आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
मन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकोप्टरमा ‘आगो लाग्यो’

मन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकोप्टरमा ‘आगो लाग्यो’

समाचार, समाज
काठमाडौं— फागुन १५। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ६ जना चढेको एयर डाइनेस्टी हेलिकोप्टर दुर्घटनामा परेको छ । मन्त्रीसहित ६ जनाको टोली पाथिभरा मन्दीर दर्शन गरेर चुहान डाँडा एयरपोर्ट निरिक्षणका लागि जाँदै गर्दा दुर्घटना भएको हो । उक्त हेलिकप्टर ताप्लेजुङमा सम्पर्कविहीन भएको हो। गृहसचिव प्रेम राईले राज्यव्यवस्था समितिको बैठकमा दुर्घटनाबारे जानकारी गराएका छन्। प्राप्त जानकारी अनुसार ताप्लेजुङको बाह्रडाँडा नजिकै हेलिकप्टर खसेको बताइएको छ। हेलिकप्टर आकाशमै आगो लागेर खसेको हो वा भुईंमा झरेर आगो लागेको हो भन्नेसमेत खुलेको छैन। हेलिकप्टर क्याप्टेन प्रभाकर केसीले उडाएका थिए भने हेलिकप्टरमा मन्त्री अधिकारीसहित यति एयरलाइन्सका मालिक आङछिरङ शेर्पा, वीरेन्द्रप्रसाद श्रेष्ठ, युवराज दाहाल र अर्जुनकुमार घिमिरे सवार थिए। दुर्घटनाबारे थप विवरण आउन बाँकी छ। (न्युज २...
एचनाइन भाइरस संक्रमणका कारण हेटौँडामा हजारौँ कुखुरा मरे

एचनाइन भाइरस संक्रमणका कारण हेटौँडामा हजारौँ कुखुरा मरे

आर्थिक, समाचार
हेटौँडा— फागुन १५। करौडौँको क्षति हुने गरी दुई दिनको अन्तरालमा हेटौँडाका केही कुखुरा व्यवसायीका हजारौँ कुखुराहरू मरेका छन् । किसानले दिएको जानकारीअनुसार हेटौँडा–७ मा १० हजार बढी कुखुरा मरेका छन् । भेटेरिनरी अस्पतालले एचनाइन भाइरसको सङ्क्रमण भएको पुष्टि गरे पनि बर्डफ्लुको हल्ला फैलिएपछि अन्य किसान पनि चिन्तित भएका छन् । हेटौँडा उपमहानगरपालिकाको व्यावसायिक कुखुरापालनका लागि पकेट क्षेत्र मानिने क्षेत्रमा किसानका हजारौँ कुखुरा केही दिनको अन्तरालमै सखाप भएपछि जिल्लाभरका अन्य किसान पनि बर्डफ्लुको हल्लाले थप चिन्तित बनेका छन् । मकवानपुर कुखुरा व्यवसायी सङ्घले मङ्गलबार पत्रकार सम्मेलन आयोजना गरी बर्डफ्लुको हल्ला निराधार भएको जनाएको छ । सङ्घका अध्यक्ष राजु अधिकारीले बर्डफ्लु रोग नेपालमै नभएको र हेटौँडाका कुखुरामा बर्डफ्लुको कुनै पनि लक्षण नदेखिएको बताउनुभयो । अधिकारीले आफूहरू मानव स्वास्थ्...
जनयुद्धका प्रथम सहिद रम्तेलको गाउँमा दाहालद्वारा स्मृतिपार्क शिलान्यास

जनयुद्धका प्रथम सहिद रम्तेलको गाउँमा दाहालद्वारा स्मृतिपार्क शिलान्यास

राजनीति, समाचार
गोरखा— फागुन १५। माओवादी जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको गोरखास्थित गाउँमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले स्मृतिपार्कको मंगलबार शिलान्यास गरेका छन् । बारपाक सुलिकोट गाउँपालिका–८, जराङस्थित रम्तेलको घर भएको स्थानमा सभाहलसहितको पार्क बनाउन लागिएको जनाईएको छ । स्थानीय व्रह्मचारिणी निमावि कक्षा–४ मा पढ्दै गरेका रम्तेलको २०५२ साल फागुन १४ गते प्रहरीको गोली लागेर मृत्यु भएको थियो ।...
एनआरएनएले ‘नेपाल प्रवर्द्दन वर्ष’को रुपमा सन् २०१९ लाई मनाउने

