आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
जनताको सेवामा समर्पित युवा नेता ‘सुरज कुमार न्यौपाने’

जनताको सेवामा समर्पित युवा नेता ‘सुरज कुमार न्यौपाने’

राजनीति, समाचार
काभ्रे। नमोबुद्ध नगरपालिका वडा नं ६ को अध्यक्षमा नेकपा एमालेबाट लोकप्रिय युवा नेताको उम्मेदवारीले स्थानीय जनतामा खुशी छाएको छ । काभ्रे जिल्लाको ऐतिहासिक पर्यटकीय मनोरम स्थलको रुपमा परिचित नमोबुद्ध को वडा नं ६ मा क्षमतावान आशा लाग्दो सहयोगी, वैचारिक र जुझारु प्रष्ट वक्ताका रुपमा चिनिएका युवा नेता हुन, सुरज कुमार न्यौपाने । युवा नेता न्यौपाने लामो समयदेखि स्थानीय क्षेत्रमा समाजसेवा संग संगै राजनीतिमा सक्रिय रुपमा लागि पर्दै आएका छन ।देविस्थान हुदै चरङ्गेफेदीसम्मको मोटरबाटो निर्माणका लागि अग्रसर भई विकास निर्माणमा सधै तत्पर भएर लाग्दै आएका न्यौपानेनमोबुद्ध नगरपालिका ६ नम्वर वडा अध्यक्षको उम्मेदवारीको रुपमा चर्चा कमाएका युवा नेता न्यौपाने वडामा मात्र नभएर नगरमै लोकप्रिय हुदै गएका छन । युवाका मात्र नभएर सम्पूर्ण वडा वासीमाझ समाजसेवाबाट निकै परिचित बनेका न्यौपाने यस अघि उनले वडामा गरेका उल्लेख्...
वडाको मुहार फेर्न युवा नेता सरोजकुमार मुल्मीको पूनः उम्मेदवारी

वडाको मुहार फेर्न युवा नेता सरोजकुमार मुल्मीको पूनः उम्मेदवारी

राजनीति, समाचार
काठमाडौं – खेलकुद र समाजसेवाबाट चर्चा कमाएर राजनीतिमा सक्रिय रुपमा लागेका युवा नेता हुन सरोजकुमार मुल्मी । नेपाली कांग्रेसको राजनीतिमा उदीयमान नेताको रुपमा समेत लोकप्रिय हुदै गएका मुल्मी काठमाडौं भोटेबहालका स्थायी वासिन्दा हुनुका साथै काठमाडौं वडा नं.११ निवासीमाझ सफल खेलाडी, समाजसेवी र सिद्धान्तनिष्ठ नेताका रुपमा चिनिन्छन् । सफल खेलाडी भएरपनि नेपाली कांग्रेसका हरेक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्ने मुल्मी इमान्दार नेता र स्पष्ट वक्ताको रुपमा परिचित छन । सधैं गरिव, निमुखा, आवाजबिहीन, सिमान्तकृत, अल्पसंख्यक, दलित, महिला र अपाङ्गताको पक्षमा आवाज बुलन्द गर्ने उनी आफुलाई राजनीतिसँगै समाजसेवी भन्न रुचाउँछन् । मुल्मी कामनपा ११ का निवर्तमान वडा सदस्य हुन् । अहिले पुनः सोही वडामा नेपाली कांग्रेसको तर्फबाट वडा सदस्यको उम्मेदवार बनेका छन् । पार्टिले यस अघि उनले वडाको विकासको निम...
मिस हिमालय लिटिल एन्जेल काठमाडौं सम्पन्न

