आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
नेपाली राष्ट्रिय टोलीको युएई भ्रमणका लागि सन्दीप नेपाल आए

नेपाली राष्ट्रिय टोलीको युएई भ्रमणका लागि सन्दीप नेपाल आए

खेलकुद, समाचार
माघ-८, काठमाडौं । बंगलादेशमा जारी बंगलादेश प्रिमियर लिग खेलिरहेका नेपाली युवा स्पीनर सन्दीप लामिछाने सोमबार नेपाल आएका छन् । अष्ट्रेलियामा जारी ‘बिग बास’का केही खेल खेलेर बंगलादेश गएका सन्दीप भोलिदेखि हुने नेपाली राष्ट्रिय टोलीको युएई भ्रमणका लागि स्वदेश फर्किएका हुन् । बंगलादेशमा सिलेट सिक्सर्सबाट ‘बीपीएल’का ६ खेल खेलेर सन्दीप सोमबार अपराह्न काठमाडौं आइपुगेका हुन् । उनले सिलेटका लागि ६ खेलबाट ४ विकेट लिएका थिए । यही माघ ११ गतेदेखि नेपालले गर्ने युएई भ्रमणका लागि सन्दीप आएका हुन् । युएई भ्रमणमा नेपालले घरेलु टोलीसँग समान तीन एकदिवसीय र तीन टी–२० सिरिज खेल्नेछ । नेपाली टोली मंगलबार युएई प्रस्थान गर्ने कार्यक्रम रहेको नेपाली टोलीका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिए । एकदिवसीय मान्यता पाएपछि नेपालको युएईसँग हुने खेल दोस्रो अन्तर्राष्ट्रिय एकदिवसीय हो । यसअघि, नेपालले ...
यी हिरो के गर्दैछन् त  ?

यी हिरो के गर्दैछन् त ?

मनोरन्जन, समाचार
माघ-७, काठमाडौं । एकताका अभिनेताहरू निखिल उप्रेती, राजबल्लभ कोइराला, आर्यन सिग्देल, विराज भट्ट, रमित ढुंगाना, जीवन लुइँटेल र नीरज बराल निकै चर्चित र व्यस्त थिए । भुवन केसी, शिव श्रेष्ठ, राजेश हमाल, दिलीप रायमाझी, सुशील क्षेत्री र रमेश उप्रेतीपछिको पुस्तामा एकाएक चर्चा र सफलता हासिल गर्न सफल हिरोमा पर्थे निखिल, राजबल्लभ, आर्यन, विराज, रमित, जीवन र नीरज । यिनीहरूले भुवन, शिन, राजेशहरूको जस्तो स्टारडम भने बनाउन सकेनन् । पिँजडा फिल्मबाट स्टन्ट हिरोका रूपमा उदाएका निखिलले त्यसपछि धेरै वर्ष पछाडि फर्र्किएर हेर्नुपरेन । जोखिमयुक्त एक्सनका दृश्य पनि आफैँ गर्ने गरेका निखिललाई अभिनय र नृत्यमा कमजोर हुँदाहँुदै पनि दर्शक, फिल्मकर्मीले एक्सनका कारण मनपराइरहे । उनी अभिनीत अधिकांश फिल्मले निर्मातालाई मुनाफा दिए पनि । तर, जब उनी दोस्रो बिहेको चक्करमा लागे, त्यसपछि उनको करिअर धर्मरायो । अभिनेत्री ...
बलिउड गायिका नेहा १०० करोडकी मालिक

बलिउड गायिका नेहा १०० करोडकी मालिक

मनोरन्जन, समाचार
माघ-७, काठमाडौं । गायिका नेहा कक्कड अहिले बलिउडमा चर्चित रहदै आएकि छिन् । प्रायः आजभोलिका नयाँ फिल्ममा उनको आवाज सुन्न पाइन्छ । समकालीन संगीतकारको पहिलो रोजाइमा पर्दै आएकिन नेहाले एउटा गीत गाएबापत लिने पारिश्रमिक निकै चर्काे रहेको छ । आफ्नो स्वर मात्र नभएर सुन्दरताका कारण पनि बेलाबेलामा नि्कै चर्चामा आउने गरेकी उनले एउटा गीत गाएबापत १० देखि १५ लाख भारु पारिश्रमिक लिने गरेकी छिन् । महँगो गाडीकी सौखिन नेहासँग आर्डी, रेन्ज रोभरका साथै मार्सिडिज जस्ता महँगा महँगा कार रहेका छन् । नेहाको कुल सम्पत्ति एक सय करोड रहेको बताइन्छ । पछिल्लो समय प्रेमीसँगको विछोडका कारण चिन्तित रहेकी नेहा केहीअघि डिप्रेसनको सिकार समेत भएकी थिइन् । उनले इन्स्टाग्राममा लेखेकी थिइन्, ‘हो, म डिप्रेसनमा छु । तपाईंहरू सफल हुनुभयो । संसारभरका नकारात्मक मान्छेहरूका कारण यो सब भएको हो । जो मलाई मेरो जीवनको सबैभन्...
‘बहादुर’ को उपमा पाएका नेपाली रक्सी पिएर मर्न डराउँदैनन्

