आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
यस वर्षको अन्तर्राष्ट्रिय छायाँछवी अनर पत्रकारिता सम्मान–२०१८ बाट संचारकर्मी राज लुईटेल सम्मानित

यस वर्षको अन्तर्राष्ट्रिय छायाँछवी अनर पत्रकारिता सम्मान–२०१८ बाट संचारकर्मी राज लुईटेल सम्मानित

मनोरन्जन, समाचार
संचारकर्मी राज लुईटेल यस वर्षको अन्तर्राष्ट्रिय छायाँछवी अनर अवार्ड–२०१८ बाट सम्मानित भएका छन । थाइल्याण्डको पटाया सहरको पाँचतारे होटलमा जनवरी १२ देखि १६ सम्म भव्य तरिकाले सम्पन्न अन्तर्राष्ट्रिय छायाँछवी अनर अवार्ड–२०१८ मा लुइँटेल अन्तर्राष्ट्रिय छायाँछवी अनर पत्रकारिता सम्मानबाट सम्मानित भएका छन । विगत लामो समयदेखि नेपाली चलचित्र, अभिनय, गीत, संगीत, साहित्य तथा पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएका श्रष्टा, सर्जक तथा विशिष्ट व्यक्तिलाई यो अन्तर्राष्ट्रिय अवार्ड प्रदान गरिएको थियो । लामो समयदेखी संचार एवं सामाजिक क्षेत्रमा रहेर पत्रकारीता क्षेत्रमा उल्लेख्य योगदान पुर्याए वापत राज लुईटेललाई अन्तर्राष्ट्रिय छायाँछवी अनर पत्रकारिता सम्मान प्रदान गरिएको हो । विगत लामो समयदेखी सञ्चार क्षेत्रमा रही आधा दर्जन भन्दा बढी विभिन्न लोकप्रिय संचारमाध्यमहरु संचालन गरि ...
अन्तर्राष्ट्रिय छायाँछवी अनर अवार्ड,२०१८ थाईल्याण्डको पटायामा सम्पन्न

अन्तर्राष्ट्रिय छायाँछवी अनर अवार्ड,२०१८ थाईल्याण्डको पटायामा सम्पन्न

मनोरन्जन, समाचार
माघ-७, काठमाडौं । जनवरी १२ देखि १६, २०१९ मा अन्तर्राष्ट्रिय छायाँछवी अनर अवार्ड–२०१८ को पहिलो संस्करण थाइल्याण्डको पटाया सहरको पाँचतारे होटलमा भव्य तरिकाले सम्पन्न भएको छ । विगत लामो समयदेखि नेपाली चलचित्र कलाकार गीत संगीत तथा साहित्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएका स्रष्टा, सर्जक तथा विशिष्ट व्यक्तिलाई यो अन्तर्राष्ट्रिय अवार्ड प्रदान गरिएको थियो । यस अवार्डमा वरिष्ठ कलाकार वसुन्धरा भुसाल, गायिका देविका वन्दना, कलाकार निर्मल शर्मा, चलचित्र वितरक गोपाल कायस्थ, चलचित्र पत्रकार शान्तिप्रिय, गीता अधिकारी, राज लुईँटेल, नायक विनोद श्रेष्ठ, नवनायक सन्जित भण्डारी, नायिका खुस्वु खड्का, निर्मात्री रजनी के।सी। लगायतको उपस्थिति थियो भने विशिष्ठ अभिनेत्रीको सम्मान वसुन्धरा भुसाल, विशिष्ठ गायिका सम्मान देविका वन्दना, सामाजिक कला सम्मान कलाकार निर्मल शर्मा र निर्मात्री रजनी के।स...
प्रा.डा.गोबिन्द केसीको अनसनलाई बेवास्ता गर्दै विधेयक पारित गर्ने तयारी

प्रा.डा.गोबिन्द केसीको अनसनलाई बेवास्ता गर्दै विधेयक पारित गर्ने तयारी

समाचार, समाज, स्वास्थ्य
माघ-७, काठमाडौं । अनसनरत डाक्टर गोविन्द केसीका मागलाई बेवास्ता गर्दै प्रतिनिधि सभाले चिकित्सा शिक्षा विधेयक पारित गर्ने तयारी गरेको छ। केही दिनअघि शिक्षा तथा स्वास्थ्य समितिले संसदमा पेश गरेको विधेयकलाई सोमबारको बैठकबाट पारित गर्ने तयारी भएको छ। सोमबारको संसद बैठकमा शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले चिकित्सा शिक्षा विधेयकमाथि छलफल होस् भन्ने र पारित होस् भन्ने प्रस्ताव गर्ने कार्यसूची तय भएको छ। मध्यान्ह १२ बजे सुरू हुने बैठकको अन्तिम कार्यसूचीमा चिकित्सा शिक्षा विधेयक राखिएको छ। उपसमिति र समितिमा विधेयकमाथि फरक मत राखेको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद अवरोध गर्न सक्ने भएकाले बैठकको अन्तिम कार्यसूचीमा चिकित्सा शिक्षा विधेयक राखिएको हो। समितिले तयार पारेको विधेयकमा आफूसँग भएको सम्झौताविपरितका व्यवस्थाहरू रहेको भन्दै डाक्टर केसी पुस २५ गतेदेखि अनसनरत छन्। अनसन...
पौष शुक्ल पूर्णिमादेखि सुरु भएर माघ शुक्ल पूर्णिमामा अन्त्य हुने श्री स्वस्थानी व्रत आजदेखि शुरु हुँदै