मिस हिमालय लिटिल एन्जेल काठमाडौं सम्पन्न

मनोरन्जन, समाचार
बौद्धिकता र प्रतिभा मापनसंग सम्बन्धीत बाल सौन्दर्य प्रतियोगिता मिस हिमालय लिटिल एन्जेल काठमाडौंको तेस्रो संस्करण सम्पन्न भएको छ । राजधानी शहरको जमलस्थित राष्ट्रिय नाचघरको डबलीमा संचालन भएको प्रतियोगिताको फाइनल प्रतिस्पर्धामा कोपिला सिलवाल ग्राण्ड विनर बन्न सफल भएकी छिन् । ग्राण्ड विनर भएसंगै कोपिलाले पचास हजार नगद पुरस्कार प्राप्त गरेकी छिन् । यसैगरी प्रतियोगिताको ग्राण्ड फस्ट रनर्स अपका रुपमा रोजमेरी राई र ग्राण्ड सेकेन्ड रनर्स अपका रुपमा मेधावी खनाल चयन भएका छन् । उनीहरुले क्रमशः नगद पुरस्कार रु तीस हजार तथा रु बीस हजार प्राप्त गरेका छन् । कथा ईभेन्ट्सको ब्यानरमा संंचालन भएको सो प्रतियोगितात्मक कार्यक्रम माइति नेपालका संस्थापक अध्यक्ष एवं सामाजिक अभियन्ता अनुराधा कोइरालाको प्रमुख आतिथ्यता रहेको थियो । सहभागिहरुको उमेर समूह अनुसार तीन समूह अन्तर्गत सहभागिहरुवीच प्रतिस्पर्धा भएको थियो ...
आशा भारती अभिनित ‘नेपालको माया’ सार्वजनिक (भिडियो)

आशा भारती अभिनित ‘नेपालको माया’ सार्वजनिक (भिडियो)

मनोरन्जन, समाचार
राष्ट्रिय गीत 'नेपालको माया' बोलको गीतको भिडियो सार्वजनिक भएको छ । साईराम पिक्चर्स युटयुब च्यानलबाट सार्वजनिक गीतको भिडियोमा मोडल आशा भारतीको अभिनय रहेको छ । गायक जोन शाहीको स्वरमा रहेको गीतलाई सविका श्रेष्ठ, दिपा लामा ,संजय श्रेष्ठ, कमल दत्त र जेआर श्रेष्ठले गीतको स्वरमा साथ दिएका छन । जोन शाहीकै संगीत तथा राजकुमार पुडासैनीको शव्द रहेको गीतलाई संजय कुमार श्रेष्ठले एरेन्ज गरेका हुन । https://www.youtube.com/watch?v=k_ZOIiet4LE भिडियोमा संचारकर्मी समेत रहेकी मोडल भारती लगायत चिरन्जिवी भण्डारी, संजय कुमार श्रेष्ठ, राजकुमार पुडासैनी, रत्न डंगोल, दिनेश थापा, प्रनिशा गुरुङ्ग, मनिश बिकको अभिनय रहेको छ । दिपेन बस्न्यातको सम्पादन रहेको भिडियोको छायांकन देनिश खनालले गरेका छन भने निर्देशन अहिलेका व्यस्त भिडियो निर्देशक जिवन शाहीले गरेका हुन । ...
‘नातिकाजी राष्ट्रिय विशेष संगीत सम्मान’ बाट गीतकार डिपी ‘परिश्रमी’ सम्मानित

‘नातिकाजी राष्ट्रिय विशेष संगीत सम्मान’ बाट गीतकार डिपी ‘परिश्रमी’ सम्मानित

मनोरन्जन, समाचार
काठमाडौ । ‘नातिकाजी राष्ट्रिय विशेष संगीत सम्मान ‘-२०७७ बाट  रचना विधाबाट वरिष्ठ गीतकार डिपी दाहाल परिश्रमी सम्मानितहुनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा नातिकाजी स्मृति समाजले आयोजना गरेको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट उहांलाई विशेष सम्मान प्रदान गर्नुभएको हो । लामो समयदेखि गीत लेखनमा सक्रिय गीतकार डिपीलाई गीत संगीत क्षेत्रमा अमूल्य योगदान दिए वापत उक्त विशेष सम्मान प्रदान गरिएको हो । उहांका लेखनमा तयार भएका गीतहरु सफल र चर्चामा रहने गर्छन । थुप्रै लोकप्रिय गीतहरु रचना गर्नु भएका गीतकार दाहालले राष्ट्रिय सम्मान देखि अन्तराष्ट्रि अवार्ड समेत प्राप्त गरिसक्नुभएको छ ।संगीतकार नातिकाजीको ९७औँ जन्मदिनको अवसर पारेर सम्मान र पुरस्कार घोषणा गरिएको समाजका अध्यक्ष वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाले जानकारी दिनुभयो । ।समाजले प्रत्येक वर्ष सांगितिक क्षेत्रमा लाम...
विश्वकीर्तिमानी गीतकार डा.डीआरको  ‘मन बिगार्‍यो स्त्री जातैले’सार्वजनिक(भिडियो)

