आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
विश्वकप टी–२० छनोटमा नेपाली महिला क्रिकेट टीम यसरी पुग्नसक्छ अर्को चरणमा

विश्वकप टी–२० छनोटमा नेपाली महिला क्रिकेट टीम यसरी पुग्नसक्छ अर्को चरणमा

खेलकुद, समाचार
काठमाडौं— फागुन १५। आइसीसी विश्वकप ट्वेन्टी–२० महिला क्रिकेटअन्तर्गत् एसिया क्षेत्र छनोटबाट अघिल्लो चरणमा पुग्ने नेपालको झिनो आशा बाँकी रहेको छ । थाइल्यान्डमा जारी उक्त छनोट प्रतियोगिताको विजेता टोली अर्को चरणमा पुग्ने भएकाले तेस्रो स्थानमा रहेको नेपालको सम्भावना अंकगणितीय हिसाबले जीवितै रहेको हो । बुधबार नेपालले पुछारको कुवेतसित खेल्दैछ । उपाधि विजेतामात्र अर्को चरणमा पुग्ने भएकाले तेस्रो स्थानको नेपालले अहिलेसम्मकै फराकिलो अन्तरको जित हासिल गरेरमात्र पुग्ने छैन, अर्को खेलमा युएईले शीर्ष स्थानको थाइल्यान्डलाई झिनो अन्तरले पराजित गर्नुपर्ने हुन्छ । ७ टिम सहभागी प्रतियोगताका यसअघिका पाँचओटै खेल जितेर थाइल्यान्ड १० अंकबाट ३.४५ को रनरेटसहित शीर्ष स्थानमा छ । एक/एक खेल हारेका युएई र नेपाल ८ अंकसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । युएईको १.८४ र नेपालको ०.३४ रनरेट रहेको छ ...
महिला टी–२० विश्वकप छनोट क्रिकेटमा नेपालले चीनलाई ५ रनले हरायो

महिला टी–२० विश्वकप छनोट क्रिकेटमा नेपालले चीनलाई ५ रनले हरायो

खेलकुद, समाचार
काठमाडौं— फागुन १३। आइसीसी महिला ट्वेन्टी–२० विश्वकप छनोट क्रिकेटमा नेपालले चीनलाई हराएको छ । सोमबार थाइल्यान्डको बैंककमा भएको खेलमा नेपाल ५ रनले विजयी भएको हो । ७८ रनको चुनौती पछ्याएको चीनले २० ओभरमा ६ विकेटको क्षतिमा ७२ रनमात्र बनाउन सक्यो । झाङ मेइले सर्वाधिक ३३ रन बनाएको इनिङ्समा नेपालका सीता रानामगरले ३ तथा कविता कुँवरले १ विकेट लिए । दुई खेलाडी ‘रनआउट’ भए । यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर ७७ रन बनाएको थियो । काजल श्रेष्ठले १८ रन जोड्दा अलराउन्डर सीताले ११ रन बनाइन् । त्यसैगरी, विन्दु रावलले १० रन बनाइन् । त्यसबाहेक कुनैपनि खेलाडीले दोहोरो योगफल जोड्न सकेनन् । प्रतियोगितामा नेपाल पाँचमध्ये चार खेलमा सफलता हासिल गर्दै ८ अंकसहित तेस्रो स्थानमा पुग्न सफल भएको छ । यो प्रतियोगिता जित्ने टिममात्र विश्वकपको ग्लोबल छनोटमा पुग्ने भएका...
इजिप्टमा मार्च १४ मा “एम एस एन एक्सीलेन्स अवार्ड, २०१९” सम्पन्न  हुँदै