पौष शुक्ल पूर्णिमादेखि सुरु भएर माघ शुक्ल पूर्णिमामा अन्त्य हुने श्री स्वस्थानी व्रत आजदेखि शुरु हुँदै

समाचार, समाज
माघ-७, काठमाडौं । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म गरिने स्वस्थानी व्रत आजदेखि शुरु भएको छ । एक महिनासम्म स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल चतुर्दशीका दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको शुरुवात हुन्छ । बिहान माघ स्नान गरी मध्याह्नमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ । एक महिनासम्म यो विधिबाट व्रत गरी माघ शुक्ल पूर्णिमाका दिन १०८/१०८ जनै, सुपारी, पान, फूल, रोटी, अक्षता विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाई कामना पूर्ण होस् भनी भगवतीलाई अघ्र्य दिइन्छ । चढाइएका प्रसादमध्ये सबैबाट आठ/आठ पतिलाई, पति नभए छोरालाई र छोरा पनि नभए मीत छोरालाई एवं मीत छोरा पनि नभएमा कामन...
सगरमाथाको फोहोर व्यवस्थापनमा चीनले कानुन बनाउँदै

सगरमाथाको फोहोर व्यवस्थापनमा चीनले कानुन बनाउँदै

अन्तराष्ट्रिय, समाचार
माघ—६,बेइजिङ । सगरमाथा पर्वतारोहणका लागि चीनले बनाउन लागेको नयाँ कानुनी व्यवस्थाका लागि तिब्बतमा सुझाव सङ्कलन गरेको छ । सुझाव सङ्कलन बैठक स्वायत्त प्रदेश तिब्बतको ल्हासामा हालै सम्पन्न भएको छ । विशेष गरी पर्वतारोहणबाट सगरमाथामा थुप्रिएको फोहोर व्यवस्थापन गर्नका लागि चीनले नयाँ कानुनी व्यवस्था लागू गर्ने उद्देश्य बनाएको र त्यही उद्देश्य अनुसार सुझाव सङ्कलन बैठकको आयोजना गरिएको समाचारमा जनाइएको छ। तिब्बत स्वायत्त प्रदेशका खेलकुद ब्युरोका प्रमुख निमाछिरिङले बताए अनुसार, सन् २००६ मा बनेको तिब्बत स्वायत्त प्रदेशको पर्वतारोहण ऐनमा वातावरण संरक्षणसम्बन्धी थप बुँदा राखिनेछ। चीनले हरेक वर्षको वसन्त ऋतु लागेपछि सगरमाथा आरोहण खुलाउने गर्दछ। नेपालबाट जस्तो असीमित व्यक्तिले उत्तरी मोहडाबाट (तिब्बततिरबाट) सगरमाथा आरोहण गर्न पाउँदैनन्। हरेक वर्ष चीनले ३ सय व्यक्तिलाई मात्र सगरमाथाको आरोहण गर्...
ओखलढुंगाबाट काठमाडौंतर्फ जाँदै गरेको बस मन्थलीमा दुर्घटना,एकको मृत्यु २५ घाइते

ओखलढुंगाबाट काठमाडौंतर्फ जाँदै गरेको बस मन्थलीमा दुर्घटना,एकको मृत्यु २५ घाइते

समाचार, समाज
माघ—६, रामेछाप । ओखलढुंगाको घोराखोरीबाट काठमाडौंतर्फ जाँदै गरेको बस रामेछापको मन्थली–१ स्थित मच्छेडाँडीमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । ओरालाेमा गुडिरहेकाे बस अकस्मात कच्ची सानो सडकमा चढ्ने बित्तिकै पल्टिएको प्रत्यक्षदर्शीले बताए । ब्रेक फेल भएकाले चालकले कालोपत्रे सडकबाट उकालो सानो बाटोमा बस चढाएको अनुमान प्रहरीले गरेको छ। दुर्घटनामा घाइते भएकाहरुलाई तामाकोशी सहकारी अस्पतालमा उपचारको निम्ति लगिएकाे छ भने केही गम्भिर घाइतेहरुलाई काठमाडौं पठाइएको छ। मृतकको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक रविभुषण यादवले जनाएका छन । बसका चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।...
बञ्चरो प्रहारगरी श्रीमतीको हत्या पश्चात श्रीमानले गरे आत्महत्या

