आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
विश्व कीर्तिमानी समाजको आयोजनामा विश्वकै अग्लो स्थानमा जलवायु परिवर्तन  बिचार गोष्ठी

विश्व कीर्तिमानी समाजको आयोजनामा विश्वकै अग्लो स्थानमा जलवायु परिवर्तन बिचार गोष्ठी

समाचार, समाज
विश्व कीर्तिमानी समाजको आयोजनामा विश्वकै अग्लो स्थानमा आयोजना भएको जलवायु परिवर्तन सम्बन्धि बिचार गोष्टि सम्पन्न भएको छ। सगरमाथा दिवसको अवसरमा सगरमाथा कै आधार शिबिर ५३६४ मिटरको उचाईमा उक्त गोष्ठी सम्पन्न भएको छ। उक्त गोष्ठीमा सहभागी हुन Colorado state university, USA का वरिष्ठ वातावरण बैज्ञानिक तथा प्राध्यापक डा. Joel Berger, University of Colorado Boulder, USA को वातावरण बैज्ञानिक तथा प्राध्यापक डा. Joanna Lambert नेपाल आउनु भएको थियो। विश्व भर तीब्र गतिमा जलवायु परिवर्तनको असर देखिएको र त्यसको असर अविकसित राष्ट्र नेपाल जस्तो देशहरुलाई तीब्र गतिमा परि रहेको छ। ०.०२५% कार्वन उत्सर्जन गर्ने नेपाल अहिले चौथो पीडित राष्ट्रमा पर्दछ। जलवायु परिवर्तनले उच्च हिमाली क्षेत्रलाई सबैभन्दा बढी असर गर्ने विज्ञहरुको भनाई छ। कतिपय विज्ञहरुले पाच वर्ष भित्र सगरमाथा आधार शिबिर तालमा परिणत हुने प्रक्षेप...
बाटिका मन्टेश्वरीमा डिजी मेडिकलबाट स्वास्थ्य परिक्षण

बाटिका मन्टेश्वरीमा डिजी मेडिकलबाट स्वास्थ्य परिक्षण

शिक्षा, समाचार
काठमाडौं- कपन स्थित खरिबोटमा रहेको बाटिका मन्टेश्वरीमा स्वास्थ्य परिक्षण सम्पन्न भएको छ । बुढानिलकण्ठ नगरपालिका वडा नं. १२ मा रहेको उक्त मन्टेश्वरीमा अध्ययनरत सा साना विद्यार्थीहरुका लागि स्वास्थ्य परिक्षण गरिएको हो । पुतलीसडकमा रहेको डिजी मेडिकल एण्ड हेल्थ केयरका मेडिकल डाईरेक्टर डा.निरन्जन श्रेष्ठ लगायत वरिष्ठ स्वास्थ्यकर्मीको टिमले करीब ४५ जना विद्यार्थीहरुको स्वास्थ्य परिक्षण गरिनुका साथै ल्याबको सुविधा समेत प्रदान गरेको थियो ।२०७२ सालमा स्थापना भएको उक्त मन्टेश्वरीले प्रत्येक वर्ष वरिष्ठ चिकित्सकहरुबाट वालवालिकाहरुको स्वास्थ्य परिक्षण गर्नुका साथै आवश्यक औषधोपचारको समेत व्यबस्था गराउदै आएको छ । छोटो समयमा अभिभावक तथा वालवालिकाको रोजाईमा पर्न सफल बाटिका मन्टेश्वरीले सामाजिक क्षेत्रमा समेत उल्लेखनीय योगदान गर्दै आएको छ । पूर्ण पारिवारीक वातावारणमा संचालित उक्त मन्टेश्वरीले वालवालिकाको ...
वरिष्ठ सौन्दर्यविद सुषमा महरा ‘महिला उधमी सम्मान’बाट सम्मानित

