kp-oli

प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायती महारानीका श्रीमान ड्युक अफ एडिनबरा फिलिपको निधनप्रति दुःख व्यक्त गरेका छन्। बेलायती प्रधानमन्त्री बोरिस जोन्सनमार्फत प्रधानमन्त्रीले समवेदना प्रकट गरेका हुन्।

ट्वीटरमा बोरिस जोन्सनलाई मेन्सन गर्दै ओलीले राजकुमार फिलिपको निधनप्रति दुःख व्यक्त गर्दै नेपालले एक सच्चा मित्र गुमाएको उल्लेख गरेका छन्। राजकुमार निधनको शुक्रबार ९९ वर्षको उमेरमा निधन भएको थियो।

यस्तै प्रमुख प्रतिपक्षी दलका नेता तथा पूर्व प्रधानमन्त्री काँग्रेस सभापति शेरबहादुर देउवाले पनि राजकुमार निधनप्रति दुःख व्यक्त गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here