बञ्चरो प्रहारगरी श्रीमतीको हत्या पश्चात श्रीमानले गरे आत्महत्या

अपराध, समाचार, समाज
माघ—६, कैलाली । कैलालीको जानकी गाउँपालिका–७ स्थित गोलौरीमा प्रेमलाल चौधरीले आफ्नै श्रीमतीको हत्या गरी आत्महत्या गरेका छन् । आज बिहान ३५ वर्षिय प्रेमलालले ३२ वर्षिया श्रीमती रमा चौधरीकोे टाउकोमा दुई पटक बञ्चरो प्रहार गरेपछि घरको बार्दलीमा झुण्डिएर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी प्रमुख डीएसपी शिवबहादुर सिंहले जनाएका छन । घरको बार्दलीमा पासो लगाई झुण्डिएर छट्पटाई रहेको देखेपछि छिमेकीले पासो काटेर उपचारका लागि अस्पतालसम्म पुर्‍याए पनि अस्पतालले प्रेमलाललाई मृत घोषणा गरेको थियो । घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
नेपाली कांग्रेसका पूर्व-सांसद नेकपा प्रवेश

नेपाली कांग्रेसका पूर्व-सांसद नेकपा प्रवेश

राजनीति, समाचार
माघ—६, काठमाडौं । नेपाली कांग्रेसका पूर्वसांसद तीर्थराज भुसाल कांग्रेस परित्याग गरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । नेकपाको पार्टी कार्यालय धूम्रवाराहीमा शनिबार आयोजित कार्यक्रममा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री एवं अर्का अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस चितवन जिल्लाका पूर्वसभापतिसमेत रहेका भुसाललाई स्वागत गरे । भुसाल २०४९ सालमा नेपाली कांग्रेसको चितवन जिल्ला सभापति भएका थिए । त्यस्तै, २०५० सालमा राष्ट्रिय सुकुम्बासी आयोगका अध्यक्ष र २०५१ सालको आमनिर्वाचनमा चितवनबाट निर्वाचित भएका थिए । नेकपा प्रवेश गर्दै भुसालले मुलुकलाई समृद्ध बनाउन नेकपा र नेकपा नेतृत्वको सरकार सक्षम रहेको बताए । उनले भने–‘नेपाली कांग्रेसले मुलुकको समृद्धि गर्न सकेन । सामाजिक परिवर्तन, जनताको मुक्ति र समृद्धि नेकपाले गर्नसक्छ ।’ उनले कांग्रेस...
झुटा कुरा गर्नेका मुख थाक्छन्, लेख्नेका कलम सुक्छन् , उपलब्धि थप बलियो बनेर आउँछ: प्रधानमन्त्री

झुटा कुरा गर्नेका मुख थाक्छन्, लेख्नेका कलम सुक्छन् , उपलब्धि थप बलियो बनेर आउँछ: प्रधानमन्त्री

राजनीति, समाचार
माघ—६, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको आर्थिक, सामाजिक रुपान्तरण गर्दै समृद्धि हासिल गर्न वर्तमान सरकार हरेक दिन एक कदम अघि बढेको बताएका छन् । नेपाली कांग्रेस परित्याग गरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका कांग्रेसका पूर्वसांसद तीर्थराज भुसाललाई शनिबार पार्टीमा स्वागत गर्दै उनले सरकार हरेक दिन नयाँ–नयाँ काम गर्दै अघि बढेको दाबी गरे । प्रधानमन्त्री ओलीले भने–‘मुलुकले नयाँ–नयाँ उपलब्धि हासिल गरेको छ । विकास निर्माणका कामले तीव्रता पाएको छ । भौतिक संरचना धमाधम बन्न थालेका छन् ।’ देश र जनताको पक्षमा निष्ठापूर्वक अघि बढ्न आग्रह गर्दै उनले मुलुकलाई छिट्टै समृद्ध बनाउनु आफ्नो पार्टीको संकल्प भएको बताए । सरकारले अग्रगामी नीति लिएको दोहोर्‍याउँदै प्रधानमन्त्री ओलीले भने–‘ती परिणामले देखाएका छन् । झुटा कुरा गर्नेका मुख थाक्छन्, लेख्नेका कलम सुक्छन् । उपलब्...
जबरर्जस्ती करणी मुद्दामा काठमाडौँ स्थित केन्द्रीय कारागार थुनामा रहेका कैदीको मृत्यु

जबरर्जस्ती करणी मुद्दामा काठमाडौँ स्थित केन्द्रीय कारागार थुनामा रहेका कैदीको मृत्यु

समाचार, समाज
माघ—६, चितवन। जबरर्जस्ती करणी मुद्दामा काठमाडौँ स्थित केन्द्रीय कारागार थुनामा रहेका एक कैदीको मृत्यु भएको छ । क्यान्सर रोगबाट पीडित सर्लाही लालबन्दी–८ का ७० वर्षका शिवराम विकको आज बिहान उपचारको क्रममा चितवनको भरतपुरस्थित क्यान्सर अस्पतालमा मृत्यु भएको जिल्ला कारागारका प्रमुख कमलप्रसाद काफ्लेले जानएका छन । विकलाई क्यान्सरको उपचारका लागि गत असोज २८ गते काठमाडौँ स्थित केन्द्रीय कारागारबाट चितवन पुर्याइएको थियो । एघार वर्ष कैद भुक्तान गर्नुपर्ने अदालतको आदेश सहित विकलाई वि.सं २०७३ चैत १२ गते जेल चलान गरिएको थियो ।...