काठमाडौ । ‘नातिकाजी राष्ट्रिय विशेष संगीत सम्मान ‘-२०७७ बाट गायन तथा रचना विधाबाट लोकप्रिय गायक सीताराम पोखरेल सम्मानित हुनुभएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा नातिकाजी स्मृति समाजले आयोजना गरेको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट उहांलाई विशेष सम्मान प्रदान गर्नुभएको छ ।
समाजले प्रत्येक वर्ष सांगितिक क्षेत्रमा लामो समयदेखि विशेष योगदान दिने श्रष्टाहरुलाई विशेष सम्मान प्रदान गर्दै आएको छ । स्व.नातिकाजीको स्मृतिमा स्थापना भएको उक्त समाजले स्थापनाकालदेखि नै सांगितिक क्षेत्रको विकास प्रवद्र्धन र उत्थानका लागि विभिन्न कार्यहरु गर्दै आएको छ ।

सोही अवसरमा राष्ट्रपति भण्डारीले नातिकाजीका सिर्जना सम्पदाका रूपमा रहेको उल्लेख गर्दै उनका सिर्जनामा राष्ट्र, राष्ट्रियता र देशप्रेम ओतप्रोत रहेको भनाइ व्यक्त गर्नु भएको थियो ।

नेपाली मौलिकताको संरक्षण र संवद्र्धन गर्नु हामी सबैको कर्तव्य भएको बताउँदै राष्ट्रपति भण्डारीले भन्नुभयो, “स्मृति समाजले कलाकारलाई सम्मान गरेर नवप्रतिभालाई प्रोत्साहित गरेको छ।”

समाजका अध्यक्ष शम्भुजित बाँस्कोटाले नातिकाजी बाल्यकालदेखि जीवनको अन्तिम समयसम्म सङ्गीत सिर्जनामा लागेको स्मरण गर्नुभयो ।

२०४४ मा ‘सजाइदियौ जिन्दगी मेरो’ बोलको गीतबाट साङ्गीतिक यात्रा शुरु गर्नुभएका पोखरेलका एक दर्जन जति एल्बमका दुई सयभन्दा बढी गीत सार्वजनिक भएका छन् ।

उहाँ आफ्ना गीत आफैँ मोडलिङमा पनि देखिनुहुन्छ भने ठूला तथा सानापर्दाका चलचित्रमा अभिनयसमेत गर्दै आउनुभएको छ । हालै रेडियो प्रसार सेवा विकास समितिको सदस्य पदमा मनोनित हुनु भएका पोखरेल कार्यक्रम व्यबस्थापन संघका वरिष्ठ सल्लाहकार लगायत विभिन्न संघ संस्थामा आवद्ध हुनुहुन्छ ।

देश तथा विदेशका थुप्रै अवार्डबाट सम्मानित पोखरेलका भिडियोहरुको चर्चा सधै हुने गर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here