आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
‘मिस्टर एण्ड मिस नवलपरासी’ को आवेदन खुला

‘मिस्टर एण्ड मिस नवलपरासी’ को आवेदन खुला

मनोरन्जन, समाचार
 ‘मिस्टर एण्ड मिस नवलपरासी २०२२’ का लागि आवेदन खुल्ला गरिएको छ । पि प्रोडक्सनले सोमबार एक विज्ञप्ती जारी गर्दै प्रतियोगिताको ग्राण्ड अडिसनको लागि आवेदन खुला गरेको जानकारी दिएको हो । मिस्टर एण्ड मिस नवलपरासी प्रतियोगितामा सहभागीता जनाउन ईच्छुक ६ देखि २६ बर्ष उमेर समूहका प्रतिस्पर्धीहरुले ग्लोवल अनलाईन पे को वेबसाइटमार्फत आवेदन दिन सक्नेछन् । प्रतियोगीताको ग्राण्ड अडिसन यहि जेष्ठ १४ गते शनिवार परासीस्थित सिद्धार्थ पार्क रेजेन्सीमा हुनेछ। प्रतियोगितामा ‘मिस्टर एण्ड मिस नवलपरासी’, ‘मिस्टर एण्ड मिस टिन नवलपरासी’ र ‘मिस्टर एण्ड मिस लिटिल नवलपरासी’ गरी तीन मुख्य टाइटल रहनेछन् । आफू भित्रको रहेको क्षमता, आत्मविश्वास र मोडलिङ क्षेत्रमा अघि बढ्ने चाहनालाई सही दिशा र यसैमा भबिस्य खोज्नेहरुका लागि नवलपरासी क्षेत्रमै हुन गईरहेको मिस्टर एण्ड मिस नवलपरासी एउटा सुनौलो अवसर रहेकोले सो प्रशिक्षणमा ...
दलका उम्मेदवार भन्दा स्वतन्त्र उम्मेदवारलाई रुचाए जनताले

दलका उम्मेदवार भन्दा स्वतन्त्र उम्मेदवारलाई रुचाए जनताले

राजनीति, समाचार
-डा.डिआर उपाध्याय, काठमाडौं । स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारको अग्रता र विजयले राजनीतिक दलको जग हल्लिएको छ । अब पनि दलहरु इमानदार हुन सकेनन् भने जनताले उचित फैसला गदै जाने छन । अहिलेको स्थानीय चुनावको मत परिणामले राजनीतिक दल प्रति जनताको बिश्वास बिस्तारै घटदै गएको अनुमान लगाउन सकिन्छ । अब नेपालका राजनीतिक दलहरुले बिगतका गल्तिबाट पाठ सिकेर अघि बढनु पर्ने अबस्था देखिएको छ । यो स्थानीय तहको निर्वाचनमा राजनीतिक दलका उम्मेदवार भन्दा स्वतन्त्र उम्मेदवारलाई जनताले रुचाएको देखियो । यो जनमतले नेतालाई सच्चिएर अगाडि बढ्न सचेत गराएको छ । त्यसैले अब राजनीतिक दलका नेता सच्चिनु पर्ने देखिएको छ । काठमाडौं महानगरपालिकामा गठबन्धन र एमालेका उम्मेदवार भन्दा स्वतन्त्र उम्मेदवार बालेन शाह फराकिलो मतान्तरले अगाडि छन । दलका उम्मेदवार भन्दा स्वतन्त्र उम्मेदवार शाह मतमा अघि देखिनु भनेको दलहरु...
एकै मन्चमा डिएस्ए स्टार र ट्यालेन्ट स्टार नेपालको फिनाले

