आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
चिकित्सा शिक्षा विधेयक हुबहु पारित गर्नुपर्ने भन्दै अनशनरत थापाको स्वास्थ्यमा समस्या, अस्पताल भर्ना

चिकित्सा शिक्षा विधेयक हुबहु पारित गर्नुपर्ने भन्दै अनशनरत थापाको स्वास्थ्यमा समस्या, अस्पताल भर्ना

समाचार, समाज, स्वास्थ्य
इलाम, माघ १ । चिकित्सा शिक्षा विधेयक सम्वन्धी आफुसंग गरेको सहमती कार्यान्वयन गर्न माग राख्दै अनशनरत प्रा. डा. गोविन्द केसीका मागको विरुद्धमा अनशनमा बसेका विजय थापाको स्वास्थ्यमा समस्या देखिएको छ । संसदीय समितिले पारित गरेको चिकित्सा शिक्षा विधेयक हुबहु पारित गर्नुपर्ने लगायतका माग राख्दै इलामको चोकबजारमा अनशनरत थापाको स्वास्थ्यमा समस्या देखिएको हो । स्वास्थ्य अवस्थामा समस्या देखिएपछि डाक्टरको सल्लाह अनुरुप थापालाई मंगलबार इलाम अस्पतालमा भर्ना गरिएको छ । थापा गत पुस २७ गते देखि अनशनमा रहेका छन ।...
अपशब्द बोल्दै पत्रकारलाई धम्की दिने वी एण्ड सी अस्पताल संचालक प्रसाईंलाई कारवाहीको माग

अपशब्द बोल्दै पत्रकारलाई धम्की दिने वी एण्ड सी अस्पताल संचालक प्रसाईंलाई कारवाहीको माग

समाचार, समाज
काठमाडौं, माघ- २ । इलाममा सत्याग्रहमा रहेका प्रा.डा.गोविन्द केसीको विषयमा समाचार प्रकाशन तथा प्रसारण गरेको भन्दै वी एण्ड सी अस्पताल विर्तामोड, झापाका संचालक दुर्गा प्रसाईंले संचारकर्मीलाई धम्की दिएको प्रति नेपाल प्रेस युनियन केन्द्रिय समितिले गम्भिर आपत्ती जनाएको छ । राष्ट्रिय चिकित्सा शिक्षा विधेयकप्रति असन्तुष्टी जनाउँदै इलाममा सत्याग्रहमा रहेका प्रा.डा.केसीको विषय र अनशनरत व्यक्तिलाई भेट्न वी एण्ड सी अस्पतालका तर्फबाट चैतन्य मैनाली नाम गरेका व्यक्ति इलाम आएको बारेमा नेपाल प्रेस युनियन, इलाम अध्यक्ष तथा कान्तिपुर संवाददाता विप्लब भट्टराई(युवराज) लगायत जिल्लामा कार्यरत अन्य संचारकर्मीहरुलाई टेलिफोनमार्फत बुझ्न खोज्दा संचालक प्रसाईंले अपशब्द बोल्दै गालीगलौज गरेको तथा धम्की दिएको भन्दै युनियनले आपत्ति प्रकट गरेको हो । प्रेस युनियनको तर्फवाट महासचिब अजयबाबु शिवाकोटीले बुधबार एक विज्...
१३ वर्षीया धर्मपुत्रीको बलात्कार र हत्या गरेका राईलाई जन्मकैद