‘बहादुर’ को उपमा पाएका नेपाली रक्सी पिएर मर्न डराउँदैनन्

समाचार, समाज
माघ-७, यूएई । यूएईमा कार्यरत प्राय सबै नेपालीलाई थाहा छ, यो देशमा सार्वजनिक रूपमा मदिरा सेवन गर्न पाइँदैन । दुबई, अबुधाबीलगायतका कतिपय राज्यहरूमा त मदिरा किन्न र पिउन पनि लासेन्स लिनु पर्छ । तर पनि नेपालीले नेपालदेखि लागेको बानी छोडेका छैनन् । ‘सर, गाडीमा बस्नुस्, हजुरलाई छोडिदिन्छु’, उनले भने । रक्सीले मातिएर खुट्टा टेक्ने स्थितिमै थिएनन् । बोली लरबरिएको थियो । राम्रै कम्पनी थियो । काम र कमाई पनि लोभ लाग्दै थियो । रक्सी पिएर गाडी कुदाउनु उनको लागि सामान्य हो । ‘डराउनु भो ? केही हुँदैन आउनुस्, मैले कस्तो कस्तो हुँदा त गाडी कुदाएको छु । आज त कहाँ मातेको छु र?’ गाडीमा बस्न मलाई जोड गरिरहे । रातको झन्डै एक बजेको थियो । धेरैबेरसम्म कर गरिरहे । मैले उनीसँग यात्रा गर्न मानिन् । कहिल्यै रक्सी नपिउने रेसम लामाको गाडीमा बसेर कोठा आएँ । त्यतिखेर म जवअल जसै पहाड पुगेको थिएँ । यूएईक...
नयाँ सिनेमामा एक योद्धाको भूमिकामा देखिदै सुनिल शेट्टी

नयाँ सिनेमामा एक योद्धाको भूमिकामा देखिदै सुनिल शेट्टी

मनोरन्जन, समाचार
माघ-७, काठमाडौँ बलिउड अभिनेता सुनिल शेट्टी मल्यालम सुपरस्टार मोहन लालले निर्माण गरेको नयाँ सिनेमामा देखिने भएका छन्। सुनिल शेट्टी र मोहन लालले सँगै काम गर्न लागेको यो पहिलो अवसर हो। मोहनलालको नयाँ सिनेमा 'मराकर: अराविकदालइन्ते सिम्हम'मा सुनिल एक योद्धाको भूमिकामा देखिनेछन्। सिनेमाको सुटिङ भने गत साताबाट हैदरावादको रामाजी स्टुडियोमा सुरू भइसकेको छ। सुनिलले आफ्नो ट्वीटरबाट सिनेमामा हुने आफ्नो पात्रको स्वरूप सार्वजनिक गरेका छन्। सो तस्वीरमा उनलाई लामो कपाल दार्ही जुँगामा देख्न पाईन्छ। सिनेमा १६ औँ शदाब्दीको कथावस्तुमा आधारीत रहेको छ । महँगो बजेटमा तयार भइरहेको उक्त सिनेमा मलयालम, हिन्दी, तमिल तथा तेलेगु भाषामा रिलिज हुनेछ।...
त्रिशूलीमा ट्रक खस्यो

त्रिशूलीमा ट्रक खस्यो

समाचार, समाज
माघ-७, रत्ननगर चितवनबाट नुवाकोट जाँदै गरेको भुस बोकेको ट्रक पृथ्वीराजमार्गको इच्छाकामना गाउँपालिका–४ फिस्लिङबाट त्रिशूली नदीमा खसेको छ । गए राति ११:२५ बजे ना ३ ख १८३ नंको ट्रक अनियन्त्रित भई नदीमा खस्दा ट्रकका चालक धादिङ घर भएका २८ वर्षीय तुलबहादुर गुरुङ बेपत्ता भएका छन् भने सहचालक २० वर्षीय सुरज गुरुङले नदीबाट पौडेर ज्यान बचाएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख सुशीलसिंह राठौरले जनाएका छन । बेपत्ता चालकको खोजी कार्य भइरहेको चितवन प्रहरीले बताएको छ।...
संघीय समाजवादी फोरममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी– कम्युनिष्ट केन्द्र)  एकीकृत

संघीय समाजवादी फोरममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी– कम्युनिष्ट केन्द्र) एकीकृत

