आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
नेपाली फुटबलको विकासमा चीनले सहयोग गर्ने

नेपाली फुटबलको विकासमा चीनले सहयोग गर्ने

खेलकुद, समाचार
काठमाडौँ — फागुन १७। नेपाली फुटबलको विकासका लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) र चिनियाँ फुटबल सङ्घबीच सहकार्य हुने भएको छ । नेपाल भ्रमणमा रहेका चिनियाँ फुटबल सङ्घ र एन्फाबीच यससम्बन्धी सम्झौतापत्रमा आज यहाँ आयोजित कार्यक्रममा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा चिनियाँ फुटबल सङ्घका अध्यक्ष डु चाउछाई र एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाबीच चार वर्षे सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौतामा दुवै देशको राष्ट्रिय टोलीको आदानप्रदान, पूर्वाधार विकासमा सहकार्य र प्राविधिक विकासमा चीनले नेपाललाई सहयोग गर्ने उल्लेख छ । त्यसैगरी दुईदेशबीच मैत्रीपूर्ण खेल खेलाइने सम्झौतामा उल्लेख छ । सम्झौतापत्रमा हस्ताक्षरपछि एन्फा अध्यक्ष शेर्पाले दुई छिमेकीबीचको सहकार्य नेपाली फुटबल विकासका लागि कोशेढुङ्गा सावित हुने बताउनुभयो । अध्यक्ष शेर्पाका अनुसार अब नेपालमा हुने प्रतियोगितामा चीनको प्रान्तिय र तेस्रो...
ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा निधन भएका सबै मृतकलाई टुँडिखेलमा श्रद्धाञ्जली

ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा निधन भएका सबै मृतकलाई टुँडिखेलमा श्रद्धाञ्जली

समाचार, समाज
काठमाडौँ — फागुन १७। ताप्लेजु‌ङमा बुधबार भएकाे हेलिकप्टर दुर्घटनामा निधन भएका सबैजनाको शव श्रद्धाञ्जलीका लागि टुँडिखेलमा राखिएकाे छ । बिहान ८ बजे देखि सुरु भएकाे श्रद्धाञ्जली कार्यक्रम ११ बजेसम्म चल्ने छ । दुर्घटनामा निधन भएका पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहितका मृतकलाई राष्ट्रपति विद्यादेवि भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओली, सभामुख कृष्णबहादुर महरा, मन्त्रीहरु लगायत विशिष्ट व्यक्तिहरुले टुँडिखेल पुगेर श्रद्धाञ्जली दिएका छन्। प्रधानमन्त्री ओलीले दिवंगत मन्त्री अधिकारीलगायतलाई राष्ट्रिय झण्डाओढाएका थिए। प्रधानमन्त्री तथा नेकपा अध्यक्ष अाेली र अर्का अध्यक्ष पुष्पकमल दाहालले मन्त्री अधिकारीलाई पार्टीकाे झण्डा अाेढाएका थिए । मृतकका आफन्त, शुभचिन्तक, विभिन्न राजनीतिक दलका नेताहरु लगायत सर्वसाधारण पनि टुँडिखेल पुगेका छन्। श्रद्धाञ्जली पछि...
कांग्रेस सभापति देउवा निर्मलाको घरमा पुगे

कांग्रेस सभापति देउवा निर्मलाको घरमा पुगे

समाचार, समाज
कञ्चनपुर— फागुन १७। पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा निर्मला पन्तको घरमा पुगेका छन् । गत साउनमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मलाको परिवारलाई भेट्न देउवा शुक्रबार बिहान उनको घर पुगेका हुन् । निर्मलाकी आमा दुर्गादेवीलाई सान्त्वना दिँदै उनले निर्मलाका लागि न्यायको लडाई लोकतन्त्रमा विश्वास गर्ने सबैको दायित्व भएको बताए । उनले निर्मलाका लागि न्याय दिलाउन आफू र आफ्नो पार्टीका तर्फबाट निरन्तर खबरदारी गर्ने पनि बताए । (ईमेज खबर)...
पाकिस्तानमाथि भारतीय सैन्य कारवाहीबारे भारतमै शंका, मोदीसँग प्रमाण मागियो