वरिष्ठ सौन्दर्यविद सुषमा महरा ‘महिला उधमी सम्मान’बाट सम्मानित

मनोरन्जन, समाचार
जेठ १४,काठमाडौं । सौन्दर्य क्षेत्रको अग्रणी व्यापारिक प्रतिष्ठान ब्यूटीसियन तथा हेयर डिज़ाइनरलाई हेयर स्टाईल सम्बन्धी एडभान्स सिप उपलब्ध गराउने प्रख्यात “नेपाल्सनम्बर वान ब्युटी सैलुन”फेसियल हाउसकी प्रवन्ध निर्देशक सुषमा महरा महिला उधमी सम्मानबाट सम्मानित भएकी छिन । काठमाडौमा शनिबार तिलक फिल्मस प्रालिले गणतन्त्र दिवस २०७९को अवसरमा आयोजना गरेको समुन्नत नेपाल निर्माणमा कलाकारको भूमिका ” विषयक विचार गोष्ठी तथा शुभकामना बिशेश सांस्कूतिक समारोहमा प्रमुख अतिथि गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाले भव्य समारोहका बीच महरालाई सम्मान गर्नु भएको हो। सम्मानित महराले संचालित फेसियल हाउस ले नयाँ सौन्दर्य प्रविधिहरु पनि भित्राएको छ । जस्तै टाटु रिमुभर लेजर मेसिन ,हेयर,व्युटी र स्किन केयर मेसिन कृतिम परेला पत्यारोपन आईलाईसिस एक्टेन्सन माइक्रोबेडिङ, जेल नेल आर्ट, पर्मामेन्ट मेकअप,पेयर सि...
‘एमटिआर’को स्वरमा ‘घरकी रानी’ सार्वजनिक(भिडियो)

‘एमटिआर’को स्वरमा ‘घरकी रानी’ सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
मनोज ताम्राकार ‘एमटिआर’ को स्वरमा रहेको गीत ‘घरकी रानी…’ सार्वजनिक भएको छ । मनोजकै शब्द, सङ्गीत ओम सुनारको एरेञ्ज र साजन शाहको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । https://www.youtube.com/watch?v=51_cTb0ABGs ए प्लस स्टुडियोमा रेकर्डिङ गरिएको गीतको भिडियोमा निशान एसकेको निर्देशन रहेको छ । दिपक गिरीको छायाँकन र प्रकाश एसको सम्पादन तथा कलर रहेको गीतको भिडियोमा रेश विसी, सञ्जु थलाङलाई फिचरिङ गरिएको छ । युवा पुस्तालाई लक्षित गरिएको गीतको भिडियो एमएमएस इन्टरटेनमेन्टमार्फत सार्वजनिक गरिएको हो । ...
बलात्कारको सजाय फाँसी वा नपुंसकताको इन्जेक्सन

बलात्कारको सजाय फाँसी वा नपुंसकताको इन्जेक्सन

अपराध, समाचार
-डा. डि आर उपाध्याय खनाल, काठमाडौं-  बलात्कारको ग्राफ दिन प्रति दिन उकालो लाग्दो छ । आधुनिक मानविय सभ्गतालाई यसले क्षतविक्षत पारिरहेको छ । प्रहरीका अनुसार ०५३/०५४ देखि २०७६/०७७ सम्म देशभर १४ हजार ६३८ महिला बलात्कृत भएका छन् । प्रत्येक वर्ष औषत २० प्रतिशतका दरले बलात्कारका घटना बढिरहेको छन् । २०७७ मंसिरमा महोत्तरी बर्दिबासकी ६ वर्षिया बालिकाको बलात्कार पछि हत्या जस्ता अनेकौं कालो धब्बा समय समयमा देखिने गरेका छन् । राजधानी काठकाण्डौको चाबहिल स्थित सेन्टलरेनसका शिक्षक यसै साता पक्राउ गरिए । उनीमाथि ११–१२ कक्षाकी छात्राहरुसँग यौन दुव्र्यवहार गर्ने गरेको आरोप कलेजका विद्यार्थीहरुले नै लगाएका छन् । राजधानीमै ८ वर्ष अघि सौन्दर्य प्रतियोगितामा सहभागी हँदा आफुलाई बेहोस बनाएर बलात्कार गरेको र त्यसपछि ब्ल्याकमेल गरेर निरन्तर ५ महिना यौन शोषण गरेको भन्दै पिडित युवतीले भिडिया मार्फत हालै...
नेपाल एयर होस्टेस एकेडेमीका ५५ जना एयर होस्टेस दीक्षित