१३ वर्षीया धर्मपुत्रीको बलात्कार र हत्या गरेका राईलाई जन्मकैद

अपराध, समाचार, समाज
धरान, माघ १ । धरान उपमहानगरपालिका–१६ की १३ वर्षीया बालिका अनुषा राईका हत्यारालाई जन्मकैद फैसला गरिएको छ । जबर्जस्ती करणी तथा कर्तव्य ज्यान मुद्दामा उनका धर्मपिता बलिमान राई तथा राईकी श्रीमती पदमकुमारी राईलाई जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको हो । मुलुकी ऐन ज्यानसम्बन्धी महलअनुसार दुवै जनालाई जन्मकैदको फैसला गरिएको जिल्ला अदालतका प्रवक्ता गोपाल गिरीले जानकारी दिए । जिल्ला अदालतका न्यायाधीश खिमानन्द भुसालको एकल इजलासले राई दम्पतीलाई जन्मकैदको फैसला सुनाएको हो । अदालतले २२ महिनापछि उक्त मुद्दाको अन्तिम फैसला गरेको हो । अनुषाको २०७३ फागुन १६ गते हत्या गरिएको थियो । बलिमानले अनुषालाई धर्मपुत्रीका रूपमा पालनपोषण गर्दै आएका थिए । (रासस)...
पोल्यान्डमा धारिलो हतियार प्रहार गरी गडान्स्क शहरका मेयरको हत्या

पोल्यान्डमा धारिलो हतियार प्रहार गरी गडान्स्क शहरका मेयरको हत्या

अन्तराष्ट्रिय, समाचार
काठमाडौं, माघ- १ । पोल्यान्डको गडान्स्क शहरका मेयर पावेल अडमोविजको हत्या भएको छ । मेयर पावेल माथि परोपकारी सम्बन्धी एक कार्यक्रममा सहभागी भएका बेला धारिलो हतियार प्रहार गरी हत्या भएको हो । हतियार प्रहार पश्चात ५३ वर्षीय मेयर पावेलको उपचारका क्रममा निधन भएको अधिकारीहरुले जनाएको छ । सयौं मानिस सहभागी रहेको कार्यक्रममा मेयर पावेल स्टेजमै रहेका बेला एक व्यक्तिले धारिलो हतियार प्रहार गरेका थिए । गम्भीर घाइते भएका मेयरलाई तत्काल उपचारका लागि अस्पतालमा पुर्‍याइएको थियो । अस्पतालमा पावेलको पाँच घण्टा लामो शल्यक्रिया गरिए पनि उनलाई बचाउन नसकिएको अधिकारीहरुले जनाएका छन् । घटनामा संलग्न रहेको आरोपमा २७ वर्षीय एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । उनले पत्रकारको परिचयपत्र बनाएर मेयरलाई भेट्ने क्रममा आक्रमण गरेको आरोप प्रहरीले लगाएको छ । पक्राउ परेका व्यक्ति यसअघि पनि विभिन्न ...
मन्त्रीहरुको कुटपिटको शृंखला

मन्त्रीहरुको कुटपिटको शृंखला

राजनीति, समाचार
काठमाडौं, माघ- १ । प्रदेश नम्बर–२ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई कार्यकक्षमै बोलाएर कुटपिट गरेको घटना यतिबेला चर्चामा छ । मन्त्रीहरुले कर्मचारीलाई दुर्व्यवहार गर्ने घटना भने नौलो होइन । तर, यस्ता घटनामा दोषीहरुलाई कारबाही भने कमै हुने गरेको छ । आइतबार मन्त्री विजय यादवले आफ्नै कार्यकक्षमा सचिव विद्यानाथ झालाई कुटपिट गरे । संघीय सरकारले सशर्त अनुदानअन्तर्गत्को गरिबी निवारणका उद्यम कार्यक्रमका लागि आफ्नो एनजीओलाई छनोट नगरेको भन्दै मन्त्री यादवले आफूमाथि कुटपिट गरेको पीडित सचिव झाले दाबी गरेका छन् । सचिव झा यतिबेला मन्त्री यादवको थप्पड र लात्ती प्रहारबाट मुख र दाँतको भित्री भाग सुन्निएको तथा दायाँ हातको हाड भाँच्चिएकोजस्तो पीडा भएको भन्दै अस्पतालमा भर्ना भएर उपचार गराइरहेका छन् । यो प्रकरण छानबिन ...
उमा सहशिक्षालय उच्च माध्यमिक विद्यालयबाट शैक्षिक भ्रमण गएकी बालिका चार दिनदेखि बेपत्ता

उमा सहशिक्षालय उच्च माध्यमिक विद्यालयबाट शैक्षिक भ्रमण गएकी बालिका चार दिनदेखि बेपत्ता