इजिप्टमा मार्च १४ मा “एम एस एन एक्सीलेन्स अवार्ड, २०१९” सम्पन्न हुँदै

मनोरन्जन, समाचार
काठमाडौं— फागुन १३। राज्य दैनिकको प्रस्तुती तथा मोडल सङ्ग्स नेपालको आयोजनामा “एम एस एन एक्सीलेन्स अवार्ड, २०१९” आयोजना हुने भएको छ । इजिप्टको अलेक्जेन्ड्रिया सिटिमा मार्च १४ को दिन सम्पन्न हुने उक्त सम्मान तथा मनोरन्जनात्मक कार्यक्रममा विगत लामो समयदेखि देश तथा विदेशमा रहेर विभिन्न क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुहुने अग्रज नेपालीहरुलाई सम्मान प्रदान गरिने भएको छ । विश्वको सातौ आश्चर्यमध्यको एक इजिप्टको पिरामिडको शहरमा सम्मान कार्यक्रम आयोजना गरिनुले समेत यस सम्मान कार्यक्रमको महत्व अझ बढेको जनाईएको छ । उक्त कार्यक्रमको लागि नेपालबाट फागुन २६ गत्ते आयोजक टोलीसंगै ख्यातिपाप्त कलाकार,वरिष्ठ व्याक्तित्व तथा समाजसेवीहरु त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको आयोजकले बताएका छन । राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा विभिन्न सौन्दर्य प्रतियोगिताको साथै सम्मान कार्यक्रमहरु आयोजना गर्द...
भियतनाममा उत्तर कोरियाली नेता किमका लागि कडा सुरक्षा, सर्वसाधारणका लागि रेलसेवा बन्द

भियतनाममा उत्तर कोरियाली नेता किमका लागि कडा सुरक्षा, सर्वसाधारणका लागि रेलसेवा बन्द

अन्तराष्ट्रिय, समाचार
काराकस— फागुन १३। उत्तर कोरियाली नेता किम जोङ उनको आगमनका लागि सोमबार भियतनाम–चीनको सीमावर्ती सहर दोङदाङमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । उनी सोमबार भियतनामको सीमावर्ती सहर दोङदाङ पुग्दैछन् । उनको सुरक्षार्थ सर्वसाधारणका लागि यहाँका केही निश्चित क्षेत्रहरुमा रेलसेवा बन्द गरिएको छ । किम आउने रेलमार्ग तथा रेल स्टेसनमा विशेष सुरक्षा व्यवस्था गरिएको, ती क्षेत्रलाई सेनाले घेरा हालिरहेको छ । उनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ताका लागि भियतनाम पुग्दैछन् । उत्तर कोरियाली नेता किम उत्तर कोरियादेखि नै रेलमार्गबाट भियतनाम पुग्दैछन् । दोङदाङबाट किमलाई सडकमार्गबाट करिब १७० किलोमिटर मोटरमा राखेर भियतनामको राजधानी हनोई ल्याइनेछ । हनोई यात्राकाक्रममा उक्त सडकखन्ड पूरै बन्द गरिनेछ । किम शनिबार नै रेल चढेर भियतनामतर्फ लागेका हुन् । उनी चीनको राजधानी बेइजिङ हुँदै रेलमा...
सीमा क्षेत्रमा हिंसा बढेसंगै भेनेजुएलाले तोड्यो कोलम्बियासँगको कूटनीतिक सम्बन्ध

सीमा क्षेत्रमा हिंसा बढेसंगै भेनेजुएलाले तोड्यो कोलम्बियासँगको कूटनीतिक सम्बन्ध

अन्तराष्ट्रिय, समाचार
काराकस— फागुन १३। सीमा क्षेत्रमा हिंसा बढेपछि भेनेजुएला सरकारले कोलम्बियासँग कूटनीतिक सम्बन्ध तोडेको छ । भेनेजुएलाका लागि पश्चिमी मुलुकले पठाएको सहायता सामग्री सीमामा अड्किरहेकै वेला सरकारले कोलम्बियासँग कूटनीतिक सम्बन्ध तोडेको हो । रष्ट्रपति निकोलस मदुरोले सहायता सामग्री भित्रिन नदिन कोलम्बियासँग जोडिएका सबै सिमाना आंशिक रूपमा बन्द गर्न निर्देशन दिएको दुई दिनपछि कूटनीतिक सम्बन्ध तोडेका हुन् । मदुरोले भने, ‘मैले कोलम्बिया सरकारसँगको राजनीतिक तथा कूटनीतिक सबै सम्बन्ध तोड्ने निर्णय गरिसकेको छु । भेनेजुएलास्थित कोलम्बियाको राजदूतावासका सबै कर्मचारीले आगामी २४ घन्टाभित्र भेनेजुएलाबाट फर्किऊन् ।’ सरकारले विदेशी सहयोगको नाममा देशमा सैन्य हस्तक्षेप हुन लागेको भन्दै सहयोग अस्वीकार गर्ने निर्णय गरेको छ । गत महिना सडकबाट आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरेका हुवा गुएइदोले देशमा खाद्यान्नलगायतक...
काठमाडौंको विद्युत् तार भूमिगत बनाइने,वितरण प्रणाली स्वचालित