पाकिस्तानमाथि भारतीय सैन्य कारवाहीबारे भारतमै शंका, मोदीसँग प्रमाण मागियो

अन्तराष्ट्रिय, समाचार
नयाँ दिल्ली— फागुन १६। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आसन्न चुनावमा आफ्नो लोकप्रियता बढाउनका लागि पाकिस्तानमाथि भारतीय सैन्य कारवाहीको भ्रम फैलाएको आरोप लगाइएको छ । पश्चिम बंगाल राज्यकी मुख्यमन्त्री ममता बनर्जीले भारतीय प्रधानमन्त्री मोदीसँग सैन्य कारवाहीको प्रमाण देखाउन माग गरेकी हुन् । उनले भारतीय वायुसेनाको कारवाहीमाथि आशंका प्रकट गर्दै प्रमाण देखाउन चुनौती दिएकी हुन् । मुख्यमन्त्री ममताका अनुसार पाकिस्तानी भूमिमा गरिएको भनिएको सैन्य कारवाहीबारे अनेक आशंका देखिएका छन् । कथित कारवाहीपछि प्रधानमन्त्री मोदीले सर्वदलीय बैठक नबोलाउनु, कुनै प्रकारको विश्वासिलो आधार र प्रमाण नदेखिनु जस्ता विषयले आशंका बढाएको उनको तर्क छ । उनले भारतीय मिडियाको एउटा वर्गले युद्धको माहौल तयार पारिरहेको आरोपसमेत लगाइन् । केन्द्र सरकारले मिडियामाथि नियन्त्रण बढाएर एकतर्फी रुपमा उत्तेजित समाचार प्र...
पाकिस्तान सुपर लिग (पीएसएल) मा उत्कृष्ट लयमा सन्दीप, सर्वाधिक विकेट लिनेमा शीर्ष पाँचमा

पाकिस्तान सुपर लिग (पीएसएल) मा उत्कृष्ट लयमा सन्दीप, सर्वाधिक विकेट लिनेमा शीर्ष पाँचमा

खेलकुद, समाचार
काठमाडौं— फागुन १६। नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने आवद्ध टोली लाहोर कलान्दर्सले पाकिस्तान सुपर लिग (पीएसएल) मा आज (बिहीबार) कराँची किङ्ससँग प्रतिस्पर्धा गर्दैछ । दुवई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली समयअनुसार पौने १० बजे कराँची र कलान्दर्सबीचको खेल हुनेछ । लेगस्पिनर सन्दीपले पीएसएलमा आफ्नो प्रभाव कायम गर्न सफल भएका छन् । पीएसएलको आफ्नो पहिलो खेलमा सन्दीप महंगा सावित भएका थिए । त्यसपछिका दुई खेलमा सन्दीप लगातार आफ्नो बलिङ कसिलो गर्दै विपक्षी ब्याट्सम्यानमाथि हावी भइरहेका छन् । बुधबार सन्दीपले आफ्नो करियरको उत्कृष्ट बलिङ प्रदर्शन गरे । पीएसएलको पहिलो खेलमा सुल्तान मुल्तानविरुद्ध ४ ओभर बलिङ गर्दै ४६ रन खर्चेर २ विकेट लिएका सन्दीपले क्वेटा विरुद्धको खेलमा ४ ओभर नै बलिङ गरेर २० रन खर्चदै १ विकेट लिएका थिए । सन्दीपले आफ्नो तेस्रो खेलमा उत्कृष्ट बलिङ गर्दै क...
नेकपा सचिवालय बैठकद्वारा पार्टीको झण्डा आधा झुकाउने, २३ गते श्रद्धान्जली सभा गर्ने निर्णय

नेकपा सचिवालय बैठकद्वारा पार्टीको झण्डा आधा झुकाउने, २३ गते श्रद्धान्जली सभा गर्ने निर्णय

राजनीति, समाचार
काठमाडौं— फागुन १६। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टीका नेता एवं संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको निधनमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ । विहीवार बालुवाटारमा बसेको सचिवालय बैठकले आज पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको हो । बैठकपछि पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने,‘आज पार्टीको झण्डा आधा झुकाउने र तीन दिनसम्म पार्टी कार्यालयहरुमा शोक पुस्तिका राख्ने निर्णय गरिएको छ ।’ त्यस्तै नेकपाले आगामी २३ गते श्रद्धान्जली कार्यक्रम गर्ने भएको छ । सचिवालय बैठकले दुर्घटनामा परि निधन भएकाको परिवारको आर्थिक स्थिति र आवश्यकता समेत हेरेर उपयुक्त सहयोग गर्न सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ । (खबर हब)...
दुर्घटनामा मृत्यु भएका सातै जनाको शव बोकेर ताप्लेजुङबाट काठमाडौंतर्फ उड्यो हेलिकोप्टर

दुर्घटनामा मृत्यु भएका सातै जनाको शव बोकेर ताप्लेजुङबाट काठमाडौंतर्फ उड्यो हेलिकोप्टर

