बानिका प्रधानको स्वरमा रहेको भजन ‘कहाँ छन् प्रभु…’ सार्वजनिक भएको छ । हरि उप्रेतिको शब्द, एमके गजमेरको सङ्गीत र अजनिश राईको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

राधिका उप्रेतिको प्रस्तुति रहेको भजनको भिडियोमा विजय गुरूङ, समप्रिया खडका र मुना खडकाको साथमा पुनम गुरूङ र बालकलाकार त्रिबि गुरूङको अभिनय रहेको छ ।

विक्रम चौहानले निर्देशन गरेको भजनको भिडियोमा प्रकाश खडकाको छायाँकन र लक्षमण चौहानको सम्पादन छ । भजनको भिडियो हरि उप्रेति अफिसियल च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here