आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
मन्त्री अधिकारीसहित सातै जनाको शव सुकेटार विमानस्थलमा ल्याइयो, दुर्घटनास्थलमा उद्धारकर्मी अलपत्र

मन्त्री अधिकारीसहित सातै जनाको शव सुकेटार विमानस्थलमा ल्याइयो, दुर्घटनास्थलमा उद्धारकर्मी अलपत्र

समाचार, समाज
काठमाडौं— फागुन १६। हेलिकप्टर दुर्घटनामा निधन भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको शव सुकेटार विमानस्थलमा ल्याइसकिएको छ । बुधबार साँझ चार जनाको शव ल्याइएकोमा बिहीबार बिहानै बाँकी तीनजनाको शवसमेत दुर्घटनास्थलबाट विमानस्थलमा ल्याइएको हो । बिहान केहीबेर मौसम सफाजस्तो भए पनि पुनः सुकेटार आसपास मौसम खराब भएको छ । मौसम अनुकुल हुनासाथ सातैजनाको शव काठमाडौं पठाउने तयारी भएको छ । यसैबीच बुधबारदेखि नै दुर्घटनास्थलमा उद्धारका लागि रहेका ताप्लेजुङ जिल्लाका प्रहरी प्रमुख डिएसपी सञ्जयसिंह थापासहित करिब ४५ सुरक्षाकर्मीलाई फर्कन कठिनाइ भएको छ । दुर्घटनास्थलमा बाक्लो हिमपात भएका कारण उनीहरुलाई फर्कन कठिनाइ भएको हो । उनीहरु गएराति भिरमै बसेका थिए । सो क्षेत्रमा रातभरी हिमपात भएको थियो । उनीहरु डोरीको सहायतामा दुर्घटनास्थल पुगेका थिए । रातभरी चिसोमा कठ्यांग्रिएर बसेका र मौसमसमेत प्र...
मन्त्रिपरिषद्को निर्णयले आज राष्ट्रिय शोक, सरकारी कार्यालयहरुमा राष्ट्रिय झण्डा आधा झुकाइने

मन्त्रिपरिषद्को निर्णयले आज राष्ट्रिय शोक, सरकारी कार्यालयहरुमा राष्ट्रिय झण्डा आधा झुकाइने

राजनीति, समाचार
काठमाडौं— फागुन १६। सरकारले आज राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री रवीन्द्र अधिकारीसहित सातजनाको ज्याने गरी बुधबार भएको हेलिकप्टर दुर्घटनापछि बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले बिहीबार राष्ट्रियशोक मनाउने निर्णय गरेको हो । यसक्रममा सरकारले आजका लागि देशभर सार्वजनिक बिदा घोषणा गरेको छ । राष्ट्रिय शोक मनाउने क्रममा देशभरका सबै सरकारी कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाइने छ । यस्तै, दिवङ्गत मन्त्री अधिकारीको राजकीय सम्मानका साथ अन्तिम संस्कार गर्ने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ । दुर्घटनाको सम्बन्धमा विस्तृत जाँचबुझ गरी सुझावसहितको प्रतिवेदन यथाशीघ्र पेश गर्न सरकारले गैरसैनिक हवाई उडान (दुर्घटना जाँच) नियमावली, २०७१ को नियम १० बमोजिम चार सदस्यीय दुर्घटना जाँच आयोगसमेत गठन गरेको छ । आयोगको अध्यक्षमा सरकारका पूर्वसचिव यज...
दुःख व्यक्त गर्दै देउवाले भने– रवीन्द्र अधिकारी भद्र र सुयोग्य हुनुहुन्थ्यो

दुःख व्यक्त गर्दै देउवाले भने– रवीन्द्र अधिकारी भद्र र सुयोग्य हुनुहुन्थ्यो

राजनीति, समाचार
काठमाडौं— फागुन १५। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ताप्लेजुङमा भएको हलिकोप्टर दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । कांग्रेस सभापति देउवाले एक विज्ञप्ति जारी गर्दै दुर्घटनामा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको दुर्घटना भएकोमा गहिरो दुःख व्यक्त गरेका छन् । विज्ञप्ति जारी गर्दै देउवाले रवीन्द्र अधिकारी नेपाली राजनीतिका उदयमान युवा नेताका अलाव व्यक्तिगत रुपमा भद्र रहेको बताएका छन् । ‘रवीन्द्र अधिकारी नेपाली राजनीतिका उदयमान युवा नेताका अलावा व्यक्तिगत रुपमा भद्र र सुयोग्य हुनुहुन्थ्यो,’ देउवाले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘उहाँको आकस्मिक घटनामा निधन भएकोमा नेपाल सरकार, नेपाल कम्युनिस्ट पार्टी र उहाँको व्यक्तिगत परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु ।’ कांग्रेस सभापति देउवाले हेलिकोप्टर दुर्घटनाको कारण पत्ता लगाउन सरकारले तत्कालै अनुसन्धान प्रकृया अ...
नेपाली आकाशअसुरक्षित : १ वर्षमा ९ दुर्घटना, ६६ जनाको मृत्यु