नेपाल एयर होस्टेस एकेडेमीका ५५ जना एयर होस्टेस दीक्षित

आर्थिक, समाचार
काठमाडौं । सात महिना पहिला एयर होस्टेस बन्ने सपना बुनेर नेपाल एयर होस्टेस एकेडेमीमा भर्ना भएका ५५ जना एयर होस्टेस आज दीक्षित भएका छन् । सो एकेडेमीमा अध्ययनरत १६, १७ र १८औँ ब्याचका युवतीलाई दीक्षित भएर प्रमाणपत्र पाएसँगै उनीहरुलाई विमान परिचारिका बन्ने अवसर खुलेको छ । सात महिनाको अथक प्रयासपछि उनीहरु विमान परिचारिकाको रोजगारीका लागि सक्षम बनेको सो एकेडेमीका निर्देशक रेजिना तुलाधरले जानकारी दिए । विमान परिचारिकालाई ग्ल्यामर तथा आर्कषक पेशा मानिन्छ । आकाशमा उड्ने यो पेशा जति रोमाञ्चक छ, उत्तिकै जिम्मेवारी पनि बहन गर्नुपर्ने खालको हुन्छ । त्यसैले यसको आकर्षण पनि बढ्दो छ । दीक्षान्त समारोहमा एकेडेमीका मुख्य प्रशिक्षक एवं नेपाल वायुसेवा निगमका सेवानिवृत्त वरिष्ठ एयर होस्टेस गौरी कला थापा, भारतीय मूलकी अन्तर्राष्ट्रिय विमान परिचारिका सञ्चिता नेपाली, व्यक्तित्व प्रशिक्षक रोजिन शाक्य तथा संस...
सुरेन्द्र बसेलको निर्देशनमा ‘एक तोलाको वाला’ सार्वजनिक(भिडियो)

सुरेन्द्र बसेलको निर्देशनमा ‘एक तोलाको वाला’ सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
काठमाण्डौँ, जेष्ठ १२ लामो समयदेखि नृत्य विधामा आफ्नो राम्रो स्थान बनाउदै निरन्तर यस् क्षेत्रमा कोरियोग्राफीसंगै म्युजिक भिडियोमा पनि सक्रि निर्देशक तथा कोरियोग्राफी सुरेन्द्र बसेलले आफ्नै युट्युब च्यानल बसेल कृयशन मार्फत पहिलो प्रस्तुतिको रुपमा ‘एक तोलाको वाला’ बोल रहेको गीतको भिडियो सार्वजनिक गरेका छन । https://youtu.be/2-XJZ8f4Yew थुप्रै चर्चित टेलिसिरियल मेरी बास्सै, सक्किगो नि लगायत ,म्युजिक भिडियोमा अभिनय मार्फत आफ्नो ल्याङग्रे दादाको छवि बनाएका कलाकार तथा मोडेल सुमन ज्योति न्यौपानेको लगायत मोडेल बिना राउत, बिकास नेपालीको रमाइलो अभिनय देख्न सकिन्छ । गायक भुवन थापा मगर र गायिका सिता पौडेलको सुमधुर आवाजले सजिएको गीतमा शब्द डि बी खनाल संगीत शंकर स्माईलीको रहेको छ भने एरेन्ज उदयराज पौडेल रहेको छ । ...
तामाङ भाषाको चलचित्रमा नायक सागर घिसिङको सफलता