विश्वकीर्तिमानी गीतकार डा.डीआरको ‘मन बिगार्‍यो स्त्री जातैले’सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
विश्वकीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘मन बिगार्‍यो स्त्री जातैले…’ सार्वजनिक भएको छ । ‘मन बिगार्‍यो स्त्री जातैले, तन बिगार्‍यो लोकलको मातैले’ गीतको भिडियो डीआर म्युजिक क्रियशनमार्फत सार्वजनिक भएको हो । बाबुल गिरीको सङ्गीत तथा सङ्गीत सङ्योजन, एचबीएन किस्मतको मिक्सिङ तथा माष्टरिङ रहेको गीतमा प्रतापदास र रचना रिमालको स्वर छ । https://youtu.be/1EkO9LoGOIU माइकल चन्दको निर्देशन रहेको गीतको भिडियोमा पुष्प खड्का, सुधिर श्रेष्ठ, प्रियना आचार्य र उषा उप्रेतीलाई फिचरिङ गरिएको छ । अनिता ग्वाचाको शृङ्गार रहेको गीतको भिडियोमा माइकल स्टेप अप आर्ट एण्ड एकेडमीको कोरियोग्राफी छ । रोमाटिक शैलीको भिडियोमा उत्सव दाहालको छायाँकन रहेको भिडियोमा शिलन लम्सालको सम्पादन तथा कलर रहेको छ । एउटा फरक स्वादको गीतको भिडियो दर्शकमाझ प्रस्तुत गरेको निर्देशक माइकल चन्दले बताउनुभ...
बिनोद र अस्मिताको स्वरमा ‘सुन सानो कथा’सार्वजनिक (भिडियो)

बिनोद र अस्मिताको स्वरमा ‘सुन सानो कथा’सार्वजनिक (भिडियो)

मनोरन्जन, समाचार
काठमाडौं । गायक तथा संगीतकार बिनोद ढकाल र गायिका अस्मिता अधिकारीको स्वरमा रहेको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ। ‘सुन सानो कथा’ बोलको सार्वजनिक गीतमा शब्द तथा संगीत बिनोद ढकालको रहेको छ। भिडियो राजधानी काठमाडौँमा एक कार्यक्रमका बीच सार्वजनिक गरियो। भिडियो सार्वजनिक कार्यक्रममा भिडियो निर्माण टिम,अभिनेता आर्यन सिग्देल,मोडल रोजी पन्त लगायत संचारकर्मीको उपस्थिति रहेको थियो। एम्सन इन्टरटेन्टमेन्ट र ओएमजी इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण गरिएको भिडियोको निर्देशन अनुभवी निर्देशक जनकदीप पराजुलीले गरेका हुन्। क्रियटिभ हेड चलचित्रकर्मी भानु प्रताप रहेका छन्। https://www.youtube.com/watch?v=yc9ayWHl2AE अमर रसाइलीको कन्सेप्टमा बनेको भिडियोको मेकिङ्ग भ्यालु हाइ देखिएको छ। गीतको संगीत संयोजन प्रमोद परियारले गरेका हुन्। अभिनेता आर्यन सिग्देल र मोडल रोजी पन्त फिचर्ड भिडियोक...
बानिका प्रधानको स्वरको भजन ‘कहाँ छन् प्रभु’सार्वजनिक(भिडियो)