राजनीति, समाचार
माघ-७, काठमाडौं । संघीय समाजवादी फोरममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी– कम्युनिष्ट केन्द्र) एकीकृत भएको छ। सोमबार काठमाडौंमा आयोजित पार्टी एकीकृत घोषणा कार्यक्रममा फोरमका अध्यक्ष उपेन्द्र यादवले नेकपा कम्युनिष्ट केन्द्रका संयोजक केशव दाहाललाई टिका र खादा लगाएर पार्टीमा स्वागत गरे। गतसाता मात्रै दुुई वटा छुट्टाछुट्टै कम्युनिष्ट पार्टी फोरममा प्रवेश गरेका थिए। कार्यक्रममा उपप्रधान तथा स्वास्थ्यमन्त्री समेत रहेका अध्यक्ष यादवले मुलुकमा संघीय समाजवादी फोरमको विकल्प नै नरहेको दाबी गरे। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसले जनताको परिवर्तनको एजेन्डा छाडिसकेकोले फोरम नेपालप्रति आम जनताको विश्वास र अपेक्षा बढ्दै गएको उनको भनाई छ। नेकपा कम्युनिष्ट केन्द्रका संयोजक दाहालले सर्वहारा जनताको अधिकार, संघीयता र पहिचानको मुद्दालाई फोरम नेपालले बलियो ढंगले उठाएकोले यसमा आबद्ध भएको ...
कलाकार गणेश मुनालको उपचारको क्रममा निधन

कलाकार गणेश मुनालको उपचारको क्रममा निधन

समाचार, समाज
माघ-७, काठमाडौं । कलाकार गणेश मुनालको सोमबार निधन भएको छ। मुनालको उपचारको क्रममा वीर अस्पतालमा निधन भएको उनको परिवार स्रोतले जनाएका छन। विगत केहि समयदेखि उनी दमको समस्याबाट पीडित थिए। केही टेलिचलचित्र र चलचित्रमा अभिनय गरेका मुनालको आजै पशुपति आर्यघाटमा अन्त्येष्टी गरीने जनाइएको छ। उनले सेतो बाघ, प्रेमयुद्ध, घामपानी लगायतका चलचित्रमा अभिनय गरेका छन भने प्रदर्शनमा आउन लागेको चलचित्र गोपीमा समेत उनको अभिनय रहेको छ।...
एएफसी यूथ-२३ च्याम्पियनसिप छनोट चरणको खेल तालिका सार्वजनिक, नेपाल समूह ‘ए’ मा

एएफसी यूथ-२३ च्याम्पियनसिप छनोट चरणको खेल तालिका सार्वजनिक, नेपाल समूह ‘ए’ मा

खेलकुद, समाचार
माघ-७, काठमाडौं । एएफसी यूथ–२३ च्याम्पियनसिप फुटबल अन्तर्गत छनोट चरणको खेल तालिका सार्वजनिक भएको छ । कतारमा हुने यूथ–२३ च्याम्पियनसिप फुटबल छनोट चरणको पहिलो खेलमा नेपालले आफुभन्दा बलियो प्रतिद्वन्द्वी ओमानको सामना गर्नुपर्ने भएको छ । एसियन फुटबल महासंघ (एएफसी) ले हिजो सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले समूह ‘ए’ को पहिलो खेलमा मार्च २२ तारिखमा ओमानसँग खेल्ने भएको हो । त्यस्तै नेपालले २४ मार्चमा कतारसँग तथा २६ मार्चमा अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । समूहको शीर्ष टोलीले थाईल्याण्डमा हुने एएफसी यूथ–२३ च्याम्पियनसिप खेल्न पाउनेछन् । त्यसैगरी दोस्रो टोली मध्ये उत्कृष्ट चार टोलीले पनि च्याम्पियनसिप खेल्ने मौका पाउनेछन् । च्याम्पियनसिपका लागि कुल ४४ टोलीले ११ समूहमा विभाजित भएर छनोट खेल खेलिरहेका छन् जसमध्ये ११ समुहबाट छानिने १६ टोलीले फाइनल चरण खेल्नेछन् ।...
नेपाली कांग्रेसका सांसदद्वारा प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक अवरुद्ध

नेपाली कांग्रेसका सांसदद्वारा प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक अवरुद्ध

राजनीति, समाचार
माघ-७, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक अवरुद्ध पारेका छन् । कांग्रेसका पूर्वसभापतिद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापित अस्पतालहरु सरकारले खारेज गर्न लागेको भन्दै कांग्रेस सांसदहरुले दुवै बैठक अवरुद्ध गरेका हुन् । प्रनिधिसभाको बैठकमा बोल्दै काँग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले गिरिजाप्रसाद र सुशील कोइरालाको नाममा स्थापना गर्ने भनिएको अस्पताललाई सरकारले गठन आदेशमार्फत संचालनमा ल्याउने निर्णय नगरेसम्म सदन चल्न नदिने बताएका छन । त्यसलगत्तै बैठकमा काँग्रेसका सांसदहरुले उठेर विरोध जनाएपछि सभामुख कृष्णबहादुर महराले बैठक १५ मिनेटका लागि स्थगित गरेका छन् । उता राष्ट्रिय सभाको बैठक भने आधा घण्टाका लागि स्थगित गरिएको छ ।...