एनआरएनएले ‘नेपाल प्रवर्द्दन वर्ष’को रुपमा सन् २०१९ लाई मनाउने

अन्तराष्ट्रिय, समाचार
काठमाडौं— फागुन १५। गैर आवासीय नेपाली संघ (एनआरएनए)ले सन् २०१९ लाई ‘नेपाल प्रवद्र्धन वर्ष’को रुपमा मनाउने घोषणा गरेको छ । सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउने सरकारको लक्ष्यलाई सघाउ पु¥याउन सन् २०१९ लाई ‘नेपाल प्रवद्र्धन वर्ष’को रुपमा मनाउने घोषणा गरिएको एनआरएनएका अध्यक्ष भवन भट्टले जानकारी दिए । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रवद्र्धन वर्षलाई सफल बनाउन उनकै अध्यक्षतामा दुई सय १३ सदस्यीय मूल समारोह समिति समेत गठन गरेको बताए । मूल समारोह समितिले ८० भन्दाबढि देशमा रहेका संजाल प्रयोग गरी नेपाल भ्रमण वर्षमा २० लाख बढि विदेशी पर्यटक नेपाल भित्र्याउने योजनालाई सफल बनाउन आवश्यक प्रचार प्रसारको काम गर्नेछ । भट्टले नेपाल भ्रमण वर्षलाई सफल बनाउन एनआरएनएले विश्वका विभिन्न देशमा नेपालबारे प्रचार प्रसार गर्ने योजना रहेको स्पष्ट पारे । नेपाल सरकारले सन् २०२० मा २० लाख बढि विदेश...
पाकिस्तानले दुई वटा भारतीय एअरफोर्सको जेट आफुले खसालेको दाबी, एक भारतीय विमान चालक नियन्त्रणमा

पाकिस्तानले दुई वटा भारतीय एअरफोर्सको जेट आफुले खसालेको दाबी, एक भारतीय विमान चालक नियन्त्रणमा

अन्तराष्ट्रिय, समाचार
काठमाडौं— फागुन १५। भारत र पाकिस्तानबीच युद्ध चर्किँदै जाँदा दुई वटा भारतीय एअरफोर्सको जेट पाकिस्तानले खसालेको दाबी गरेको छ । पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफुरले पाकिस्तानी हवाई क्षेत्रभित्र प्रवेश गरेको दुई भारतीय एअरफोर्सको जेट पाकिस्तानले खसालेको दाबी गरेको हुन् । उनले ट्विट गर्दै एक भारतीय पायलटलाई नियन्त्रणमा समेत लिइएको जनाएका छन् । त्यसैगरी पाकिस्तानका विदेश मन्त्रालयका प्रवक्ता डा. मोहम्मद फैसलले भनेका छन् ‘पाकिस्तानी वायु सेनाले आफ्नो वायु सीमा भित्रै रहेर बमबारी गरेको हो । तर यो भारतीय आक्रमणको जवाफ भने होइन ।’ (एजेन्सी)...
भारतीय लडाकु विमान काश्मिरमा दुर्घटनाग्रस्त

भारतीय लडाकु विमान काश्मिरमा दुर्घटनाग्रस्त

अन्तराष्ट्रिय, समाचार
काठमाडौं— फागुन १५। एक भारतीय लडाकु विमान मिग २१ कश्मीरको बुडगामको गार्डन कलान गाउँमा दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा परेको विमानका दुई चालकको मृत्यु भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन । भारतीय बायु सेनाले मंगलबार पाकिस्तानी सिमा भित्र आक्रमण गरेपछि यो दुर्घटना भएको हो । बिगत २० दिनभित्र भारतमा पाँच वटा बिमान दुर्घटना भइसकेका छन् ।...
मोडल सरीका सुनारको ‘दिमाग खराब भयो’ सार्वजनिक (भिडियो सहित)

मोडल सरीका सुनारको ‘दिमाग खराब भयो’ सार्वजनिक (भिडियो सहित)

मनोरन्जन, समाचार
काठमाडौं— फागुन १५। स्वदेशमा मात्र नभएर बिदेशमा पनि नेपाली गीत संगीतको बजार निकै नै मौलाउदै गैइरहेको छ। गीत संगितालाई माया गर्ने संगिताप्रेमी नेपाली कलाकारहरुले फटाफट नेपाली म्युजिक भिडियोहरु बिभिन्न युटुब च्यानलहरु मार्फत सार्वजनिक गरिरहेका छन। त्यस्तै गीत संगीत क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाइसकेकी मोडल तथा नृत्यगङ्ग हुन सारिका सुनार। सुनारले हाल सम्म दर्जनौ नेपाली म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन्। हालै मोडल सारिका द्वारा अभिनीत ‘दिमाक खराब भोरे’ नामक बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।उक्त म्युजिक भिडियोमा सारिका सुनार,दिपक खत्री,विकेश श्रेठले अभिनय गरेका छन् भने मदन बदालले निर्देशन गरेका छन्। बबिना भट्टराईको चुलबुले स्वर रहेको छ भने नरहरि प्रेमीको मार्मिक शब्द र् संगीत रहेको छ। उक्त गीतको अरेन्ज दिबेन्द्र नेवाले गरेका छन्. म्युजिक भने भिडियोको छायाकन निके...
काठमाण्डौं मलमा सञ्चयकोषले दादागिरी, व्यवसायीक वातावरण नभए भोकहड्तालमा उत्रने व्याबसायीको चेतावनी