समाचार, समाज
काभ्रेपलाञ्चोक, माघ- १ । मण्डन देउपुर नगरपालिका–११ गैराथोकस्थित उमा सहशिक्षालय उच्च माध्यमिक विद्यालयबाट शैक्षिक भ्रमण गएकी बालिका चार दिनदेखि बेपत्ता भएकी छिन् । कक्षा ५ मा अध्ययनरत ११ वर्षीया सुनमाया तामाङ गत पुस २७ गतेदेखि भक्तपुरबाट हराएकी हुन् । उक्त विद्यालयले आयोजना गरेको शैक्षिक भ्रमणका बेला भक्तपुरस्थित दरबार क्षेत्रबाट हराएकी प्रधानाध्यापक शालिकराम श्रेष्ठले जानकारी दिए । नगरकोट, काठमाडौं, मेलम्ची तथा दोलखामा समेत खोजी गर्दा भेट्न नसकिएको उनले बताए । शिक्षक र व्यवस्थापन समितिका पदाधिकारीको टोलीले उनको खोजी गर्दै आएको छ । बेपत्ता सुनमायाको खोजीका लागि विभिन्न स्थानका प्रहरी चौकीमा खबर गरिएको श्रेष्ठले बताए । (रासस)...
आज माघे संक्रान्ति पर्व मनाइँदै, देशभरका नदी, दोभान तथा त्रिवेणीमा स्नानगरी दान तथा पूजा गर्नेको घुइँचो

आज माघे संक्रान्ति पर्व मनाइँदै, देशभरका नदी, दोभान तथा त्रिवेणीमा स्नानगरी दान तथा पूजा गर्नेको घुइँचो

समाचार, समाज
काठमाडौं, माघ- १ । आज माघ १ गत्ते अर्थात माघे संक्रान्ति पर्व । मकर संक्रान्तिको नमाले समेत चिनिने यो पर्व घ्यूरा–चाकु, तिलको लड्डु र तरुल खाएर मनाइँदै छ । आज देशभरका नदी, दोभान तथा त्रिवेणीमा स्नान र देव मन्दिरहरुमा पूजापाठ गरि यो पर्व मनाईने गरिन्छ । यसै दिनदेखि ज्योतिष शास्त्र अनुसार सौर्य तिथिका हिसाबले सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गरी उत्तरायण हुने गर्दछ । त्यसैले यस पर्वलाई मकर संक्रान्ति पनि भन्ने गरिएको हो । आज देशका विभिन्न तीर्थस्थलहरुमा मेला लाग्नुको साथै स्नानगरी दान तथा पूजा गर्नेको भीड लागेको छ । विशेषगरी चितवन–नवलपरासीको देवघाट, सिन्धुली-उदयपुरको त्रिवेणी, गुल्मी र पाल्पाको संगमस्थल रिडी, इलामको माई, नुवाकोट–रसुवा सीमाको उत्तरगया अर्थात् वेत्रावतीलगायत नदी किनारमा आज भक्तजनको विशेष मेला लागेको छ ।...
नेपालको शान्ति क्षेत्र प्रस्ताव फेरि अघि बढाउनुपर्छ : डा.बाबुराम भट्टराई