एकै मन्चमा डिएस्ए स्टार र ट्यालेन्ट स्टार नेपालको फिनाले

मनोरन्जन, समाचार
रिवर्तन ईभेन्ट हाउस प्रालि को आयोजनामा जमल स्थित राष्ट्रिय नाचघरमा ज्येष्ठ ७ गते डि एस् ए स्टार २०२२ सिजन-८ र ट्यालेन्ट स्टार नेपाल-२०२२ सिजन-३ को ग्राण्ड फिनाले सम्पन्न भएको छ । नेपाल बायु सेवा निगमका कार्यकारी अध्यक्ष युबराज अधिकारी को प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रमुख निर्णायकमा नेपाल शसस्त्र प्रहरी बलका डि आई जि कृष्ण भक्त ब्रम्हाचार्य हुनुहुन्थ्यो भने निर्णायकमा अभिनेता रोबिन पोखरेल, लायन प्रनिता बराल, सञ्चारकर्मी दशरथ सुनार, चलचित्र लेखक तथा निर्देशक जगादीश्वर थापा रहनु भएको थियो भने ट्यालेन्ट स्टार नेपाल-२०२२ सिजन-३ को निर्णायकको रुपमा वरिष्ठ अभिनेता शुशील पोखरेल, वरिष्ठ गीतकार बि.बि. थापा, चलचित्र छांयाकार निरज कंडेलको उपस्थीति रहेको थियो । कार्यक्रम लाई आर सी कोला ले प्रायोजन गरेको थियो कार्यक्रममा स्वागत मन्तब्य राख्दै यस् किसिमको कार्यक्रम बाट बाल बालिकामा लुकेका...
‘मिसेस ग्लोबल नेपाल–२०२२’ को ताज निता लिङ्देनले हात पारिन्

‘मिसेस ग्लोबल नेपाल–२०२२’ को ताज निता लिङ्देनले हात पारिन्

मनोरन्जन, समाचार
‘मिसेस ग्लोबल नेपाल’ को पाँचौं संस्करणको उपाधि ताप्लेजुङकी निता लिङ्देनले हात पार्न सफल भएकी छिन् । हिमालयन मुभिजको आयोजनामा ललितपुरको म्युजिक सिटी स्टुडियोमा सम्पन्न विवाहित महिलाहरुको सो सौन्दर्य प्रतियोगितामा सन्तोषी क्षेत्री फस्ट रनर अप तथा मालती कार्की सेकेण्ड रनर अप हुन सफल भएका छन् । चर्चित फेसन कोरियोग्राफर हिमानी सुब्बाको प्रशिक्षणमा झण्डै तीन साता सम्मको व्यक्तित्व विकास, बोलीचाली अभ्यास, स्टेज प्रस्तुति, क्याटवाक, आत्मविश्वास अभिवृद्धि लगायत विविध विषयमा एक दर्जन प्रतियोगीहरुले तालिम लिएका थिए । कार्यक्रममा सवटाइटल अवार्डहरु पनि वितरण गरिएको थियो । जसमा निता लिङ्देन मोस्ट इन्टिलिजेन्ट, सन्तोषी क्षेत्री मोस्ट स्मार्ट, मालती कार्की मोस्ट कन्फिडेन्ट, मेक्सरी पुन मगर मोस्ट एट्रयाक्टीभ, रुपा शाही वेस्ट फोटोजेनिक, सरस्वती अधिकारी वेस्ट डिसीप्लीन, कोपिला लामा वेस्ट कम्प्लेक्सन, गोम...
मिस नोवेलकोे ताज केन्जललाई

मिस नोवेलकोे ताज केन्जललाई

मनोरन्जन, समाचार
काठमाडौं –मिस नोवेल नेपाल २०२२को ताज केन्जल योङहाङले जित्न सफल भएकी छन्, त्यस्तै गरी नोर्चेन लामाले फस्ट रनर अप एवं जेनिभा महर्जन सेकेन्ड रनर अपको उपाधि जित्न सफल भएका छन् । हिमालयन मुभिजको आयोजनामा बुधबार राजधानीमा सम्पन्न प्रतियोगितामा किसोरीहरुले सुन्दरता सँगै बौद्धिकताको प्रस्तुतीकरण गरेका थिए । यस वर्षको वेस्ट फेसन कोरियोग्राफर उपाधि विजेता चर्चित फेसन कोरियोग्राफर हिमानी सुब्बाले कार्यक्रमको कोरियोग्राफी गरेकी थिइन, जसमा प्रतियोगीहरुले परिचयात्मक, वेस्ट ड्रेस, प्रश्नोत्तर लगायत विविध चरणहरु पार गर्दै क्राउनिङ चरण सम्म पुगेका थिए ।कार्यक्रममा प्रतियोगीहरुले विविध सवटाइटल अवार्डहरु पनि जित्न सफल भएका थिए । जसमा केन्जल योङहाङले वेस्ट क्याटवाक र वेस्ट ड्रेस, नोर्चेन लामा मोस्ट एट्रयाक्टीभ, जेनिभा महर्जन मोस्ट कन्फिडेन्ट, आराधना घले वेस्ट पर्सनालिटी, अस्मिता विश्वकर्मा वेस्ट फोटोजेनिक, ड...
अमेरिकी बैज्ञानिक सहितको टोली आधार सिबिरतर्फ