समाचार, समाज
काठमाडौं— फागुन १६। पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित सात जनाको शव बोकेर नेपाली सेनाको हेलिकोप्टर ताप्लेजुङको सुकेटार विमानस्थलबाट काठमाडौं उडेको छ । दुर्घटनामा मृत्यु भएका सातै जनाको शवलाई सुकेटर विमानस्थलमा बिहीबार बिहानै ल्याई पु-याएको भएपनि खराब मौसमका कारण शव पठाउन ढिला भएको प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले बताए । मौसम खुल्ने बितिकै शव काठमाडौं पठाइएको हो । फुङलिङ नगरपालिका १० को दारेभीरमा बुधबार हेलिकोप्टर दुर्घटना हुँदा संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री रविन्द्र अधिकारीसहित सात जनाको मृत्यु भएको थियो । (नयाँ पत्रिका)...
दाङमा सवारी दुर्घटनामा परी दुईको मृत्यु, पाँच घाइते

दाङमा सवारी दुर्घटनामा परी दुईको मृत्यु, पाँच घाइते

समाचार, समाज
दाङ— फागुन १६। दाङमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । मृत्यु हुनेमा सवारी चालक दाङ तुलसीपुर उपमहानगरपालिका १९ बाँसगडीका ३५ वर्षीय लालबहादुर रावत र भ्यानमा सवार तुलसीपुर उपमहानगरपालिका १९ छिल्लिकोटका ५५ वर्षीय अमरबहादुर वली रहेका छन् । दाङको दुधरासबाट छिल्लिकोट तर्फ जाँदै गरेको लु १ च ५९१२ नम्बरको पिकअप भ्यान बुधबार साँझ दुर्घटना भएको थियो । साँझ पौने ६ बजेतिर भएको दुर्घटनामा तुलसीपुर उपमहानगरपालिका १९ छिल्लिकोटका १६ वर्षीय लिला बहादुर खड्का, तुलसीपुर १९ का छिल्लीकोटका ४४ वर्षीय कर्णबहादुर खड्का, घोराही उपमहनरपालिका १५ रतनपुरका २२ वर्षीया सपना वली सेन ठकुरी र उनका छोरा संदिप सिंह र उनकै अर्का छोरा सुजल सिंह ठकुरी घाइते भएका छन् । घाइतेमध्ये लिलाबहादुर खड्काको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्त...
शोकाकुल परिवारजनलाई भेटेर दाहालद्वारा समवेदना प्रकट

शोकाकुल परिवारजनलाई भेटेर दाहालद्वारा समवेदना प्रकट

राजनीति, समाचार
काठमाडौं— फागुन १६। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीका शोकाकुल परिवारलाई भेटेर समवेदना प्रकट गरेका छन् । दिवंगत मन्त्री अधिकारीका शोकाकुल बुवा, आमा र पत्नीलाई भेट गर्न दाहाल बिहीबार बिहान पुलचोकस्थित मन्त्रीनिवास पुगेका थिए । उनले सिंगो पार्टी र मुलुक नै यतिबेला शोकमा रहेको भन्दै मन्त्री अधिकारीका परिवारजनलाई धैर्य धारण गर्न आग्रह गरेका थिए । दाहालले सोही दुर्घटनामा मृत्यु भएका व्यवसायी आङछिरिङ शेर्पा, नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, उपसचिव युवराज दाहालको परिवारसँग पनि भेट गरी समवेदना प्रकट गरेका छन् । (ईमेज खबर)...
विमान दुर्घटनामा परी निधन भएका मन्त्री अधिकारीको अन्त्येष्टि शुक्रबार गृह जिल्लामा गरिने

विमान दुर्घटनामा परी निधन भएका मन्त्री अधिकारीको अन्त्येष्टि शुक्रबार गृह जिल्लामा गरिने

राजनीति, समाचार
पोखरा— फागुन १६। हेलिकप्टर दुर्घटनामा परी निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको अन्त्येष्टि उहाँको गृह जिल्ला कास्कीमा हुनेभएको छ । कास्की क्षेत्र नं २ बाट सङ्घीय संसद्का लागि निर्वाचित अधिकारीको शव शुक्रबार बिहान ८ बजेदेखि पोखरा प्रदर्शनी केन्द्रमा अन्तिम श्रद्धाञ्जलिका लागि राख्ने तयारी भइरहेको उहाँका स्वकीय सचिव राजेन्द्र आचार्यले जानकारी दिनुभयो । मन्त्री अधिकारी पोखरा–३३ भरतपोखरीको जामुनाबोटमा जन्मनुभएको हो । स्वकीय सचिव आचार्यका अनुसार अधिकारीको शव काठमाडौँ ल्याइएपछि त्रिवि शिक्षण अस्पतालमा शव परीक्षण गरिनेछ । त्यसपछि नेकपाको केन्द्रीय कार्यालयमा पार्टीको झण्डा ओढाउने र केहीबेर श्रद्धाञ्जलिका लागि राखिने कार्यक्रम छ । गृहमन्त्रालयले निर्णय गरेपछि काठमाडौँ खुलामञ्चमा सम्मानका लागि लगिनेछ । सरकारले अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि ग...