नेपाली आकाशअसुरक्षित : १ वर्षमा ९ दुर्घटना, ६६ जनाको मृत्यु

समाचार, समाज
काठमाडौं— फागुन १५। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित सवार एयर डाइनेष्टीको हेलिकप्टर आज ताप्लेजुङको दारेभीर, सिस्ने खोलामा दुर्घटना भयाे । दुर्घटनमा मन्त्री अधिकारीसहित ७ जनाले ज्यान गुमाए । यो दुर्घटना सहित पछिल्लो एक वर्ष यता नेपाली आकाशमा ९ वटा ठूला हवाई दुर्घटना भएका छन् । ती दुर्घटनामा ६६ जनाले ज्यान गुमाएका छन् । हवाई दुर्घटनको विवरण कहिले                       कहाँ                        विमान                            मृत्यु २०७५।११।१५            ताप्लेजुङमा            एयर डाइनेष्टी हेलिकोप्टर                ७ जना २०७५।०५।२६             नुवाकोट            अल्टिच्युड एयरको हेलिकप्टर               ६ जना २०७५।०५।१६       त्रिभुवन विमानस्थल        यति एयरको विमान दुर्घटना २०७५।०३।१६         ग्राण्डी अस्पताल          सिम्रिक एयरको विमान ...
ताप्लेजुङमा भएका दुई भीआईपी हेलिकप्टर दुर्घटना

ताप्लेजुङमा भएका दुई भीआईपी हेलिकप्टर दुर्घटना

राजनीति, समाचार, समाज
काठमाडौं— फागुन १५। ताप्लेजुङमा १३ वर्षकोबीचमा भीआईपी चढेको दुई वटा हेलिकप्टर दुर्घटना भएका छन् । बुधवार बहालवाला संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जना चढेको हेलिकोप्टर दुर्घटना भएपछि ताप्लेजुङमा १३ वर्षको बीचमा भीआईपी बोकेको हेलिकप्टर दुर्घटना भएको हो । बुधवारको दुर्घटनामा पनि अधिकांश भीआईपी छन्। मन्त्री अधिकारीसहित यति एअरलाईन्सका मालिक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक वीरेन्द्र श्रेष्ठ, प्रधानमन्त्री केपी ओलीका स्वकीय सचिव युवराज दाहाल, प्राधिकरणका इन्जिनियर ध्रुबदास भोछिभया र मन्त्रीका अंगरक्षक अर्जुन घिमिरे छन्। २०६३ भदौ ७ गते (१३ वर्षअघि) बहालवाला वन राज्यमन्त्री गोपाल राई र उनकी पत्नी मिनासहित चढेको श्री एयरलाइन्सको हेलिकप्टर ताप्लेजुङको घुन्सामा दुर्घटना भएको थियो। उक्त दुर्घटनामा २४ जना परेका थिए। २४ जनामा अधिकांश भ...
अलविदा मन्त्री अधिकारी ! रवीन्द्र अधिकारीको राजनीतिक यात्रा र जीवनी

अलविदा मन्त्री अधिकारी ! रवीन्द्र अधिकारीको राजनीतिक यात्रा र जीवनी

राजनीति, समाचार
काठमाडौं— फागुन १५। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जना सवार हेलिकप्टर दुर्घटनामा परेको छ । दुर्घटनामा मन्त्री अधिकारीसहति सबैको मृत्यु भएको छ । एयर डाइनास्टिकको विमान दुर्घटनामा परेको हो । लगातार तीन पटक चुनाव जितेका मन्त्री अधिकारी कास्कीका हुन् । लोकप्रिय मतसहति निर्वाचित हुँदै आएका उनी तेस्रो पटक चुनाव जितेपछि मन्त्री बनेका थिए । को हुन् मन्त्री अधिकारी ? २०२६ बैशाख २२ गते आइतबार कास्की जिल्लाको भरतपोखरी गाबिस जामुनाबोटमा आमा लक्ष्मी अधिकारी र पिता इन्द्र प्रसाद अधिकारीका जेष्ठ सुपुत्रको रुपमा जन्मनु भएका रबिन्द्र अधिकारी,आफ्नो गाऊँकै श्री ब्रह्म ज्योति प्रा.बी शान्ति पंधेरा गैरागाऊं बाट प्राथमिक शिक्षा र शान्ति उदय मा.बि.(हालको उच्च माबी) बरपाण्डेथुम बाट माध्यामिक शिक्षा हांसील गर्नु भएको थियो । बुवा इन्द्र प्रसाद अधिकारी माध्यमिक बिद्यालय...
रुबिना क्षेत्रीको ह्याट्रिक विकेटमा महिला विश्वकप क्रिकेट छनोटमा नेपाल विजयी