अमेरिकी बैज्ञानिक सहितको टोली आधार सिबिरतर्फ

समाचार, समाज
विश्व कीर्तिमानी समाजको आयोजनामा सर्बोच्च शिखर सगरमाथा आधार सिबिरमा हुन लागेको ‘वल्र्ड हाइएस्ट क्लाइमेट समिट’ को लागि अमेरिकी बैज्ञानिक सहितको टोली आधार सिबिरतर्फ जाने भएको छ । जलवायु परिवर्तनको असरले पारेको असर र न्यूनीकरण सम्बन्धि बैज्ञानिक तथ्यहरूलाई विश्व समुदाय पुर्‍याउने उद्देश्यले यो कार्यक्रम आयोजना हुन लागेको हो । त्रिभूवन विश्वविद्यालय र अमेरिका कोलोराडो स्थित कोलोराडो विश्वविद्यालयको वरिष्ठ वातावरण बैज्ञानिकहरूको सहभागितामा कार्यक्रम सम्पन्न हुन लागेको हो । मंगलबार काठमाडौं आइपुगेका दुई जना वातावरण बैज्ञानिक र त्रिभुवन विश्वविद्यालयका बैज्ञानिक टोलीसहित आधार शिबिर जाने टोलिलाई उपराष्ट्रपति नन्दबहादुर पुनले बिहीवार उपराष्ट्रपति कार्यलयमा झण्डा हस्तान्तरण गर्नु भएको थियो । विश्व कीर्तिमानी समाजका अध्यक्ष सञ्चबहादुर राईलाई पुनले झण्डा हस्तान्तरण गर्दै कार्यक्रमको सफलताको शुभकाम...
दोश्रो जिनियस म्युजिक अवार्ड हुने,ज्येष्ठ २०मा टप ५ मनोनयन घोषणा

दोश्रो जिनियस म्युजिक अवार्ड हुने,ज्येष्ठ २०मा टप ५ मनोनयन घोषणा

मनोरन्जन, समाचार
जिनियस म्युजिक प्रालिले स्थापना दिवसको अवसर पारेर ‘दोश्रो जिनियस म्युजिक अवार्ड’ कार्यक्रम आयोजना गर्ने भएको छ ।एक दशक भन्दा लामो समयदेखि गीत संगीत क्षेत्रमा सक्रिय संस्था जिनियसले आफ्नो कम्पनिको वार्षिकोत्सवको अवसरमा नेपाली गीत–संगीतका लोकप्रिय श्रष्टाहरुलाई ‘जिनियस म्युजिक अवार्ड–२०७९’ द्वारा पुरस्कृत तथा सम्मान गर्न लागेको हो । कम्पनिले एउटा विज्ञप्ती जारी गर्दै उक्त अवार्डका लागि आवेदन फाराम खुला भएको जानकारी गराएको छ । अवार्डमा सहभागिता जनाउनका लागि कम्पनिको आधिकारिक वेबसाइट मार्फत देशभरी आवेदन भर्न सकिनेछ ।कम्पनीका प्रवन्ध निर्देशक तथा संगीतकर्मी रमेश पाठकका अनुसार २०७७ साल वैशाख १ गतेदेखि २०७९ बैशाख मसान्तसम्म सार्वजनिक भएका नेपाली गीत–संगीतले यो अवार्डमा आवदेन दिन सक्ने छन् । ज्येष्ठ २० गते टप ५ मनोनयन सार्वजनिकको तयारीमा रहेको कार्यक्रममा ज्येष्ठ १५ गतेसम्म फाराम बुझाउने अन...
गीतकार  डा.उपाध्यायलाई अमेरिकाको ‘प्रेसिडेन्ट अवार्ड अफ एजुकेसन एक्सिलेनस’

गीतकार डा.उपाध्यायलाई अमेरिकाको ‘प्रेसिडेन्ट अवार्ड अफ एजुकेसन एक्सिलेनस’

