माघ-७, काठमाडौं ।
जनवरी १२ देखि १६, २०१९ मा अन्तर्राष्ट्रिय छायाँछवी अनर अवार्ड–२०१८ को पहिलो संस्करण थाइल्याण्डको पटाया सहरको पाँचतारे होटलमा भव्य तरिकाले सम्पन्न भएको छ ।
विगत लामो समयदेखि नेपाली चलचित्र कलाकार गीत संगीत तथा साहित्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएका स्रष्टा, सर्जक तथा विशिष्ट व्यक्तिलाई यो अन्तर्राष्ट्रिय अवार्ड प्रदान गरिएको थियो ।
यस अवार्डमा वरिष्ठ कलाकार वसुन्धरा भुसाल, गायिका देविका वन्दना, कलाकार निर्मल शर्मा, चलचित्र वितरक गोपाल कायस्थ, चलचित्र पत्रकार शान्तिप्रिय, गीता अधिकारी, राज लुईँटेल, नायक विनोद श्रेष्ठ, नवनायक सन्जित भण्डारी, नायिका खुस्वु खड्का, निर्मात्री रजनी के।सी। लगायतको उपस्थिति थियो भने विशिष्ठ अभिनेत्रीको सम्मान वसुन्धरा भुसाल, विशिष्ठ गायिका सम्मान देविका वन्दना, सामाजिक कला सम्मान कलाकार निर्मल शर्मा र निर्मात्री रजनी के।सी।, सामाजिक सम्मान चित्रप्रसाद सापकोटा, पत्रकार सम्मान गीता अधिकारी, राज लुईँटेल आदि लगायतलाई गरिएको थियो । यस्तै चलचित्र क्षेत्रबाट निर्देशकको अवार्ड निर्देशक योगेश घिमिरे, गायक योगेशकाजी, नायक विनोद श्रेष्ठ, उदीयमान नायक (नवनायक) को अवार्ड सन्जित भण्डारीले चुमेका थिए ।
अवार्ड पश्चात बैंककमा पानी जहाजमा रात्रीभोज तथा सांगितिक कार्यक्रम राखिएको थियो । जसमा नेपाली कलाकारले नेपाली गीतमा खुलेर झुमेका थिए । अन्य अवार्ड चुम्ने व्यक्तिहरु क्रमशः यस प्रकार छन् ।
उत्कृष्ट रेकर्डिष्ट प्रकाश खरेल, उत्कृष्ट गीतकार लोकराज अधिकारी, उत्कृष्ट मेकअप अमृत मरहठ्ठा, उत्कृष्ट संगितकार सन्तोष श्रेष्ठ र ठाकुर प्रसाद दुलाल, उत्कृष्ट लोकदोहोरी उदीयमान गायक अर्जुन खड्का, उत्कृष्ट लोकदोहोरी उदीयमान गायिका सृर्जना खत्री, उत्कृष्ट लोकदोहोरी गायक दिनेश थापा, उत्कृष्ट गायिका सुशिला पाठक, उत्कृष्ट उदीयमान मोडेल शिलाष्मा मल्ल, उत्कृष्ट गायक योगेशकाजी, उत्कृष्ट नायक श्रीदेव भट्ट, उत्कृष्ट नायिका सारिका घिमिरे, उत्कृष्ट मोडल तथा नायक विनोद श्रेष्ठ, उत्कृष्ट मोडल तथा नायिका दिपाशा वि।सि।, उत्कृष्ट उदीयमान नायक (नवनायक) सन्जित भण्डारी, उत्कृष्ट निर्देशक योगेश घिमिरे आदिलाई यस वर्षको अन्तर्राष्ट्रिय छायाछवि अवार्ड प्रदान गरिएको थियो ।
अन्तर्राष्ट्रिय छायाँछवी अनर अवार्ड अन्य अवार्ड भन्दा भव्य, सभ्य र अनुशासित भएको आवार्ड आयोजकले जनाए ।
अन्य अवार्ड शो जस्तै यो अवार्डको पनि विरोधबाट अछुतो त रहन सकेन तथापी यसलाई अवार्ड नपाउनेको विरोध सम्झी आयोजकले यस्ता कुराको ध्यान नराखी भविष्यमा पनि यस्ता अवार्डलाई निरन्तरता दिउन भन्ने हाम्रो शुभकामना । जित्नेको इतिहास कोरिन्छ अवार्ड हात पार्न सफल सम्पूर्णमा तथ्यखबर टिमको तर्फबाट शुभकामना ।