काठमाडौं- कपन स्थित खरिबोटमा रहेको बाटिका मन्टेश्वरीमा स्वास्थ्य परिक्षण सम्पन्न भएको छ । बुढानिलकण्ठ नगरपालिका वडा नं. १२ मा रहेको उक्त मन्टेश्वरीमा अध्ययनरत सा साना विद्यार्थीहरुका लागि स्वास्थ्य परिक्षण गरिएको हो । पुतलीसडकमा रहेको डिजी मेडिकल एण्ड हेल्थ केयरका मेडिकल डाईरेक्टर डा.निरन्जन श्रेष्ठ लगायत वरिष्ठ स्वास्थ्यकर्मीको टिमले करीब ४५ जना विद्यार्थीहरुको स्वास्थ्य परिक्षण गरिनुका साथै ल्याबको सुविधा समेत प्रदान गरेको थियो ।
२०७२ सालमा स्थापना भएको उक्त मन्टेश्वरीले प्रत्येक वर्ष वरिष्ठ चिकित्सकहरुबाट वालवालिकाहरुको स्वास्थ्य परिक्षण गर्नुका साथै आवश्यक औषधोपचारको समेत व्यबस्था गराउदै आएको छ । छोटो समयमा अभिभावक तथा वालवालिकाको रोजाईमा पर्न सफल बाटिका मन्टेश्वरीले सामाजिक क्षेत्रमा समेत उल्लेखनीय योगदान गर्दै आएको छ । पूर्ण पारिवारीक वातावारणमा संचालित उक्त मन्टेश्वरीले वालवालिकाको स्याहार सुसार,स्वस्थ्य तथा अर्गानिक खानाको सुविधा प्रदान गर्न विशेष ध्यान दिदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here