बानिका प्रधानको स्वरको भजन ‘कहाँ छन् प्रभु’सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
बानिका प्रधानको स्वरमा रहेको भजन ‘कहाँ छन् प्रभु…’ सार्वजनिक भएको छ । हरि उप्रेतिको शब्द, एमके गजमेरको सङ्गीत र अजनिश राईको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो । https://www.youtube.com/watch?v=PPnJhv4jqQA&t=3s राधिका उप्रेतिको प्रस्तुति रहेको भजनको भिडियोमा विजय गुरूङ, समप्रिया खडका र मुना खडकाको साथमा पुनम गुरूङ र बालकलाकार त्रिबि गुरूङको अभिनय रहेको छ । विक्रम चौहानले निर्देशन गरेको भजनको भिडियोमा प्रकाश खडकाको छायाँकन र लक्षमण चौहानको सम्पादन छ । भजनको भिडियो हरि उप्रेति अफिसियल च्यानलमार्फत सार्वजनिक गरिएको छ । ...
टोखा नगरको मेयरमा विकासप्रेमी शेखर श्रेष्ठको चर्चा

टोखा नगरको मेयरमा विकासप्रेमी शेखर श्रेष्ठको चर्चा

अन्र्तवार्ता, राजनीति
काठमाडौं – बैशाख ३० गते हुने स्थानिय तह निर्वाचनमा काठमाडौंमा रहेको टोखा नगरपालिकाको नेकपा माओवादी केन्द्रबाट मेयर पदका उम्मेदवार शेखर श्रेष्ठ यति बेला चर्चामा रहेका छन् ।उनको उम्मेदवारी दर्तासगैं उनको चर्चा सुरु भएको हो । टोखा नगरमा निष्ठावान, विकासप्रेमी, कम बोल्ने, काम धेरै गर्ने स्वच्छ छवि भएका उनी यति बेला जनताको घरधैलोमा भोट माग्दै हिडिरहेका छन् । टोखाको समस्या नजिकबाट बुझेका र त्यसलाई समाधान गर्ने सक्ने क्षमता भएको कारण पनि उनी टोखा नगरबासीको आशाको केन्द्र बनेका हुन । उनी टोखाका नगरको विकास र समृद्धिका लागि इमान्दार र निष्ठाको साथ काम गर्न प्रतिबद्ध रहेको बताएका छन् । उनी जनताको प्रतिक्रियाबाट उत्साहित भएका छन् । जनताको सेवामा आफु सधै लाग्ने स्पष्ट पारे । उनी आफुले बाँचा गरेका कुरा पुरा गर्ने बताए । बोलेर होइन काम गरेर देखाउँछु । एक मौका दिन मतदातालाई आग्रह गरेका छन् । मतदातालाई कह...
विशिष्ठ गायक सीताराम पोखरेललाई ‘नातिकाजी राष्ट्रिय विशेष संगीत सम्मान’

विशिष्ठ गायक सीताराम पोखरेललाई ‘नातिकाजी राष्ट्रिय विशेष संगीत सम्मान’

मनोरन्जन, समाचार
काठमाडौ । ‘नातिकाजी राष्ट्रिय विशेष संगीत सम्मान ‘-२०७७ बाट गायन तथा रचना विधाबाट लोकप्रिय गायक सीताराम पोखरेल सम्मानित हुनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा नातिकाजी स्मृति समाजले आयोजना गरेको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट उहांलाई विशेष सम्मान प्रदान गर्नुभएको छ ।समाजले प्रत्येक वर्ष सांगितिक क्षेत्रमा लामो समयदेखि विशेष योगदान दिने श्रष्टाहरुलाई विशेष सम्मान प्रदान गर्दै आएको छ । स्व.नातिकाजीको स्मृतिमा स्थापना भएको उक्त समाजले स्थापनाकालदेखि नै सांगितिक क्षेत्रको विकास प्रवद्र्धन र उत्थानका लागि विभिन्न कार्यहरु गर्दै आएको छ । सोही अवसरमा राष्ट्रपति भण्डारीले नातिकाजीका सिर्जना सम्पदाका रूपमा रहेको उल्लेख गर्दै उनका सिर्जनामा राष्ट्र, राष्ट्रियता र देशप्रेम ओतप्रोत रहेको भनाइ व्यक्त गर्नु भएको थियो । नेपाली मौलिकताको संरक्षण र संवद्र्धन गर्नु हामी सबैको...