काठमाडौंको विद्युत् तार भूमिगत बनाइने,वितरण प्रणाली स्वचालित

आर्थिक, समाचार
काठमाडौं— फागुन १३। भारतीय कम्पनी केईआई इन्डस्ट्रिज लिमिटेडले काठमाडौंको तार भूमिगत गर्ने जिम्मेवारी पाउने भएको छ । नेपाल विद्युत् प्राधिकरणले महाराजगन्ज र रत्नपार्क वितरण केन्द्रअन्तर्गतको विद्युत् तार भूमिगत गर्न भारतीय कम्पनीलाई छनोट गरेको हो । तार भूमिगत गर्नेबाहेक केईआईले यो क्षेत्रको वितरण प्रणालीलाई स्वचालित बनाउने जिम्मा पनि पाउनेछ । प्राधिकरणले गत साता बोलपत्रको नतिजा सार्वजनिक गरेको हो । फागुन ६ गते २८ दिनभित्र सम्झौताका लागि आउन पत्र जारी गरिएको प्राधिकरणले जनाएको छ । ‘कम्पनीलाई ठेक्का सम्झौताका लागि आउन २८ दिन म्याद दिएर पत्राचार गरिएको हो,’ प्राधिकरणले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कार्यसम्पादन जमानतसहित कम्पनी सम्झौताका लागि आउनुपर्नेछ ।’ प्राधिकरणका महाराजगन्ज आयोजना प्रमुख अभिषेक अधिकारीले कम्पनीले कार्यसम्पादन जमानत ल्याएपछि ठेक्का सम्झौता हुने जानकारी दिए । ‘...
सरकारद्वारा लुम्बिनी क्षेत्रमा सञ्चालित विद्युतीय बस भारतमै बनेको पुष्टि

सरकारद्वारा लुम्बिनी क्षेत्रमा सञ्चालित विद्युतीय बस भारतमै बनेको पुष्टि

आर्थिक, समाचार
काठमाडौं— फागुन १३। सरकारले लुम्बिनी क्षेत्रमा सञ्चालन गर्न खरिद गरेका विद्युतीय बसको भन्सार जाँचपासमा आयात गरिएको मुलुक भारत नै रहेको भैरहवा भन्सारबाट खुल्न आएको छ । सरकारले लुम्बिनी क्षेत्रमा सञ्चालन गर्न खरिद गरेका विद्युतीय बस (माथि) र भैरहवास्थित भन्सार कार्यालयमा आपूर्तिकर्ता कम्पनी साइमेक्स इंकले बुझाएको प्रज्ञापनपत्र । जसमा ५ वटै विद्युतीय बसको कन्ट्री अफ ओरिजिन भारत उल्लेख छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका लागि आयातकर्ता कम्पनी साइमेक्स इंकले सम्झौता गरेका १६ विद्युतीय सवारी साधनमध्ये पहिलो चरणमा ल्याइएका पाँच बसको ‘कन्ट्री अफ ओरिजिन’ भारत नै रहेको पत्ता लागेको हो । उच्च स्रोतले उपलब्ध गराएका कागजातमा काठमाडौंमा दर्ता भएको नेपाली आपूर्तिकर्ता साइमेक्स इंकले पहिलो चरणमा भित्र्याएका ती बस भारतबाट ल्याइएको प्रज्ञापनपत्रमा उल्लेख गरेको छ । यस परियोजनाका ला...
राजतन्त्र र हिन्दुराष्ट्रकोअन्त्यपछि के पायौँ ? अब समीक्षा गर्नुपर्छ : कमल थापा

