स्वास्थ्य मन्त्रालयले काठमाडौं उपत्यकासहित देशका ठूला शहरका विद्यालयहरु कम्तीमा १ महिनाका लागि बन्द गर्न सिफारिस
कोरोना भाइरस (कोभिड १९) संक्रमणको दोस्रो लहर फैलिने जोखिम कम गर्न भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकासहित देशका ठूला शहरका विद्यालयहरु कम्तीमा १ महिनाका लागि बन्द गर्न सिफारिस गरेको छ ।
मन्त्रालयले काठमाडौंसहित देशका १५ वटा जिल्लाका ठूला शहरका विद्यालय कम्तीमा १ महिनाका लागि बन्द गर्न सिफारिस गरेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले दोस्रो लहरको कोरोना संक्रमण फैलिने जोखिम कम गर्न विद्यालय बन्द गर्नुपर्ने सुझावसहित कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)मा सिफारिस गरिएको जानकारी दिए ।
काठमाडौं उपत्यकासहित भरतपुर, पोखरा, वीरगन्ज, विराटनगरसहितका शहरका विद्यालय १ महिनाका लागि बन्द गर्नुपर्ने भनेर सिफारिस गरिएको सचिव न्यौपानेले जानकारी दिए ।
फछिल्लो समय नयाँ प्रकार (भेरियन्ट)को कोरोना भाइरसको संक्रमण देखिन थालेको मन्त्रालय...