रुबिना क्षेत्रीको ह्याट्रिक विकेटमा महिला विश्वकप क्रिकेट छनोटमा नेपाल विजयी

खेलकुद, समाचार
काठमाडौं— फागुन १५। आईसीसी महिला विश्वकप क्रिकेटअन्तर्गत एसिया छनोटको अन्तिम खेलमा नेपाल विजयी भएको छ । थाईल्याण्डमा आज भएको खेलमा नेपालले कुवेतलाई ३० रनले पराजित गरेको हो । बैंककस्थित एसियन ईन्सिटच्युट अफ टेक्नोलोजीको मैदानमा नेपालले दिएको ११७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कुवेतले २० ओभरमा ९ विकेट गुमाएर ८६ रनमात्र बनाउन सक्यो । कुवेतलाई सस्तैमा समेट्न कप्तान रुबिना क्षेत्रीले ह्याट्रिक विकेट लिइन् । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पुरै २० ओभर खेल्दै ७ विकेट गुमाएर ११६ रन बनाएको थियो । खराब सुरुवात गरेको नेपालका लागि बिन्दु रावलले अविजित रहँदै सर्वाधिक २८ रनको योगदान दिइन् । ४८ रन जोड्दा ५ विकेट गुमाइसकेको नेपालको सम्मानजनक योगफलमा बिन्दुले ४९ बलमा एक चौका प्रहार गरिन् । कप्तान रुबिना क्षेत्रीले १३ बलमा ३ चौकासहित २२ रन बनाईन् । यस्तै नेरी थापाले १९, काजल श...
हेलिकोप्टर दुर्घटना– घटनास्थलबाट ५ जनाको शव फेला, सातै जनाको निधन भएको पुष्टि

हेलिकोप्टर दुर्घटना– घटनास्थलबाट ५ जनाको शव फेला, सातै जनाको निधन भएको पुष्टि

समाचार, समाज
काठमाडौं— फागुन १५। संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित हेलिकोप्टरमा सवार ६ यात्रु र क्याप्टेन गरी सातै जनाको निधन भएको छ । नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीले घटनास्थलबाट ५ जनाको शव फेला परेको बताए । प्रवक्ता सुवेदीका अनुसार हेलिकप्टरमा अझै आगो लागिरहेको छ । स्थानीय प्रहरीका अनुसार चिन्न नसकिने गरी डढेको अवस्थामा शवहरु फेला परेका छन् । (खबर हब)...
पर्यटन मन्त्री अधिकारी सवार हेलिकोप्टर दुर्घटनामा परेपछि मन्त्रिपरिषद्को आपतकालीन बैठक

पर्यटन मन्त्री अधिकारी सवार हेलिकोप्टर दुर्घटनामा परेपछि मन्त्रिपरिषद्को आपतकालीन बैठक

राजनीति, समाज
काठमाडौं— फागुन १५। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहति ६ जना सवार हेलिकोप्टर दुर्घटनामा परेपछि मन्त्रिपरिषद्को आपतकालीन बैठक बोलाइएको छ । दुर्घटनाको खबर आउँदा प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफलमा थिए । दुर्घटनाको खबर आएलगत्तै गृहमन्त्रीले अपडेट लिएर प्रधानमन्त्रीलाई जानकारी गराएका थिए । प्रधानमन्त्रीकै निर्देशनमा मन्त्रीहरुलाई पनि वालुवाटारमा बोलाइएको छ । बुधबार ताप्लेजुङबाट मन्त्री अधिकारी सहित ६ जना सवार एयर डाइनेस्टिकको हेलिकोप्टर सम्पर्कविहीन भएको थियो । (खबर हब)...
गृह सचिवले भने— पाथिभराको उत्तरपट्टि मन्त्री अधिकारी चढेको हेलिकप्टर दुर्घटना

गृह सचिवले भने— पाथिभराको उत्तरपट्टि मन्त्री अधिकारी चढेको हेलिकप्टर दुर्घटना

समाचार, समाज
काठमाडौं— फागुन १५। ‘पाथिभराको उत्तर पट्टी हेलिकोप्टर दुर्घटनामा परेको हो’ गृह सचिव प्रेम कुमार राइले भने,‘के भयो भन्ने थाहा भएको छैन त्यसमा मन्त्री रविन्द्र अधिकारी हेलिकप्टरका मालिक आङछिरिङ शेर्पा र युवराज दाहाल भन्ने आएको छ अरु को नाम थाहा भएको छैन ।’ हेलिकोप्टर खोजीका लागि मुभ भएको सचिव राइले जानकारी दिए । मन्त्री अधिकारी पाथिभरा क्षेत्रको समग्र विकासका विषयमा छलफलमा आयोजित कार्यक्रममा सहभागी हुन गएका थिए । (खबर हब)...