राजतन्त्र र हिन्दुराष्ट्रकोअन्त्यपछि के पायौँ ? अब समीक्षा गर्नुपर्छ : कमल थापा

राजनीति, समाचार
काठमाडौं— फागुन १३। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले गणतन्त्र स्थापनापछिको १२ वर्षको समीक्षा गर्दै राजतन्त्रबारे पुनर्विचार गर्न ठूला राजनीतिक दलहरुलाई आग्रह गरेका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष थापाले राजतन्त्र र हिन्दुराष्ट्रको पहिचान मेटाएको १२ वर्षसम्म देश र जनताले कुनै उपलब्धि हासिल गर्न नसकेको भन्दै यस विषयमा गम्भीर समीक्षा गर्नुपर्ने बताएका हुन् । ‘यो १२ वर्षको अवधिलाई इमानदारितापूर्वक समीक्षा गरौँ । किन देशमा स्थायित्व भएन ? किन परिवर्तन भएन ? राष्ट्र विखण्डनको आवाज किन उठ्यो ? शान्ति प्रक्रिया टुङ्गिनुपर्ने बेलामा अर्को माओवादी विद्रोहको बिउ कहाँबाट र किन आयो ?’ थापाले प्रश्न गरे । पूर्वउपप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष थापाले पछिल्लो १२ वर्ष देशले अवलम्बन गरेको मार्गचित्र नै त्रुटिपूर्ण भएको दाबी गरे । थ...
काठमाडौं मलका व्यवसायी कर्मचारी सञ्चय कोषको निर्णयविरुद्धआन्दोलित, पसल हटाउने निर्णय मान्य नहुने

काठमाडौं मलका व्यवसायी कर्मचारी सञ्चय कोषको निर्णयविरुद्धआन्दोलित, पसल हटाउने निर्णय मान्य नहुने

समाचार, समाज
काठमाडौं— फागुन १३। काठमाडौं मल खाली गराउने कर्मचारी सञ्चय कोषको निर्णयविरुद्ध व्यवसायीले आन्दोलन थाल्ने भएका छन् । ठेक्कामा सम्झौता तोडिएपछि कोषले मललाई ‘कर्पोरेट हाउस’ का रुपमा सञ्चालन गर्न व्यवसायीलाई पसल हटाउन निर्देशन दिएको छ । तर, मलका व्यवसायी कोषको निर्णय गैर कानूनी भन्दै त्यसलाई नमान्ने बताउँछन् । त्यहाँका व्यवसायीहरुको छाता संगठन ‘द काठमाडौं मल व्यापार संघ’ले भोलि मंगलबार पत्रकार सम्मेलन गरी विरोधका कार्यक्रम सार्वजनिक गर्ने जनाएको छ । मलमा १४ वर्षदेखि व्यवसाय गर्दै आएका व्यवसायीलाई कोषले एक्कासी हटाउन नपाउने संघकी अध्यक्ष सुष्मा महराले बताइन् । ठेकदारसँगको असन्तुष्टिले कोषले व्यवसायीलाई मर्कामा पार्न नहुने उनको भनाइ छ । लाखौं लगानी गरेर व्यवसाय गरिरहेकाहरुलाई कोषले सडकमा ल्याउन खोजेको उनको आरोप छ । ‘टेण्डरबाट छानिएको ठेकदारसँग बीचमै ठेक्का तोडिन्छ, मलको आयभन्दा बढी ...
उपप्रधानमन्त्री पोखरेल र अमेरिकी रक्षा राज्यमन्त्री फेल्टरबीच भेटवार्ता

उपप्रधानमन्त्री पोखरेल र अमेरिकी रक्षा राज्यमन्त्री फेल्टरबीच भेटवार्ता

राजनीति, समाचार
काठमाडौं— फागुन १३। उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलसँग नेपाल भ्रमणमा रहेका अमेरिकाका रक्षा राज्यमन्त्री जोसेफ फेल्टरले साेमबार शिष्टाचार भेट गरेका छन् । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल र नेपाल भ्रमणमा रहेका अमेरिकी रक्षा राज्यमन्त्री जोसेफ फेल्टरबीच सोमबार सिंहदरबारमा भएको शिष्टाचार भेटबारे सञ्चारकर्मीलाई जानकारी गराउँदै मन्त्री पोखरेल । सिंहदरबारस्थित रक्षा मन्त्रालयमा भएको भेटमा दुई देशबीचको सम्बन्धलाई परिवर्तित सन्दर्भमा कसरी सुदृढ गर्ने तथा नेपालको आर्थिक विकास र समृद्धिमा कसरी सहयोग जुटाउने भन्ने विषयमा छलफल भएको हो । भेटमा उपप्रधामन्त्री पोखरेलले नेपालको नयाँ बन्ने राष्ट्रिय सुरक्षा नीति, सुरक्षा निकायलाई व्यवस्थित र सुदृढ गर्ने सोचका बारेमा जानकारी गराएपछि राज्यमन्त्री फेल्टरले सहयोगको निरन्तरता हुने उल्लेख गरे । उपप्रधामन्त्री पोखरेलले अप्ठ्यारो ...