समाचार, समाज
काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डिआर उपाध्यायलाई अमेरिकाको ‘प्रेसिडेन्ट अवार्ड अफ एजुकेसन एक्सिलेनस’ प्रदान गरिएको छ । उहाँलाई अमेरिकाको शैक्षिक उत्कृष्टताको राष्ट्रपति पुरस्कार प्रदान गरिएको हो । सो पुरस्कार डा. उपाध्यायलाई ग्लोब इगल विश्वविद्यालयका प्रमुख कार्यकारी डा. जशवीर सिंहले प्रदान गर्नुभएको हो । अमेरिकी राष्ट्रपति जो बाइडनको हस्ताक्षर रहेको यो पुरस्कार निकै सम्मानित पुरस्कारका रूपमा मानिन्छ । डा. उपाध्यायले आफू पुरस्कार समारोहमा जान नपाएको र ग्लोब इगल विश्वविद्यालयका प्रमुख कार्यकारी डा. जशवीर सिंहमार्फत पुरस्कार ग्रहण गरेको बताउनुभयो । गीतसंगीत तथा विविध विधामान गिनिज बुक अफ वल्र्ड रेकर्डसहित १०८ विश्व कीर्तिमान कायम गर्नुभएका डा. उपाध्यायका ३३ गीति एल्बमका सयौँ गीत र भिडियो श्रोता÷दर्शकमा आएका छन् । यस्तै, उहाँका ‘बज्रघात’, ‘त्यागी’, ‘भाग्यच...
‘मेरो डान्स कप युएसए’ र ‘मेरो भ्वाइस कप युएसए’नेपालमा पनि शुरु हुने

‘मेरो डान्स कप युएसए’ र ‘मेरो भ्वाइस कप युएसए’नेपालमा पनि शुरु हुने

मनोरन्जन, समाचार
काठमाडौं – ‘मेरो डान्स कप युएसएको’ चौथो संस्करण र ‘मेरो भ्वाइस कप युएसए’को दोस्रो संस्करण हुँदै छ । इन्ट्रा-नेशनल वेयलफेयर एण्ड सपोर्ट फाउण्डेशन अफ अमेरिकाको आयोजनामा हुँदै आएको यि प्रतियोगिताका बारेमा बुधबार काठमाडौंमा पत्रकार भेटघाटबीच जानकारी गराइएको हो । समग्र मानव कल्याण, मानव जातिको उत्थान र विश्व भरमा रहेका असाहय अनाथ व्यक्तिहरूको सहारा बन्न र तटस्थ मानविय सहायता उपलब्ध गराउने उद्देश्यले अमेरिकामा रहेका नेपाली भाषी भुटानी समेतको अगुवाई संस्थापना भएको संस्था हो इन्ट्रा-नेशनल । संस्थाले विभिन्न सामाजिक कार्यका साथै अमेरिकामा ‘मेरो डान्स कप युएसए’ र ‘मेरो भ्याइस कप युएसए’ सञ्चालन गरिरहेको छ । नृत्यको चौथो सिजन र भ्वाइसको दोस्रो सिजन सुरु भई प्रशारण भइरहेको छ । तेस्रो मुलुकमा रहेका नेपाली भाषीको नेपाली गीत, संगीतप्रतिको माया र सम्मानलाई अझ शसक्त रुपमा प्रस्फुटन गर्ने तथा नेप...
गीतकार यसु थापाद्वारा रचित ‘पैसाले घुमाउँछ फनफनी’(भिडियो)

गीतकार यसु थापाद्वारा रचित ‘पैसाले घुमाउँछ फनफनी’(भिडियो)

मनोरन्जन, समाचार
काठमाडौं । गीतकार यसु थापाद्वारा रचित ‘पैसाले घुमाउँछ फनफनी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । लामो समयदेखि बेल्जियमलाई कर्मथलो बनाई समाजसेवा तथा गीत संगीतमा सक्रिय गीतकार थापाका यस अघिका थुप्रै गीतहरु चर्चामा छन । गीतकारको रुपमा थुप्रै अवार्ड समेत जित्न सफल थापाको रचनामा तयार भएको उक्त गीतलाई गायक दिनेश गौतमले स्वर दिएका छन भने संगीत पुस्तक प्रसादको रहेको छ । संगीत संयोजन एसके वच्छाको रहेको गीतलाई मिक्सिङ्ग तथा मास्टरिङ्ग अशोक महर्जन र रेकर्डिस्ट कुमार केसीको रहेको छ । https://www.youtube.com/watch?app=desktop&v=dcyfKSPYHEQ&feature=share&fbclid=IwAR1ZsJWnfSf30YfBvGxQGanvutLp9gQbiVU6GG9a85_98Gx1Ju0VBxQCg2I ललित अग्रवालको निर्माण रहेको भिडियोमा संचारकर्मी तथा मोडल शिशिर भण्डारी तथा सुजना श्रेष्ठ फिचर्ड रहेका छन भने अन्य कलाकारमा विदुर तिमल्सिना तथा रामच...