नेपालमा पछिल्लो २४ घण्टामा थप ३३७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ५३२ जनाको पीसीआर परीक्षण गर्दा ३३७ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाका कारण १ जनाको मृत्यु भएको छ भने १५१ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

यससँगै देशभर कोरोना संक्रमितको संख्या २ लाख ७९ हजार ७२५ पुगेको छ भने निको हुनेको संख्या २ लाख ७३ हजार ८८६ पुगेको छ । यस्तै हालसम्म ३ हजार ३९ जनाको मृत्यु हुँदा सक्रिय संक्रमित २८ सय जना रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here