तामाङ भाषाको चलचित्रमा नायक सागर घिसिङको सफलता

मनोरन्जन, समाचार
काठमाण्डौ – विगत एक दशक भन्दा लामो समय देखी नेपाली एवं तामाङ भाषाको चलचित्र तथा मोडलिङको क्षेत्रमा सक्रिय रहदै आएका नायक तथा मोडल सागर घिसिङ पछिल्लो समय चक्लेटी नायक तथा मोडल चिनिने गर्दछन् । नेपाली तथा केही तामाङ चलचित्रहरुमा आफ्नो अभिनय कला प्रस्तुत गरिसकेका घिसिङले चलचित्रका अलावा दर्जनौ म्युजिक भिडियोहरुमा समेत मोडलिङ गरिसकेका छन् । खास गरेर तामाङ कल्चरलाई चलचित्र तथा गीत संगीतका माध्यमबाट संसार सामु चिनाउने जमर्को गरेर अगाडी बढिरहेका घिसिङले तामाङ कल्चरका अलवा नेपाली लगाएत अन्य भाषा तथा कल्चरहरुलाई पनि असाध्यै माया गर्ने बताए छन् । घ्रान, हल्ला लासी लगायतका तामाङ चलचित्रहरुमा आफ्नो दमदार प्रस्तुती देखाईसकेका नायक तथा मोडल घिसिङकै अभिनयमा“त्यो रात, पिरोमा रैछ, मेरो रुप, च्याङ्वाले, कोही छ की” लगाएत दर्जनौं नेपाली भाषामा तैयार भएका भिडियोहरु एवं “ए विना ङा, फ्याफुल्ला माया, नेस...
‘नेपाल चिल्ड्रेन आईकन’ को एघारौं संस्करण सम्पन्न

‘नेपाल चिल्ड्रेन आईकन’ को एघारौं संस्करण सम्पन्न

मनोरन्जन, समाचार
एएनपी मिडिया हाउसद्वारा आयोजित ‘नेपाल चिल्ड्रेन आईकन’ को एघारौं संस्करण राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न भएको छ। प्रतियोगितामा ‘टीन गर्ल्स’, ‘व्वाइज ग्रुप’, ‘सिनियर गर्ल्स’ र ‘जुनियर गर्ल्स’ गरी चार मुख्य बिजेता घोषित भए । ‘टीन गर्ल्स’तर्फ सरिला तामाङ्गले उपाधि जितेकी छिन। तामाङ्गले विजेताको उपाधीसंगै ग्लोबल अनलाईन पे मार्फत संचालित डिजिटल भोटिङ्ग मार्फत सर्वाधिक भोट प्राप्त गरि पब्लिक चोईस अवार्ड समेत हात पारिन। त्यसैगरी सत्यकला राई फर्स्ट रनर अप र रश्मि चौधरी सेकेन्ड रनर अप घोषित भए। प्रतियोगिताको ‘व्वाइज ग्रुप’तर्फ सुशान्त चौलागाईले शिर्ष उपाधी जितेका छन । त्यसैगरी अकेम्सन सुनुवार फष्ट रनर अप र शिसिर घिमिरे सेकेण्ड रनरअप घोषित भए भने सुप्रिम गुभाजु पब्लिक चोईस अवार्ड विजेता बन्न सफल भए। यस्तै ‘सिनियर गर्ल्स’तर्फ ईछिङ्ना लिम्बू विजयी भएकी छिन । प्रसंस्का ढकाल फर्स्ट...
‘द फ्लिक मोडल्स’ आयोजना हुँदै

‘द फ्लिक मोडल्स’ आयोजना हुँदै

मनोरन्जन, समाचार
‘द फ्लिक मोडल्स’ को अडिसन काठमाडौंको दरवारमार्गस्थित लाल दरवार लज एण्ड रेस्टुरेन्टमा शनिवार सम्पन्न भएको छ। “जिवनभरका लागि आफ्नो सपना साकार बनाउने अवसर” भन्ने मूल नाराका साथ शुरु गरिएको प्रतियोगिताको अडिसनमा १५ जना पुरुष मोडल र ३५ जना महिला मोडलहरुले भाग लिएका थिए । देशका कर्णधार मानिने युवाशक्तिको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमता विकासको आवश्यकतालाई महसुस गरी सोही अनुरुप त्यसको उपयोगिताबारे मार्ग निर्देशन दिंदै समाजका एक सजग र जिम्मेवार मोडलको रुपमा अगाडि वढाउन सहयोग गर्ने हेतुले कार्यक्रमको आयोजना गरिएको आयोजक संस्था फोकस फेशन हाउसले जनाएको छ। नेपालकै अग्रणी भोटिङ सर्भिस प्रदायक ग्लोबल अनलाईन पे संगको सहकार्यमा संचालित उक्त प्रतियोगिताको अडिसनमा तेन्जिङ छेतेन भुटिया, सिर्जना रेग्मी, सविता कार्की र प्रतियोगिताको अफिसियल कोरियोग्राफर जयनसुब...