काठमाडौं – बैशाख ३० गते हुने स्थानिय तह निर्वाचनमा काठमाडौंमा रहेको टोखा नगरपालिकाको नेकपा माओवादी केन्द्रबाट मेयर पदका उम्मेदवार शेखर श्रेष्ठ यति बेला चर्चामा रहेका छन् ।
उनको उम्मेदवारी दर्तासगैं उनको चर्चा सुरु भएको हो । टोखा नगरमा निष्ठावान, विकासप्रेमी, कम बोल्ने, काम धेरै गर्ने स्वच्छ छवि भएका उनी यति बेला जनताको घरधैलोमा भोट माग्दै हिडिरहेका छन् । टोखाको समस्या नजिकबाट बुझेका र त्यसलाई समाधान गर्ने सक्ने क्षमता भएको कारण पनि उनी टोखा नगरबासीको आशाको केन्द्र बनेका हुन । उनी टोखाका नगरको विकास र समृद्धिका लागि इमान्दार र निष्ठाको साथ काम गर्न प्रतिबद्ध रहेको बताएका छन् । उनी जनताको प्रतिक्रियाबाट उत्साहित भएका छन् । जनताको सेवामा आफु सधै लाग्ने स्पष्ट पारे । उनी आफुले बाँचा गरेका कुरा पुरा गर्ने बताए । बोलेर होइन काम गरेर देखाउँछु । एक मौका दिन मतदातालाई आग्रह गरेका छन् । मतदातालाई कहिले पछुतो हुन नदिने श्रेष्ठ बताउँछन् ।
विभिन्न सामाजिक संस्थाहरुको सफलता पुर्वक नेतृत्व गरिसकेका श्रेष्ठले आफुले काम गर्ने योजनाहरु सार्वजनिक गरेका छन् । उनी राजनीतिलाई सेवाको रुपमा लिन्छन् र भन्छन् म जनताको सेवाको लागि आएको हो, म जनताको सेवक हुँ । उनले आफुले गर्ने कामलाई मुख्य रुपमा आठ कुरालाई उठाएको छन् । समावेशिता र उत्कृष्टताको सिद्धान्तलाई लागु गर्ने, समृद्ध र सुन्दर टोखा नगर सांस्कृतिक तथा कृषि पर्यटन, प्रकृतिमैत्री उद्योग, फोहोरको दीगो व्यवस्थापन, नदीहरुको सफाई, वृक्षारोपण तथा हरियाली पार्कहरु निर्माण गर्ने, शान्ति र सुरक्षा नगरको आकांक्षा सुरक्षा निकायहरुलाई सशक्त बनाउँदै टोल सुधार समितिहरुलाई संस्थागत गरी शान्ति र सुरक्षाकी लागि स्थानिय तहबाट नै सुधारका कार्यक्रमहरु लागु गर्ने रहेका छन् ।
साथै सामुदायिक हितका कार्यक्रमहरुलाई प्राथमिकतामा राष्ट्रिय गौरवका कार्यक्रमहरु निर्माण गरी लागु गर्ने, सांस्कृतिक र मौलिक शहरको रुपमा परिचित गराउने सांस्कृतिक खोज तथा अनुसन्धान गरी विभिन्न माध्यमबाट यसको प्रचार प्रसार गर्ने । सांस्कृतिक पर्यटनको विकासलाई प्राथामिकतामा राखि काम गर्ने छन् ।
त्यसका साथै सुशासनको प्रत्याभुति दिलाउने । पारदर्शीता, कानुनको पालना, शिध्र प्रतिक्रिया, सहमति, समावेशीकरण, स्रोत र साधानको सदुपयोग, उत्तरदायित्व, सहभागीताको सिद्धान्तलाई आत्मासात गरी कार्य गर्ने रहेका छन् । त्यसैगरी सुचना हक स्थापित गराउने । सुचनाको हक नागरिकको मौलिक अधिकार भएकोले नगरका सबै गतिविधिमा सुचनाको पहुँच पु¥याउने, जेष्ठ नागरिक, युवा र बालबालिका तिन पुस्ताको खुशीको लागि प्रभावकारी कार्यक्रमहरु निर्माण गरी लागु गर्ने रहेका छन् ।
टोखा नगरलाई इमान्दारिताका साथ नमुना नगर बनाउन आफु प्रतिबद्ध रहेका बताए । उनी भन्छन्– अरु धेरै बोल्छन् काम गर्दैनन् म कम बोल्छु धेरै काम गर्छु ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here