काठमाण्डौं मलमा सञ्चयकोषले दादागिरी, व्यवसायीक वातावरण नभए भोकहड्तालमा उत्रने व्याबसायीको चेतावनी

समाचार, समाज
काठमाण्डौं— फागुन १५। काठमाण्डौं मलका व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । मलका व्यवसायीले मल भित्र व्यवसायीक वातावरण नभएको भन्दै आन्दोलनमा उत्रिएका हुन् । काठमाण्डौमा पत्रकार सम्मेलन गरि काठमाण्डौं मलको व्यवसायीक छाता संगठन ‘काठमाण्डौ मल ब्यापार संघ’ले आन्दोलन गर्ने जनाएको छ । ब्यापार संघले काठमाण्डौं मलमा बढी चलखेल हुँदा व्यवसायी त्रसित हुन परेको जनाएको छ । संघका अध्यक्ष सुष्मा महराले सञ्चयकोषमा केहि विचौलिया बसेकाले व्यवसायीलाई तर्साउने गतिबिधी गरेको जनाएकी छन् । कोषले शिव लक्ष्मी कोजु संगको ठेक्का सम्झौता तोडिएपछि मललाई ‘कर्पोरेट हाउस’ का रुपमा सञ्चालन गर्ने योजना बनाएको छ । तर, मलका व्यवसायीहरुले ३०० व्यपारीलाई सडकमा ल्याउने निर्णय नगर्न कोष चेतावनी दिएका छन् । लाखौं÷करोडौं लगानी गरेर व्यवसाय गरिरहेकाहरुलाई कोषले सडकमा ल्याउन खोजेको अध्यक्ष महराको आरोप छ । ‘टेण्डरबाट छानिए...
धनुषामा बस र ट्रक ठोक्किँदा दुईको मृत्यु, २० घाइते

धनुषामा बस र ट्रक ठोक्किँदा दुईको मृत्यु, २० घाइते

समाचार, समाज
  काठमाडौं— फागुन १५। पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको ढल्केवरमा यात्रुवाहक बस र ट्रक एकआपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । काकरभित्ताबाट रौतहटको गौरतर्फ आइरहेको ना५ख ४९६ नम्बरको मुनाल यातायात कम्पनीको बस र हेटौंडाबाट पूर्वतर्फ गइरहेको मालवाहक ना६ख ९४२९ नम्बरको ट्रक ढल्केवरस्थित ट्राफिक कार्यालय नजिक एक आपसमा ठोक्किए दुर्घटना भएको हो । दुर्घटनामा भारत बिहार मोतिहारीका २५ वर्षीय उदेश ठाकुरको घटनास्थलमै मृत्यु भएको छ भने धनुषाको क्षीरेश्वरनाथ नगरपालिका महेन्द्रनगरकी शिवदेवी मण्डलको उपचारका लागि धरान लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेहरूको ढल्केवर लालगढस्थित निजी स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । घाइतेमध्ये दुईजनालाई गम्भीर चोट लागेको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक सरोज राईले जानकारी दिए । (...
आज ट्रम्प–किम दोस्रो शिखर वार्ता शुरु हुँदै

आज ट्रम्प–किम दोस्रो शिखर वार्ता शुरु हुँदै

अन्तराष्ट्रिय, समाचार
काठमाडौं— फागुन १५। उत्तर कोरियाली नेता किम जोङ–उन र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प बीच दोस्रो शिखर वार्ता आज हुँदैछ । दोस्रो शिखर वार्ताको लागि अमेरिकी राष्ट्रपति ट्रम्प हिजो साँझ भियतनामको हनोइ पुगेका छन् भने यसअघि उत्तर कोरियाली नेता किम तीन दिनको रेलयात्रापछि हिजो बिहान हनोइ पुगेका थिए । किमका साथमा उनकी बहिनी किम यो जोङ र उनका प्रमुख सहयोगी पूर्व जनरल किम योङ चोल पनि रहेका छन् । किम र ट्रम्पबीचको दोस्रो ऐतिहासिक वार्ता दुई दिनसम्म चल्ने बताइएकोछ । गत वर्ष सिंगापुरमा भएको पहिलो वार्ताका क्रममा भएका सहमति कार्यान्वयनको समीक्षा र परमाणु निःशस्त्रीकरणका बारेमा आज हुने वार्तामा विस्तृत छलफल हुने बताइएको छ । (एजेन्सी)...