काठमाडौ । ‘नातिकाजी राष्ट्रिय विशेष संगीत सम्मान ‘-२०७७ बाट  रचना विधाबाट वरिष्ठ गीतकार डिपी दाहाल परिश्रमी सम्मानित
हुनुभएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा नातिकाजी स्मृति समाजले आयोजना गरेको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट उहांलाई विशेष सम्मान प्रदान गर्नुभएको हो । लामो समयदेखि गीत लेखनमा सक्रिय गीतकार डिपीलाई गीत संगीत क्षेत्रमा अमूल्य योगदान दिए वापत उक्त विशेष सम्मान प्रदान गरिएको हो । उहांका लेखनमा तयार भएका गीतहरु सफल र चर्चामा रहने गर्छन । थुप्रै लोकप्रिय गीतहरु रचना गर्नु भएका गीतकार दाहालले राष्ट्रिय सम्मान देखि अन्तराष्ट्रि अवार्ड समेत प्राप्त गरिसक्नुभएको छ ।
संगीतकार नातिकाजीको ९७औँ जन्मदिनको अवसर पारेर सम्मान र पुरस्कार घोषणा गरिएको समाजका अध्यक्ष वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाले जानकारी दिनुभयो । ।
समाजले प्रत्येक वर्ष सांगितिक क्षेत्रमा लामो समयदेखि विशेष योगदान दिने श्रष्टाहरुलाई विशेष सम्मान प्रदान गर्दै आएको छ । स्व.नातिकाजीको स्मृतिमा स्थापना भएको उक्त समाजले स्थापनाकालदेखि नै सांगितिक क्षेत्रको विकास प्रवद्र्धन र उत्थानका लागि विभिन्न कार्यहरु गर्दै आएको छ ।

सोही अवसरमा राष्ट्रपति भण्डारीले नातिकाजीका सिर्जना सम्पदाका रूपमा रहेको उल्लेख गर्दै उनका सिर्जनामा राष्ट्र, राष्ट्रियता र देशप्रेम ओतप्रोत रहेको भनाइ व्यक्त गर्नु भएको थियो ।

नेपाली मौलिकताको संरक्षण र संवद्र्धन गर्नु हामी सबैको कर्तव्य भएको बताउँदै राष्ट्रपति भण्डारीले भन्नुभयो, “स्मृति समाजले कलाकारलाई सम्मान गरेर नवप्रतिभालाई प्रोत्साहित गरेको छ।”

समाजका अध्यक्ष शम्भुजित बाँस्कोटाले नातिकाजी बाल्यकालदेखि जीवनको अन्तिम समयसम्म सङ्गीत सिर्जनामा लागेको स्मरण गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here