नेपालको शान्ति क्षेत्र प्रस्ताव फेरि अघि बढाउनुपर्छ : डा.बाबुराम भट्टराई

राजनीति, समाचार
काठमाडौं, पुस-३० । तत्कालीन राजा वीरेन्द्र शाहले ४४ वर्षअघि बढाएको शान्ति क्षेत्र नेपालको प्रस्तावलाई नयाँ शक्ति पार्टी नेपालले दोहोर्‍याएको छ । नयाँ शक्ति पार्टीले सोमबार राजधानीमा गरेको कार्यक्रममा सो पार्टीका संयोजक डा. बाबुराम भट्टराईले नेपाललाई अन्तर्राष्ट्रिय खिचातानीबाट जोगाउन शान्ति क्षेत्रको प्रस्ताव अघि बढाउनुपर्ने बताए । राजा वीरेन्द्रको पालामा लोकतन्त्रको अभावमा प्रस्ताव सफल नभएको भन्दै उनले राष्ट्रिय हीतका लागि शान्ति क्षेत्र आवश्यक रहेको बताए । भारत, चीन र अमेरिकासित अब देशको हीत र स्वार्थअनुसार सम्बन्ध सुधार्नुपर्ने भन्दै डा. भट्टराईले कसैसँग बढी नजिक हुन नहुने बताए । यी तीनओटा शक्ति देशहरुको रणनीतिमा नेपाल रहेकाले नेपालले सम्भावना र अवसरलाई सदुपयोग गर्नुपर्ने उनले उल्लेख गरे । सन् २०५० सम्ममा चीन विश्व शक्ति राष्ट्र हुने भएकाले अमेरिका भारतलाई आफ्नो साथमा लि...
कोरियोग्राफी तथा मोडलिङ क्षेत्रमा भविष्य खोज्दै – मोडल/कोरियोग्राफर उज्ज्वल के.सी

कोरियोग्राफी तथा मोडलिङ क्षेत्रमा भविष्य खोज्दै – मोडल/कोरियोग्राफर उज्ज्वल के.सी

मनोरन्जन, समाचार
काठमाडौं, पुस-३० । सानै उमेर देखि अभिनय तथा नृत्यमा रुचि राख्ने मोडल तथा कोरीयोग्राफर उज्ज्वल के.सी. भविष्यमा एक कुशल/चर्चित मोडल तथा कोरीयोग्राफर बन्ने सोच लिएर यस क्षेत्रमा प्रवेश गरेका छन भने अहिले त्यसै अनुरुप मेहनत गर्दै म्युजिक भिडियो मोडलिङ तथा इभेन्ट कोरियोग्राफीमा व्यस्त छन । नेपालमा मोडलिङ क्षेत्र आफैमा एउटा राम्रो र सम्भाबना बोकेको क्षेत्र हो, जुन एउटा उत्कृष्ट कलाकारले राम्रो अवसर पाउने माध्यम हो, अभिनय र नृत्य बिधामा राम्रा सम्भावना बोकेका कलाकारहरुले यसैको माध्यमबाट विभिन्न अवसरहरु पनि पाईरहेको हुन्छन भने देश विदेशको यात्रा गर्दै संसारमा चर्चित हुने अवसर पनि जुटाईरहेका छन् । त्यसैक्रममा उज्जवलले १८ बर्षको कलिलो उमेरमा नै मोडलिङ पेशालाई अंगाल्दै त्यही पेशालाई व्यवसाय बनाउदै अघिबढि रहेका छन । मोडल सङ्ग्स नेपालले आयोजना गरेको सौन्दर्य प्रतियोगिता नेक्स्ट सुपर टप...
च्यासललाई हराउँदै थ्रीस्टार सेमिफाइनलमा

च्यासललाई हराउँदै थ्रीस्टार सेमिफाइनलमा

खेलकुद, समाचार
कैलाली, पुस-३० । सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा च्यासल युथ क्लबलाई हराउँदै थ्रीस्टार क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । धनगढी रंगशालामा सोमबार भएको क्वार्टरफाइनल खेलमा थ्रीस्टारले च्यासललाई १–० ले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । पहिलो हाफ गोलरहित रहेको खेलमा थ्रीस्टारलाई जित दिलाउने क्रममा खेल सकिन तीन मिनेट समय बाँकी छँदा रुपेश केसीले गरेको एकमात्र गोल निर्णायक बन्यो । सुनील बलको क्रसमा रुपेशले हेडमार्फत् गोल गरेका थिए । थ्रीस्टारको जितमा निर्णायक गोल गरेक रुपेश नै ‘म्यान अफ दी म्याच’ घोषित भए । उनले १० हजार रुपैयाँ प्राप्त गरे । थ्रीस्टारले अब फाइनल प्रवेशका लागि बुधबार मेची नेत्रालय काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरसंग प्रतिस्पर्धा गर्नेछ । मंगलबार हुने अन्तिम क्वार्टरफाइनलमा भने संकटा क्लबले क्यामरुनको दाफिनास एफसीसंग भिड्दै छ ।...