मनहरा वडा नं २ निवासी २७ वर्षीय विजय थापा संसदीय समितिबाट हालै बहुमतले पारित गरेको चिकित्सा विधेयक कसैको दवाव र प्रभावमा नपरी सार्वभौम संसद्बाट पारित हुनुपर्ने माग गर्दै इलाममै आमरण अनशन बसेका छन् । काठमाडौँस्थित पशुपति बहुमुखी क्याम्पसका विद्यार्थी थापा मुख्य चोकस्थित लाँकुरी चौतारामा यही पुस २७ गतेदेखि अनशन बसेका हुन् । थापाले राखेका नौ मागमध्ये पहिलो माग नै प्रा डा केसीको मुख्य मागको ठीक विपरीत छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका हाडजोर्नी विशेषज्ञ प्रा डा केसीले इलाम बजारको पश्चिममा इन्द्रमाया लिम्बूको घरमा पुस २५ गतेदेखि अनशन शुरु गरेका हुन् । दुवै अनशनस्थलको दूरी ए...